काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७४/०७५ को वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक १० माइक्रोफाइनान्स कम्पनीकोे वित्तीय विवरण अनुसार अधिकांशको खुदमुनाफा बढेको छ भने प्रतिसेयर आम्दानी पनि नकारात्मक देखिएको छ।
चुक्ता पुँजीको आधारमा फस्र्ट माइक्रोफाइनान्स अगाडी
आर्थिक वर्ष २०७४/०७५ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने १० कम्पनीमध्ये फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्था चुक्ता पूँजीको आधारमा अगाडी रहेको छ। संस्थाले अघिल्लो वर्षको तुलनामा चुक्ता पूँजी ५० प्रतिशतले बढाएर ६८ करोड ४३ लाख रुपैयाँ पुर्याएको छ।
कुन संस्थाको चुक्ता पूँजी कति?
किसान र लक्ष्मीको खुद ब्याज आम्दानी घट्यो
गत आर्थिक वर्षको असार मसान्तसम्ममा १० लघुवित्त कम्पनीमध्ये किसान माइक्रोफाइनान्स र लक्ष्मी लघुवित्त वित्तीय संस्था बाहेक अन्यको खुद ब्याज आम्दानी बढेको छ। किसानको ब्याज आम्दानी ६ दशमलब ५४ प्रतिशतले घटेको छ भने लक्ष्मी लघुवित्तको ब्याज आम्दानी २ दशमलब ४४ प्रतिशतले घटेको छ।
कुन माइक्रोफाइनान्सको ब्याज आम्दानी कति?
तीन लघुवित्त बाहेक अन्यको खुद मुनाफा बढ्यो
१० लघुवित्त कम्पनीहरुको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/०७५ को चौथो त्रैमासमा तीन लघुवित्त कम्पनीको खुद मुनाफा घटेको छ भने अन्यको बढेको छ। सबैभन्दा धेरै खुद मुनाफा बढाउनेमा वोमी माइक्रोफाइनान्स रहेको छ। संस्थाको खुद मुनाफा ८६ दशमलब ९७ प्रतिशतले बढेको छ।
कुन कम्पनीको नाफा कति?
वोमी माइक्रो फाइनान्सको बाहेक अन्यको प्रतिसेयर आम्दानी घटेको छ। असार मसान्तसम्ममा १० माइक्रोफाइनान्स कम्पनीमध्ये वोमी माइक्रोफाइनान्स बाहेक अन्यको प्रतिसेयर आम्दानी घटेको छ। वोमीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ६७ पैसाले बढेर ३९ रुपैयाँ ८ पैसा पुगेको छ।
कुन कम्पनीको प्रतिसेयर आम्दानी कति?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।