काठमाडौं– प्रतिनिभिसभा सदस्यमा उम्मेदवारी दिएकी डा तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार बनेकी डा कार्कीको निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको हो।
डा कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएको भन्दै आयोगको शनिबार बसेको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको बताइएको छ।
डा कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।