• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ८, २०८२ Mon, Nov 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
विश्व मुटु दिवस

'उच्च रक्तचाप तथा मुटुका बिरामीले डाक्टरको सल्लाह बिना औषधि बिचमा छाड्नू हुँदैन'

64x64
अन्शु खनाल बिहीबार, असोज १३, २०७९  १८:१८
1140x725

काठमाडौं– अंग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष सेप्टेम्बर २९ तारिखको दिन विश्व मुटु दिवस मनाउने गरिन्छ। विश्व मुटु महासङ्घको आह्वानमा विश्वभर   यो वर्ष ‘हरेक मुटुको लागि हृदयको प्रयोग गरौँ’ अर्थात् ‘युज हार्ट फर एभ्री हार्ट’ भन्ने नाराका साथ यो दिवस मनाइदैछ। अस्वस्थकर जीवनशैलीका कारण मुटु रोग बढ्दै गएको चिकित्सकहरू बताउँछन्। विश्व मुटु दिवसको अवसरमा नर्भिक अस्पतालमा कार्यरत वरिष्ठ मुटु रोग विशेषज्ञ डा यादवकुमार देव भट्टसँग स्वास्थ्यखबरका लागि अन्शु खनालले गरेको कुराकानी: 

यो वर्षको मुटु दिवसको अवधारणाको अर्थ के हो?
यो वर्षको विश्व मुटु दिवसको नारा ‘युज हार्ट फर एभ्री हार्ट’ भन्ने रहेको छ। यसको अर्थ जे काम गर्दा पनि आफ्नो हृदयदेखी नै गरौँ भन्ने हो। अङ्ग्रेजीमा ‘गिभ इट योर बेस्ट’ भने जस्तै तन मन लगाएर काम गरौँ भन्ने यसको अवधारणा हो। यो वर्ष मात्रै होइन मुटु सम्बन्धी रोगमा होस् या अन्य रोगमा होस् हृदयदेखी नै काम गर्नु पर्छ।

नेपालमा आम रूपमा देखिने मुटुका समस्याहरू के के हुन्?
नेपालमा सबैभन्दा धेरैमा देखिने आम मुटुको समस्या भनेको उच्च रक्तचाप हो। त्यस्तै, मुटुको चाल बिग्रिने, मुटुको नशाहरू बन्द हुने, हृदयाघात, मुटुको भल्भ बिग्रिने, बाथ मुटु रोग, जन्मजात मुटु रोग जस्ता रोगहरू छन्।

नेपालीहरूले रक्तचापलाई मुटुसँग सम्बन्धित रोग हो भनेर नै लिँदैनन् नि?
धेरै बिरामीहरूलाई रक्तचाप मुटुसँग सम्बन्धित रोग हो भनेर थाहा हुँदैन। जनचेतनाको कमीले गर्दा यसो भएको हो। तर रक्तचापलाई सामान्य रूपमा लिने, बिचमै औषधि छाड्ने गर्नेले अन्य मुटु रोगहरूको खतरा झन् बढ्छ।

नेपालीहरूमा एक पटक रक्तचापको औषधि खान सुरु गरेपछि सधैँ खानुपर्छ भनेर समस्या भएपनि औषधि सुरु नगर्ने बानी छ नि, त्यसलाई कसरी लिनु हुन्छ?

रक्तचापको बिरामीले औषधि खानु र आँखा कमजोर भएपछि चस्मा लगाउनु उस्तै कुरा हो। चस्मा लगाएपछि आँखा ठिक भयो भनेर फुकाल्नु र औषधि खाएपछि ब्लड प्रेसर निको भयो भनेर औषधि छाड्नु पनि उस्तै हो। चस्मा लगाउन्जेल आँखा राम्रोसँग देखिन्छ त्यही अनुसार ब्लड प्रेसर पनि औषधि खाउन्जेल कन्ट्रोलमा हुन्छ छाड्ने हो भने बढ्छ। त्यसकारण आँखा कमजोर भएपछि चस्मा लगाउनु परेको जस्तै ब्लड प्रेसरको समस्या भएपछि औषधि खानै पर्छ।

