• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ १९, २०८३ Tue, Jun 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

सुनको मूल्य किन घटबढ हुन्छ?

माणिकरत्न शाक्य आइतबार, असोज १६, २०७९  १५:३४
1140x725

नेपालमा आदिकालदेखि सुनचाँदीको गरगहना, कलाकृति लगायत श्रृंगार र सजावटका सामानहरुको निर्माण र प्रयोग भइ आएको छ। इतिहासको अध्ययन गर्दा विभिन्न शासनकालहरुमा विभिन्न खालका गरगहनाहरु, कलाकृतिहरु, मन्दिर गुम्बाहरु लगायतका विभिन्न सम्पदाहरुको निर्माण भएका छन्। किँरातकाल, लिच्छविकाल, मल्लकाल, शाहकाल लगायतका विभिन्न काल खण्डमा अत्यन्त कुशल कलाकारिताका साथमा हातको प्रयोग गरी बनाइएका विभिन्न हस्तनिर्मित गरगहनाहरु, मुर्तिहरु, स्मारकहरु, धार्मिक देवी देवताका मुर्ति मन्दिरहरुमा समेत सुनचाँदीको प्रयोग भएको हामी देख्न सक्दछौं। ती कलाकारिता, आलंकारिकता, सम्पदा, श्रृंगार र सँस्कृतिहरुले सभ्यताको परिचायकका रुपमा हाम्रो धर्म सँस्कृति, रितिरिवाज, रहनसहनमा स्थान पाइ आएको छ। हाम्रो समाजले जन्मदेखि मृत्यु सम्मका विभिन्न संस्कारहरुमा सुन–चाँदी र गरगहनाहरुको प्रयोग गरिआएको छ। यसमा धार्मिक, सामाजिक, आर्थिक लगायत विभिन्न कारणहरु रहेका छन्। नेपाल र नेपालीको परिचयको अभिन्न अंगको  रुपमा सुनचाँदी र गरगहनाहरु रहेका छन्।

नेपालमा सुन–चाँदीको प्रयोग र यसको ऐतिहासिकताको अध्ययन गर्दा धेरै लामो इतिहास रहेको छ। यसको विभिन्न पाटोहरुको चर्चा गर्दा यसको आर्थिक तथा मौद्रिक पाटोको महत्त्व अझ बढी रहेको छ। विभिन्न सभ्यताहरुको बिकास क्रम सँगसँगै धनको संग्रह र अर्थतन्त्रको पनि बिकास हुँदै आएको छ। विश्वमा मुद्राको आविस्कार र मुद्रा निस्कासन गर्ने पहिलो देश चीन हो। युरोप तथा अमेरिकामा पनि विभिन्न किसिमका मुद्राहरुको प्रचलन रहेको कुरा मुद्राको विभिन्न संग्रहालयहरुको अध्ययन गर्दा देखिन्छ। ती सबै मुद्राहरुको प्रमुख आधार सुन नै थियो। 

सबैभन्दा बढी रुचाइएको र संग्रह गरिएको धनको स्वरुप भनेको सुन नै थियो। यो कहिले पनि ननासिने, चमकदार, पवित्र र मूल्यवान धातु हो भन्ने ज्ञान हुनासाथ अधिकांश सभ्यतामा सुनको संग्रहबाट नै सभ्यताहरुको अर्थतन्त्रहरु चलेको हामी इतिहासको अध्ययन गर्दा देख्न सक्छौं। जुन शासक वा सभ्यतासँग सुनको संग्रह भयो त्यो शासक वा सभ्यता धनी, सम्पन्न र शक्तिशाली मानिन्थ्यो। अहिलेको आधुनिक समयमा सुनको मूल्यमा हुँदै आएको वृद्धि र यसको उपलब्धतामा आएको कमीले सुनलाई अझ बढि आकर्षक बनाएको छ। सुन–चाँदीको यही गुणका कारणले नै हाम्रा पुर्खा देखि नै विवाह, शुभ कार्यहरुमा उपहार दिँदा सुनचाँदी कै गरगहनाहरु दाइजो लगायतका रुपमा उपहार र आशीर्वाद स्वरुप दिने प्रचलन रही आएको हो। त्यसैले सुनचाँदी गरगहनाहरु हरेक नेपालीहरुको घरघरमा धार्मिक, साँस्कृतिक, सामाजिक चलन, रितिरिवाजको रुपमा ‘सुखको गहना, दुःखको खजाना’ को रुपमा कायम रहेको छ।

