• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

नवौँ राष्ट्रिय खेलकुद : ४ जिल्लामा छैनन् कुनै खेल, पोखरामा भने पार्टी प्यालेसदेखि स्कुलसम्म 

64x64
रिखिराम जिसी बिहीबार, भदौ ३०, २०७९  ०९:३५
1140x725

पोखरा– नवौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बुधबार खेलस्थल र खेल तालिका सार्वजनिक गरेको छ। सार्वजनिक गरेको खेलस्थलअनुसार अधिकांश खेलस्थल पोखरामा तोकिएको छ। त्यसको कारण पनि अरु जिल्लामा खेलकुद पूर्वाधार नहुनु हो। 

पोखरामा तोकिएका खेलस्थलमा पार्टी प्यालेसदेखि स्कुलसम्म छन्। कबड्डी महिला पुरुषको खेलस्थल रञ्जित पार्टी प्यालेसमा तोकिएको छ। हक्की महिलाको खेलस्थल गण्डकी बोर्डिङ तोकिएको छ। 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अधिकांश खेल पोखरामा केन्द्रित हुने छन्। संरचनाका अभावका कारण सुटिङको प्रतिस्पर्धा काठमाडौं तय हुँदा पुरुष क्रिकेट अहिले काठमाडौंमै सञ्चालन भइरहेको छ। 

बुधबार सार्वजनिक तालिकाअनुसार गण्डकीका ४ जिल्लामा कुनै पनि खेल नहुने भएका छन्। खेल हुने कास्कीबाहेक अन्य ६ जिल्लामा ७ खेलमात्र हुनेछन्। मनाङ, मुस्ताङ, लमजुङ र तनहुँमा कुनै पनि खेल नहुने भएका हुन्। खेलकुद संरचना र खेलाडीको सुरक्षालाई कारण देखाउँदै यी ४ जिल्लामा खेलकुद नहुने जनाइएको छ। 

तयारीको दौरानमा खेलकुद पदाधिकारीले कम्तीमा एउटा खेल सबै जिल्लामा हुने गरी व्यवस्था मिलाउने आश्वासन दिएका थिए। सोहीअनुसार नै नवौं राष्ट्रिय खेलकुद खेलस्थल व्यवस्थापन उपसमितिको टोली गण्डकी प्रदेशका ११ वटै जिल्लाको खेलस्थल निरीक्षणका लागि पुगेका थिए। प्रतिवेदन पनि बुझाएका थिए। तर ७ जिल्लामा मात्रै हुने गरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल सार्वजनिक गरिएको छ।
 
कास्कीबाहेक नवलपुर कावासोतीमा सेपाक्टाक्रो महिला पुरुष र कुस्ती, गोर्खामा बुद्धिचाल, म्याग्दीमा तेक्वान्दो र महिला भलिबल, पर्वतमा कराँते, बागलुङमा आइटिएफ तेक्वान्दो, स्याङजामा महिला फुटबल हुने तय गरिएको छ। अन्य खेल भने पोखरामा हुनेछन्। 

प्राथमिकताको आधारमा खेलस्थल छनोट गरिएको प्राविधिक उपसमिति संयोजक हिमालराज दाहालले बताए। 'खेल हुने अवधिमा जाडो बढेर जान्छ, २/३ वटा कुरा हेर्नुपर्छ। त्यहाँ उपचारको व्यवस्था छ कि छैन, कतिजना खेलाडी जान्छन्, तिनीहरुलाई व्यवस्थापन गर्न सक्ने क्षमता छ कि छैन, ती सबै कुरा हेर्नुपर्छ र खेलस्थल छनोट गर्नुपर्छ,’ उनले भने। 

सार्वजनिक गरिएको खेल तालिकाअनुसार महिला क्रिकेट प्रतियोगिता असोज २३ गतेदेखि सुरु हुनेछ। उसु, फेन्सिङ, कबड्डी महिला पुरुषको खेल असोज २४ गतेबाट सुरु हुनेछन्। प्रतियोगितामा ४०४ वटा इभेन्टमा एक हजार ३८६ पदकका लागि प्रतिस्पर्धा हुनेछन्। 

पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले नवौं खेलकुदको वेबसाइट र एप सार्वजनिक गरे। वेबसाइट र एपले सूचना प्रवाहमा सहज पुग्ने अपेक्षा छ। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री, खेलकुद मन्त्री राष्ट्रिय खेलकुद प्रति जिम्मेवार महसुस गरेको मन्त्री गहतराजले बताए। ‘मुख्यमन्त्रीज्यूले, अर्थमन्त्रीज्यूले, खेलकुद मन्त्रीज्यूले जिम्मेवारी महसुस गर्नुभएको छ, हामीले त यति कुरा हुँदाहुँदै पनि विगतजस्तै बुझेछौँ। केन्द्रले सबै पठाइदिन्छ। अनि त्यसपछि हामी त गर्छौं भन्ने बुझेछौं भन्ने उहाँहरुलाई परेछ,’ उनले भने। 

प्रदेशले प्रदेशभित्र खेल सञ्चालन गर्ने, खेलाडी सम्पूर्ण योग्य बनाउने, क्लोज क्याम्प राख्ने जस्ता व्यवस्था रहेको मन्त्री गहतराजले सुनाए। ‘हामीले त्यतिबेला भनेका थियौं, केन्द्रले सानोसानो रुपमा सर्पोट त गर्नेछ तर व्यवस्थापन आफैँ गर्नुपर्नेछ,’ उनले भने, ‘आफ्नो खेल सञ्चालन गर्ने, खेलाडी सम्पूर्ण योग्य बनाउने, क्लोज क्याम्प राख्ने तपार्इंहरुकै काम हो है यो कुरा प्रष्टै छ, यो संवैधानिक व्यवस्था हो।’ 

खेलकुद प्रतियोगिताका लागि तोकिएका खेलस्थलको मर्मत तीव्र गतिमा भइरहेको सदस्य सचिव घिसिङले बताए। ‘धेरैजसो खेलस्थलको मर्मत सकिएको छ र एक हात कुनै खेलस्थलको पनि मर्मत तीब्र बनाइएको छ,’ उनले भने। 

पोखरा सहरलाई खेलमय बनाउन स्ट्न्डी कटआउट, फ्लेक्स व्यानर तथा स्वागतद्वार राख्न स्थानीय तहसँग समन्वय भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रचारप्रसार उपसमिति संयोजक दीपेन्द्र विष्टले बताए। खेल सामग्री, खेलपोसाक लगायत खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको विष्टले दाबी गरे। 

Xtrem

Xtrem

प्रतियोगितको मूलट्रफी ३१ गते शुक्रबार सार्वजनिक गरिने राखेप सदस्य सचिव घिसिङले जानकारी दिए। त्यसलगत्तै ट्रफी सबै प्रदेशमा लगिने उनले बताए। नवौं राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुँदैछ। 

प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैं... बुधबार, असोज १४, २०८३
२०औं एसियाली खेलकुद : गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै, महिला... बुधबार, असोज १४, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार तोकाइ जिम्न्यासियममा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाली टोलीले अन्तिम चारमा स्थान पक्का गरेको... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
रास्वपाले देशभर ‘हामी आउँदै छौँ’ अभियान चलाउने शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
कांग्रेस महाधिवेशनमा जाँदै हुनुहुन्छ? यहाँ गर्नुहोस् सवारीसाधन पार्किङ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्