• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

यी चर्चित १० फुटबलर जो घाइते भएका कारण विश्वकप गुमाउँदैछन्

64x64
दीपेन्द्र सापकोटा सोमबार, कात्तिक १४, २०७९  ०६:४५
1140x725

कतारमा फिफा विश्वकपको महाकुम्भ सुरु हुन अब २० दिनमात्र बाँकी छ। आगामी नोभेम्बर २० देखि खाडी राष्ट्र कतारमा २२ औँ संस्करणको विश्वकप फुटबल सुरु हुँदैछ। फिफा विश्वकप खाली फुटबलको मात्र नभएर समग्र खेलकुदकै सबैभन्दा ठूलो प्रतियोगिता हो। जसमा विश्वभरीका ३२ देशले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आगामी विश्वकप धेरै कोणले सम्झनलायक हुने विश्लेषण गरिएको छ। कारण, विश्व फुटबलका केही महत्वपूर्ण खेलाडीका लागि यो विश्वकप अन्तिम हुँदैछ।

अर्जेन्टिनाका लियोनल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, ब्राजिलका नेइमार जुनियर, उरुग्वेका लुइस स्वारेजजस्ता स्टार खेलाडीहरूका लागि यो सम्भवत: अन्तिम विश्वकप हुँदैछ। तर दूर्भाग्यवश विश्वकपको मैदानमा राम्रो छाप छाड्नसक्ने धेरै खेलाडीले घाइते भएकै कारण विश्वकप गुमाउँदैछन्। जो विश्वकपजस्तो ठूलो प्रतियोगितामा आफ्नो नाम राख्न र कला–कौशल देखाउनबाट बञ्चित भएका छन्। तीमध्ये शीर्ष १० खेलाडी यी हुन्ः

१. डिएगो जोटा (पोर्चुगल)
इंग्लिस क्लब लिभरपुलका डिएगो जोटा विश्वकै उत्कृष्ट मध्येका एक स्ट्राइकर हुन्। २५ वर्षीय पोर्चुगिज स्ट्राइकर जोटासँग गोल गर्ने क्षमता अचुक छ। क्लब र राष्ट्रिय टोली दुवैका उनी गोल मेसिन मानिन्छन्। तर, उनी एक हप्ताअघि म्यानचेस्टर सिटीविरुद्धको खेलमा घाइते भए।

यससँगै पोर्चुगलका लागि पहिलो विश्वकप खेल्ने योजना बनाइरहेका जोटाको सपना चकनाचुर भएको छ। अब कतार विश्वकपमा सुपरस्टार क्रिस्टियानो रोनाल्डो, बर्नार्डो सिल्भा र जोटाको जोडी जमेको हेर्न नपाइने भएको छ। जोटाको इन्जुरी यति सिरियस छ कि, उनी २०२२ भरी मैदानमा उत्रन नसक्ने अवस्था छ।

२. एंगोलो कान्टे (फ्रान्स)
३१ वर्षीय फ्रेन्च मिडफिल्डर एंगोलो कान्टे फरक किसिमका खेलाडी हुन्। उनी गोल र एसिस्टले धेरै योगदान गर्दैनन्। तर, उनी मिडफिल्डमा दौडिएर एक्लै विपक्षीमाथि हाबी हुन सक्छन्।  कान्टे इंग्लिस क्लब चेल्सी र फ्रेन्च राष्ट्रिय टोलीका महत्वपूर्ण ‘इन्जिन’  हुन्। किनकि, उनीसँग मजबुत स्टामिना छ।

सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा कान्टेले सबै सात खेल खेलेका थिए। विशेषगरी, डिफेन्सिप मिडफिल्डमा रहेर उनले विपक्षीका आक्रमण निस्तेज पारे। क्रोएसियाविरुद्धको फाइनलमा पनि उनी सुरुवाती ११ मै थिए। जुन खेल फ्रान्सले ४–२ ले जित्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पटकको विश्वकपमा फ्रान्सले कान्टेजस्तो महत्वपूर्ण खेलाडी गुमाउने लगभग निश्चित छ। किनकि, उनले अगस्ट १४ यता क्लमा कुनै खेल खेलेका छैनन्। टोटनहम हटस्परविरुद्धको खेलमा हामस्ट्रिङ इन्जुरी भएयता उनी चार महिना मैदान बाहिर छन्। यसरी उनको विश्वकपको टोलीमा पर्ने सम्भावना लगभग सकिएको छ। 

३. पावलो डिबाला (अर्जेन्टिना)
कतारमा विश्वकप फुटबल सुरु हुन लगभग एक महिनामात्र बाँकी हुँदा अर्थात् करिब १० दिनअघि अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीमा पर्ने निश्चित भएका फरवार्ड पावलो डिबाला भने घाइते भए। इटालियन सिरी ए लिगमा लिसविरुद्ध २–१ गोल अन्तरको जित हात पार्दा उनी घाइते भएका हुन्।

खासमा २८ वर्षीय डिबालालाई अर्जेन्टिनी टोलीमा कप्तान लियोनल मेसीको उत्तराधिकारीको रुपमा हेरिएको थियो। तर, त्यो हुन सकिरहेको छैन। क्षमता भएर पनि उनी निर्णायक क्षणमा कि त लयमा हुँदैनन्, कि त घाइते हुने गर्छन्। योपटक पनि निर्णायक क्षणमा डिबाला घाइते हुन पुगेका छन् । अब उनले विश्वकप गुमाउने निश्चित प्रायः छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

दुई वर्षअघि ब्राजिलमा कोपा अमेरिकाको उपाधि जित्दा पनि डिबाला अर्जेन्टिनी टोलीमा थिएनन्। उनीविना नै अर्जेन्टिना २८ वर्षपछि च्याम्पियन बन्यो। यसरी डिबाला कोपा अमेरिका च्याम्पियन हुनबाट बञ्चित भए। यो पटक पनि विश्वकप गुमाएर उनी थप ‘अभागी’ खेलाडी बन्ने बाटोमा छन्।

४. जर्जिएनो विज्नाल्डम (दी नेदरल्याण्ड्स)
डच मिडफिल्डर जर्जिएनो विज्नाल्डम यसै समरमा फ्रेन्च क्लब पीएसजी छोडेर इटालियन क्लब रोमा गए। पीएसजीमा पर्याप्त खेल्ने अवसर नपाएका उनी विश्वकपका लागि राम्रो लय समाउन भनेर रोमा गएका थिए। तर, दूर्भाग्यवश उनी सिरी एको पहिलो खेलमै गम्भीर घाइते हुन पुगे।

दी नेदरल्याण्ड्स टोलीको उपकप्तानसमेत रहेका उनी टोलीलाई आवश्यक परेका बेला उत्कृष्ट पास निकाल्ने र आफैँ गोल पनि गर्ने गर्थे। यो पटकको विश्वकपमा ३१ वर्षीय विज्नाल्डम डच टोलीको सुरुवाती ११ मै पर्ने निश्चित थियो। तर, घाइते भएका कारण उनको विश्वकप सपना सकिएको छ।

५. केल्भिन फिलिप्स (इंग्ल्याण्ड)
केल्भिन फिलिप्सले गत वर्षको युरो कपमा राम्रै पदर्शन गरेका थिए। यसले गर्दा उनको विश्वकपमा इंग्लिस राष्ट्रिय टोलीको महत्वपूर्ण खेलाडी बन्ने अवसर थियो। २६ वर्षीय यी मिडफिल्डर लिड्स युनाइटेड छोडेर यसै सिजन म्यानचेस्टर सिटी गएका थिए। तर, त्यहाँ उनले खासै खेल्ने अवसर पाएनन्।

