• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
महिला हिंसाविरुद्ध १६ दिने अभियान

रुवी अझै सडकमा, हत्या आरोपित संसद्‌मा

64x64
धनु विश्वकर्मा शनिबार, मंसिर १७, २०७९  ०७:११
1140x725

काठमाडौं– नेपालगञ्जबाट चिरिएका पैताला लिएर माइतीघरको सडकमा धर्ना दिन आएका १६ महिलाहरूको कथा सधैं सम्झनामा छन्। 

अघिल्लो साल २० दिन पैदल हिँडेर सडकमा निर्मला कुर्मीहरूका लागि न्याय मागिरहँदा सरकार झस्किएको थियो।
कठ्यांग्रिदो हिउँद होस् वा टन्टलापुर घाम। या शरीर भिजाउने झरी।

न्यायको आन्दोलनमा होमिएका ती दृढ महिलाहरूको अग्रपंक्तिमा उभिएर माइतीघरमा राज्यको प्रहार छेकिरहेकी हुन्थिन् रुवी खान। 

आजकल उनी माइतीघर भेटिन्नन्। तर नेपालगञ्जमा न्यायका निम्ति आवाज मुखरित बनाइरहेकी छन्।

महिला हिंसा विरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर-१० डिसेम्बर) देशभर चलिरहेको छ। ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ नारासहित अभियन्ताहरूले आवाज बुलन्द बनाइरहेका छन्।

यतिबेला हामीले सम्झियौँ रुवीलाई। उनीसँग आन्दोलनका कठोर भोगाइ छन्। सत्ताले गरेको दमनका तीता अनुभूति छन्।

नेपालगञ्जका निर्मला कुर्मी र नन्कुन्नी धोवीको पटक पटकको यातनापश्चात हत्या भयो। हत्याका आरोपितहरू अझै खुलेआम हिँडिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसविरुद्ध ०६६ सालदेखि लडिराखेकी छन् रुवी। तर न्‍याय कसले दिने हो थाहा छैन।

राज्यले त्यति सजिलै न्याय दिदैँन भन्ने थाहा छ रुवीलाई। 'महिलालाई अझ राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा नै तहगत हिंसा भइरहेको छ। न्याय कसले दिन्छ,’ रुवी भन्छिन्।  

आमाबाट सिकेको विद्रोह

रुवी विसं २०४४ मा नेपालगञ्जमा जन्मिइन्। परिवारको तेस्रो सन्तान।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बाल्यकालमा बुबा गुमाएकी रुवीले परिवारमा थुप्रै अभाव झेलेकी छन्। मुस्लिम समुदायको सामान्य परिवारमा हुर्किइन् उनी।

आमाले ज्याला मजदुरी गरेर परिवारको संकट टार्थिन्।

रुवी हुर्केको समुदायमा छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता थिएन। समाज पढाइको तगारो थियो। दिदी गुडीया खानले नारायण माध्यमिक विद्यालयमा कक्षा ३ सम्म पढिन्। बुवाले विद्यालयबाट गुडियालाई निकाले।

थप पढे इज्जत जान्छ भन्ने मान्यता थियो। स्कुल छुटेपछि दिदीको १३ वर्षमै विहे भयो। 

दिदी पढेकै स्कुलमा रुवीलाई आमाले भर्ना गरिन्। कक्षामा तीन जना मात्र मुश्लिम केटी। अधिकांश अरु समुदायका। त्यही तगारोलाई तोड्न रुवीले सानैदेखि विद्रोही स्वभाव अँगालिन्।

रुवी ४ कक्षामा उक्लिइन्। बुवाले अब निकाल्ने निर्णय गरे। तर आमाको सपना थियो छोरी पढाउने। झगडा गरेरै रुवीको पढाइलाई निरन्तरता दिइन्। कक्षा १०सम्म आमाले परिवार र समाजसँग विद्रोह गरेरै पढाइन्। 

गाउँमा उनको पढाइ छुटाउने प्रयत्न कहाँ नभएको हो र?

