• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सिन्धुपाल्चोक–२ : क्षेत्र साटेका मोहन बस्नेत र ह्याट्रिक गर्ने दाउमा शेरबहादुर तामाङ 

64x64
नेपाल लाइभ बिहीबार, असोज २७, २०७९  १०:१०
1140x725

काठमाडौं– सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा यसपटक प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा साखको लडाइँ हुने देखिएको छ। सधैं राप्रपासँग प्रतिस्पर्धा भइरहेको उक्त क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत चुनावी मैदानमा आएपछि रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

२०७४ सालको निर्वाचनमा सभामुख अग्निप्रसाद सापकोटा र बस्नेतबीचमा ‘ह्याकुल्लाले पेल्ने’ शब्द निकै चर्चित भयो। यसपटक शेरबहादुर तामाङ आफ्नो निर्वाचन क्षेत्रमा बस्नेतको त्यही ह्याकुल्लासँग प्रतिस्पर्धा गरिरहेका छन्। एमाले विभाजनको समयमा माधव नेपालतिर जाँदै फेरि एमालेमा फर्किँदै कार्यालय सचिवसम्म भएर अध्यक्ष केपी शर्मा ओली निकट भएका तामाङ उक्त क्षेत्रमा तेस्रो पटक जितेर आफ्नो हाट्रिक पूरा गर्ने दाउमा छन्। 

तामाङको उक्त आकांक्षा पूरा हुन नदिने भन्दै बस्नेतले उक्त क्षेत्रबाट आक्रामक प्रसार सुरु गरिसकेका छन्। बस्नेतको आफ्नो क्षेत्र सिन्धुपाल्चोक १ भए पनि उक्त क्षेत्र उनले सत्ता गठबन्धनको भागबन्डाका कारण छोड्नु परेपछि २ मा सरेका थिए। २०७४ सालको निर्वाचनमा सभामुख सापकोटाले वाम गठबन्धनको उम्मेदवार बन्दै उक्त क्षेत्रमा बस्नेतलाई पराजित गरेका थिए।

१० हजार ७ सय १० मतान्तरसहित सापकोटा निर्वाचित भएका थिए। सापकोटाले ४० हजार ५ सय ४ मत ल्याएका थिए भने बस्नेतले २९ हजार ७ सय ९८ मतमात्र पाए। यसपटक सापकोटा उक्त क्षेत्रमा नउठ्ने हुँदा आफू सजिलै जित हात पार्ने भन्दै उनले अन्तिमसमयसम्म पनि टिकटको दाबी गरेका थिए। तर, माओवादी केन्द्रको अडानसमक्ष उनको केही चलेन। अन्तत उक्त क्षेत्रमा माधव सापकोटाले टिकट पाए भने बस्नेत सिन्धुपाल्चोक क्षेत्र २ मा आउन बाध्य भए। 

स्थानीय अंकगणित– गठबन्धन अगाडि 
क्षेत्र नम्बर २ मा  पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्वु गाउँपालिका, इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर १, ५, ६, ७, ८ ११, १२, १३ र १४ पर्छ। स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले हेलम्वु र मेलम्ची नगरपालिका जित हात पारेको छ भने इन्द्रावती र पाँचपोखरी थाङपालमा नेकपा एमालेले जित हात पारेको थियो।

त्यस्तै चौतारा साँगाचोक गढी माओवादी केन्द्रले जितेको छ। उक्त क्षेत्रमा एमाले बलियो देखिन्छ। एमालेले ३१ हजार ७७६ मत स्थानीय निर्वाचनमा पाएको देखिन्छ। नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले २९ हजार ३०२ मत पाएका छन्। 

त्यस्तै नेकपा माओवादी केन्द्रले १६ हजार ७९ मत पाउँदा राप्रपाले ५ हजार ९३२ र नेकपा एकीकृत समाजवादीका वडाध्यक्षले १ हजार ६६३ मत पाएका थिए। सत्ता गठबन्धनभित्र रहेको नेपाली कांग्रेस माओवादी केन्द्र र समाजवादीको मत जोड्दा ४७ हजार ४४ मत देखिन्छ।

