• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत १३, २०८२ Fri, Mar 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

वर्षमानको चेतावनीः समयमै सचेत नभए नेपालको अर्थतन्त्र धराशायी हुन्छ 

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १७, २०७९  १६:३३
1140x725
फाइल तस्बिर

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा रहेको औंल्याएका छन्।

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले अर्थतन्त्रको ठूलो हिस्सा सीमित घरानाका मुठ्ठीमा रहनुले मुलुकको आर्थिक विकासमा चुनौती खडा गरेको बताए। जसका कारण आमजनतामा वित्तीय पहुँच असाध्यै कम रहेको उनको भनाइ थियो।

‘वित्तीय क्षेत्रमा रहेको श्रोतको ७० प्रतिशत १५ देखि २० व्यवसायिक घरानाले प्रयोग गर्ने गरेका छन्’, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागमा भिजिटिङ प्रोफेसरका रुपमा विद्यार्थीलाई कक्षा लिने क्रममा बुधबार उपमहासचिव पुनले भने, ‘आमजनतामा वित्तीय पहुँच छैन भन्ने यो तथ्याङ्कले देखाउँछ। यो हाम्रो अर्थतन्त्रका लागि धेरै ठूलो चुनौतीको विषय हो।’ 

पुनले नेपालको अर्थतन्त्र संकटको डिलमा पुगेको भन्दै समयमै सचेत भएर कदम नचाल्ने हो भने श्रीलंकाको बाटोमा नजाला भन्न नसकिने चेतावनी बताए। कोरोना महामारीपछि पुनकर्जाका रुपमा गएको ३ खर्ब रुपैयाँ घर जग्गा खरिद, पुँजीबजार र सामान आयातमा गएकाले अर्थतन्त्रलाई चाप परेको उनको भनाइ थियो।

यस्तै न्यून पुँजिगत खर्च पनि अर्थतन्त्रको चुनौतीका रुपमा रहेको उनले औंल्याए। रुस–युक्रेन युद्धपछि पेट्रोलियम पदार्थ र खाद्यान्नमा उच्च मूल्य वृद्धि भएका कारण विश्व अर्थतन्त्र नै प्रभावित भएको र नेपाल त्यसबाट अछुतो नरहेको प्रष्ट पारे। युद्धका कारण कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल १ सय ३० अमेरिकी डलरसम्म पुग्दा त्यसको प्रत्यक्ष असरबाट नेपाल प्रभावित भएको उनको भनाइ थियो। 

वार्षिक बजेटभन्दा बढी व्यापार घाटा रेमिट्यान्स आप्रवाहमा कमी पनि अर्को चुनौती रहेको पुनले औंल्याए। वैदेशिक सहायता र ऋण बढ्दा समेत गत आर्थिक वर्षमा दुई खर्ब ५५ करोड बराबर शोधानान्तर घाटा देखिनु अर्थतन्त्रका लागि चिन्ताजनक अवस्था रहेको पुनले बताए। विदेशी मुद्राको सञ्चिति पछिल्लो १० वर्षकै सबैभन्दा कम रहेको पुनले उल्लेख गरे। 

हाल नेपालसँग ६ महिना ९ दिनका लागि मात्र वस्तु तथा सेवाको आयात धान्न सक्ने वैदेशिक मुद्रा सञ्चिति रहेको तथ्याङ्क उनले प्रस्तुत गरे। भूकम्पपछि आर्थिक ०७२ देखि ०७४ सम्म १४. १ महिना र ०७५÷६७ मा ७.८ महिनालाई धान्ने वैदेशिक मुद्राको सञ्चिति रहेको पुनले देखाए। 

‘विदेशी मुद्रा सञ्चितिमा ठूलो ह्रास आएको छ’, उनले भने, ‘यो हाम्रा लागि धेरै चिन्ताजनक अवस्था हो।’। हाल नेपालको वैदेशिक मुद्रा सञ्चिति २ खर्ब ५५ अर्ब रहेको जानकारी उनले दिए। उनले मुद्रास्फीति हाल ८.०८ प्रतिशत रहेकामा त्यो अझै बढ्ने अनुमान रहेको बताए। 

Ncell 2
Ncell 2

पुनले पछिल्लो एक वर्षमा नेपालको अर्थतन्त्रको आकारभन्दा बढी १९ खर्बको वस्तु तथा सामान आयात भएको र दुई खर्ब निर्यात भएको भन्दै बढ्दो वैदेशिक व्यापार घाटा सन्तुलन गर्न नसके अर्थतन्त्रले धान्नै नसक्ने अवस्था आउन सक्नेतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए। एक वर्षमा विप्रेषण (रेमिट्यान्स) बापत १० खर्ब ७ अर्ब रकम भित्रिएकामा १९ खर्ब सामान किन्न बाहिर पठाउनु अर्थतन्त्रको स्वास्थ्यका लागि खराब भएको पुनले सपष्ट गरे। ‘१० खर्ब ७ अर्ब विप्रेषणमार्फत बाहिरबाट ल्याएर १९ खर्बको सामान बाहिरबाट किन्ने अवस्था हाम्रो अर्थतन्त्रका लागि ठूलो चुनौती हो’, उनले भने।