सन १९१३ मा अमेरिकामा फेडरल रिजर्भ बैंकको स्थापना भएपछि डलरको निस्कासन गर्दा सो बराबरको सुन जम्मा गरी मात्र अमेरिकाले सुनको आधार भएको मुद्राको रुपमा डलर प्रचलनमा ल्यायो। सुनको आधार भएको कारणले विश्वभरि नै व्यापारको माध्यमको रुपमा डलर सर्वस्वीकार्य पनि बन्यो र आजसम्म पनि अधिकांश विश्वको व्यापारको मुख्य मुद्रा डलर नै रहेको छ। संसारमा नै सबैभन्दा बढी सुनको संचय पनि अमेरिकामा नै छ। अहिले पनि सबै देशका केन्द्रीय बैंकहरुले आ–आफ्नो ढुकुटीमा सुनको संचय गर्नै पर्ने व्यवस्था रहेको छ र सुन विश्वको मौद्रिक प्रणालीको अभिन्न अंग रही आएको छ। नेपालको रिजर्भ बैंक, नेपाल राष्ट्र बैंकले यही प्रणालीको अनुसरण गर्दै नेपाली रुपैयाँको निस्कासन गर्दा सुन लगायतका सम्पत्ति ढुकुटीमा राखेर गर्दछ। सुनले संसारको मौद्रिक प्रणालीमा जस्तै नेपाली मौद्रिक प्रणालीमा पनि महत्त्वपूर्ण स्थान राख्दछ।

सुनको भाउको निर्धारणका मुख्य आधारहरु 
सुनको अन्तर्राष्ट्रिय मूल्य सन् १९३३ मा ३५ डलर प्रति आउन्स रहेको थियो। कालान्तरमा विभिन्न कारणहरुले सुनको मूल्यवृद्धि हुँदै सन् २०११ मा १९२४ डलरसम्म पुगेर सन् २०१६ मा १०५० डलरमा प्रतिआउन्सको मूल्यमा कारोबार भएको थियो। यसरी ९० बर्षको अन्तर्राष्ट्रिय सुनको मूल्यलाई अध्ययन गर्दा सुनको मूल्यमा धेरै नै तल–माथि भएको देख्न सक्छौं। संसारका सबै देशहरुमा सुनचाँदीको कारोबार हुँदा अन्तर्राष्ट्रिय सुनको मूल्यलाई नै आधार मानेर गर्दछन्। 

अमेरिका विश्वको नै सबैभन्दा बढी सुनको संचय भएको देश भएकाले न्यूयोर्कको न्यूयोर्क मर्चेन्ट एक्सचेन्ज (एनवाईएमईएक्स), र कम्बोडिटी एक्सजेन्ज (सीएमईएक्स) मा किनबेच हुने भाउले सबैभन्दा बढी प्रभाव पार्दछ। त्यसपछि लण्डन मेटल एक्सचेन्ज र लण्डनको बुलियन  मार्केटको भाउ, हंगकंगको ‘चाइनीज गोल्ड एण्ड सिल्भर एक्सचेन्ज’ गोल्ड एक्सचेन्जको भाउ, ‘दुबई गोल्ड एण्ड कम्बोडिटी एक्सचेन्ज’ दुबईको कारोबारहरुको मूल्यबाट सुनको बजारमा हुने उतारचढावले विश्वको सुनचाँदीको भाउ निर्धारण गर्दछ।

