• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
विश्व मुटु दिवस

'उच्च रक्तचाप तथा मुटुका बिरामीले डाक्टरको सल्लाह बिना औषधि बिचमा छाड्नू हुँदैन'

64x64
अन्शु खनाल बिहीबार, असोज १३, २०७९  १८:१८
1140x725

काठमाडौं– अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष सेप्टेम्बर २९ तारिखको दिन विश्व मुटु दिवस मनाउने गरिन्छ। विश्व मुटु महासङ्घको आह्वानमा विश्वभर   यो वर्ष ‘हरेक मुटुको लागि हृदयको प्रयोग गरौँ’ अर्थात् ‘युज हार्ट फर एभ्री हार्ट’ भन्ने नाराका साथ यो दिवस मनाइदैछ। अस्वस्थकर जीवनशैलीका कारण मुटु रोग बढ्दै गएको चिकित्सकहरू बताउँछन्। विश्व मुटु दिवसको अवसरमा नर्भिक अस्पतालमा कार्यरत वरिष्ठ मुटु रोग विशेषज्ञ डा यादवकुमार देव भट्टसँग स्वास्थ्यखबरका लागि अन्शु खनालले गरेको कुराकानी: 

यो वर्षको मुटु दिवसको अवधारणाको अर्थ के हो?
यो वर्षको विश्व मुटु दिवसको नारा ‘युज हार्ट फर एभ्री हार्ट’ भन्ने रहेको छ। यसको अर्थ जे काम गर्दा पनि आफ्नो हृदयदेखी नै गरौँ भन्ने हो। अङ्ग्रेजीमा ‘गिभ इट योर बेस्ट’ भने जस्तै तन मन लगाएर काम गरौँ भन्ने यसको अवधारणा हो। यो वर्ष मात्रै होइन मुटु सम्बन्धी रोगमा होस् या अन्य रोगमा होस् हृदयदेखी नै काम गर्नु पर्छ।

नेपालमा आम रूपमा देखिने मुटुका समस्याहरू के के हुन्?
नेपालमा सबैभन्दा धेरैमा देखिने आम मुटुको समस्या भनेको उच्च रक्तचाप हो। त्यस्तै, मुटुको चाल बिग्रिने, मुटुको नशाहरू बन्द हुने, हृदयाघात, मुटुको भल्भ बिग्रिने, बाथ मुटु रोग, जन्मजात मुटु रोग जस्ता रोगहरू छन्।

नेपालीहरूले रक्तचापलाई मुटुसँग सम्बन्धित रोग हो भनेर नै लिँदैनन् नि?
धेरै बिरामीहरूलाई रक्तचाप मुटुसँग सम्बन्धित रोग हो भनेर थाहा हुँदैन। जनचेतनाको कमीले गर्दा यसो भएको हो। तर रक्तचापलाई सामान्य रूपमा लिने, बिचमै औषधि छाड्ने गर्नेले अन्य मुटु रोगहरूको खतरा झन् बढ्छ।

नेपालीहरूमा एक पटक रक्तचापको औषधि खान सुरु गरेपछि सधैँ खानुपर्छ भनेर समस्या भएपनि औषधि सुरु नगर्ने बानी छ नि, त्यसलाई कसरी लिनु हुन्छ?

रक्तचापको बिरामीले औषधि खानु र आँखा कमजोर भएपछि चस्मा लगाउनु उस्तै कुरा हो। चस्मा लगाएपछि आँखा ठिक भयो भनेर फुकाल्नु र औषधि खाएपछि ब्लड प्रेसर निको भयो भनेर औषधि छाड्नु पनि उस्तै हो। चस्मा लगाउन्जेल आँखा राम्रोसँग देखिन्छ त्यही अनुसार ब्लड प्रेसर पनि औषधि खाउन्जेल कन्ट्रोलमा हुन्छ छाड्ने हो भने बढ्छ। त्यसकारण आँखा कमजोर भएपछि चस्मा लगाउनु परेको जस्तै ब्लड प्रेसरको समस्या भएपछि औषधि खानै पर्छ।

चाडपर्वमा मुटुको बिरामीले के-के कुरामा ध्यान दिनुपर्छ?
मुटुको बिरामीले चाडपर्वमा मात्रै होइन सधैँ आफ्नो जीवनशैलीमा ध्यान दिनुपर्छ। चाडपर्वको माहोलले गर्दा शारीरिक व्यायाम नगर्ने र अन्य समयको तुलनामा खानेकुरा बढी खाने, साथै चिल्लो, पिरो, बोसोयुक्त मासु जस्ता खानेकुरा खाने बानीले मानिसहरूको स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन समस्या निम्तिन सक्छ। त्यसैले चाडपर्वको समयमा खानपानमा पनि विशेष ध्यान दिनुपर्छ।

मुटु कमजोर छ भने पानी धेरै नखाने, झोल भएको खानेकुरा धेरै खानु हुदैंन। त्यसै गरी हृदयाघातसँग सम्बन्धित बिरामीहरूले चाडपर्वमा धेरै खाने गर्दा पनि समस्या हुन सक्छ।

Ncell 2
Ncell 2
nimb
nimb

चाडबाड त हो नि भनेर मदिरा सेवन गर्ने, नियमित औषधि नखाने र मासु लगायत मसलायुक्त खानेकुराहरू बढी मात्रामा खाइदिने जस्ता बानीले रक्तचाप बढ्ने, मुटुको धड्कन गडबडी हुने जस्ता समस्या बढी देखिन्छ। त्यसैले आफ्नो समस्या र स्वास्थ्य स्थिति हेरेर स्वस्थ खानेकुराहरूमा जोड दिनुपर्छ।

