• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
नयाँ सांसद

संसद्‌मा पहिलोपटक सम्बोधन गर्दा शिक्षाको विषय उठाउँछु: शिशिर खनाल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २२, २०७९  ११:३४
1140x725

मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ। यसपटकको चुनावमा पुराना र स्थापित भनिएका दलहरुलाई केही महिना पहिले मात्रै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै ठाउँमा धक्का दियो। 

उक्त पार्टीले पहिलो प्रयासमै संसद्‌मा बलियो उपस्थिति जनाएको छ। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी बने। स्थापित ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवाहरुलाई पराजित गर्दै खनालले संघीय संसद्‌को यात्रा तय गरे। वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सर्वेन्द्र खनाललाई पराजित गर्दै खनालले ‘चर्चित जित’ हात पारे। 

पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएको दलबाट संघीय संसद्‌को यात्रा पक्का गरेका खनालसँग नेपाल लाइभका सुरेन्द्र बजगाईले गरेको कुराकानी:

अरू उम्मेदवारसँग के थिएन, जुन तपाईंसँग थियो, र जित्नुयो?
मतदातासँग ३/४ महिना सम्मको साक्षात्कार थियो। एकातिर स्थापित ठूला राजनीतिक दलको नेतृत्वले केही पनि गर्न सकेन, हाम्रा समस्याहरू समाधान गर्न सकेन भन्ने कुराको बुझाइ थियो। काठमाडौं क्षेत्र नम्बर ६ बाट  एकै खाले व्यक्तिलाई जिताएर पठाइरहँदा यस क्षेत्रको प्रतिनिधित्व सही ढङ्गले भएन, हाम्रो आवाजहरू पुगेन भन्ने गुनासो थियो। अर्कोतिर हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीले जुन खाले नयाँ उम्मेदवार दियो, जो यस भन्दा पहिले राजनीतिक रूपमा स्थापित भइनसकेको र राष्ट्रको क्षेत्रमा केही काम गरेर देखाएका व्यक्तिहरूलाई उम्मेदवार बनायो। जसले गर्दा हामीलाई नयाँ आशाको रूपमा हेर्नुभयो। मेरो विषयमा पनि यहाँका मतदाताहरूले नयाँ आशाको रूपमा हेरेकाले हामीलाई न्याय गर्नु भएको हो।

लामो समयदेखि मैले पनि शिक्षामा गरेको योगदानका कारणले पनि मेरो परिचय थियो। साथै मेरो विद्वता, मेरो अनुभवका कारणले गर्दा मतदाताहरूको उत्साह, जाँगर र उहाँहरूको मायाले म उहाँहरूको रोजाइमा पर्न सफल भएको हुँ। 

यसअघि पुराना दलप्रति तपाईंसँग प्रश्नहरू थिए। अब जवाफ दिनुपर्ने ठाउँमा आइपुग्नुभएको छ। कस्तो महसुस भइरहेको छ?
निकै ठूलो आशा र अपेक्षा हामीमाथि छ। त्यो आशा र अपेक्षाको निकै ठूलो जिम्मेवारी बोध महसुस गरेको छु। धेरै जना मान्छेहरूबाट मैले ३/४ वटा कुरा मुख्य कुराहरू मैले पाइरहेको छु। एउटा राष्ट्रिय रूपमा भ्रष्टाचारको मुद्दा छ। भ्रष्टाचारलाई निर्मुल गर्नुपर्ने धेरैले अपेक्षा राख्नुभएको छ। त्यसमा हाम्रो पहल कदमी हुनु पर्‍यो भनेर धेरैले माग गरेका छन्।  

अर्को चाहिँ हाम्रो जनजीविकासँग सम्बन्धित मुद्धाहरुको बारेमा पनि हाम्रो पार्टीसँग धेरै अपेक्षा राखेका छन्। विषय जस्तै, स्वास्थ्य, शिक्षा, रोजगारी, उद्यमशीलताको बारेमा पार्टीले संसद्‌मा आवाज बुलन्द गरोस् भन्ने अपेक्षा राखेका छन्। यसको हामीमा जिम्मेवारी बोध भएको छ।