अमेरिकी बजार, यूरोपियन बजार र एसियन बजारहरुमा हुने सुनको कारोबारको समग्र मूल्यले नै विश्वको सुनको बजारमा भाउ तोकिरहेको हुन्छ। अन्तर्राष्ट्रिय बजारमा आउने सुनको भाउको उतार–चढावको प्रत्यक्ष असर सुनको नेपाली बजारमा पनि तत्काल नै पर्दछ। बिगतमा संचारका साधनहरुको बिकास नहुँदा यसको असर कम हुन्थ्यो भने अहिलेको समयमा यस्तो प्रभाव अझ बढी पर्न थालेको छ। सूचनाको प्रविधिहरुमा आएको विकास, विभिन्न इन्टरनेट, फोन जस्ता साधनहरुको प्रयोगले विश्वलाई नै सानो देश जस्तो बनाइसकेको सन्दर्भमा नेपालको सुनको बजार अछुतो रहन सक्ने कुरै भएन। प्रविधिलाई आत्मसात गरिएन भने सुनको पारदर्शी, व्यवस्थित र उपयुक्त भाउको निर्धारण गर्नै सकिँदैन। 

विश्वभरि कुनै पनि देशमा सुनको भाउ तोक्ने काम सरकारले गर्दैन। विभिन्न देशहरुमा रहेका गोल्ड तथा कमोडिटी एक्सचेन्जहरुमा भएका कारोबारका आधारमा सुनचाँदीको भाउको संचार हुँदै जाने हो। माथि उल्लेख गरिएका विभिन्न एक्सचेन्जहरुमा भएका कारोबारका आधारमा सुनचाँदीको भौतिक र फ्युचर करारहरुको कारोबारहरु हुन्छन्।  संसार भरिका विभिन्न लगानीकर्ताहरुले विभिन्न एक्सचेन्जहरुमा गर्ने हजारौं, लाखौं त्यस्ता कारोबारहरुका कारण क्षणक्षणमा सुनचाँदीको भाउ तलमाथि भइरहेको हुन्छ। ती करारहरु कसरी परिपक्व हुन्छन्, त्यसको आधारमा सुनचाँदीको आवधिक मूल्यको निर्धारणहरु भइरहेको हुन्छ। तर कमोडिटी मार्केटको भाउमा नाफा घाटाको मात्र कारोबार बढी हुन्छ भने भौतिक बजारमा भौतिक सुनचाँदीको नै कारोबार र लेनादेनाहरु भइराखेको हुन्छ। खरिदकर्ताले कतिसम्म मूल्य तिर्न सक्छ र बिक्रीकर्ताले कतिसम्ममा बिक्री गर्न सक्छ, मूल्य त्यसैमा आधारित भएको हुन्छ। मूल्यको निर्धारण प्रक्रियामा प्रभाव पार्ने विभिन्न कारणहरु हुन्छन्, तर सबैभन्दा मूख्य कारण माग र आपुर्ति नै हो। त्यसैले वस्तुको बजारमा माग र आपुर्तिको ठूलो भुमिका हुन्छ। यसले सुनचाँदीको मूल्य निर्धारणमा प्रमुख भुमिका सँधै नै खेलिरहेको हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

विश्वका सबैजस्तो देशहरुमा बुलियन एसोसिएसनहरुले सुनचाँदीको दरभाउ तोक्ने गर्दछन्। भारतमा ‘द इन्डिउन बुलियन ज्वेलरीज एसोसियसन’ले सुनचाँदीको दैनिक दरभाउ तोक्दछ। ‘मल्टि कम्बोडिटी एक्सचेन्ज अफ इन्डिया भारतमा सुनको कारोबार गर्ने सबैभन्दा ठूलो कमोडिटि एक्सचेन्ज  हो। यस एक्सचेन्जमा ‘फ्यिुचर’, ‘स्पट’ लगायतका ‘कन्ट्रयाक्ट’ मा कारोबार गर्न सकिन्छ। भारतका विभिन्न शहरहरुमा रहेको सुन बजारले यही एक्सचेन्जहरुमा भएका कारोबारहरुका आधारमा भाउ तोकेर ब्यवसाय संचालन गर्दछन्। यी विभिन्न एक्सचेन्जहरुमा हुने कारोबारहरुको भाउ र बुलियन एसोसिएसनहरुले तोक्ने भाउमा केही फरक परि रहेको हुन्छ, जुन सामान्य मानिन्छ। विभिन्न शहरहरुको दुरी र भौतिक स्थितिका कारण पनि विभिन्न शहरहरुको भाउमा मूल्यमा सामान्य फरक परिरहेको हुन्छ। यहाँको स्थानीय सुन बजारमा कारोबारका लागि तोकिने मूल्यमा अन्तर्राष्ट्रिय बजारको भाउमा ३ देखि ५ प्रतिशतसम्म मुनाफाको व्यवस्था गरी तोकिएको हुन्छ।

