• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अप्ठ्यारोका भरोसा डा अनुपलाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड

64x64
नेपाल लाइभ शनिबार, भदौ १८, २०७९  १४:०५
1140x725
तस्बिर : मनिष अर्याल। नेपाल लाइभ।

काठमाडौं- कोभिड महामारीको समयमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निरन्तर खटिरहने चिकित्सक हुन् डा अनुप बास्तोला। डरलाई अल्पकालका लागि ‘डिलिट’ हानेर कोभिड–१९ विरुद्ध दिलोज्यान दिए डा अनुपले। सरुवा रोग विशेषज्ञका रुपमा उपचार सेवा दिए। प्रवक्ताका रुपमा यथार्थ जानकारी दिएर भ्रम चिर्न लागिपरे भने निर्देशकका रुपमा व्यवस्थापकीय जिम्मेवारी समेत सम्हाले।

महामारीका समयमा खटिएका डा बास्तोलालाई स्वास्थ्यखबरले यस वर्ष कोभिड च्याम्पियन चिकित्सकका रुपमा अवार्ड प्रदान गरेको छ। डा बास्कोटालाई स्वास्थ्यखबरले १०औं हेल्थ अवार्डका अवसरमा आयोजित कार्यक्रममा चिकित्सा विधातर्फ युनाइटेड इमेजिङ हेल्थ अवार्ड प्रदान गरेको हो।

०००
डा अनुप बास्तोलासँग निकट हुनेहरुले उनको मुखबाट निरन्तर सुनेको हुनुपर्छ– यस्तै होइन ! उनको संगतमा निरन्तर रहनेहरुले थेगो झैं ठान्छन्। तर, यही ‘यस्तै होइन’ उनको जीवनको मार्गदर्शक सिद्धान्त हो। ‘यस्तै होइन’ भनिरहनुको कारण उनी सुनाउँछन्,  ‘कहीँ–केही खराब हुन्छ, मान्छेहरु भन्छन् ‘यहाँ यस्तै हो !’

बेलिबिस्तार लगाए,  ‘सरकारी अस्पतालको ट्वाइलेट फोहोर हुन्छ। हामी भनिदिन्छौं ‘यस्तै हो। यस्तै होइन क्या, सफा गरे सफा भइहाल्छ !’ 

‘यस्तै हो’ प्रवृत्तिका रुपमा विकास भयो र यहाँ यस्तै हो,  यस्तै हुन्छ भन्नेसम्म समाज आइपुग्यो। कोरोना भाइरसको उपचारसँग लडेका डा बास्तोला अबको अभियान ‘यस्तै हो’ भाइरसविरुद्ध छेड्न चाहन्छन्।

किनभने कोरोना भाइरससँगको युद्धमा अग्रपंतिका यी लडाकु ‘यस्तै हो’कै शिकार भएर सार्क  क्षयरोग अनुसन्धान केन्द्रमा पुगेका छन्। कोरोनाकालमा कार्यस्थल मात्रै होइन, घरसमेत त्यही ठानेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काम गरेका उनलाई अहिले बेघर बनाइएको छ।  

‘यस्तै हो’  यथास्थिति हो। ‘यस्तै होइन’ भन्नेवित्तिकै परिवर्तनको अपेक्षा गरिन्छ। डा बास्तोलालाई लागिरहन्छ ‘हामी यस्तै होइन भन्नेतर्फ कोही न कोही अघि बढ्नुपर्छ।’ डा बास्तोला यही मान्यताले  कोभिड–१९ विरुद्ध भिड्ने उत्प्रेरित गरेको हो। डा बास्तोला जस्तै अग्रपंतिका योद्धाका कारण मानव जीवनकै अस्तित्वमाथि प्रश्न उठाउने स्तरमा पुगेको कोरोना मत्थर भएको छ। फेरि परिस्थिति काबुमा आएको छ। 

त्रासदीका दृष्टिले त्यो काल स्मरणयोग्य होइन। डा बास्तोलाहरुको योगदानलाई कदर गर्न भने त्यो समयलाई दोहोर्‍याइरहनुपर्छ। पाठ सिक्नुपर्छ, त्यो समय यत्तिकै गुज्रेको होइन। डा बास्तोलाहरु थिए र कम क्षतिमै त्यो कालखण्ड पार लगायौं। 

