• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

दुःख पाएर राजनीति छोडेकी बच्चुमायालाई फुटपाथमा पनि छैन सुख!

64x64
कल्पना घिमिरे शनिबार, कात्तिक १२, २०७९  ०७:२३
1140x725

काठमाडौं– प्रजातन्त्रको पुनस्र्थापनापछि २०४९ जेठ १५ र १८ मा स्थानीय तहको चुनाव भएको थियो। जसमा मकवानपुर जिल्लाको पालुङ गाउँ विकास समिति (गाविस) वडा नम्बर ९ को महिला वडा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बच्चुमाया मगरले पनि उम्मेदवारी दिएकी थिइन्। उनको चुनाव चिन्ह गाई थियो। उनको प्रतिस्पर्धामा कांग्रेस, एमाले लगायत पार्टीका उम्मेदवार  थिए।

पहिलोपटक चुनावमा उठेकी बच्चुमायालाई हारिने पो हो कि भन्ने अलिअलि डर थियो। काखमा जुम्ल्याहा छोराछोरी थिए। उनीहरूले भर्खर आठ महिना मात्र टेकेका थिए। दूधेबालक घरमा छाडेर त्यो बेला भोट माग्न गाविस भरका घर–घरमा पुगेको उनी सम्झिन्छिन्।

उनका अनुसार सो गाविसमा राप्रपा चर्चित थियो। राप्रपाले जित्ने पक्कापक्की नै थियो। पछि नतिजा पनि सोहीअनुसार आयो। गाविसको अध्यक्षमा राप्रपाका रामबहादुर कार्कीले चुनाव जितेका थिए। गाविस अध्यक्षले के कति भोट ल्याएर जितेका थिए, बच्चुमायालाई याद छैन। तर, त्यो चुनावमा बच्चुमायाले भने सात हजारभन्दा बढी मत पाएर महिला सदस्य जितेकी थिइन्।

सो बेला बच्चुमाया अध्यक्ष कार्कीलाई चुनाव जिताउने अभियानमा सबै नौवटै वडामा पुगेको सम्झिन्छिन्। ‘त्यो बेला नौवटा वडा थिए। ती सबैको घर–घरमा पुगियो भोट माग्न,’ उनी भन्छिन्।

No description available.

चुनाव जितिसकेपछि उनले महिला सदस्यको पद सम्हालिन्। दैनिक गाविसको कार्यालयमा हाजिर हुन्थिन्। तर, उनको घरमा निकै समस्या थियो। छोराछोरी सानै थिए। सँगै रहेकी सासु पनि वृद्धा भएकी थिइन्। रोगी भएकाले बिरामी भइरहन्थिन्। बिरामी भए पनि सासुले घरभित्रको काम गर्थिन्।

बच्चुमायाले खेतबारीदेखि लिएर घरको काम पनि आफैँ गर्नुपर्थ्यो। घरनजिक पानीको मुहान थिएन। उनी डेढ घण्टा टाढादेखि पानी बोकेर ल्याउँथिन्। त्यति टाढाबाट ल्याउनुपर्ने पानी भर्न पनि घण्टौँ कुर्नुपर्ने हुन्थ्यो। पानी ल्याएर हतारहतार गाविसमा हाजिर हुन पुग्थिन् उनी। 

पानीको समस्या केवल बच्चुमायालाई मात्र थिएन, पूरै गाविस भरी नै थियो। यसर्थ, उनले गाउँको विकासको योजनामा खानेपानी र कलधारालाई प्राथमिकतामा राखिन्। अन्ततः उनले योजनाअनरुप गाउँमा खानेपानी ल्याउन सकिन्। यो गर्दैगर्दा पनि उनले धेरै समस्या झेल्नुपर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

‘पानी त ल्याएँ। तर आफ्नो घर पुछारमा, यसले गर्दा आफैँलाई छैन पानी। कलधारा ल्याउँदा मेरो आफ्नै खल्तीको पैसा हाल्नु पर्याे। म नपढेकी मान्छे कता हिसाबकिताब मिलेन कुन्नि! यसले गर्दा विभिन्न भनाइ खानुपर्यो। गाउँका लागि काम गर्दा आफ्नो घरमा काम बितेको कुरा छुट्टै छ,’ पुराना दिन सम्झँदै उनी भन्छिन्। 

बच्चुमायाले विद्यालय गएर पढ्न पाइनन्। तर, घरमै आमासँग सामान्य लेखपढ सिकेकी थिइन्। तर, यसप्रति उनको चित्तबुझाइ छैन। 

‘त्यतिले काहाँ पुग्थ्यो र? धेरै नपढेको हुनाले मैले दुःख पाएँ। नपढेकी मान्छेले सबै हिसाबकिताब गर्नुपर्ने लेखनदासले पनि ५० कप चिया खाएको छ भने ८०–९० कप लेखिदिएको हुन्थ्यो। चनासँग एउटा  खायो भने १० वटा लेखिदिएको हुन्थ्यो। त्यो सबै मैले भोग्नु पर्थ्यो,’ उनी भन्छिन्, ‘यसपछि मलाई लाग्यो, सबैभन्दा ठूलो कुरा पढाइ रहेछ। पढाइ नभएपछि राजनीति गर्न पनि नसकिने रहेछ। पढाइ हुँदा धेरै समस्या भयो मलाई!’ 

