• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

अफगानिस्तानको रंगशालामा खेल हुँदैन, कोर्रा बर्साइन्छ

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ८, २०७९  १५:०४
1140x725

रंगशालामा उत्साहित भएर चिच्याइरहेको भीड, सजाय पाउने डरले आतंकित केही मानिस तथा हतियार र कोर्रा बोकेर बसेका डरलाग्दा तालिवानी। यो यस्तो दृश्य थियो, जसले १९९० को दशकमा पूरै विश्वलाई आतंकित तुल्यायो।

अफगानिस्तानमा देखिने यस्ता तस्बिर र भिडियोले, त्यतिबेला विश्व समूदायको ध्यान खिच्यो। यी तस्बिरहरू पछि गएर तालिवानी  क्रुरताको प्रतीक बन्यो। 

सन् २०२१ मा तालिवानले पुनः अफगानिस्तानी सत्तामा कब्जा जमाउँदा धेरैको मनमा यही दुविधा थियो- ती विगत फर्किने त होइनन्? नभन्दै अफगानिस्तानमा फेरि तालिवानको क्रासदीपूर्ण विगत फर्किने छाँट देखिएको छ।  

यही बुधबार एउटा रंंगशालामा तीन महिलासहित कुल १२ जनालाई कोर्रा हान्ने सजाय सुनाइयो। सजायको दिन आफ्नो क्रुरता प्रदर्शन गर्न तालिवान सरकारले आम नागरिकलाई रंगशाला आउने निम्तो दिएको थियो। राजधानी काबुलदेखि दक्षिणमा अवस्थित लोगर प्रान्तका गर्भनरले माननीय, विद्वान, मुजाहिद्दिन, परिपक्व व्यक्ति, स्थानीय नेतादेखि सबैलाई पुल अलाम रंगशालामा जम्मा हुन निम्तो पठाएका थिए। त्यो निम्तो सोसल मिडियामार्फत जारी भएको थियो। र, सूचनामा बिहानको ९ बजे रंगशाला पुग्ने उर्दी थियो।  

फर्किन लागेको हो विगत? 

जुन व्यक्तिहरूलाई सजाय सुनाइएको थियो, उनीहरूलाई २१ देखि ३९ पल्टसम्म कोर्रा लगाउने उर्दी थियो। गभर्नरको कार्यालयमा कार्यरत एक स्थानीय अधिकारीले नाम नछाप्ने सर्तमा भने- सजाय पाएका व्यक्तिको बारेमा आरोप थियो, उनीहरूले चोरी गर्नुको साथै अवैध सम्बन्ध स्थापित गरेका थिए। 

यस बाहेक उनले कुनै जानकारी दिन मानेनन्। उनले भने, ‘त्यो घटना हेर्न सयौंको संख्यामा मानिस रंगशाला पुगेका थिए। उनीहरूलाई फोटो खिच्न र भिडियो बनाउन प्रतिबन्ध थियो।’

तालिवानको सत्तारोहणपछि यो नै पहिलो घटना थिएन, मानिसहरूलाई सार्वजनिक रूपमा दण्डित गरेको। यसअघि ११ नोभेम्बरमा १९ पुरुष र महिलालाई कोर्रा हानिएको थियो। घरबाट भाग्ने, चोरी र अवैध सम्बन्ध बनाएको आरोपमा यिनीहरूलाई ३९–३९ कोर्रा हिर्काइएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तालिवानको अमानवीय व्यवहारको विषयमा त्यतिबेला पनि तिब्र प्रतिक्रिया भएको थियो। अफगानिस्तानको पुनर्वास तथा शरणार्थी मन्त्रीका पूर्वविशेष सल्लाहकार शबनम नसीमीले २० नोभेम्बरमा बेलायतबाट जारी गरेको भिडियोमा स्पष्ट देख्न सकिन्थ्यो–एक व्यक्तिले महिलालाई कोर्रा हान्दै गरेको। भिडियोलाई सार्वजनिक गर्दै उनले लेखेका थिए, ‘यो अफगानिस्तानको नुरिस्तान प्रान्त हो। जहाँ महिलालाई संगीत सुनेको आरोपमा कोर्रा हिर्काइएको छ। तालिवानको अतिवादी शासनले मानिसलाई आतंकित बनाउने कार्यको सुरुवात भएको छ। यो कहिले समाप्त हुन्छ?’

सुध्रिएन् तालिबान

रंगशालामा भिड जम्मा पारेर अपराधीलाई सजाय दिने प्रथा ९० को दशकमा तालिवानले नै सुरु गरेको हो। सन् २०२१ मा तालिवानले काबुल कब्जा गर्दा उनीहरूले स्थानीय मानिसलाई आफूहरू पुरानो तालिवान नभएको भन्दै आश्वस्त पार्न खोजेका थिए। उनीहरूले यतिबेला आफूहरू परिवर्तन भइसकेको बताएका थिए। उनीहरूले अन्तर्राष्ट्रिय समूदायसँग महिला स्वतन्त्रता र मानव अधिकारलाई प्राथमिकता दिने बताएका थिए। 

तर, लोगरमा भएको यो घटनाले तालिवान ‘सरिया कानुन’ लाई त्यही रूपमा लागू गर्ने अभियानमा रहेको सन्देह उत्पन्न हुन्छ। स्थानीय अधिकारीहरू यस विषयमा खुलेर कुरा गरिरहेका छन्। लोगरका उपगर्वनर इनायातुल्लाह सुजाले हालै एउटा बयानमा भनेका छन्, ‘सरिया कानुन नै अफगानिस्तानको सबै समस्याको निकास हो। यसलाई लागू गर्नै पर्छ।’

Xtrem

Xtrem

उनको भनाइको अर्थ स्पष्ट छ- सन् १९९६-२००१ सम्म तालिवानले जसरी सत्ता चलायो, त्यसैलाई अफगानिस्तानले निरन्तरता दिँदैछ। त्यतिबेला सजाय पाएका व्यक्तिलाई कोर्रा मात्र होइन, सार्वजनिक स्थलमा ढुंगा हान्ने र रंगशालामा सबैलाई जम्मा पारेर घाँटी रेट्ने चलन पनि थियो। 

तालिवानले सत्तामा फर्किएपछि जनतासँग गरेको कुनै पनि वाचा पूरा गरेको छैन। उल्टै महिलामाथि अमानवीय व्यवहार बढेको छ। उनीहरूलाई शिक्षामाथिको अधिकारबाट बञ्चित पार्ने काम भएको छ। यसै साता तालिवानले महिलालाई मोबाइलको सिम कार्ड किन्न पनि प्रतिबन्ध लगाएको थियो। 

रिपोर्टः एपी
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:०४
  • #Afganistan
  • #Taliban
  • #Stadium
  • #football

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत र... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्