चाडपर्व पछि कस्ता कस्ता मुटु सम्बन्धी समस्या लिएर बिरामीहरू अस्पतालमा आउँछन्?
एक पटकको खानाले मात्रै मानिसको मुटु खराब पार्ने होइन। तर लामो समयसम्म अव्यवस्थित खानपान भयो भने समस्या हुन्छ। प्राय: चाडपर्वपछि उच्च रक्तचाप, कोलेस्ट्रोल, मुटुको धड्कन सम्बन्धी समस्या लिएर मानिसहरू अस्पताल आउँछन्। त्यसैले अन्य समयमा जस्तै चाडपर्वमा पनि सबै मानिसहरू अलि बढी केयरफूल हुनुपर्छ।

भ्रूणमा मुटुको समस्या पत्ता लगाउने विधि के हो?
भ्रूणमा नै भएको बच्चामा मुटुको समस्या छ की छैन भनेर पत्ता लगाउने विधिलाई फिटल इकोकार्डियोग्राफी भनिन्छ। यो सबैभन्दा राम्रो, सजिलो र असर नहुने विधि हो। गर्भ रहेको १८ हप्ता देखि २२ हप्ताको समयमा र आवश्यकता अनुसार त्यो भन्दा पछि पनि यो जाँच गर्न सकिन्छ।

यो परीक्षणबाट पेटभित्रको बच्चाको मुटुमा प्वाल छ की छैन, मुटुको बनावट, मुटुको सम्बन्धी रोगहरूको बारे जानकारी लिन सकिन्छ। यो नेपालमा २००७ बाट सुरुवात भएको हो।

Xtrem

Xtrem

जन्मजात मुटु रोग किन हुन्छ?
जन्मजात मुटु रोग ठ्याक्कै के कारणले हुन्छ भन्न सकिन्न। तर, आमाको उमेर बढी भएपछि जन्मिएका बच्चाहरूमा, आमाबुवालाई जन्मजात मुटु रोग भएका बच्चामा, समय नपुग्दै जन्मिने बच्चामा र गर्भावस्थामा पौष्टिक आहारको कमी भएका बच्चाहरूमा यसको जोखिम हुन्छ।

एकपटक हृदयाघात भइसकेको मान्छेले के-के कुरामा ध्यान दिने?
एक पटक हृदयाघात भएका व्यक्ति हुन् या मुटुका समस्या भएका व्यक्ति हुन् त्यस्ता सबै मुटुका बिरामीले सबैभन्दा बढी ध्यान दिनुपर्ने जीवनशैलीमा हो।

यस्ता बिरामीले यदि चुरोट पिउनुहुन्छ भने त्यसलाई बन्द गर्नुपर्छ, मद्यपान नगर्ने, खानपिनमा धेरै चिल्लो, धेरै नुन भएको नखाने, आफ्नो मुटुको क्षमता हेरेर डाक्टरको सल्लाह अनुसार आफूले गर्ने कसरत, हिडाइहरुमा ध्यान दिने गर्नुपर्छ। साथै अर्को महत्त्वपूर्ण चिज औषधि हो। डाक्टरको सल्लाह बिना औषधि बिचमा छाड्ने गल्ती गर्नु हुँदैन। 

मुटुसम्बन्धी रोग पहिचानमा व्यक्तिको के भूमिका हुन्छ?
मुटु रोग पहिचानमा सबैभन्दा मुख्य भूमिका आफ्नो हुन्छ। आफूलाई हिँड्दा अत्यधिक छाती दुखिरहेको छ, धड्कनमा गडबडी भइरहेको छ, हिँड्दा सास फेर्न गाह्रो भएको छ, दम फुल्ने, पसिना आउने, छाती भारी हुने जस्ता समस्याहरू भइरहेको छ भने तुरुन्तै अस्पताल जानु पर्छ।

साथै, मुटुका दीर्घ बिरामीहरूमा यस्ता समस्याहरू देखिएमा पनि तुरुन्त अस्पताल गई हाल्नुपर्छ। र यदि मुटु रोग पहिचान भयो भने डाक्टरले भने अनुसार औषधि खाने, अस्पताल गइरहने गर्नु पर्छ।

मुटुसम्बन्धी रोग भएका बिरामी जो उपचारको पहुँचमा आउन सकेका छैनन् उनीहरूलाई अस्पतालसम्म पुग्ने वातावरण बनाउन सकारको के भूमिका हुन्छ?
सरकारले मुटुसम्बन्धी रोगहरूको बारेमा जनचेतना फैलाउने, स्कुलका बिरामीहरूलाई गएर मुटु जाँच गर्ने, मुटुसम्बन्धी रोगहरूको बारेमा बुझाउने र उपचारमा पहुँच नभएका बिरामीहरूलाई सहज वातावरण बनाउन कोसिस गर्न सक्छ। साथै, सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) तालिम दिन सक्छ। यो अचेत अवस्थामा रहेका व्यक्तिको श्वासप्रश्वास फर्काउन उक्त व्यक्तिको छातीमा दुवै हातले थिच्ने र मुखबाट हावा दिएर श्वासप्रश्वास फर्काउने प्रक्रिया हो। यो तालिमलाई अनिवार्य गर्न सके कम्तीमा ५० प्रतिशत मृत्युलाई रोक्न सकिन्छ।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्