जस्तै कठिनाइ आउँदा पनि बच्चुमाया काम गरिरहेकी थिइन्। घरदेखि गाविससम्म पुगेकै थिइनन्। ५१ सालमा सासु बितिन्। सासु बितेपछि उनी झन् समस्यामा परिन्। छोराछोरीलाई खुवाउनदेखि स्कुल पठाउनसम्म आफैंले भ्याउनुपर्ने अवस्था आयो। सोबेला उनका श्रीमान्‌ले केही काम नसघाएको उनको गुनासो छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘मेरा बुढा केही काम गर्दैन थिए। खाना पकाउ आफैं छोराछोरीलाई स्कुल पठाउ आफैं। ६ वटा त मेरा भैंसी नै थिए। तिनलाई घाँसकुँडो दिनुपर्ने। म एक्लो मान्छेले कसरी जताततै सक्नु?,’ उनी प्रश्न गर्छिन्, ‘बाख्रादेखि खसी–बोकासम्म पालेकी थिएँ। हल गोरू पनि थए। हाँस र परेवामात्र बिहान चार माना चामलले अगाउँदैनथे। सबैतिर भ्याउनुपर्ने हुँदा कहिले बच्चालाई भोकभोकै स्कुल पठाउनु पथ्र्योे। केटाकेटी स्कुलबाट आउँथे, यता खाजा बनाएको हुँदैनथ्यो, कति दुःख खेफेँ–खेपेँ।’  

एक्लो मान्छे घर धान्नु कि राजनीति गर्नु बच्चुमायालाई निकै दुःख थियो। तर, जनप्रतिनिधि भइसकेपछि केही काम पर्दा भ्याउँदिन भन्न नमिल्ने हुन्थ्यो। यस्तै, कुराबबाट दिक्क भएर उनले राजनीति नै छोड्ने निर्णय गरिन्।

‘दिनको एकफेर त गाविसमा हाजिर हुन नपुगे सुखै थिएन, जानैपर्‍यो, सही गर्नैपर्‍यो। एकैछिन् भए पनि बैठकमा उपस्थित हुनैपर्‍यो। यता व्यस्त हुँदा उता घरको काम नभ्याइने, बच्चाहरूको पनि बिजोक हुने,’ उनी थप्छिन्, ‘यस्ता धेरै समस्या आएपछि लु यसरी त नहुने रहेछ भनेर मैले राजनीति छोड्ने निर्णय गरेँ।’

राजनीति छाडेर उनले आफ्नै परम्परागत कृषि पेसा अँगालिन्। खेतीपाती गरेर उनले दुई छोरा र दुई छोरीलाई हुर्काइन्, पढाइन्। उनको जीवन राम्रै चलिरहेको थियो। ७१ सालमा उनको कान्छो छोरा प्लस टु पढ्न काठमाडौं आए। जेठो छोरा रोजगारीका लागि विदेशिए थिए। कान्छी छोरी आँफैले विवाह गरिन्। घरमा श्रीमान् र जेठी छोरी थिए। एकदिन बच्चुमाया घरको काम गर्दै थिइन्। घरको माथिल्लो तलामा जाने बेलामा भर्याङबाट लडिन्। खुट्टा भाँचियो। अब उनलाई कहाँ लगेर उपचार गराउने भन्ने आपत पर्‍यो। 

No description available.

