• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २८, २०८२ Thu, Mar 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
महिला हिंसाविरुद्ध १६ दिने अभियान

रुवी अझै सडकमा, हत्या आरोपित संसद्‌मा

64x64
धनु विश्वकर्मा शनिबार, मंसिर १७, २०७९  ०७:११
1140x725

काठमाडौं– नेपालगञ्जबाट चिरिएका पैताला लिएर माइतीघरको सडकमा धर्ना दिन आएका १६ महिलाहरूको कथा सधैं सम्झनामा छन्। 

अघिल्लो साल २० दिन पैदल हिँडेर सडकमा निर्मला कुर्मीहरूका लागि न्याय मागिरहँदा सरकार झस्किएको थियो।
कठ्यांग्रिदो हिउँद होस् वा टन्टलापुर घाम। या शरीर भिजाउने झरी।

न्यायको आन्दोलनमा होमिएका ती दृढ महिलाहरूको अग्रपंक्तिमा उभिएर माइतीघरमा राज्यको प्रहार छेकिरहेकी हुन्थिन् रुवी खान। 

आजकल उनी माइतीघर भेटिन्नन्। तर नेपालगञ्जमा न्यायका निम्ति आवाज मुखरित बनाइरहेकी छन्।

महिला हिंसा विरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर-१० डिसेम्बर) देशभर चलिरहेको छ। ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसाविरुद्धको अभियान’ नारासहित अभियन्ताहरूले आवाज बुलन्द बनाइरहेका छन्।

यतिबेला हामीले सम्झियौँ रुवीलाई। उनीसँग आन्दोलनका कठोर भोगाइ छन्। सत्ताले गरेको दमनका तीता अनुभूति छन्।

नेपालगञ्जका निर्मला कुर्मी र नन्कुन्नी धोवीको पटक पटकको यातनापश्चात हत्या भयो। हत्याका आरोपितहरू अझै खुलेआम हिँडिरहेका छन्।

Ncell 2
Ncell 2

यसविरुद्ध ०६६ सालदेखि लडिराखेकी छन् रुवी। तर न्‍याय कसले दिने हो थाहा छैन।

राज्यले त्यति सजिलै न्याय दिदैँन भन्ने थाहा छ रुवीलाई। 'महिलालाई अझ राजनीतिक, सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा नै तहगत हिंसा भइरहेको छ। न्याय कसले दिन्छ,’ रुवी भन्छिन्।  

आमाबाट सिकेको विद्रोह

रुवी विसं २०४४ मा नेपालगञ्जमा जन्मिइन्। परिवारको तेस्रो सन्तान।

बाल्यकालमा बुबा गुमाएकी रुवीले परिवारमा थुप्रै अभाव झेलेकी छन्। मुस्लिम समुदायको सामान्य परिवारमा हुर्किइन् उनी।

आमाले ज्याला मजदुरी गरेर परिवारको संकट टार्थिन्।

रुवी हुर्केको समुदायमा छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता थिएन। समाज पढाइको तगारो थियो। दिदी गुडीया खानले नारायण माध्यमिक विद्यालयमा कक्षा ३ सम्म पढिन्। बुवाले विद्यालयबाट गुडियालाई निकाले।

थप पढे इज्जत जान्छ भन्ने मान्यता थियो। स्कुल छुटेपछि दिदीको १३ वर्षमै विहे भयो। 

दिदी पढेकै स्कुलमा रुवीलाई आमाले भर्ना गरिन्। कक्षामा तीन जना मात्र मुश्लिम केटी। अधिकांश अरु समुदायका। त्यही तगारोलाई तोड्न रुवीले सानैदेखि विद्रोही स्वभाव अँगालिन्।

रुवी ४ कक्षामा उक्लिइन्। बुवाले अब निकाल्ने निर्णय गरे। तर आमाको सपना थियो छोरी पढाउने। झगडा गरेरै रुवीको पढाइलाई निरन्तरता दिइन्। कक्षा १०सम्म आमाले परिवार र समाजसँग विद्रोह गरेरै पढाइन्। 

गाउँमा उनको पढाइ छुटाउने प्रयत्न कहाँ नभएको हो र?