राप्रपाले आफैं स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ। राप्रपा पनि तेस्रो शक्तिको रुपमा रहेको उक्त क्षेत्रमा राप्रपाबाट गोपाल श्रेष्ठ उम्मेदवार बनेका छन्। पशुपति शमशेर राणाको विरासतको रुपमा श्रेष्ठले राप्रपाको टिकट लिएका छन्। सत्ता गठबन्धनको मत एकीकृत बनाउन सकेमा बस्नेतलाई उक्त क्षेत्रमा जित निकाल्न सहज हुने छ। यस्तो अवस्थामा तामाङको तेस्रो पटक जित्ने सपना पूरा हुन मुस्किल देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बस्नेतको इतिहासः हार–जित उस्तै 
कांग्रेस नेता बस्नेत २०४८ कै आम निर्वाचनमा सिन्धुपाल्चोक–१ मा चुनाव लडेका थिए। हालसम्म चुनाव लडेका उनले एउटामा चुनाव जित्ने र अर्को हार्ने गरेको देखिन्छ।

०४८ मा एमालेका अमृतकुमार बोहरासँग पराजित भएका उनले ०५१ मा टिकट नै पाएनन्। ०५६ मा टिकट पाएका बस्नेत बोहरालाई नै हराएर सांसद बने। ०६४ मा टिकट त पाए, तर चुनाव जित्न सकेनन्। ०७० मा टिकट पाएर चुनाव जितेका बस्नेत मन्त्रीसमेत भए। २०७४मा भने उनले चुनाव पुनः हारे। 

शेरबहादुर तामाङः २ हार २ जित 
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका तामाङ २०७० मा सिन्धुपाल्चोक ३ र ०७४ मा क्षेत्र घटेपछि क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुँदै आएका छन्। यसअघि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी माओवादीका दावा तामाङसँग ९८ मतले पराजित भएका थिए। 

पहिलो पटक ०५६ मा नेकपा मालेबाट सिन्धुपाल्चोक ३ मा उम्मेदवार बनेका थिए उनी। तत्कालीन समयमा पशुपति शमशेर राणाले उनलाई पराजित गरेका थिए।  ०६४ मा उनी एमालेबाट लडेका उनी जित्न सकेनन्। तत्कालीन समयमा माओवादी केन्द्रसँग उनको कडा प्रतिस्पर्धा भएको थियो। ०७० मा सिन्धुल्पोल्चोक ३ बाटै पहिलो पटक चुनाव जिते। ३ वटा निर्वाचन क्षेत्र घटेर २ मा झर्‍यो। शेरबहादुरले २०७४ मा २ मा चुनाव लडे र जिते पनि। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अन्तरविरोधको डर अनि भर 
नेपाली कांग्रेस र नेकपा एमाले दुवै पार्टीभित्र टिकट वितरणसँगै अन्तरविरोध देखिएको छ। नेकपा एमालेभित्र भइरहेको अन्तरविरोध बाहिर देखिएको छैन भने नेपाली कांग्रेसभित्र देखिने गरी रहेको छ। त्यस्तै सत्ता गठबन्धनभित्रको अर्को दल एकीकृत समाजवादीको प्रभाव भए पनि कुनै पनि क्षेत्रमा सहभागिता नपाउँदा निरास देखिएको छ। 

नेपाली कांग्रेसभित्र क्षेत्र नम्बर १ मा राजनीति गरिरहेका बस्नेत २ मा आउँदा त्यहाँका आकांक्षीहरु झस्केका छन्। केही समयअघि सम्पन्न भएको महाधिवेशनमा देखिएको विवादका कारण पनि बस्नेतलाई आफ्नै पार्टीबाट घात हुने त्रास छ। त्यस्तै सुरुमा प्रदेश सभा तर्फ कांग्रेसबाट निमा लामाले टिकट पाएका थिए। लामा हाल बागमती प्रदेशका सामाजिक विकासमन्त्री हुन्।

हेलम्वु क्षेत्रको प्रतिनिधित्व गर्ने लामाले पाएको टिकट खोसेर कृष्णकुमार तामाङ (समिर)लाई दिएको भन्दै निमा पक्ष असन्तुष्ट बनेको छ। यही असन्तुष्टिको डर बस्नेतलाई रहेको छ भने तामाङ पक्ष यसैमा फाइदा उठाउने दाउमा छ। 

असन्तुष्टहरुलाई आफूतिर तान्ने अनि तामाङहरुको बहुल्य भएको क्षेत्र भएकाले उनीहरुको सदाशयता लिने प्रयास एमालेले गर्ने देखिन्छ। 

उक्त क्षेत्रमा प्रदेश सभामा माओवादीका युवराज दुलाल(सरद) उम्मेदवार छन्। उनी २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका थिए। 
 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १०:१०
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्