‘तर, कान्छो छोराले यहाँ (काठमाडौं)मा बोलायो। अनि, उपचार गराएँ। खुट्टा ठीक हुन धेरै समय लाग्यो। पैसा निकै खर्च भयो। त्यसपछि पैसाको समस्या थपियो,’ विगतका दुःख उनी सम्झिन्छिन्, ‘खुट्टा राम्ररी ठीक भएको थिएन। यहीँको फुटपाथमा व्यापार थालेँ। गाउँको जग्गा अरुलाई दिएर वस्तुभाउ बेचेँ। यतै आओ भनेर बाबु–छोरीलाई पनि यहीँ बोलाएँ।’

अहिले बच्चुमाया कलंकीस्थित शहिद मेमोरियल हस्पिटल नजिकै स्युचाटार जाने बाटोमा नाङ्ले पसल थापेर बसेकी छिन्। उनी राति १० बजे त्यहाँ पुगिसक्छिन्। उनी रातभरी व्यापार गर्छिन्। उस्तै परे त्यहीँ सुत्नलाई उनले सानो ओछ्यानसमेत लाएकी छिन्। ओछ्यानलाई पानी र शितबाट बचाउन ठूलो छाता ओडाउँछिन्। भित्तापट्टी पातलो प्लास्टिक टाँग्छिन्। यसरी सुरक्षितसाथ उनी रातभरी व्यापार गर्छिन्।

उनी घरमै चिया पकाउँछिन्। दुईटा  ठूल–ठूला चियादानीमा भर्छिन्। एउटामा दूध चिया, अर्काेमा कालो। अनि कलंकी चोकमा निस्किन्छिन्। चिया बेच्न सडकमै रात बिताउँछिन्। चिया मात्र होइन। उनले नाङ्लामा बिस्कुट, चाउचाउ, चक्लेट, चुरोट पनि राखेकी छन्। 

‘घरमै चिया पकाएर ल्याउँछु। राति १० बजे आएर बस्छु। यहीँ ओछ्यान लगाउँछु। सुती–सुती चिया बेच्छु। बिहान ७ बजेपछि पसल उठाउँछु,’ उनले भनिन्।  

बच्चुमाया रातभरीमा २५ कप दूधचिया र २५ कप कालोचिया बेच्छिन्। दूधचियाको प्रतिकप २० र कालोचियाको १५ रुपैयाँ छ। दिनमा एक हजार ५०० देखि दुई हजारसम्म कमाइ गर्ने गरेको उनी सुनाउँछिन्।

‘अस्पतालमा आउने बिरामी कुरुवा चिया पिउन आउँछन्। उनीहरूले चियासँगै बिस्कुट पनि खाइदिन्छन्। कसैले चुरोट किन्छन्। अलि–अलि बिक्छ,’ उनले भनिन्।

विदेश गएका बच्चुमायाका जेठा छोरा अहिले आइसकेका छन्। तर, उनले खासै कमाइ नगरेकाले आमासँगे बसिरहेका छन्।

No description available.

कान्छा छोराले पनि फुटपाथमा तरकारी बेच्छन्। तर, उनी भने घाटामा गएको उनले सुनाइन्। घाटामै गए पनि अलि–अलि कमाइ भने छ उनको। तर, कान्छा आफैँ बिरामी भएकाले त्यसको सकिने गरेको उनी बताउँछिन्।

‘कान्छाको व्यापार अहिले घाटामा गएको छ। तीन लाख जतिको तरकारी कुहिएर बर्बाद भयो। अहिले बिरामी पनि छ। टेन्सनले हो कि के भएको हो?’ अध्याँरो अनुहार लगाउँदै उनले थपिन्, ‘कान्छाले तरकारी बेचेर कमाएको पैसा औषधि खर्चमै सीमित हुन्छ। ठूलो जहान छ। त्यसमाथि म आफैं बिरामी छु। एक–दुई जनाको कमाइले त धान्नै मुस्किल छ।’

आफूलाई दमको समस्या, जेठी छोरी पनि मानसिक रुपमा अस्वस्थ भएको र श्रीमान् पनि वृद्धावस्थाका पुगेकाले अबका दिन झनै कठिन हुने हो कि भन्ने आशंका बच्चुमायाको छ। 

पछिल्लो समय काठमाडौं महानगरले फुटपाथ पसल घटाउने अभियान चलाइरहेको छ। यसको मारमा बच्चुमाया पनि परिरहेकी छिन्। ‘दिउँसो बेच्न बसे महानगरपालिकाले लखेट्छ। फेरि म दौडिन सक्दिनँ। त्यही भएर रातिमा भए पनि काम गर्छु,’ उनी भन्छिन्।

जहान ठूलो भएकाले उनीहरूले फ्ल्याट नै भाडामा लिएका छन्। त्यसको भाडा महिनामा १८ हजार तिर्नुपर्छ। 
‘दमको बिरामी छु, महिनामा चार–पाँच हजार आफ्ना लागि औषधी किन्दै सकिन्छ। आफ्नो औषधि किन्नकै लागि पनि मैले यो काम गर्नै पर्छ,’ उनले भनिन्।

दुःखै–दुःखले गर्दा राजनीति छोडेकी उनलाई फुटपाथमा पसल थाप्दा पनि सुख छैन। 

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  ०७:२३
  • #बच्चुमाया मगर

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्