गाउँकै मुखियासम्म आएर रुवीको पढाइमा बिराम लगाउने प्रयत्न गरे। ‘छोरी सिसाको भाँडा हो। पढेर होइन घर गरेर खानुपर्छ,’ उनले सधैँ यो वाक्य सुनिरहिन्।

बुबाको निधनले परिवारमा शोक निम्त्यायो। ‘तर  बुवा भएको भए म त्यो बेला पढ्न कहाँ पाउँथे होला र!’ ,’ बाँचुन्जेल पढाइ रोक्ने बुबाको प्रपञ्चलाई उनी कहिल्यै माफ गर्दिनन्।

रुवीले पढेको कारण दाइले पनि पढे। रुवीले ०६४ सालमा एसएलसी दिइन्। 

रुवीको पढाइ जारी छ।

उनी कानुन पढिरहेकी छन्। ‘कानुनमा महिलाको पहुँच नहुँदा न्याय पाउन मुस्किल देखेँ। त्यसैले कानुन पढ्न थालेँ’, उनी भन्छिन्।

स्कुल पढेदेखि नै रुवी सामाजिक अभियान र संस्थाहरूमा सक्रियता देखाउन थालिन्। कक्षा ८ पढ्दापढ्दै नेपाल मुस्लिम समाज विकास सूचना केन्द्रमा उनी आवद्ध भइन्। बेलुका उनी त्यही संस्थामा काम गर्थिन्। 

मुस्लिम समुदायभित्र हुने महिला हिंसाविरुद्ध काम गर्थ्यो त्यो संस्था। महिला सशक्तीकरणका कार्यक्रम निरन्तर अगाडि बढ्दै गर्दा रुवीभित्र न्यायको स्वर गुन्जिरहन थाल्यो। उनी त्यतिबेलादेखि नै सामाजिक रुपान्तरणमा सक्रिय हुन थालिन्।

संगठनमा दबाब समूह थियो। नेपालगञ्जकी निर्मला कुर्मी दबाब समूहमा आवद्ध थिइन्। ०६६ सालमा रुवी महिला अधिकार मञ्च बाँकेको जिल्ला सदस्य भइन्। यो संस्थाले महिला हिंसामा परेकालाई न्यायका लागि बहस पैरवी गर्थ्यो। 

सडकमा लैजाने दुई घटना
१८माघ, ०६६। निर्मला कुर्मीले महिला अधिकार मञ्चमा पुगेर छिमेकी बादशाह कुर्मीले हिंसा गरेको बताइन्।

उनले बादशाहबाट भोगेको यातना सुनाइन्। उनी माथि भएको हिंसा सुनेर रुवी असह्य बनिन्। निर्मलाको आँसुलाई शक्तिमा बदल्ने अठोट गरिन् रुवीले। 

त्यसबखत निर्मलाका दुई छोराको हत्या भयो। उनले पोस्टमार्टम गरिदिनुपर्यो भनेर प्रशासनमा हारगुहार गरिन्। रुवी निर्मलाको पीडामा सँगै उभिएकी थिइन्।

उनीहरू उत्पीडनविरुद्ध लडिरहँदा पनि हिंसा रोकिएन। 

एकदिन निर्मलाको अपहरण भयो। अपहरण गरेको भन्दै रुवीले ०७७ साल मंसिर १४ गते उजुरी दिइन्। उजुरी दिएको एक महिना नपुग्दै निर्मलाको हत्या भयो। फेरि सदरमुकाम गएर प्रहरीमा रुवीले उजुरी दिइन्। उजुरी दिन रुवीले गरेको संघर्ष कठिन थियो।

प्रहरी कार्यालयमा चैत १४ गते कर्तब्य ज्यानको मुद्दा हालिन्। मुद्दा चैत २० गते मात्र दर्ता भयो। 

अर्को घटना ०७८ सालको हो। असारमा नन्कुन्नी धोवीको श्रीमानबाटै घरेलु हिंसा भयो। उनले आफूमाथि परिवारले पटक पटक शारीरिक र मानसिक यातना दिएकाे भन्दै उजुरी दिइन्। नन्कुन्नीसँगै रुवी न्यायको लडाइँमा उभिइन्। 
उजुरीको एक महिनापछि साउन ५ गते नन्कुन्नीको हत्या भयो। हत्या परिवारले नै गरेको भनेर माइतीपक्षले उजुरी दिए। रुवी नन्कुन्नीको परिवारको साथमा थिइन्।

यी दुवै घटनामा  रुवी न्यायका लागि लडिरहेकी छन्। नन्कुन्नीलाई पनि प्रहरीले आत्महत्या गरेको भनिदियो। प्रहरी र पीडकविरुद्ध रुवीले आन्दोलन छेडिन्।

१९ दिने धर्ना
ती दुई घटनामा प्रहरीले जाहेरी समेत लिन मानेन। सामान्य महिलाले कहिले न्यायको अनुभूति गर्न नपाएको साक्षी रुवी आफैं हुन पुगिन्। उनले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना सुरु गरिन्। 

