• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १६, २०८२ Sun, Nov 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सिन्धुपाल्चोक–२ : क्षेत्र साटेका मोहन बस्नेत र ह्याट्रिक गर्ने दाउमा शेरबहादुर तामाङ 

64x64
नेपाल लाइभ बिहीबार, असोज २७, २०७९  १०:१०
1140x725

काठमाडौं– सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा यसपटक प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा साखको लडाइँ हुने देखिएको छ। सधैं राप्रपासँग प्रतिस्पर्धा भइरहेको उक्त क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत चुनावी मैदानमा आएपछि रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

२०७४ सालको निर्वाचनमा सभामुख अग्निप्रसाद सापकोटा र बस्नेतबीचमा ‘ह्याकुल्लाले पेल्ने’ शब्द निकै चर्चित भयो। यसपटक शेरबहादुर तामाङ आफ्नो निर्वाचन क्षेत्रमा बस्नेतको त्यही ह्याकुल्लासँग प्रतिस्पर्धा गरिरहेका छन्। एमाले विभाजनको समयमा माधव नेपालतिर जाँदै फेरि एमालेमा फर्किँदै कार्यालय सचिवसम्म भएर अध्यक्ष केपी शर्मा ओली निकट भएका तामाङ उक्त क्षेत्रमा तेस्रो पटक जितेर आफ्नो हाट्रिक पूरा गर्ने दाउमा छन्। 

तामाङको उक्त आकांक्षा पूरा हुन नदिने भन्दै बस्नेतले उक्त क्षेत्रबाट आक्रामक प्रसार सुरु गरिसकेका छन्। बस्नेतको आफ्नो क्षेत्र सिन्धुपाल्चोक १ भए पनि उक्त क्षेत्र उनले सत्ता गठबन्धनको भागबन्डाका कारण छोड्नु परेपछि २ मा सरेका थिए। २०७४ सालको निर्वाचनमा सभामुख सापकोटाले वाम गठबन्धनको उम्मेदवार बन्दै उक्त क्षेत्रमा बस्नेतलाई पराजित गरेका थिए।

१० हजार ७ सय १० मतान्तरसहित सापकोटा निर्वाचित भएका थिए। सापकोटाले ४० हजार ५ सय ४ मत ल्याएका थिए भने बस्नेतले २९ हजार ७ सय ९८ मतमात्र पाए। यसपटक सापकोटा उक्त क्षेत्रमा नउठ्ने हुँदा आफू सजिलै जित हात पार्ने भन्दै उनले अन्तिमसमयसम्म पनि टिकटको दाबी गरेका थिए। तर, माओवादी केन्द्रको अडानसमक्ष उनको केही चलेन। अन्तत उक्त क्षेत्रमा माधव सापकोटाले टिकट पाए भने बस्नेत सिन्धुपाल्चोक क्षेत्र २ मा आउन बाध्य भए। 

स्थानीय अंकगणित– गठबन्धन अगाडि 
क्षेत्र नम्बर २ मा  पाँचपोखरी थाङपाल गाउँपालिका, हेलम्वु गाउँपालिका, इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर १, ५, ६, ७, ८ ११, १२, १३ र १४ पर्छ। स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले हेलम्वु र मेलम्ची नगरपालिका जित हात पारेको छ भने इन्द्रावती र पाँचपोखरी थाङपालमा नेकपा एमालेले जित हात पारेको थियो।

त्यस्तै चौतारा साँगाचोक गढी माओवादी केन्द्रले जितेको छ। उक्त क्षेत्रमा एमाले बलियो देखिन्छ। एमालेले ३१ हजार ७७६ मत स्थानीय निर्वाचनमा पाएको देखिन्छ। नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले २९ हजार ३०२ मत पाएका छन्। 

त्यस्तै नेकपा माओवादी केन्द्रले १६ हजार ७९ मत पाउँदा राप्रपाले ५ हजार ९३२ र नेकपा एकीकृत समाजवादीका वडाध्यक्षले १ हजार ६६३ मत पाएका थिए। सत्ता गठबन्धनभित्र रहेको नेपाली कांग्रेस माओवादी केन्द्र र समाजवादीको मत जोड्दा ४७ हजार ४४ मत देखिन्छ।

राप्रपाले आफैं स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ। राप्रपा पनि तेस्रो शक्तिको रुपमा रहेको उक्त क्षेत्रमा राप्रपाबाट गोपाल श्रेष्ठ उम्मेदवार बनेका छन्। पशुपति शमशेर राणाको विरासतको रुपमा श्रेष्ठले राप्रपाको टिकट लिएका छन्। सत्ता गठबन्धनको मत एकीकृत बनाउन सकेमा बस्नेतलाई उक्त क्षेत्रमा जित निकाल्न सहज हुने छ। यस्तो अवस्थामा तामाङको तेस्रो पटक जित्ने सपना पूरा हुन मुस्किल देखिन्छ। 

Ncell 2
Ncell 2

बस्नेतको इतिहासः हार–जित उस्तै 
कांग्रेस नेता बस्नेत २०४८ कै आम निर्वाचनमा सिन्धुपाल्चोक–१ मा चुनाव लडेका थिए। हालसम्म चुनाव लडेका उनले एउटामा चुनाव जित्ने र अर्को हार्ने गरेको देखिन्छ।

०४८ मा एमालेका अमृतकुमार बोहरासँग पराजित भएका उनले ०५१ मा टिकट नै पाएनन्। ०५६ मा टिकट पाएका बस्नेत बोहरालाई नै हराएर सांसद बने। ०६४ मा टिकट त पाए, तर चुनाव जित्न सकेनन्। ०७० मा टिकट पाएर चुनाव जितेका बस्नेत मन्त्रीसमेत भए। २०७४मा भने उनले चुनाव पुनः हारे। 