चीनको लागि ‘साङ्घाई गोल्ड एण्ड ज्वेलरी ट्रेड एसोसियसन’ले दैनिक सुनचाँदीको भाउ तोक्ने गर्दछ। चीनमा मुख्यत: ‘साङ्घाई फ्युचर एक्सचेन्ज अफ प्रिसियस मेटल’ र ‘साङ्घाई गोल्ड एक्सचेन्ज’ ले कारोबार गर्दछ। सबै देशहरुको आर्थिक बिकासमा यस्ता एक्सचेन्जहरुले ठूलो परिमाणको कारोबारहरु गरि राजस्व, आर्थिक सुरक्षा, वित्तिय सुरक्षा र रोजगारीका लागि महत्वपुर्ण योगदान दिएको हुन्छ। छिमेकी देश  भारत र चीनको कूल गार्हस्थ आम्दानीको १३ देखि १५ प्रतिशत आम्दानी सुनचाँदीको क्षेत्रबाट भइरहेको तथ्यांक रहेको छ।

नेपालको सन्दर्भ 
नेपालको सुनको इतिहासमा २०४४ सालमा नेपाल सुनचाँदी ब्यवसायी संघको स्थापना भइ एउटा अविस्मरणीय समयको रुपमा अंकित रहेको छ। यो संघले आफ्नो स्थापनाको वर्षदेखि नै नेपालको सुनको बजारलाई एकरुपता दिन संगठित रुपमा आधिकारिक सुनचाँदीको भाउ तोकेर प्रकाशित गर्‍यो। 

संसारभरि नै यस्तै व्यवसायी संघहरुले, एक्सचेन्जहरु जस्ता व्यापारिक संस्थाहरुले सुनचाँदीको दरभाउ तोक्ने प्रचलनलाई आत्मसात र अनुसरण गरी सुरु गरिएको उक्त कदमले नेपालमा संस्थागत सुनचाँदीको बजारको शुरुवात गर्‍यो। उक्त समयभन्दा पहिला राणाकालीन समयदेखि विभिन्न सर्राफी लगायत व्यापारीहरुको विभिन्न रुपको सुनचाँदीको दरभाउबाट बजार संचालित हुन्थ्यो। संघबाट प्रकाशित भाउबाट सबै सुनचाँदी पसलहरुमा एउटै भाउमा सुनचाँदी उपलब्ध हुने भएपछि उपभोक्ताहरुलाई पनि सजिलो भयो भने ब्यवसायीहरुले पनि विश्वासिलो रुपमा व्यवसाय गर्ने अवसर पाए। २०६९ सालमा नेपाल सुनचाँदी व्यवसायी महासंघको स्थापना पश्चात नेपाल भरिको लागि सुनचाँदीको दरभाउ मूल्य निर्धारण गर्ने काम यस महासंघले गर्दै आएको छ। 

नेपाल भरिका ६५ वटा जिल्ला तथा नगर संघहरुको आबद्धता भएको यस महासंघमा अधिकांश सुनचाँदी व्यवसायीहरु जोडिएर सबैभन्दा ठूलो छाता संगठनको स्वरुपमा छ। नेपाल सरकारका विभिन्न निकायहरु, नेपाल राष्ट्र बैंक, भन्सार, गृह मन्त्रालय, राजाको पालामा राजदरबार, आम उपभोक्ता लगायत सबैले यसरी संस्थागत रुपमा तोकिएको सुनचाँदीको दरभाउलाई आधार बनाएर आफ्नो आवश्यक कार्य अघि बढाएको अवस्था छ। नेपाल राष्ट्र बैंकले सुनचाँदी बितरण कार्यविधि २०६८ मा स्पष्ट रुपमा सुन आयात गर्ने बैंकलाई ०.५ प्रतिशत र सुन किन्ने ब्यवसायीलाई ०.५ प्रतिशतसम्म मुनाफा जोड्न पाउने भनी स्पष्ट ब्यवस्था गरिदिएअनुसार नेपालको सुन बजारको मूल्य निर्धारण भइ आएको छ।

