• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ १३, २०८२ Tue, Jan 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

अफगानिस्तानको रंगशालामा खेल हुँदैन, कोर्रा बर्साइन्छ

64x64
नेपाल लाइभ बिहीबार, मंसिर ८, २०७९  १५:०४
1140x725

रंगशालामा उत्साहित भएर चिच्याइरहेको भीड, सजाय पाउने डरले आतंकित केही मानिस तथा हतियार र कोर्रा बोकेर बसेका डरलाग्दा तालिवानी। यो यस्तो दृश्य थियो, जसले १९९० को दशकमा पूरै विश्वलाई आतंकित तुल्यायो।

अफगानिस्तानमा देखिने यस्ता तस्बिर र भिडियोले, त्यतिबेला विश्व समूदायको ध्यान खिच्यो। यी तस्बिरहरू पछि गएर तालिवानी  क्रुरताको प्रतीक बन्यो। 

सन् २०२१ मा तालिवानले पुनः अफगानिस्तानी सत्तामा कब्जा जमाउँदा धेरैको मनमा यही दुविधा थियो- ती विगत फर्किने त होइनन्? नभन्दै अफगानिस्तानमा फेरि तालिवानको क्रासदीपूर्ण विगत फर्किने छाँट देखिएको छ।  

यही बुधबार एउटा रंंगशालामा तीन महिलासहित कुल १२ जनालाई कोर्रा हान्ने सजाय सुनाइयो। सजायको दिन आफ्नो क्रुरता प्रदर्शन गर्न तालिवान सरकारले आम नागरिकलाई रंगशाला आउने निम्तो दिएको थियो। राजधानी काबुलदेखि दक्षिणमा अवस्थित लोगर प्रान्तका गर्भनरले माननीय, विद्वान, मुजाहिद्दिन, परिपक्व व्यक्ति, स्थानीय नेतादेखि सबैलाई पुल अलाम रंगशालामा जम्मा हुन निम्तो पठाएका थिए। त्यो निम्तो सोसल मिडियामार्फत जारी भएको थियो। र, सूचनामा बिहानको ९ बजे रंगशाला पुग्ने उर्दी थियो।  

फर्किन लागेको हो विगत? 

जुन व्यक्तिहरूलाई सजाय सुनाइएको थियो, उनीहरूलाई २१ देखि ३९ पल्टसम्म कोर्रा लगाउने उर्दी थियो। गभर्नरको कार्यालयमा कार्यरत एक स्थानीय अधिकारीले नाम नछाप्ने सर्तमा भने- सजाय पाएका व्यक्तिको बारेमा आरोप थियो, उनीहरूले चोरी गर्नुको साथै अवैध सम्बन्ध स्थापित गरेका थिए। 

यस बाहेक उनले कुनै जानकारी दिन मानेनन्। उनले भने, ‘त्यो घटना हेर्न सयौंको संख्यामा मानिस रंगशाला पुगेका थिए। उनीहरूलाई फोटो खिच्न र भिडियो बनाउन प्रतिबन्ध थियो।’

तालिवानको सत्तारोहणपछि यो नै पहिलो घटना थिएन, मानिसहरूलाई सार्वजनिक रूपमा दण्डित गरेको। यसअघि ११ नोभेम्बरमा १९ पुरुष र महिलालाई कोर्रा हानिएको थियो। घरबाट भाग्ने, चोरी र अवैध सम्बन्ध बनाएको आरोपमा यिनीहरूलाई ३९–३९ कोर्रा हिर्काइएको थियो। 

Ncell 2
Ncell 2

तालिवानको अमानवीय व्यवहारको विषयमा त्यतिबेला पनि तिब्र प्रतिक्रिया भएको थियो। अफगानिस्तानको पुनर्वास तथा शरणार्थी मन्त्रीका पूर्वविशेष सल्लाहकार शबनम नसीमीले २० नोभेम्बरमा बेलायतबाट जारी गरेको भिडियोमा स्पष्ट देख्न सकिन्थ्यो–एक व्यक्तिले महिलालाई कोर्रा हान्दै गरेको। भिडियोलाई सार्वजनिक गर्दै उनले लेखेका थिए, ‘यो अफगानिस्तानको नुरिस्तान प्रान्त हो। जहाँ महिलालाई संगीत सुनेको आरोपमा कोर्रा हिर्काइएको छ। तालिवानको अतिवादी शासनले मानिसलाई आतंकित बनाउने कार्यको सुरुवात भएको छ। यो कहिले समाप्त हुन्छ?’

सुध्रिएन् तालिबान

रंगशालामा भिड जम्मा पारेर अपराधीलाई सजाय दिने प्रथा ९० को दशकमा तालिवानले नै सुरु गरेको हो। सन् २०२१ मा तालिवानले काबुल कब्जा गर्दा उनीहरूले स्थानीय मानिसलाई आफूहरू पुरानो तालिवान नभएको भन्दै आश्वस्त पार्न खोजेका थिए। उनीहरूले यतिबेला आफूहरू परिवर्तन भइसकेको बताएका थिए। उनीहरूले अन्तर्राष्ट्रिय समूदायसँग महिला स्वतन्त्रता र मानव अधिकारलाई प्राथमिकता दिने बताएका थिए। 

तर, लोगरमा भएको यो घटनाले तालिवान ‘सरिया कानुन’ लाई त्यही रूपमा लागू गर्ने अभियानमा रहेको सन्देह उत्पन्न हुन्छ। स्थानीय अधिकारीहरू यस विषयमा खुलेर कुरा गरिरहेका छन्। लोगरका उपगर्वनर इनायातुल्लाह सुजाले हालै एउटा बयानमा भनेका छन्, ‘सरिया कानुन नै अफगानिस्तानको सबै समस्याको निकास हो। यसलाई लागू गर्नै पर्छ।’

उनको भनाइको अर्थ स्पष्ट छ- सन् १९९६-२००१ सम्म तालिवानले जसरी सत्ता चलायो, त्यसैलाई अफगानिस्तानले निरन्तरता दिँदैछ। त्यतिबेला सजाय पाएका व्यक्तिलाई कोर्रा मात्र होइन, सार्वजनिक स्थलमा ढुंगा हान्ने र रंगशालामा सबैलाई जम्मा पारेर घाँटी रेट्ने चलन पनि थियो। 

तालिवानले सत्तामा फर्किएपछि जनतासँग गरेको कुनै पनि वाचा पूरा गरेको छैन। उल्टै महिलामाथि अमानवीय व्यवहार बढेको छ। उनीहरूलाई शिक्षामाथिको अधिकारबाट बञ्चित पार्ने काम भएको छ। यसै साता तालिवानले महिलालाई मोबाइलको सिम कार्ड किन्न पनि प्रतिबन्ध लगाएको थियो। 

रिपोर्टः एपी
 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:०४
  • #Afganistan
  • #Taliban
  • #Stadium
  • #football

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश
युवराज सफल पक्राउ
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
ऊर्जा क्षेत्रको अनुभवलाई राष्ट्रिय विकासको आधार बनाउने कुलमान घिसिङको दाबी मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
फागुन ७ गते जनकपुरधाममा विशेष सभा गर्दै काँग्रेस मंगलबार, माघ १३, २०८२
राष्ट्रिय सभामा संसदीय समितिका दुईवटा प्रतिवेदन प्रस्तुत मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी सोमबार, माघ १२, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्