शेरबहादुर तामाङः २ हार २ जित 
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका तामाङ २०७० मा सिन्धुपाल्चोक ३ र ०७४ मा क्षेत्र घटेपछि क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुँदै आएका छन्। यसअघि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी माओवादीका दावा तामाङसँग ९८ मतले पराजित भएका थिए। 

पहिलो पटक ०५६ मा नेकपा मालेबाट सिन्धुपाल्चोक ३ मा उम्मेदवार बनेका थिए उनी। तत्कालीन समयमा पशुपति शमशेर राणाले उनलाई पराजित गरेका थिए।  ०६४ मा उनी एमालेबाट लडेका उनी जित्न सकेनन्। तत्कालीन समयमा माओवादी केन्द्रसँग उनको कडा प्रतिस्पर्धा भएको थियो। ०७० मा सिन्धुल्पोल्चोक ३ बाटै पहिलो पटक चुनाव जिते। ३ वटा निर्वाचन क्षेत्र घटेर २ मा झर्‍यो। शेरबहादुरले २०७४ मा २ मा चुनाव लडे र जिते पनि। 

अन्तरविरोधको डर अनि भर 
नेपाली कांग्रेस र नेकपा एमाले दुवै पार्टीभित्र टिकट वितरणसँगै अन्तरविरोध देखिएको छ। नेकपा एमालेभित्र भइरहेको अन्तरविरोध बाहिर देखिएको छैन भने नेपाली कांग्रेसभित्र देखिने गरी रहेको छ। त्यस्तै सत्ता गठबन्धनभित्रको अर्को दल एकीकृत समाजवादीको प्रभाव भए पनि कुनै पनि क्षेत्रमा सहभागिता नपाउँदा निरास देखिएको छ। 

नेपाली कांग्रेसभित्र क्षेत्र नम्बर १ मा राजनीति गरिरहेका बस्नेत २ मा आउँदा त्यहाँका आकांक्षीहरु झस्केका छन्। केही समयअघि सम्पन्न भएको महाधिवेशनमा देखिएको विवादका कारण पनि बस्नेतलाई आफ्नै पार्टीबाट घात हुने त्रास छ। त्यस्तै सुरुमा प्रदेश सभा तर्फ कांग्रेसबाट निमा लामाले टिकट पाएका थिए। लामा हाल बागमती प्रदेशका सामाजिक विकासमन्त्री हुन्।

हेलम्वु क्षेत्रको प्रतिनिधित्व गर्ने लामाले पाएको टिकट खोसेर कृष्णकुमार तामाङ (समिर)लाई दिएको भन्दै निमा पक्ष असन्तुष्ट बनेको छ। यही असन्तुष्टिको डर बस्नेतलाई रहेको छ भने तामाङ पक्ष यसैमा फाइदा उठाउने दाउमा छ। 

असन्तुष्टहरुलाई आफूतिर तान्ने अनि तामाङहरुको बहुल्य भएको क्षेत्र भएकाले उनीहरुको सदाशयता लिने प्रयास एमालेले गर्ने देखिन्छ। 

उक्त क्षेत्रमा प्रदेश सभामा माओवादीका युवराज दुलाल(सरद) उम्मेदवार छन्। उनी २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नम्बर २ (क) बाट निर्वाचित भएका थिए। 
 

प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १०:१०
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #निर्वाचन क्षेत्र विशेष

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंमा फोहोर थुप्रियो, कुलमान पुगे बञ्चरेडाँडा
नागढुंगा सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि ग्लोबल टेण्डर, ५ वर्षका लागि दिइँदै
शुक्रबार स्थगित भएको कांग्रेस बैठक आज बस्दै,  महाधिवेशनबारे जुट्ला सहमति ?
सम्बन्धित सामग्री
कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने आयोगको निर्णय आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए। बिहीबार, असोज ९, २०८२
पत्रकार महासङ्घको निर्वाचन आज आज बिहान ९ः०० देखि अपराह्न ४ः०० बजेसम्म मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। शुक्रबार, मंसिर २८, २०८१
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी माओवादीकी निमलेकी शेर्पाले २ हजार ५९९ मत ल्याउँदा कांग्रेसकी पासाङदिकी शेर्पाले १७६५ मत ल्याएकी छन् । मंगलबार, मंसिर १८, २०८१
ताजा समाचारसबै
नागढुंगा सुरुङमार्ग सञ्चालन तथा मर्मतका लागि ग्लोबल टेण्डर, ५ वर्षका लागि दिइँदै आइतबार, कात्तिक १६, २०८२
शुक्रबार स्थगित भएको कांग्रेस बैठक आज बस्दै,  महाधिवेशनबारे जुट्ला सहमति ? आइतबार, कात्तिक १६, २०८२
आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै प्रधानमन्त्री आइतबार, कात्तिक १६, २०८२
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना आइतबार, कात्तिक १६, २०८२
यु-१९ प्रिमियर कप : ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो शनिबार, कात्तिक १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आफ्नो कुरा राखेर सचिवालय बैठकबाट बाहिरिए जनार्दन शर्मा, प्रचण्डले भने अराजक शैली शनिबार, कात्तिक १५, २०८२
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना आइतबार, कात्तिक १६, २०८२
विश्वकप लिग २ : नेपाल लगातार तेस्रो खेलमा पनि पराजित शनिबार, कात्तिक १५, २०८२
विश्वकप लिग २ : अमेरिकालाई नेपालले दियो २७२ रनको चुनौतीपूर्ण लक्ष्य शनिबार, कात्तिक १५, २०८२
अध्यक्षले गर्नुभएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ : योगेश भट्टराई शनिबार, कात्तिक १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्