Ncell 2
Ncell 2
nimb
nimb

२०७६ साल पुस १५ मा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। त्यही सहरबाट नेपाल फर्केका एकजना नेपाली विद्यार्थी पुस २८ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अस्पताल आइपुगे। ती युवामा कोरोना संक्रमणसँग मिल्दा लक्षण थिए– ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या। अस्पतालले अरु बिरामीसलाई जस्तै उनलाई पनि उपचार थाल्यो। 

पुस २९ गते मात्रै थाहा भयो, उनी वुहानबाट फर्केका थिए। त्यसपछि त अस्पतालमा एकप्रकारको सन्नाटा छाइहाल्यो। किनभने भर्खरै पुष्टि भएको कोरोना भाइरसको सरुवादर र जोखिम दुवैको मापन भइसकेको थिएन। 

वुहानबाट फर्केको व्यक्तिको लक्षण पनि कोरोना संक्रमणसँग मिल्दो भएपछि ती युवाको नजिक पर्न सानोतिनो हिम्मतले साथ दिँदैनथ्यो। डा अनुप बास्तोलाले सम्भावित संक्रमित अस्पतालमा रहेको खबर डर मिसिएकै आवाजमा सुनेका हुन्। जब ती युवा भएको ठाउँ वरपर पुगे, परिस्थिति सामान्य थिएन। उनले आफ्ना सहकर्मीका आँखामा पनि डरको छायाँ देखे। उनलाई लाग्यो, ‘म पनि डराएँ भने कसले आँट गर्ला ?’ 

उपलब्ध सुरक्षा कवच लगाएर उनले संक्रमितलाई जाँचे। आफ्ना सहकर्मीलाई हौस्याउन उनले बिरामीलाई अंगालो हाले। त्यसपछि अरुलाई पनि आत्मविश्वास बढेको महसुस भयो उनलाई। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालमा पीसीआर परीक्षण गर्ने प्रविधि थिएन। ती बिरामीको नमूना झिकेर जाँचका लागि हङकङ पठाइयो। पुस २२ गते कोरोना पुष्टिसहित रिपोर्ट आइपुग्यो। त्यसपछि सन्नाटा छाइहाल्यो। आँट गरेर उपचार गर्ने टेकु अस्पताल आमजनको आँखामा  ‘कोरोना केन्द्र’ जस्तो बन्यो। त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुलाई डेरामा आउन दिएनन् घरबेटीले। घरबाट निकाल्ने धम्कीदेखि ‘दूरदूर’ सहनुपर्‍यो। 

त्यस्तो अवस्थामा सहकर्मीलाई ढाडस दिनदेखि आफैं उपचारमा होमिने कामसम्ममा सक्रिय भए डा बास्तोला। त्यो बेला अस्पतालको आँगन टेक्नुअघि हरेक व्यक्तिको शरीरमा काँडा उम्रिन्थ्यो। किनकि विदेशमा कोरोना संक्रमितको मृत्यु भइरहेका समाचार आइरहेका थिए। यसको हानि र मृत्युदर यकिन भइसकेको थिएन। त्यसैलै कोभिड–१९ का बिरामीको उपचार गरिरहेको अस्पतालको छेउछाउबाट गुज्रिन समेत आमजन डराउँथे। 

डरलाई अल्पकालका ‘डिलिट’ हानेर कोभिड–१९ विरुद्ध दिलोज्यान दिए डा अनुपले। सरुवा रोग विशेषज्ञका रुपमा उपचार सेवा दिए। प्रवक्ताका रुपमा यथार्थ जानकारी दिएर भ्रम चिर्न लागिपरे भने निर्देशकका रुपमा व्यवस्थापकीय जिम्मेवारी समेत सम्हाले। 

कोभिड सुरु हुँदा अस्पतालसँग तीनटा आइसीयु बेड थिए। त्यसमा जम्मा दुईटा सहीसलामत। विश्वका विभिन्न देशमा बढिरहेको चापको तरङ्गले कुनै समय नेपाल लपेट्नेमा चिकित्सावर्ग निश्चिन्त थियो।