गाउँकै मुखियासम्म आएर रुवीको पढाइमा बिराम लगाउने प्रयत्न गरे। ‘छोरी सिसाको भाँडा हो। पढेर होइन घर गरेर खानुपर्छ,’ उनले सधैँ यो वाक्य सुनिरहिन्।

बुबाको निधनले परिवारमा शोक निम्त्यायो। ‘तर  बुवा भएको भए म त्यो बेला पढ्न कहाँ पाउँथे होला र!’ ,’ बाँचुन्जेल पढाइ रोक्ने बुबाको प्रपञ्चलाई उनी कहिल्यै माफ गर्दिनन्।

रुवीले पढेको कारण दाइले पनि पढे। रुवीले ०६४ सालमा एसएलसी दिइन्। 

रुवीको पढाइ जारी छ।

उनी कानुन पढिरहेकी छन्। ‘कानुनमा महिलाको पहुँच नहुँदा न्याय पाउन मुस्किल देखेँ। त्यसैले कानुन पढ्न थालेँ’, उनी भन्छिन्।

स्कुल पढेदेखि नै रुवी सामाजिक अभियान र संस्थाहरूमा सक्रियता देखाउन थालिन्। कक्षा ८ पढ्दापढ्दै नेपाल मुस्लिम समाज विकास सूचना केन्द्रमा उनी आवद्ध भइन्। बेलुका उनी त्यही संस्थामा काम गर्थिन्। 

मुस्लिम समुदायभित्र हुने महिला हिंसाविरुद्ध काम गर्थ्यो त्यो संस्था। महिला सशक्तीकरणका कार्यक्रम निरन्तर अगाडि बढ्दै गर्दा रुवीभित्र न्यायको स्वर गुन्जिरहन थाल्यो। उनी त्यतिबेलादेखि नै सामाजिक रुपान्तरणमा सक्रिय हुन थालिन्।

संगठनमा दबाब समूह थियो। नेपालगञ्जकी निर्मला कुर्मी दबाब समूहमा आवद्ध थिइन्। ०६६ सालमा रुवी महिला अधिकार मञ्च बाँकेको जिल्ला सदस्य भइन्। यो संस्थाले महिला हिंसामा परेकालाई न्यायका लागि बहस पैरवी गर्थ्यो। 

सडकमा लैजाने दुई घटना
१८माघ, ०६६। निर्मला कुर्मीले महिला अधिकार मञ्चमा पुगेर छिमेकी बादशाह कुर्मीले हिंसा गरेको बताइन्।

उनले बादशाहबाट भोगेको यातना सुनाइन्। उनी माथि भएको हिंसा सुनेर रुवी असह्य बनिन्। निर्मलाको आँसुलाई शक्तिमा बदल्ने अठोट गरिन् रुवीले। 

त्यसबखत निर्मलाका दुई छोराको हत्या भयो। उनले पोस्टमार्टम गरिदिनुपर्यो भनेर प्रशासनमा हारगुहार गरिन्। रुवी निर्मलाको पीडामा सँगै उभिएकी थिइन्।

उनीहरू उत्पीडनविरुद्ध लडिरहँदा पनि हिंसा रोकिएन। 

एकदिन निर्मलाको अपहरण भयो। अपहरण गरेको भन्दै रुवीले ०७७ साल मंसिर १४ गते उजुरी दिइन्। उजुरी दिएको एक महिना नपुग्दै निर्मलाको हत्या भयो। फेरि सदरमुकाम गएर प्रहरीमा रुवीले उजुरी दिइन्। उजुरी दिन रुवीले गरेको संघर्ष कठिन थियो।

प्रहरी कार्यालयमा चैत १४ गते कर्तब्य ज्यानको मुद्दा हालिन्। मुद्दा चैत २० गते मात्र दर्ता भयो। 

अर्को घटना ०७८ सालको हो। असारमा नन्कुन्नी धोवीको श्रीमानबाटै घरेलु हिंसा भयो। उनले आफूमाथि परिवारले पटक पटक शारीरिक र मानसिक यातना दिएकाे भन्दै उजुरी दिइन्। नन्कुन्नीसँगै रुवी न्यायको लडाइँमा उभिइन्। 
उजुरीको एक महिनापछि साउन ५ गते नन्कुन्नीको हत्या भयो। हत्या परिवारले नै गरेको भनेर माइतीपक्षले उजुरी दिए। रुवी नन्कुन्नीको परिवारको साथमा थिइन्।

यी दुवै घटनामा  रुवी न्यायका लागि लडिरहेकी छन्। नन्कुन्नीलाई पनि प्रहरीले आत्महत्या गरेको भनिदियो। प्रहरी र पीडकविरुद्ध रुवीले आन्दोलन छेडिन्।