चाडपर्वमा मुटुको बिरामीले के-के कुरामा ध्यान दिनुपर्छ?
मुटुको बिरामीले चाडपर्वमा मात्रै होइन सधैँ आफ्नो जीवनशैलीमा ध्यान दिनुपर्छ। चाडपर्वको माहोलले गर्दा शारीरिक व्यायाम नगर्ने र अन्य समयको तुलनामा खानेकुरा बढी खाने, साथै चिल्लो, पिरो, बोसोयुक्त मासु जस्ता खानेकुरा खाने बानीले मानिसहरूको स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन समस्या निम्तिन सक्छ। त्यसैले चाडपर्वको समयमा खानपानमा पनि विशेष ध्यान दिनुपर्छ।

मुटु कमजोर छ भने पानी धेरै नखाने, झोल भएको खानेकुरा धेरै खानु हुदैंन। त्यसै गरी हृदयाघातसँग सम्बन्धित बिरामीहरूले चाडपर्वमा धेरै खाने गर्दा पनि समस्या हुन सक्छ।

Ncell 2
Ncell 2

चाडबाड त हो नि भनेर मदिरा सेवन गर्ने, नियमित औषधि नखाने र मासु लगायत मसलायुक्त खानेकुराहरू बढी मात्रामा खाइदिने जस्ता बानीले रक्तचाप बढ्ने, मुटुको धड्कन गडबडी हुने जस्ता समस्या बढी देखिन्छ। त्यसैले आफ्नो समस्या र स्वास्थ्य स्थिति हेरेर स्वस्थ खानेकुराहरूमा जोड दिनुपर्छ।

चाडपर्व पछि कस्ता कस्ता मुटु सम्बन्धी समस्या लिएर बिरामीहरू अस्पतालमा आउँछन्?
एक पटकको खानाले मात्रै मानिसको मुटु खराब पार्ने होइन। तर लामो समयसम्म अव्यवस्थित खानपान भयो भने समस्या हुन्छ। प्राय: चाडपर्वपछि उच्च रक्तचाप, कोलेस्ट्रोल, मुटुको धड्कन सम्बन्धी समस्या लिएर मानिसहरू अस्पताल आउँछन्। त्यसैले अन्य समयमा जस्तै चाडपर्वमा पनि सबै मानिसहरू अलि बढी केयरफूल हुनुपर्छ।

भ्रूणमा मुटुको समस्या पत्ता लगाउने विधि के हो?
भ्रूणमा नै भएको बच्चामा मुटुको समस्या छ की छैन भनेर पत्ता लगाउने विधिलाई फिटल इकोकार्डियोग्राफी भनिन्छ। यो सबैभन्दा राम्रो, सजिलो र असर नहुने विधि हो। गर्भ रहेको १८ हप्ता देखि २२ हप्ताको समयमा र आवश्यकता अनुसार त्यो भन्दा पछि पनि यो जाँच गर्न सकिन्छ।

यो परीक्षणबाट पेटभित्रको बच्चाको मुटुमा प्वाल छ की छैन, मुटुको बनावट, मुटुको सम्बन्धी रोगहरूको बारे जानकारी लिन सकिन्छ। यो नेपालमा २००७ बाट सुरुवात भएको हो।

जन्मजात मुटु रोग किन हुन्छ?
जन्मजात मुटु रोग ठ्याक्कै के कारणले हुन्छ भन्न सकिन्न। तर, आमाको उमेर बढी भएपछि जन्मिएका बच्चाहरूमा, आमाबुवालाई जन्मजात मुटु रोग भएका बच्चामा, समय नपुग्दै जन्मिने बच्चामा र गर्भावस्थामा पौष्टिक आहारको कमी भएका बच्चाहरूमा यसको जोखिम हुन्छ।

एकपटक हृदयाघात भइसकेको मान्छेले के-के कुरामा ध्यान दिने?
एक पटक हृदयाघात भएका व्यक्ति हुन् या मुटुका समस्या भएका व्यक्ति हुन् त्यस्ता सबै मुटुका बिरामीले सबैभन्दा बढी ध्यान दिनुपर्ने जीवनशैलीमा हो।