डा बास्तोलालगायत टेकु अस्पतालले थोरै बिरामी हुँदाखेरी नै अस्पताललाई व्यवस्थित गर्ने तयारी थाल्यो। कोभिड–१९ का बिरामीलाई राखिने वार्डहरुमा कसरी पस्ने र निस्किने भन्ने कुराको नक्सा डा बास्तोला आफैंले कोरेर दिए। सोही अनुसार बनाइयो। बिरामीहरु बढ्दै गए। अस्पतालको संरचना थप व्यवस्थित बनाउँदै लगियो। कोरोनाको संक्रमण सवैभन्दा तीव्र रहेका बेला आइसीयु २८ बेडको थियो।  

त्यहाँका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमा हिम्मत पनि बढ्दै गयो। कोरोनाकै समयमा डरका विषयमा कुरा गर्दा डा बास्तोला भन्थे, ‘हामीकहाँ युवाहरु धेरै हुनुहुन्छ। त्यसैले उहाँहरुले डर जित्नुभएको छ।’

कोरोना भाइरसको संक्रमण जति बढ्दै गयो, उनको सक्रियताको तीव्रता बढ्दै गयो।  उनी दिनको १८ घण्टा र हप्ताको सातै दिन अस्पतालमा रहन थाले  । जुनियर डाक्टरहरू सातदिन काम गरेर सातदिन आराम गर्दा उनी लगातार संक्रमितको बीचमा बसेर खट्नुपर्ने भयो। झन्डै दुई वर्ष लगातार एउटै दिनचर्यामा रहेका उनी निको भएका बिरामीहरूको प्रतिक्रियाले आफूलाई बलियो बनाएको बताउँछन्।  

कोरोना भाइरस छ्याप्ति–छ्यापति फैलिरहेको समयमा न  खोप आइपुगेको थियो, न उपचार सुझेको थियो। औषधि विज्ञान पछि परेको त्यो समयमा डा बास्तोलाहरुले मनोवैज्ञानिक उपचार गर्थे। बिरामीहरुसँग नाता जोड्थे। उपचारको क्रममा बिरामीसँग एक किसिमको भावनात्मक सम्बन्ध बनाउनुपर्ने उनको सदाबहार मान्यता कोभिडकालमा अझ बढी उपयोगी सावित भएकको उनी स्मरण गर्छन्।  

पहिलो लहरमा सवै डराएका थिए। रोगबारे प्रशस्त जानकारी नभएका कारण चिकित्सा जगत् पनि अछुतो थिएन। त्यस्तो समयमा पनि डर जितेर सक्रिय रहेका बास्तोलालाई ‘डर लाग्दैन ?’ भनेर हामीले प्रश्न गरेका थियौं,  ‘सजग हुन्छौं। सजग रहे डर रहँदैन।’ 

उनी त्यो बेला यसरी प्रस्तुत भए, मानौं डर उल्टो उनीहरुसँग डराउनुपर्छ। धेरैको डर त उपचारकर्मीहरु देखिपछि डराउँछ नै। एउटा कोभिड–१९ को बिरामी अस्पताल पुगेपछि आशावादी हुनु भनेको ‘बिरामी डर’ डाक्टरदेखि डराउनु नै त हो !

सारा संसार त्यो बेला डराएको थियो। चिकित्सा जगत् पनि सबैभन्दा त्रसित यही कालखण्डमा भएको होला। तर डा अनुपहरु डराउँदै, त्यसलाई जित्दै, फेरि डराउँदै जित्दै गरेर डरसँग निरन्तर लुकाछिपी खेलिरहे। अर्थात् सरुवा रोग अस्पताल वा डाक्टरकहाँ पुग्ने बिरामी सरुवा रोगले ग्रस्त हुन्छ। सरुवा रोग भनेपछि सम्पर्कमा पुग्नेलाई सर्ने जोखिम भइरहन्छ। सरुवा रोगका डाक्टर त सधैं जोखिमसँग पौंठेजोरी खेलिरहेका हुन्छन्। डा बास्तोलाले सरुवा रोग विशेषज्ञ बन्ने निधो गरेकै यस्तो आपतमा हटी होइन, डटी लड्ने मनशाय बनाएरै हो। उनी भन्छन्, ‘सरुवा रोगसँग धेरै डराउने चिकित्सक भयो भने बिरामीको उपचार सही ढंगले हुँदैन। सजग भने हुनैपर्छ।’