यद्यपि, फिलिप्स विश्वकपमा इंग्ल्याण्डको सुरुवाती ११ मा पर्ने लगभग निश्चित थियो। किनकि, इंग्लिस टोलीमा राम्रा मिडफिल्डरको खडेरी नै छ। विश्वकपका लागि यस्तो सहज वातावरण हुनका बाबजुद फिलिप्स अभागी साबित भएका छन्। काँधमा लागेको चोटका कारण उनले विश्वकप गुमाउने निश्चितजस्तै भएको छ।

६. राफायल भारान (फ्रान्स)
फ्रान्सका भरपर्दा डिफेण्डर राफायल भारनले पनि विश्वकप गुमाउने निश्चित भएको छ। गत हप्ता भएको चेल्सीविरुद्धको महत्वपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका भारान घाइते हुन पुगे। रक्षापंक्तिमा खम्बा रहेका भारान नहुँदा फ्रेन्च टोलीलाई धेरै घाटा हुने देखिन्छ।

सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा भारानले डिफेन्सको नेतृत्व गरेका थिए। उनले उरुग्वेविरुद्ध गोलसमेत गरेका थिए। भारानले विश्वकपका प्रायः सबै खेल सुरुवाती ११ मै रहेर खेलेका थिए। २९ वर्षीय भारान फ्रान्सका उपकप्तानसमेत हुन्।

७. मिकेल ओयार्जबाल (स्पेन)
मिकेल ओयार्जबाल रियल सोसिडाडका विंगर तथा फरवार्ड हुन्। उनी सो क्लबका कप्तानसमेत हुन्। आसन्न विश्वकपमा उनी स्पेनिस राष्ट्रिय टोलीको प्रमुख हतियार हुने निश्चित थियो। तर, करिब सात महिनाअघि खेलकै क्रममा २१ वर्षीय ओयार्जबाललाई गम्भीर चोट लाग्यो। सो चोट हालसम्म पनि निको भएको छैन। यसर्थ, उनले विश्वकप गुमाउने निश्चित प्रायः छ।

स्पेनिस राष्ट्रिय टोलीमा भरपर्दो गोलकर्ताको कमी छ। ओयार्जबाल पनि घाइते भएपछि झनै खडेरी लागेको छ । किनकि, उनी टोलीलाई आवश्यक परेको बेला गोल गर्न माहिर थिए। गत नेसन्स लिगको फाइनलमा पनि उनले इटालीविरुद्ध गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। 

८. रेस जेम्स (इंग्ल्याण्ड) 
हरेक खेलाडीको विश्वकपमा आफ्नो देशबाट प्रतिनिधित्व गर्ने चाहना हुन्छ। यस्तै, चाहना २२ वर्षीय इंग्लिस फुटबलर रेस जेम्सको पनि थियो। तर, घुँडामा लागेको चोटले चेल्सीका राइट ब्याक जेम्सको सपना चकनाचुर भएको छ।

जेम्स एसी मिलानविरुद्धको च्याम्यिन्स लिगको खेलमा घाइते भएका थिए। अन्त्यमा त्यो इन्जुरी गम्भीर हुन पुगेको छ। उनी दुई महिना मैदानबाहिर हुने भएपछि विश्वकप गुम्ने निश्चित भएको हो। इंग्ल्याण्डका अर्का राइट ब्याक केयल वाल्कर पनि घाइते छन्। यसर्थ, उदाउँदा राइट ब्याक जेम्सको विश्वकपको सुरुवाती ११ मै पर्ने सम्भावना बढी थियो। धेरै राइट ब्याकका बीच पनि उनलाई प्रायः इंग्ल्याण्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले अवसर दिने गर्थे। यो पटक पनि उनको नाम वाल्करभन्दा अगाडि रहेको बताइन्छ। तर, जेम्स घाइते भएपछि प्रशिक्षक साउथगेटको योजना विफल भएको छ।

