• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

‘२४ स्वतन्त्र’ सांसद निर्वाचित हुँदा संघीय संसद्‌मा एक तिहाइ महिला प्रतिनिधित्व नहुने

64x64
नेपाल लाइभ बुधबार, मंसिर २१, २०७९  ०७:०९
1140x725

काठमाडौं- प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ क्षेत्रकै अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ १२ दलले आफ्नो प्रतिनिधित्व सुनिश्चित गरेका छन्।

प्रत्यक्षतर्फ जितेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टीले मात्रै तीन प्रतिशत मत कटाउने भएकाले उनीहरु मात्रै राष्ट्रिय दल बन्नेछन्। यी दलबाहेक प्रत्यक्षतर्फ जितेका एकीकृत समाजवादीका १०, लोसपाका ४, नागरिक उन्मुक्ति पार्टीका ३, नेमकिपाका १, राजमोका १ र स्वतन्त्र सांसद ५ जना गरी २४ जना स्वतन्त्र सांसद् हुनेछन्।

स्वतन्त्र सांसदको उल्लेखनीय उपस्थितिले संघीय संसद्‌मा एक तिहाइ महिला प्रतिनिधित्व नहुने देखिएको छ।

संविधानको धारा ८४ (८) मा ‘संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने प्रत्येक राजनीतिक दलबाट निर्वाचित हुने कूल सदस्य संख्याको कम्तीमा एक तिहाइ सदस्य महिला हुनु पर्नेछ’ भनिएको छ। संविधानको यो प्रावधानले दलहरुलाई आफ्नो तर्फबाट एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्नलाई बाध्यकारी पारेको भए पनि संघीय संसद्‌मा एक तिहाइ महिला सुनिश्चित हुने विषय बाध्यकारी बनाउँदैन।

संघीय संसद् भन्नाले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त स्वरुपलाई बुझिन्छ। दुवै सदनमा प्रतिनिधित्व भएका दलहरुले दुवै सदनको कुल सदस्य संख्या जोडेर त्यसको एक तिहाइ सुनिश्चित गर्नुपर्छ। त्यो राष्ट्रिय दलहरुलाई मात्रै बाध्यकारी हुन्छ। किनकि, प्रतिनिधि सभामा प्रत्यक्षतर्फ जितेर पनि समानुपातिकतर्फ तीन प्रतिशत थ्रेस होल्ड नकटाउने दलहरु सिट बाँडफाँटमा सहभागी हुनै पाउँदैनन्। ती दलहरुले एक तिहाइ महिला प्रतिनिधित्व गराउने बाटो पनि रहन्न। जस्तै, अहिले एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, नेमकिपा र राजमोको हकमा उनीहरुले प्रत्यक्षमा जति जिते पनि समानुपातिकमा भागबण्डा नपाउने भएकाले ती दलबाट थप प्रतिनिधित्व हुनेछैन।

अब लागौं, राष्ट्रिय मान्यता प्राप्त गर्ने सात दलतर्फ।

कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा १० सांसद् छन्। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उसले ५७ सिट जितेको छ र समानुपातिकर्फ ३२ सिट पाउने भएको छ। यसरी उसका कूल संघीय सांसद ९९ जना हुन आउँछन्। उसले एक तिहाइ महिला सांसद सुनिश्चित गराउनुपर्ने भएकाले कांग्रेसका तर्फबाट ९९ एक तिहाइ अर्थात् ३३ जना महिला हुनुपर्ने छ।

तर कांग्रेसका तर्फबाट राष्ट्रिय सभामै ३ जना महिला सांसद छन् र एक जनाले प्रतिनिधि सभामा प्रत्यक्ष जितेका छन्। यसरी कांग्रेससँग अहिल्यै ४ जना महिला सांसद छन्। त्यसैले उसले अब २९ जना महिला सांसद थपे पुग्छ। यसरी कांग्रेसले समानुपातिकतर्फबाट पाउने ३२ जनामा २९ जना महिला र ३ जना पुरुष हुनेछन्।

nimb
nimb
Ncell 2
Ncell 2

यसैगरी, एमालेको कूल सांसद संख्या ९४ हुनेछन्। त्यसको एक तिहाइ भनेको ३२ जना हो। उसँग राष्ट्रिय सभा र प्रतिनिधि सभा प्रत्यक्षबाट निर्वाचित गरी १३ जना छन्। त्यसैले उसले १९ जना महिला सांसद थपे पुग्छ।

त्यस्तै, माओवादी केन्द्रले १२ जना महिला थपे पुग्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ५ जना, राप्रपाले ५ जना, जसपाले ४ जना र जनमत पार्टीले २ जना महिला थपे पुग्छ।

यसरी समानुपातिकतर्फबाट सात राष्ट्रिय पार्टीमार्फत् कूल ७६ जना महिला सांसद थपिनेछन्। राष्ट्रिय सभामा ५९ (हाल ५८ जना मात्रै) मध्ये अहिल्यै २२ जना महिला सांसद छन्। प्रतिनिति सभामा प्रत्यक्षतर्फ ९ जना निर्वाचित भइसकेका छन्। यी सबै प्रक्रियाबाट संघीय संसद्‌मा कूल महिला सांसद केवल १०७ जना पुग्नेछ। संघीय संसद्को कूल आकारको तुलनामा यो एकतिहाई भन्दा कम संख्या हो।

प्रतिनिधि सभा र राष्ट्रिय सभामा गरी कूल ३३४ संघीय सांसद हुनेछन्। त्यसको एक तिहाइ भनेको ११२ जना हो। त्यसैले एक तिहाइ सांसद पुग्न ५ जनाको अभाव हुने देखिन्छ।

‘संघीय संसद्‌मा एक तिहाइ हुने संवैधानिक प्रावधान छ। त्यसलाई मिलाउने काम समानुपातिकबाट हुनेछ। तर यो दलको हकमा लागू हुन्छ, स्वतन्त्रको हकमा हुँदैन। स्वतन्त्र भनेको व्यक्ति हो। व्यक्तिमा एक तिहाइ भन्ने हुँदैन। स्वतन्त्र जति जना भए पनि एक्लाएक्लै हुन्। स्वतन्त्र आउँदा त्यसले महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सक्दैन। दललाई भने एक तिहाइ प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बाध्यता छ। स्वतन्त्रबाट अलि बढी निर्वाचित हुने, अझ पुरुष बढी निर्वाचित हुने भयो भने संघीय संसद्‌मा एक तिहाइ नहुनसक्छ’, निर्वाचन आयोगका सहायक प्रवक्ता एवं सूचना अधिकारी सूर्यप्रसाद अर्याल बताउँछन्।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ?
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो?
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्