• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

काठमाडौंका फुटपाथमा बदाम बेच्ने गोपी भन्छन्– ०४३ सालदेखि भोट हाल्दै आएको छु, यो चुनावमा पनि गाउँ जान्छु

64x64
कल्पना घिमिरे शनिबार, कात्तिक ५, २०७९  १३:००
1140x725

काठमाडौं– रामेछापको मन्थली घर भएका गोपीबहादुर बस्नेत हरेकजसो निर्वाचनमा भोट हाल्न छुटाउँदैनन्। २०३७ सालको जनमत संग्रहमा पहिलोपटक मताधिकार प्रयोग गरेका उनी त्यसयताका हेरक निर्वाचनमा ‘राम्रा उम्मेदवार’लाई छानेर भोट हाल्छन्। तर, उनले सोचेको जस्तो अवस्था भने भइसकेको छैन। 

काठमाडौंका फुटपाथमा व्यापार गर्दै आएका उनी आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पनि भोट हाल्न गाउँ जाने तयारीमा छन्। ‘भोट हाल्न त जानु पर्छ नि! मैले भोट नहाल्दा राम्रो मान्छे १ भोटले हार्‍यो भने नराम्रोले जित्ने अवस्था हुन्छ नि!’ गोपीले सुनाए। 

गाउँ, ठाउँको विकासका लागि राम्रो मान्छेलाई जिताउन आफ्नो मताधिकार प्रयोग गर्न छुटाउन नहुने तर्क गर्छन् उनी।  

पहिलोपटक भोट हाल्दा किशोर वयमा थिए बस्नेत। त्यतिबेलादेखि नै राम्रा उम्मेदवार छानेर भोट हाल्नुपर्छ भन्ने ‘चेतना’ विकास भएको थियो उनमा।  

‘मैले भोट हालेको पार्टीले आजसम्म हारेको छैन। जहिल्यै जितेकै छ। काम पनि राम्रो नै गरेका छन्। पञ्चायतको बेला गाउँमा राम्रो गरे। अस्तिको चुनावमा पनि मैले भोट हालेको पार्टीले जितेको छ। पहिलाका सबैले राम्रो गरेका छन्। अहिलेकाले अब के कसो गर्छन्? हेरम्,’ उनले भने।  

उनले २०४३ सालदेखिका कुनै चुनावमा भोट हाल्न छुटाएनन्। भारतमा काम गर्न गएको बेला पनि काम छाडेर  गाउँमा भोट हाल्न आए। कतिपटक भोट हाले गन्ति त आफूले गरेका छैनन्। तर, पनि ४३ सालदेखि अहिलेसम्मका सबै चुनावमा भोट हाल्न नछुटाएको उनी बताउँछन्। 

गाडी नपठाए आफैं गाडीभाडा तिरेर भोट हाल्न जाने 
काठमाडौंदेखि मन्थली पुग्न गाडीभाडा एक हजार लाग्छ। उनी चुनावमा भोट हाल्न कहिले आफ्नो खर्चमा जान्छन्। कहिले नेताहरूले पठाएको गाडिमा जान्छन्।

‘प्राय:जसो गाडी नेताहरूले मिलेर पठाउँछन्। जान खर्च लाग्दैन। खाजाखाना समेत खुवाउँछन्। त्यसमा पनि मासु खुवाउँछन्।  खानको लोभ त होइन। गाउँमा राम्रो नेताले जितोस् विकास गरोस् भन्ने चाहना छ मेरो। यो पाली पनि गाडी त पठाउँछन् होला। नपठाए म आफू खर्च लगाएर भएपनि जान्छु,’ उनले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेको चुनावमा उनको परिवारबाट पाँच भोट जान्छ। उनीहरू सबैले आ–आफूले मन लागेका पार्टीका उम्मेदवारलाई भोट हाल्ने बताउँछन्। ‘आमा, बुढी, छोराहरू सबैले भोट हाल्छन्। जुन पार्टीलाई हाल्न इच्छा लाग्छ, उसलाई हाल्ने हो। राम्रालाई छानेर हाल्छौँ,’ उनले भने।