अन्ततः त्यही इन्जुरी २३ वर्षीय इसाकका लागि महंगो साबित भयो। उनले विश्वकप गुमाउन पुगेका छन्। सम्भवतः उनी अझै दुई महिना मैदान बाहिर हुनेछन्। यसैबीचमा विश्वकप छ। इसाक घाइते हुनुले स्विडिस टोलीका लागि ठूलो क्षति पुगेको छ। किनकि, विश्वकपमा उनी स्विडेनका प्रमुख हतियार हुने निश्चित थियो।

९. पेड्रो नेटो (पोर्चुगल)
पोर्चुगिज युवा विंगर पेड्रो नेटो सीप भएका फुटबलर हुन्। २२ वर्षकै उमेरमा उनले इंग्लिस प्रिमियर लिगमा छाप छोडिसकेका छन्। आसन्न विश्वकपमा उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाउने निश्चित थियो। तर, उल्भका लागि वेस्ट ह्याम युनाइडेडविरुद्ध खेल्दा घाइते भएपछि पहिलोपटक विश्वकप खेल्ने उनको सपना पूरा नहुने भएको छ।

हालसम्म नेटोले पोर्चुगलको टोलीमा तीन पटकमात्र अवसर पाएका छन्। तर, उनी गोल गर्न सफल भइसकेका छन्। डिएगो जोटा पनि घाइते भएको अवस्थामा नेटो विकल्प हुने थिए। उनी घाइते हुँदा पोर्चुगलको विश्वकप यात्रामा क्षति पुगेको छ।

१०. केयल वाल्कर (इंग्ल्याण्ड)
म्यानचेस्टर सिटीका राइट ब्याक केयल वाल्कर इंग्लिस राष्ट्रिय टोलीका अनुभवी खेलाडी हुन्। ३२ वर्षीय वाल्करले राष्ट्रिय टोलीका लागि ७० खेल खेलिसकेका छन्। यो अनुभव उनले आसन्न विश्वकपमा पनि लगाउन सक्थे। तर, उनी ग्रोन इन्जुरीबाट ग्रसित छन्।

वाल्कर राइट विंगबाट बल क्रस गर्न माहिर छन्। यद्यपि, उनको यो क्षमता विश्वकपमा देखिने सम्मवना भने कमै छ। यसका बीच पनि इंग्ल्याण्डका प्रमुख प्रशिक्षक साउथगेटले उनी निको भएर विश्वकप टोलीमा पर्ने सम्भावनालाई जीवितै राखेको बताइएको छ।

माथि उल्लेखितबाहेक पनि अर्जेन्टिनाका एंगेल डी मारिया र इमिलियानो मार्टिनेज, जर्मनीका म्यानुअल नोयर, बेल्जियमका थिबाउट कोर्टुवास, स्पेनका ड्यानी ओल्मो, ब्राजिलका आर्थुल मेलो, मेक्सिकोका राउल गिमिरेज, उरुग्वेका रोनाल्ड अराउजोलगायत नाम चलेका थुप्रै खेलाडीले विश्वकप गुमाउने सम्भावना उत्तिकै छ। यीमध्ये, ब्राजिलका मेलो र उरुग्वेका अराउजोले विश्वकप खेल्ने सम्भावना अत्यन्तै कम रहेको उनीहरू आबद्ध क्लबले जनाएका छन्। (एजेन्सीको सहयोगमा)  

यो पनि पढ्नुहोस

अभागी डिबाला !


 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  ०६:४५
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपेन्द्र सापकोटा
लेखकबाट थप
पेलेबारे सुनिएका ७ मिथक : गोल हान्दा भाइ मरेकोदेखि दाहिने खुट्टा प्रतिबन्धसम्म
अर्जेन्टिना छैटौँ र फ्रान्स चौथो फाइनल खेल्दै, यी हुन् सबैभन्दा धेरै फाइनलमा पुग्ने ६ राष्ट्र
राजनीतिक उपनिवेशको फुटबलमार्फत बदला लिने मोरक्कोको मनसाय, लगातार फाइनलमा पुग्ने फ्रान्सको अभियान
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्