बजार निर्माताको भूमिका 
नेपालमा देवानी संहिता २०७४ को भाग ४ मा सम्पत्तिको महलमा सुनचाँदी गरगहना लगायत रत्न पत्थरहरुलाई चल सम्पत्तिको रुपमा ब्याख्या गरेको छ। कुनै पनि सम्पत्ति चल हुनका लागि तुरुन्तै नगदमा परिणत गर्न सकिने गुण हुनु पर्दछ। सुनचाँदीलाई चल सम्पत्तिको परिभाषामा कायम गर्न बजारमा आवश्यकताअनुसार खरिद र बिक्री गरेर लिने–दिने गरी आएका व्यवसायीहरुले सुनचाँदीको बजार निर्माताको भूमिका निभाइआएका छन्। २०५६ सालमा घटेर ७ हजारमा आए पनि वा अहिलेका वर्षहरुमा बढे १ लाख रुपैयाँ (प्रतितोला) भए पनि, सुनको मूल्यमा जतिसुकै उतार–चढाव आएता पनि नेपाली सुनबजारले कहिले पनि उपभोक्ताहरुलाई खरिदबिक्री कारोबारबाट फिर्ता पठाएन। दैनिक तोकिएको भाउका आधारमा नाफा घाटा जे भए पनि यस महासंघले तोकेको भाउको आधारमा दैनिक नै कारोबार संचालन भइरहेको छ।

विश्वभरि नै सुन–चाँदीको भाउलाई विभिन्न भू–राजनीतिक, आर्थिक उतार–चढाव, प्राकृतिक विपत्ति, लडाइँ (युद्ध), आतंकवादी गतिविधि लगायतका कारणले प्रभावित बनाइ आएको छ। त्यसले अन्तर्राष्ट्रिय बजारमा प्रत्यक्ष रुपमा सुन–चाँदीको भाउ तल–माथि भइदिन्छ। नेपालको सन्दर्भमा अन्तर्राष्ट्रिय बजारमा आउने सुनचाँदीको भाउको उतार–चढाव, नेपाली रुपैयाँको डलरसँगको विनिमय दरको तलमाथी, नेपाल सरकारले समय समयमा तोक्ने सुनचाँदीको भन्सार दरले नेपाली सुनचाँदीको बजार भाउलाई प्रभाव पारिरहेको हुन्छ। नेपाली सुनचाँदी बजारमा भाउ तोकिँदा यिनै कुराहरुले बिशेष स्थान राख्दछ। 

नेपालमा हाल भइआएको सुनचाँदीको दरभाउ निर्धारण पारदर्शी, बजारमैत्री, अन्तर्राष्ट्रिय स्तरको र आधुनिक डिजिटल प्रविधियुक्त रहेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघको आफ्नै पहलमा नेपालका प्रमुख शहरहरुका सुनचाँदी बजारहरुमा डिजिटल डिस्प्ले बोर्डको माध्यमबाट एउटा बटनमा क्लिक गर्ने बितिक्कै देशभरिका सुनचाँदीका बजारमा सुनचाँदीको भाउ अपडेट हुने आधारभुत प्राविधिक संरचनाहरु करोडौं रुपैयाको लगानीमा बनाइ प्रयोग गरिरहेको अवस्था छ। सुनचाँदीका आम उपभोक्ताहरु, व्यवसायीहरु र अन्य सरोकारवालाहरुलाई यस संरचनाका कारण अत्यन्तै छोटो समयमा सही मूल्यको जानकारी गराइ ढुक्कसँग कारोबार गर्ने गराउने ब्यवस्था  महासंघले गर्दै आएको छ। यस कार्यका लागि सुनचाँदीको दरभाउ निर्धारण गर्ने विशिष्ट छुट्टै समितिको गठन गरी नेपालका सुनचाँदीको व्यवसायमा दशकौंको अनुभव, बिशेषज्ञता भएका व्यक्तिहरुले निश्चित प्रक्रियाहरुको पालना गरी दैनिक रुपमा सुनचाँदीको दरभाउ निर्धारण गर्दछन्। त्यसरी तोकिएको भाउलाई देशैभरि रहेको महासंघको नेटवर्क, वेबसाइट, एस एम एस लगायतका प्रविधिहरु प्रयोग गरि सम्प्रेषण गरेपछि दैनिक रुपमा सुनचाँदीको कारोबारको सुरुवात हुँदै आएको छ। संसार भरि नै सुनचाँदीको भाउ तोक्ने संगठनहरुले प्रयोग गर्ने विधि पनि यहि नै हो।