यस्ता बिरामीले यदि चुरोट पिउनुहुन्छ भने त्यसलाई बन्द गर्नुपर्छ, मद्यपान नगर्ने, खानपिनमा धेरै चिल्लो, धेरै नुन भएको नखाने, आफ्नो मुटुको क्षमता हेरेर डाक्टरको सल्लाह अनुसार आफूले गर्ने कसरत, हिडाइहरुमा ध्यान दिने गर्नुपर्छ। साथै अर्को महत्त्वपूर्ण चिज औषधि हो। डाक्टरको सल्लाह बिना औषधि बिचमा छाड्ने गल्ती गर्नु हुँदैन। 

मुटुसम्बन्धी रोग पहिचानमा व्यक्तिको के भूमिका हुन्छ?
मुटु रोग पहिचानमा सबैभन्दा मुख्य भूमिका आफ्नो हुन्छ। आफूलाई हिँड्दा अत्यधिक छाती दुखिरहेको छ, धड्कनमा गडबडी भइरहेको छ, हिँड्दा सास फेर्न गाह्रो भएको छ, दम फुल्ने, पसिना आउने, छाती भारी हुने जस्ता समस्याहरू भइरहेको छ भने तुरुन्तै अस्पताल जानु पर्छ।

साथै, मुटुका दीर्घ बिरामीहरूमा यस्ता समस्याहरू देखिएमा पनि तुरुन्त अस्पताल गई हाल्नुपर्छ। र यदि मुटु रोग पहिचान भयो भने डाक्टरले भने अनुसार औषधि खाने, अस्पताल गइरहने गर्नु पर्छ।

मुटुसम्बन्धी रोग भएका बिरामी जो उपचारको पहुँचमा आउन सकेका छैनन् उनीहरूलाई अस्पतालसम्म पुग्ने वातावरण बनाउन सकारको के भूमिका हुन्छ?
सरकारले मुटुसम्बन्धी रोगहरूको बारेमा जनचेतना फैलाउने, स्कुलका बिरामीहरूलाई गएर मुटु जाँच गर्ने, मुटुसम्बन्धी रोगहरूको बारेमा बुझाउने र उपचारमा पहुँच नभएका बिरामीहरूलाई सहज वातावरण बनाउन कोसिस गर्न सक्छ। साथै, सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) तालिम दिन सक्छ। यो अचेत अवस्थामा रहेका व्यक्तिको श्वासप्रश्वास फर्काउन उक्त व्यक्तिको छातीमा दुवै हातले थिच्ने र मुखबाट हावा दिएर श्वासप्रश्वास फर्काउने प्रक्रिया हो। यो तालिमलाई अनिवार्य गर्न सके कम्तीमा ५० प्रतिशत मृत्युलाई रोक्न सकिन्छ।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
भियतनाममा भीषण बाढी–भूस्खलन, कम्तीमा ९० जनाको मृत्यु आइतबार, मंसिर ७, २०८२
सुदन गुरुङलगायत जेन जेड नामका अराजकता नरोके प्रतिरोध गर्ने नेशनल युथ भोलेन्टियर्सको चेतावनी आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश आइतबार, मंसिर ७, २०८२
कम्युनिस्ट पार्टी अब अगाडि बढ्न सक्दैन : बाबुराम भट्टराई आइतबार, मंसिर ७, २०८२
प्रधानमन्त्री सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा लिखित जवाफ माग्ने आदेश आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता आइतबार, मंसिर ७, २०८२
रास्वपा काठमाडौँका सभापति प्रदीप विष्टद्वारा पदबाट राजीनामा आइतबार, मंसिर ७, २०८२
आज तीन नेताको पार्टी एकता हुँदै, घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने आइतबार, मंसिर ७, २०८२
चुनावमा भाग लिने कांग्रेसको निर्णय शनिबार, मंसिर ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित) बुधबार, मंसिर ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्