उद्यमशीलतासँग सम्बन्धित कुराहरू संसद्‌मा लगेर जानु पर्‍यो भन्ने छ। त्यो चाहिँ राष्ट्रिय नीति र ऐन बनाउनु पर्ने छ। अर्को कुरा भनेको यस क्षेत्रको विकासको लागि पनि तपाईंले योगदान पुर्‍याइदिनु पर्‍यो भन्ने छ। 

Ncell 2
Ncell 2
nimb
nimb

विशेष गरेर हाम्रो क्षेत्रमा खानेपानी र बाटोको समस्या छ। यस क्षेत्रमा ग्रामीण बस्तीहरू समेत रहेका छन्। उक्त समस्या समाधानको लागि विशेष भूमिका खेलिदिनु पर्‍यो भन्ने अपेक्षा राखेका छन्। त्यसका साथै जनप्रतिनिधिहरू आम मानिसको जीवनसँग जोडिनु पर्‍यो भन्ने अपेक्षा पनि राखेका छन्।

आम नागरिक आफ्नो गुनासाहरू राख्ने ठाउँको खोजीमा छन्। एकपटक निर्वाचित भइसकेपछि सांसद कहिल्यै पनि फर्केर नजाने समस्या पनि देखाएका छन्। जनप्रतिनिधि भनेको हामीभन्दा पृथक् मान्छे हुन कि भन्ने खालको देखिन्छ। म ती कुराहरूलाई स्वाभाविक रूपमा सम्बोधन गर्न सक्छु भन्ने लाग्छ। म निर्वाचित हुनुभन्दा पहिला पनि सामान्य रूपमा हिँड्ने गरेको थिए। अहिले पनि म टोल, छरछिमेक लगायत मेरो क्षेत्रका चिया पसलहरूमा पनि गइरहेको हुन्छु। निर्वाचित सांसद भएर, चिया पसलमा फुत्त आयो भनेर पनि अचम्म मान्ने गरेका छन्। 

जनप्रतिनिधि र जनताबीचको दूरी मेटाउने कुरामा म लागिरहेको छु। जब संसद्‌ सुरु हुन्छ। त्यसपछि त्यहाँ हाम्रो क्षेत्रको बारेमा बोल्ने कुरा र राष्ट्रिय रूपमा नीति बनाउने कुरामा स्वाभाविक रूपमा त्यसको तयारी गर्दै छु। त्यसमा म प्रमुख भूमिका पनि खेल्ने छु। मेरो आफ्नो इच्छा र चाहना पनि छ। शिक्षा, स्वास्थ्य, मनोरञ्जन लगायतका क्षेत्र भनेको मेरो प्यासनको विषय पनि हुन्। यसमा मैले दशकौँदेखि काम पनि गरिरहेको छु। ती कुराहरूमा  म स्वाभाविक रूपमा लागि पनि रहेको छु।

तपाईं पहिलोपटक संसद्‌मा जाँदै हुनुहुन्छ। यसमा कत्तिको उत्सुक हुनुहुन्छ? संसदीय प्रक्रियाबारे कत्तिको जानकार हुनुहुन्छ? 
म त्यसबारे प्रारम्भिक अध्ययनको क्रममा छु। केही कुराहरूबारे त म जानकार छु। तर जुन स्वाभाविक रूपमा अनुभवबाट आउनु पर्ने ज्ञान हो, त्यो अर्कै हुन्छ। संसद्‌सम्बन्धी जुन नियमावली छन्, ऐनहरू छन्। त्योसम्बन्धी अध्ययन गर्दै छु। आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा तयारी पनि गर्दै छु।