सन् २००९ मा फैलिएको मौसमी रुघाखोकीको उपचारमा पनि उनी अहिले जस्तै सक्रिय थिए। समाज र चिकित्सा क्षेत्रमा डर योभन्दा बढी थियो। त्यसपछि स्वाइन फ्लु आयो, आतंक सिर्जना भयो। चिकित्सकहरु पनि उनलाई भन्थे, ‘तैंले पो विवाह गरेको छैनस्, त्यसैले डर छैन।’ उनले डरभन्दा बढी आफ्नो पेशागत दायित्व सम्झिए र सेवामै समर्पित भए। त्यसैगरी कलेरा, डेंगु, मर्सहरुले आतंक सिर्जना गरिरह्यो।

नेपालका लागि सरुवा रोगको उपचार हुने अस्पताल टेकु थियो र उनी त्यहीँ विशेषज्ञ थिए। तयार भएरै बसे। एचआइभी संक्रमित हुन् वा ‘एमडिआर टिबी’का बिरामी उनी निरन्तर बिरामीको सेवामा खटिरहे। उनी सम्झिन्छन्, ‘अहिले जस्तो धेरै सावधानीका उपाय र साधन थिएनन्। एउटा मास्कको भरमा उपचार गथ्र्यौं।’  

२०६५ सालमा मेडिकल अफिसरका रुपमा उनी टेकु अस्पताल आइपुगेका हुन्। यही अस्पतालमा आइपुगेपछि उनी सरुवा रोग विशेषज्ञ बन्ने निधोमा पुगेका हुन्। उनी त्यहाँ आउँदा एचआइभी संक्रमणले आतंक फैलिरहेको बेला थियो। अन्य सरुवा रोगका बिरामी पनि अस्पताल आइरहन्थे। ‘उनीहरुलाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक त थिएन नै, अस्पतालमा पनि हेपिएको र हेला गरिएको महसुस गरिरहेका रहेछन्,’ उनी सम्झिन्छन्। मेडिकल अफिसरका रुपमा आफूले गर्न सक्ने सेवा गरे। सँगै लक्ष्य लिए, ‘अब म सरुवा रोग विशेषज्ञ बन्छु।’ त्यसपछि उनले सरुवा रोगमै विशेषज्ञता हासिल गरे र थेसिस चाहिँ एचआइभीमा गरे। 

अध्ययन पूरा गरेपछि उनी फेरि यही अस्पताल फर्किए। १२ वर्षपछि उनी अहिले यो अस्पतालबाट बाहिरिएका छन्। टेकुसँग जोडिएका सपना सपनामै सीमित हुन्छन् कि भन्ने डरले पिरोलिरहन्छ अहिले। यो अस्पताल सरुवा रोगको उपचारका लागि मात्रै होइन, अध्ययन र अनुसन्धानका लागि पनि बलियो संस्था बनोस् भन्ने उनी चाहन्छन्। कामबाट प्रमाणित गरेर त्यसका लागि पहल गरिरहेका थिए।

कोरोनाकालमा उनी भन्थे, ‘सरुवा रोगबारे यहीँ अध्ययन हुने र महत्वपूर्ण अनुसन्धान गर्न मिल्ने केन्द्र बनाउने सपना छ। यो मेरो मात्रै होइन, अस्पतालमा कार्यरतहरुको साझा सपना हो।’ 

उनी त्यही सपना पछ्याउँदै थिए। गत मंसिरमा तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडाले सपनामाथि पानी खन्याइदिए। उनको सरुवा भयो। यहाँको सरकार त यस्तै हो – खोलो तर्‍यो,  लौरो बिर्सियो। तरपनि डा बास्तोला भनिरहन्छन् ‘यस्तै होइन क्या !’

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  १४:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्