• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ १४, २०८३ Thu, May 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

७ ठाउँमा जितेको रास्वपा ६ क्षेत्रमा दोस्रो, ५९ क्षेत्रमा तेस्रो शक्ति 

64x64
नेपाल लाइभ बुधबार, मंसिर २१, २०७९  ०९:५३
1140x725

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले ७ ठाउँमा निर्वाचन जित्यो। समानुपातिकबाट १३ गरी २० सिटसहित संसद्‌मा जबर्जस्त उपस्थिति जनाएकाे छ। 

सत्ता गठबन्धजन र एमाले तालमेलका बीच उदाएको उक्त पार्टीले दुवैलाई उछिन्न कोसिस भने ६ ठाउँमा गरेको छ। निकटमत् प्रतिस्पर्धीमा चित्त बुझाउनु नपरेको भए १३ सिट उसको पक्षमा पर्ने सम्भावना थियो।

देशका धेरै ठाउँमा तेस्रो शक्तिका रुपमा उदाएको छ। जसले आगामी दिनमा संगठन विस्तार गर्ने सहज पुग्ने देखिन्छ। 

६ क्षेत्रमा निकटतम प्रतिद्वन्द्वी
सुनसरी निर्वाचन क्षेत्र १ मा जनता समाजवादी पार्टी, नेपालका उपाध्यक्ष अशोक राईले चुनाव जिते। उनले १७ हजार ५९ मत ल्याए।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले चुनौती दिइन्। उनले १६ हजार ६ सय ६ मत पाइन्। 

उक्त पार्टीले चुनौती दिएको अर्को क्षेत्र हो काठमाडौं ९। जहाँ नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर जिते। राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याए। 

नुवाकोट निर्वाचन क्षेत्र २ बाट नेपाली कांग्रेसका अर्जुन नरसिंह केसी २८ हजार १०७ मतसहित विजयी भए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजनार ४७७ मतसहित पछ्याए।

गोरखा निर्वाचन क्षेत्र २ मा पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता गठबन्धनका तर्फबाट जित हासिल गरे। राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३९ मत ल्याए। 

nimb
nimb
Ncell 2
Ncell 2

कास्की निर्वाचन क्षेत्र २ मा एमालेकी विद्या भट्टराईले १६ हजार ९९८ मत ल्याएर जितिन्। मतगणनाको क्रममा सुरुवाती अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कंडेलले १२ हजार ४९५ मत पाए।

रुपन्देही निर्वाचन क्षेत्र २ मा एमालेका विष्णुरप्रसाद पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अन्तिमसम्म चुनौती दिए। विष्णुले २७ हजार १४८ मत ल्याउँदा गणेशले २५ हजार ७८२ मत पाए।

जसले जिते
ललितपुर निर्वाचन क्षेत्र ३ मा तोसिमा कार्कीले जितिन्। उनले ३१ हजार १३६ मत ल्याउँदा नेकपा एमालेका अमृत खड्का१२ हजार ९६३ मतसहित निकटतम प्रतिद्वन्द्वी बने। बहालवाल ऊर्जामन्त्री पम्फा भुसाल सत्ता गठबन्धनको साथ हुँदा पनि तेस्रो बनिन्।

काठमाडौं २ मा सोबिता गौतमले  १५ हजार २२९ मतसहित जितिन्। एमालेका मणिराम फुयाँल ११ हजार ५५५ मतसहित प्रतिस्पर्धामा रहे। पूर्व सभामुख ओनसरी घर्ती तेस्रो बनिन्। 

काठमाडौं ६ मा  शिशिर खनालले जिते। एमालेकै सर्वेन्द्र खनाल निकटतम् प्रतिस्पर्धी बने। काठमाडौं निर्वाचन क्षेत्र ७ मा गणेश पराजुलीले जिते। एमालेकै श्यामकुमार घिमिरेले प्रतिस्पर्धा गरे। 

काठमाडौं निर्वाचन क्षेत्र ८ मा विराजभक्त श्रेष्ठले जित्दा हाम्रो नेपाली पार्टीका सुमन सायमीले चुनौती दिए। चितवन १ मा हरि ढकाल विजयी बने। चितवन २ मा रवि लामिछाने फराकिलो अन्तरले सांसद चुनिए। 