०००  
गोपी काठमाडौंका फुटपाथमा डालोमा भुटेका चना, बदाम, मटर, मकै जस्ता खानेकुराको व्यापार गर्दै आएका छन्। उनी बदाम नपाउने सिजनमा स्ट्राबेरी र काफल बिक्री गर्छन्। 

उनले कालीमाटीका होलसेलबाट भुटेका चना, बदाम, मकै र केराउ ल्याउँछन्। डालोमा चना, मकै, बदाम, केराउ राख्छन्। बिहान नौ बजे डेराबाट निस्किन्छन्। दिनभरी बानेश्वरदेखि डालो बोकेर बिक्री गर्दै त्रिपुरेश्वरसम्म पुग्छन्। फेरि बानेश्वर फर्किन्छन्। साँझ भएपछि बानेश्वर चोकमा बसेर बिक्री गर्छन्। यसरी डुलेरै व्यापार गर्दै परिवार पाल्दै आएका छन्। 

Gopi-Basnet (1)1666406104.jpg

२२ वर्ष अघि केही काम गरेर पैसा कमाउने उद्देश्यले गोपी काठमाडौं छिरे। उनी यहाँ आएपछि बानेश्वरमा डेरा गरेर बसे। केही दिनपछि उनले आफ्ना लागि काम पनि खोजे। भनेजस्तो काम भेट्टाएनन्। काम नभेटेपछि उनले आर्थिक उपार्जन गर्ने बाटो फुटपाथ व्यापार रोजे।

‘पढेको थिएन। यहाँ मैले केही काम पाइनँ। काम खोज्दै जाँदा अरुले बाटोमा हिँडेर व्यापार गरेको देखेँ। यसो गर्दा थोरै भएपनि कमाइ गर्न सकिने थाहा पाँए। अनि व्यापार गर्न थालेँ’, उनले भने।

गोपीले यही फुटपाथको व्यापारले घर खर्च धानेका छन्। महिनाभरको कमाई आफूलाई केही खर्च गर्छन्। बाँकी रहेको घर पठाउँछन्। कहिले आफूलाई मात्र पनि पुर्‍याउन मुस्किल पर्ने उनी बताउँछन्।

‘व्यापार सधैं एकनाशको हुँदैन। भयो भने दिनमा त्यस्तै सात, आठ सय कमाई हुन्छ। कहिले दुई/चार सय मात्र पनि हुन्छ। यति भए पनि गर्जाे टार्ने बाटो भएको छ,’ गोपी सुनाउँछन्। 

गोपी चाडपर्व, बारीमा बाली लगाउने र उठाउने समयमा गाउँ जान्छन्। बाली लगाएपछि फेरि कर्मथलो काठमाडौं फर्किन्छन्। अनि आफ्नो दैनिकीमा लाग्छन्।

काठमाडौं आउनुभन्दा पहिला गोपी रोजगारीको सिलसिलामा भारत गएका थिए। त्यहाँ उनले पाँच वर्ष काम गरे। त्यहाँ काम गरेवापत उनले मासिक सात सय भारु कमाउँथे। पाँच/छ महिना काम गर्ने अनि घर फर्किने अनि फेरि उतै जाने क्रम चलिरह्यो।

कहिले होटलमा त कहिले कपडा फ्याक्ट्रीमा काम गरे। त्यहाँ कमाई गरेको पैसा खर्च गरेर १० हजार बचाएका थिए। त्यो पैसाले गाउँमा १७ रोपनी बारी किने। बारीमा मकै, कोदो र मस्याम जस्ता बाली लगाउँछन्। 

‘पाखो बारी छ। फल्न त कोदो, मकै अलिअलि फल्छ। तर, बाँदर लागेर हैरान छ। बाँदरले फूल लाग्न नपाई खान सुरु गर्छ। अरु बाली लाउन बारीमा सुख्खा लागेर केही फल्दैन’, उनी सुनाउँछन्, ‘घरमा श्रीमती, आमा र दुईजना छोरा छन्। दुई छोरीको बिहे भइसक्यो। चाडबाड आउँछ। पाहुनापाछा आउँछन्। टार्ने अरु कुनै आम्दानीको बाटो छैन।’

प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १३:००
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्