के छ समस्या?
नेपालमा २०६३ सालदेखि ओपन जनरल लाइसेन्सको प्रणालीमार्फत् सुनको आयात गर्ने ढोका खोलिएको हो। झिटीगुन्टा भारीको प्रावधानअनुसार बिदेशबाट नेपाल आउने नेपालीले लिएर आउने सुनमा मात्र आपूर्तिको श्रोत रहेकोमा ओजीएलमार्फत् सुन ल्याउन दिएपछि विभिन्न बैंक तथा व्यवसायीहरुलाई पनि आयात गर्न बाटो खुलेको थियो।

२०६६ सालबाट नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति ६ महिनाको वस्तु तथा सेवा आयात गर्नलाई मात्र पुग्ने गरी घटेपछि देशलाई आर्थिक रुपमा असफल हुनबाट बचाउन सीमित समयको लागि सुनको आयात बैंकहरुलाई मात्र  गर्न दिनेगरी र दैनिक १० किलो सुनको कोटा तोकी सुन आयात गर्न खुला गरिएको थियो। देशको सुनको बजारको मागलाई मध्यनजर गर्दै १० किलो प्रतिदिनको कोटाबाट क्रमशः १५ किलो, २० किलो र लगनको सिजनको बेलामा २५ किलो सम्मको दैनिक सुनको आपूर्तिको व्यवस्था नेपाल राष्ट्र बैंकले गरेकोमा यहि २०७६ सालको चैत्रबाट कोरोना  महामारीका कारण अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव कम गर्न दैनिक १० किलोका दरले सुनको आयात गर्न दिने सर्कुलर जारी गरिएको थियो। 

नेपालको संविधानमा सम्पत्तिको अधिकार मौलिक हकका रुपमा नागरिकहरुले उपभोग गर्न पाउने उल्लेख गरेको छ। नेपाल खुला अर्थतन्त्र भएको देश हो। सम्पत्तिका रुपमा आउने विभिन्न शीर्षकहरु उपभोग र उपयोग गर्न नेपालीहरुले पाइराखेको छ। तर सुनको लागि नेपालमा बन्देज लगाइएको अवस्था छ। नेपाल राष्ट्र बैंकले २०६८ सालमा जारी गरेको एकीकृत निर्देशिकामा ढिका सुन ब्यक्तिले खरिद गर्न नपाइने ब्यवस्था गरी बन्देज लगाइएको अवस्था छ। 

उक्त सर्कुलरमा सुन गरगहनाको रुपमा मात्र खरिद गर्न सकिने आशय रहेको छ। संसारभरि नै सुनलाई अति सुरक्षित लगानीको क्षेत्र र सम्पत्तिको रुपमा परिभाषित र प्रचलित रहेको सन्दर्भमा नेपालको यस्तो नियमले नेपाली नागरिकहरुको संविधान प्रदत्त मौलिक अधिकार हनन भइरहेको अवस्था छ भने सुनको माध्यमबाट नेपाली अर्थतन्त्रले पाउनसक्ने फाईदाबाट पनि बञ्चित भइरहेको छ। नेपाली नीति निर्माताहरुको नजरमा सुन भन्नासाथ  तस्करी, विदेशी मुद्राको खर्च, अपराध र अपराधीको मात्र चित्र परिरहेको छ। सुनले दिने व्यापार, रोजगारी, राजस्व, समृद्धि, आर्थिक सुरक्षा, मौद्रिक स्थायित्व र लगानीको सुरक्षित क्षेत्रको पाटोमा नजर पुग्न सकेको छैन।

