• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
रूपन्देही–१

के–कस्ता छन् घनश्याम भुसालले ल्याएका सडक निर्माण योजना? 

64x64
प्रतिक पौडेल शुक्रबार, कात्तिक २५, २०७९  १६:१७
1140x725

रूपन्देही– अहिले रूपन्देही क्षेत्र नम्बर १ मा त्रिभुज चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालको चुनावी घरदैलो र भेटघाट चल्दैछ। प्रत्येक भेटघाटमा मतदातासमक्ष भुसालले क्षेत्र नम्बर १ को विकासका लागि उत्तरको पाल्पा सीमादेखि दक्षिणको भारतीय सीमासम्म स्तरीय सडक बनाउने योजना सुनाउने गरेका छन्। 

यो क्षेत्रको विकासका लागि उनले सबैभन्दा मुख्य प्राथमिकता पूर्व–पश्चिम र उत्तर–दक्षिणलाई जोड्न स्तरीय सडक पूर्वाधार निर्माण गर्ने योजना बनाएका छन्। रूपन्देही १ मा पूर्वी नवलपरासी सीमादेखि पश्चिम तिलोत्तमा नगरपालिकासम्म र उत्तर पाल्पा सीमादेखि दक्षिण भारतीय सीमासम्म पर्छ।  

‘मेरो क्षेत्रका विभिन्न स्थानसँगै पूर्वदेखि पश्चिम जोड्ने गरी चारवटा स्तरीय सडक र उत्तरदेखि दक्षिण जोड्ने गरी दुईवटा स्तरीय सडक निर्माण गर्ने योजना रहेको छ,’ उनी भन्छन्, ‘यस योजनालाई सफल बनाउनका लागि हामी योग्य छौं। जुनकुनै सरकार बनेपनि हाम्रो क्षेत्रका लागि बजेट ल्याउने सवालमा पछि परिने छैन। प्रधानमन्त्री वा कुनै पनि मन्त्रीले हामीले ल्याएको योजना फिर्ता गर्न सक्दैन, हामी त्यो ल्याकत राख्छौ।’

भुसालले आफ्नो प्रतिबद्धतापत्रमा पनि यसको झल्को दिएका छन्। क्षेत्रको विकासका लागि ठूला सडक बनाएर त्यसलाई जोड्न शाखा सडकहरू पनि निर्माण गर्ने योजना उनको रहेको छ। भुसालले कुल २७ वटा योजना सडक बिस्तारका लागि मात्र योजना बनाएका छन्। यसमा पनि आवश्यकता र प्राथमिकताका आधारमा आगामी दिनमा थप हुँदै जाने उनी बताउँछन्। 

भुसालले रूपन्देही १ को अमुवा भन्सार–धकधई–खैरेनीहुँदै पाल्पा गोठादी मार्ग नालासहित सडक स्तरवृद्धिको कार्य सम्पन्न गर्ने योजना ल्याएका छन्। साथै, उनले मंगलापुर कान्छी बजार–गुम्मी–शंकरपुर–बेतानीहुँदै परासी जोड्ने सडक नालासहित स्तरवृद्धि गर्ने, वसन्तपुर–हाटी फर्साटिकर–कान्छी बजारहुँदै भलुही बाहिरी निकासी सडकको रूपमा विकसित गर्ने पनि योजना अघि सारेका छन्।

Ncell 2
Ncell 2

यस्तै, भुसालले बरेवा भन्सार–कोटहवा–सेमरहवा–जमूहानी ६ नम्बर चोक देवीस्थानहुँदै देवदह नगरपालिकाबाट खैरेनी मार्ग नालासहित सडक स्तरवृद्धि गर्ने, भलुही–बाघ कुमार– विशालनगर–बंगाली–पिपरहियाहुँदै केरवानी जाने बाटो पक्की गर्ने, गणेश नगर–प्रदीपनगर–शिवपुर– विष्णुपुरा–बरवलिया–पपरहिया–अमरहवाहुँदै बेलहिया बाइपास सडक जोड्ने, तिलोत्तमा चक्रपथ सडकलाई निरन्तरता दिने योजना अघि सारेका छन्।

 