जहाँ बन्यो तेस्रो शक्ति
राष्ट्रिय स्वतन्त्र पार्टी धेरै निर्वाचन क्षेत्रमा तेस्रो शक्ति बन्यो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएको झापा १ मा एमालेले निकटतम् प्रतिस्पर्धी रह्यो। तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी रह्यो। 

यसैगरी झापा- ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग कांग्रेसका कृष्ण सिटौला प्रतिस्पर्धामा आउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक तेस्रो नम्बरमा रहे। झापा ४ र ५ मा समेत उक्त पार्टी तेस्रो शक्ति बनेको छ। 

मोरङ निर्वाचन क्षेत्र १ र २ मा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो नम्बरमा आएको छ। सुनसरीका ३ टा निर्वाचन क्षेत्रमा उक्त पार्टीले राम्रो मत पायो। एउटामा दोस्रो बन्यो भने दुईटामा तेस्रो बनेको छ।  सुनसरी १ मा निकटतम् प्रतिस्पर्धी हुँदा २ र ३ मा तेस्रो बन्यो। 

यस्तै, ललितपुर क्षेत्र नम्बर ३ मा जितेको उक्त पार्टी  निर्वाचन क्षेत्र नम्बर १ र २ मा तेस्रो बन्यो। काभ्रेका २ वटै निर्वाचन क्षेत्रमा तेस्रो बन्यो। काठमाडौं १ मा प्रकाशमान सिंह विजेता, रवीन्द्र मिश्र फेरि उपविजेतामै सीमित रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम तेस्रो प्रतिस्पर्धी बने। काठमाडौं निर्वाचन क्षेत्र ३,  ५  र १० मा तेस्रो शक्ति रास्वपा बनेको छ। 

यसैगरी दोलखा  निर्वाचन क्षेत्र १,  नुवाकोट निर्वाचन क्षेत्र १,  धादिङका २ वटै क्षेत्र,  मकवानपुर निर्वाचन क्षेत्र २,  चितवन निर्वाचन क्षेत्र ३  र गोरखा निर्वाचन क्षेत्र १ मा पनि तेस्रो शक्ति रास्वपा बनेको छ। 

लमजुङ निर्वाचन क्षेत्र १,  तनहुँ निर्वाचन क्षेत्र २,  स्याङ्जा निर्वाचन क्षेत्र १ र  २, कास्की  निर्वाचन क्षेत्र १ र ३, पर्वत निर्वाचन क्षेत्र १,  बाग्लुङ निर्वाचन क्षेत्र १  र २, नवलपरासी पूर्व  निर्वाचन क्षेत्र १ र २  र पाल्पा निर्वाचन क्षेत्र २ मा उक्त पार्टी तेस्रो बन्यो। 

रुपन्देही निर्वाचन क्षेत्र १, ३, दाङ १, २  र  ३ बाँके ३,  नवलपरासी पश्चिम १ मा पनि रास्वपा तेस्रो शक्ति बनेको छ। 

झिनो मत, तर तेस्रो
कतिपय ठाउँमा झिनो मत पाएर समेत उक्त पार्टी तेस्रो बनेको छ। मनाङमा उक्त पार्टीले जम्मा ५ मत पायो, तर शक्ति भने तेस्रो बन्यो। 

मुस्ताङ, सिन्धुली, गुल्मी १, अर्घाखाँची, प्युठान, सुर्खेत, म्याग्दी, कञ्चनपुर ३ र २ मा समेत उक्त पार्टी तेस्रो बनेको छ। तर, पहिलो बन्ने पार्टीसँग अन्तर भने आकाशपाताल रहेको छ।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  ०९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ?
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ?
सम्बन्धित सामग्री
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
आयोगले निर्वाचनको पूरै नतिजा आज राष्ट्रपतिलाई बुझाउने निर्वाचन परिणामको प्रतिवेदन बुझाउने राष्ट्रपति रामचन्द्र पौडेलसँग दिउँसो ४ बजे भेटघाट गर्ने कार्यक्रम राखेको आयोगका प्रवक्ता नारायणप... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
ओली, लेखक र गुरुङलाई भुतप्रभावि कानून बनाएर दण्डित गर्न मानवअधिकार आयोगको सिफारिस बुधबार, जेठ १३, २०८३
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्