काठमाडौं– चालु आर्थिक वर्ष २०७४/०७५ मा एभरेष्ट बैंकले खुद मुनाफा २ अर्ब ७८ करोड ६३ लाख रुपैयाँ कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ दशमलब ८८ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ५ करोड ४ लाख रुपैयाँ कमाएको थियो।
८ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले असारसम्म एक खर्ब १४ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरि ९२ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
बैंकले असार मसान्तसम्ममा ४ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा २९ दशमलब ९७ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष बैंकले ३ अर्ब ७८ करोड ८८ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो।
बैंकको निष्क्रिय कर्जा शून्य दशमलब ३१ प्रतिशतले घटेर शून्य दशमलब २० प्रतिशत रहेको छ। बैंकले जगेडा कोषमा ७ अर्ब ८० करोड रुपैयाँ जम्मा गरेको छ। बैंकको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ३७ पैसा रहेको छ। अघिल्लो आर्थिक वर्षको भन्दा प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७२ पैसा घटेको हो।
बैंकले खराब कर्जालाई सुधार गरेरर शून्य दशमलब २ प्रतिशतमा सिमित गरेको छ। आधार ब्याजदर ७ दशमलब ६८ प्रतिशतबाट ८ दशमलब ८५ प्रतिशत पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।