यसैगरी, देवदह–ओमसितया–रोहिणी–तिलोत्तमा समेटेर बृहत चक्रपथ निर्माण गर्ने, शितलनगर–शान्तिनगरहुँदै भवानीपुर सडक नालासहित स्तरवृद्धि गर्ने, शान्तिनगर मुखियाटोलहुँदै विशालनगर जाने सडक नालासहित स्तरवृद्धि गर्ने, देवदह माविहुँदै लुम्बिनी विश्वविद्यालय जाने सडक नालासहित स्तरवृद्धि गर्ने, भलुही–केउली–सटक खोला र उजेली खोला सडक नालासहित स्तरवृद्धि गर्ने, बुद्धनगर शरनवारी जाने कृषि सडक नालासहित स्तरवृद्धि गर्ने योजना उनको रहेको छ।

त्यस्तै, ठुटीपिपल–वरकुलाहा–करुवानी–कानपाराहुँदै देवदह १२ जनौरा जोड्ने सडक नालासहित स्तरवृद्धि गर्ने, भलवारी–रामनगर–हरैयाहुँदै शिवपुर सडक नालासहित स्तरवृद्धि गर्ने, गणेशनगर–शिवपुर–बुधबारे–मक्रहर–वेवरा जाने सडक नालासहित स्तरवृद्धि गर्ने, चौकीडाँडा–बर्मेली टोल–तुकतुकिया–मोहनाजोत–९ नम्बर बजार सडक नालासहित स्तरवृद्धि गर्ने,  ९ नम्बर बजार–वसन्तपुर–सूर्यपुरा सडक नालासहित स्तरवृद्धि गर्ने योजना भुसालले अघि सारेका छन्। 

त्यसैगरी, मिर्गौली–पिपलडाँडा–तुकतुकिया–मैनहवा–वेवरा सडक नालासहित स्तरवृद्धि गर्ने, कोटिहवा–पर्सहवा–पिपरहिया–गंगौलिया–बरौलिया सडक नालासहित स्तरवृद्धि गर्ने, बैकुण्ठपुर–खुरहुरिया–भटपुरवा सडक नालासहित स्तरवृद्धि गर्ने, अमुवा–टिकर–बुधबारे–बुचिवरेवा सडक नालासहित स्तरवृद्धि गर्ने, देवदह १० चरङ्गेको रम्भादेवीहुँदै लडियाबास रिड्ड रोड जोड्न पुल निर्माण गरी सडकको स्तर उन्नति गर्ने,  देवदह– १० भलुहीको बुद्धपथदेखि वडा कार्यालय जाने वडा पहुँच सडकको स्तरोन्नति गर्ने योजना उनले अगाडि ल्याएका छन्। 

साथै, भलुही र चरङ्गेमा अवस्थित मुल सडक तथा भित्री सडकहरूको नालासहित स्तर उन्नति गरी त्यहाँ रहेका पार्क, मठ–मन्दिर सामुदायिक भवनको स्तर उन्नति गरी नदी कटानलाई व्यवस्थित गर्ने, पाल्पा जोड्ने बैकल्पिक मार्गको स्तर उन्नति गर्ने तथा प्रादेशिक यातायात योजनाअन्तर्गत यस क्षेत्रका सडकहरूलाई समावेश गर्ने योजना ल्याएकोे भुसालको भनाइ छ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २५, २०७९  १६:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रतिक पौडेल
लेखकबाट थप
लघुवित्तको ‘यातना’बाट मुक्ति पाउन दैनिक प्रशासनको दैलो धाउँछन् महिलाहरु
लुम्बिनीमा वर्षौंदेखि जम्मा गरेर राखिएको विदेशी मुद्राको सटही हुने
होटलको हब बन्दै भैरहवा, १० देखि १२ अर्ब लगानी
सम्बन्धित सामग्री
यी हुन् निर्वाचन आयोगमा बन्दसूची बुझाउन राजनीतिक दल आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्द सूची पेस भएको हो । मंगलबार, पुस १५, २०८२
९ वटा दलले बुझाए समानुपातिकको बन्दसूची जनप्रिय लोकतान्त्रिक पार्टी-१२, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल)-२०, गतिशील लोकतान्त्रिक पार्टी-११ सोमबार, पुस १४, २०८२
समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दलले पुस १३ र १४ गतेसम्म पेश गरेका समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २०... सोमबार, पुस १४, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार, पुस २२, २०८२
कोशीमा मन्त्रीमण्डल हेरफेर, कांग्रेस-एमालेका ५/५ नयाँ मन्त्री नियुक्त मंगलबार, पुस २२, २०८२
राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
सिनामंगलको काठ गोदाममा आगलागी मंगलबार, पुस २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
पाँच वर्षपछि सार्वजनिक भयो संसद् विघटन बदर गरेको फैसलाको पूर्णपाठ मंगलबार, पुस २२, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्