०७८ भदौ १३ गते प्रशासनको गेटमा ३०/३५ महिलाको समूह नेतृत्व गर्दै धर्नामा बसिन् उनी। तर न्यायको प्रत्याभूति  भएन। १९ दिनसम्म सुनुवाइ नभएपछि उनले सोचिन्, ‘ अब हामी सिंहदरबार अगाडि गएर न्याय माग्छौँ।’ 

५ सय २० किलोमिटरको पैदलयात्रा
नेपालगञ्जका १४ जनाको समूह बनाएर उनले काठमाडौं पैदल यात्रा गर्ने निर्णय गरिन्। उनीहरूको १६ जनाकोे समूह २० दिन पैदल हिँडेर माइतीघर आइपुग्यो। 

असोज १ गते पैदल यात्रा गरेका उनीहरू २१ गते काठमाडौं पुगे। खुट्टा थाके होलान्। ओठमुख सुके होलान्। समस्याका चाङ्ग देखिए होलान्। ‘त्यो २० दिनको पैदल यात्राले कुर्कुच्चा फुटे, तर विश्वास कहिले टुटेन,’ रुवी भन्छिन्।

 त्यतिबेला प्रहरीबाट पटक पटक धरपकड भयो। उनीहरू पक्राउ परे। रुवी अनसन बसिन्। उनलाई पक्राउ गरेर विभिन्न मुद्दा लगाउन खोजियो। तर, उनी डगिनन्। त्यतिबेला उनले आफूलाई मानसिक यातना दिइएको बताएकी थिइन्।

२ दिन धर्ना बसेपछि गृह मन्त्रालयले छानबिन समिति बनाउने र प्रतिवेदन सार्वजनिक गर्ने सहमति गर्‍यो। सरकारको यही आश्वासनका कारण आन्दोलन स्थगित भयो। 

उनी आफ्नो समूहसहित घर फर्किइन्। तर नेपालगञ्जमा पुगेपछि भने कुनै अनुसन्धान भएन। छानविन समितिले कुनै प्रतिवेदन सार्वजनिक गरेन। 

४१ दिन  माइतीघरमा धर्ना
जीवनमा बिरामी भइन्छ । तर थकान कहिले हुँदैन। रुवीको जीवनमा लागू भएको कुरा हो यो। 

अनुसन्धान नभएपछि रुवीले फेरि काठमाडौं यात्रा तय गरिन्। न्याय नपाउन्जेल उनी थाक्नेवाला थिइनन्। मंसिर ९ गते फेरि काठमाडौं आएको रुवीको समूह माइतीघरको चिसो भुइँमा ४१ दिनसम्म धर्ना बस्यो।

कलंकीबाट माइतीघरसम्म हरेक दिन हिँडेर आउजाउ गर्थे उनीहरू। 

४१ दिनपछि गृहमन्त्री बालकृष्ण खाणले फेरि छलफलका लागि बोलाए। छानविन समितिबाट प्राप्त प्रतिवेदन सार्वजनिक गर्ने, रुवीहरूको सुरक्षा गर्ने र घटनाको सत्यतथ्य छानविन गर्ने आश्वासन दिए। तिनै आश्वासन बोकेर घर फर्किरहेका रूवीहरूले आजसम्म न्याय पाइरहेका छैनन्। ‘न्याय कहाँ सजिलो पाइने रैछ र!’ रुवी भन्छिन्। 

उनका अनुसार घटनाको अनुसन्धान भएको छैन। आरोपित बादशाह कुर्मी अहिले नेपाली कांग्रेस बाँके ३ ‘२’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। उनले बादशाहको उम्मेदवारी खारेजी गर्न पनि उजुरी दिइन् निर्वाचन आयोगमा।

तर सुनुवाइ भएन। 

‘राज्यले अझै सुनेको छैन। जोविरुद्ध लडेको हौं। उही संसदमा पुगे। तर हामी सडकबाटै विद्रोह गरिरहनेछौं’, रुवी दृढ सुनिन्छिन्। 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  ०७:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
सामाजिक सञ्जाल प्रयोगसम्बन्धी साउदीमा रहेका नेपालीलाई दूतावासको ३ बुँदे अनुरोध बुधबार, फागुन २७, २०८२
जनताको भावना अनुरूप राष्ट्रिय सभामा प्रस्तुत हुने कांग्रेसको निर्णय बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
दुबई उडान सञ्चालन गर्दै नेवानि, पहिला आउनेलाई पहिलो प्राथमिकता मंगलबार, फागुन २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्