Xtrem

Xtrem

संसद्‌मा पहिलोपटक सम्बोधन गर्दा के विषय उठाउँछु भन्ने लागेको छ?
सबैभन्दा पहिला त शिक्षाकै कुराहरूलाई प्राथमिकताका साथ राखेर उठान गर्छु। मैले चुनावी अभियानको क्रममा पनि यही कुराहरूलाई जोडतोडका साथ उठाएर निर्वाचनमा होमिएको थिएँ। यस अघिको सरकारले शिक्षा ऐन नै ल्याउन सकेन। यो कुरा मैले चुनावको अभियानको दौरानमा पनि गरेको छु। 

विशेषगरि सार्वजनिक शिक्षा सुधारको लागि हामीले पछिल्लो १० वर्षमा  शिक्षा सुधारको विषयमा वकालत गर्दै आएको छु। त्यसैले पहिलो पटक संसद्‌मा त्यही कुरा बोल्छु भन्ने लागेको छ।

शिक्षाका साथै कस्ता खालका कानुन निर्माणका लागि पहल गर्नुहुन्छ?
यो सांसदले धेरै कानुन बनाउनु पर्ने छन्। हामी २०७२ सालको संविधानमार्फत् संघीयतामा गयौँ। त्यसपछि मैले स्थानीय सरकारमा समेत बसेर काम गरेको छु। त्यसैले हामी संघीय संरचनामा गइसकेपछि संघ, प्रदेश र स्थानीय तहलाई चाहिने कानुन निर्माण हुन सकिरहेका छैनन्। त्यो कानुनहरू निर्माणको लागि भूमिका खेल्न सक्छु। 

स्वाभाविक रूपमा मेरो सबै क्षेत्रमा विज्ञता त होइन। तर पनि एउटा सांसदको रूपमा संसद्‌मा प्रवेश गरिसकेपछि आउनुपर्ने कानुन निर्माण गर्ने कुरामा ध्यान केन्द्रित हुने नै छ। शिक्षा, स्वास्थ्य, उद्यमशीलता सिर्जना गर्नको लागि कानुन बनाउनु पर्‍यो।  

भ्रष्टाचार विरोधी विधेयकमा सुधार गर्नु पर्ने कुराहरू छन्। यो कुरालाई हाम्रो पार्टीको वाचा पत्रमा पनि राखेका छौँ। हामीले भ्रष्टाचारसम्बन्धी सूचना पाउने बित्तिकै  कामकारबाही सुरु हुने ऐन निर्माण समेत गर्नुपर्ने छ। 

अहिलेसम्म संघीय स्वरूप अनुसारको निजामती ऐन, प्रहरी ऐनहरू आएका छैनन्। यस्ता धेरै ऐन कानुन निर्माण गर्नु पर्ने छन्। ती कुराहरूलाई अगाडि बढाउन प्रयास गर्छौँ।

पार्टीले पछि गर्ने निर्णय एक ठाउँमा होला। संसद्‌मा गएर तपाईंले कुनै एक पद रोज्न पाउनुभयो भने के रोज्नुहुन्छ?
अहिले हामी पार्टीको प्रारम्भिक चरणमा छौ। धेरै साथीहरू मतदातालाई भेट्ने क्रममा नै हुनुहुन्छ। अर्को कुरा के हो भने हाम्रो संसदीय दलमा प्रत्यक्ष मात्रै नभएर समानुपातिक तर्फबाट आउनेहरूको संख्या पनि प्रशस्त छ। त्यसैले को–को आउनुहुन्छ, कति आउनुहुन्छ भन्ने कुराको निर्धारण भइनसेको अवस्थामा म यो पद रोज्ने भन्ने होला।

अहिले कसले कुन पद लिँदा राम्रोसँग भूमिका निभाउन सक्छ भन्ने छलफल गर्ने क्रममा नै छौं। अहिलेसम्म नितान्त पदीय आकांक्षा राखेको छैन।

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  ११:३४
  • #नयाँ_सांसद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो बुधबार, असोज १४, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज १४, २०८३
चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित बुधबार, असोज १४, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित बुधबार, असोज १४, २०८३
चाडपर्वमा कर्णालीमा खाद्यान्न अभाव नहुने बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्