अहिले नेपालमा वार्षिक रुपमा ५० देखि ६० अर्ब रुपैयाँको सुनचाँदीको कारोबार भइरहेको छ। हरेक वर्ष लगभग ६ अर्ब रुपैयाँ भन्सार, आयकर, ‘टीडीएस’ लगायत प्रत्यक्ष अप्रत्यक्ष राजस्व यस क्षेत्रबाट प्राप्त भइरहेको छ। यसलाई आवश्यक नीति नियम, कानुनको तर्जुमा गरी प्रोत्साहन गर्न सकिएमा यसको बजारको आकारमा धेरै ठूलो परिमाणात्मक वृद्धि भइ यसबाट प्राप्त हुने राजस्वको श्रोतमा पनि धेरै ठूलो वृद्धि हुन सक्दछ। 

सारा विश्वको नै सुनमा आकर्षण बढिरहेको, सुरक्षित लगानीको रुपमा उपयोग भइरहेको र यसको भाउमा दिनदिनै वृद्धि भइरहेको सन्दर्भमा नेपालले पनि यसका सकारात्मक फाइदाहरु लिन पछि पर्नु हुँदैन। विश्वमा सुनको सञ्चय बढी भएका मुलुकहरुको मुद्रा बलियो र सर्वस्वीकार्य हुन्छ। 

राणाकालीन समयमा बेलायतको पाउण्डसँग तुलना हुने नेपाली रुपैयाँको अवमूल्यन हुँदै अहिले एक डलरलाई १३० रुपैयाँ भन्दा बढी तिर्नुपर्ने अवस्थामा पुग्नुको एउटा कारण नेपालले आफूसँग पर्याप्त मात्रामा सुनको सञ्चिति राख्न नसकेर पनि हो। जसले सुनलाई सञ्चय गर्न सक्यो वास्तवमा धनी उही हुने हो, इतिहासले यही प्रमाणित गरेको छ। संसारभरि नै मुद्रास्फीतिबाट बच्न सबैभन्दा सुरक्षित लगानी सुनलाई मानिन्छ। त्यसैले विकसित देशका हरेक लगानीकर्ता, चाहे त्यो व्यक्ति होस् वा संस्था, सबैले आफ्नो लगानीको केही अंश सुनमा अनिवार्य लगानी गर्दछन् र सुनमा लगानी नगरिएको खण्डमा लगानीको नीति पूर्ण हुँदैन भन्ने सिद्धान्त नै छ। तर नेपाल यस मामिलामा निकै पछाडि रहेको छ।


शाक्य नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष हुन्।

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  १५:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धलशमशेरबिच छलफल
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहसँग अदालतले माग्यो ४ लाख १५ हजार रुपैयाँ धरौटी
विपक्षीको वेल घेराउपछि २५ गतेसम्मका लागि संसद स्थगन
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
रास्वपाले भन्यो : सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनायो मंगलबार, जेठ १९, २०८३
रवि लामिछानेले भेटे भारतीय विदेशमन्त्री एस जयशंकरलाई मंगलबार, जेठ १९, २०८३
नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाट समाधान गर्ने भारतको स्पष्टीकरण मंगलबार, जेठ १९, २०८३
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धलशमशेरबिच छलफल मंगलबार, जेठ १९, २०८३
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहसँग अदालतले माग्यो ४ लाख १५ हजार रुपैयाँ धरौटी मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
संसदमा अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै छानबिन गर्न समिति गठन सोमबार, जेठ १८, २०८३
एक खेल अगावै नेपाल एसियन गेम्समा छनोट मंगलबार, जेठ १९, २०८३
काँग्रेस संसदीय दलका नेता तथा सुदूरपश्चिमका मुख्यमन्त्रीलाई दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता मंगलबार, जेठ १९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मंगलबार, जेठ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्