१९ दिने धर्ना
ती दुई घटनामा प्रहरीले जाहेरी समेत लिन मानेन। सामान्य महिलाले कहिले न्यायको अनुभूति गर्न नपाएको साक्षी रुवी आफैं हुन पुगिन्। उनले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना सुरु गरिन्। 

०७८ भदौ १३ गते प्रशासनको गेटमा ३०/३५ महिलाको समूह नेतृत्व गर्दै धर्नामा बसिन् उनी। तर न्यायको प्रत्याभूति  भएन। १९ दिनसम्म सुनुवाइ नभएपछि उनले सोचिन्, ‘ अब हामी सिंहदरबार अगाडि गएर न्याय माग्छौँ।’ 

५ सय २० किलोमिटरको पैदलयात्रा
नेपालगञ्जका १४ जनाको समूह बनाएर उनले काठमाडौं पैदल यात्रा गर्ने निर्णय गरिन्। उनीहरूको १६ जनाकोे समूह २० दिन पैदल हिँडेर माइतीघर आइपुग्यो। 

असोज १ गते पैदल यात्रा गरेका उनीहरू २१ गते काठमाडौं पुगे। खुट्टा थाके होलान्। ओठमुख सुके होलान्। समस्याका चाङ्ग देखिए होलान्। ‘त्यो २० दिनको पैदल यात्राले कुर्कुच्चा फुटे, तर विश्वास कहिले टुटेन,’ रुवी भन्छिन्।

 त्यतिबेला प्रहरीबाट पटक पटक धरपकड भयो। उनीहरू पक्राउ परे। रुवी अनसन बसिन्। उनलाई पक्राउ गरेर विभिन्न मुद्दा लगाउन खोजियो। तर, उनी डगिनन्। त्यतिबेला उनले आफूलाई मानसिक यातना दिइएको बताएकी थिइन्।

२ दिन धर्ना बसेपछि गृह मन्त्रालयले छानबिन समिति बनाउने र प्रतिवेदन सार्वजनिक गर्ने सहमति गर्‍यो। सरकारको यही आश्वासनका कारण आन्दोलन स्थगित भयो। 

उनी आफ्नो समूहसहित घर फर्किइन्। तर नेपालगञ्जमा पुगेपछि भने कुनै अनुसन्धान भएन। छानविन समितिले कुनै प्रतिवेदन सार्वजनिक गरेन। 

४१ दिन  माइतीघरमा धर्ना
जीवनमा बिरामी भइन्छ । तर थकान कहिले हुँदैन। रुवीको जीवनमा लागू भएको कुरा हो यो। 

अनुसन्धान नभएपछि रुवीले फेरि काठमाडौं यात्रा तय गरिन्। न्याय नपाउन्जेल उनी थाक्नेवाला थिइनन्। मंसिर ९ गते फेरि काठमाडौं आएको रुवीको समूह माइतीघरको चिसो भुइँमा ४१ दिनसम्म धर्ना बस्यो।

कलंकीबाट माइतीघरसम्म हरेक दिन हिँडेर आउजाउ गर्थे उनीहरू। 

४१ दिनपछि गृहमन्त्री बालकृष्ण खाणले फेरि छलफलका लागि बोलाए। छानविन समितिबाट प्राप्त प्रतिवेदन सार्वजनिक गर्ने, रुवीहरूको सुरक्षा गर्ने र घटनाको सत्यतथ्य छानविन गर्ने आश्वासन दिए। तिनै आश्वासन बोकेर घर फर्किरहेका रूवीहरूले आजसम्म न्याय पाइरहेका छैनन्। ‘न्याय कहाँ सजिलो पाइने रैछ र!’ रुवी भन्छिन्। 

उनका अनुसार घटनाको अनुसन्धान भएको छैन। आरोपित बादशाह कुर्मी अहिले नेपाली कांग्रेस बाँके ३ ‘२’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। उनले बादशाहको उम्मेदवारी खारेजी गर्न पनि उजुरी दिइन् निर्वाचन आयोगमा।

तर सुनुवाइ भएन। 

‘राज्यले अझै सुनेको छैन। जोविरुद्ध लडेको हौं। उही संसदमा पुगे। तर हामी सडकबाटै विद्रोह गरिरहनेछौं’, रुवी दृढ सुनिन्छिन्। 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  ०७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्