पुँजिगत खर्च जम्मा २ खर्ब १६ अर्ब मात्र हुनुले पनि अर्थतन्त्रलाई चाप परेको उनको भनाइ थियो। प्रशासनिक खर्च सजिलै हुने र पुँजिगत खर्च नहुने रोगको अन्त्य जरुरी रहेको पुनले बताए। ‘अर्थतन्त्रलाई चलायमान बनाउने, रोजगारी सृजना गर्ने नै पुँजीगत खर्चले हो। हाम्रो खर्च गर्ने क्षमता असाध्यै कमजोर छ, उनले भने। यस्तै पछिल्लो समय अवैध हुण्डी तथा क्रिप्टो करेन्सी कारोबार बढेको बताए। हुण्डी र क्रिप्टो करेन्सीमार्फत रकम बाहिरिएको र बाहिरबाट आएको रकम पनि बैंकिङ प्रणालीमा नआएको उल्लेख गरे। 

अर्थतन्त्रको अर्को चुनौतीका रुपमा आन्तरिक ऋण बढ्नु पनि एक रहेको बताए। पछिल्लो ५ वर्षको अवधिमा १० खर्बबाट बढेर आन्तरिक ऋण २० खर्ब पुगेको तथ्याङ्क पुनले पेश गरे। कुनै क्षेत्रमा लगानी गर्ने भन्ने निधो नगरी आन्तरिक र बाह्य ऋण उठाउँदा देशको थाप्लोमा ऋणको भारी बढ्दै जाने र प्रतिफल शून्य हुनसक्ने तर्फ राजनीतिक र प्रशासनिक नेतृत्व तथा अर्थतन्त्रका विज्ञहरु सचेत हुनुपर्ने पुनको भनाइ थियो। ‘ऋण कति उठाउने र त्यसलाई कुन क्षेत्रमा लगानी गर्ने भन्ने स्पट नीति छैन। पुँजी निर्माण र उत्पादनको क्षेत्रमा लगानी गर्दा मात्र रोजगारी सृजना गर्छ। त्यसले मात्र अर्थतन्त्रलाई गतिशिल बनाउँछ।’ उनले केही राजनीतिज्ञ र अर्थविद्ले नेपाल श्रीलंकाको बाटोमा जान्छ कि भन्ने चिन्ता गर्ने गरेको चर्चा गर्दै त्यो सोचनीय विषय भएको बताए। 

श्रीलंका र नेपालबीच समानता र भिन्नता 
उनले कुनै बेला श्रीलंकाको अर्थतन्त्र दक्षिण एसियाकै सबैभन्दा सबल मान्ने गरिएको स्मरण गरे। कुनैबेला अरुका लागि उदाहरणीय बनेको त्यहाँको शिक्षाबाट सबैले सिक्न सक्ने उनको विचार छ। ‘अर्थमन्त्रीहरुको अन्तर्राष्ट्रिय फोरमहरुमा श्रीलंकनहरुकोे प्रस्तुति अर्कैै हुन्थ्यो। सबैले उहाँहरुको अनुभवबाट सिक्न खोज्ने अवस्था थियो। तर, अहिले एकाएक अर्थतन्त्र धराशायी भएको छ’, उनले भने। 

श्रीलंकाको कूल ग्राहस्थ उत्पादनको ९४ प्रतिशत योगदान पर्यटनबाट हुने गरेकामा कोरोना महामारीले पर्यटक आवागमन ठप्प हुँदा अर्थतन्त्रमा मार गरेको उनले चर्चा गरे। यस्तै चिया तथा कफी निर्यातमा उल्लेख्य कमी आउनु तथा सरकारले नै चलाएको 'अर्गानिक मुभमेन्ट' का कारण कृषि उत्पादन घटेर पनि श्रीलंकाको अर्थतन्त्र धराशायी हुनुको मुख्य कारण भएको पुनले औंल्याए। ‘पर्यटक नआउँदा वैदेशिक मुद्राको स्रोत सुक्यो। 'अर्गानिक मुभमेन्ट' चलाएर उहाँहरुले कृषि मल ल्याउन रोक्दिनिुभयो। त्यसले उत्पादन एकाएक घट्यो र अहिलेको अवस्था आयो’, उनले भने। 

श्रीलंकाले कमर्सियल ब्याजमा ऋण लिएकाले समयमै भुक्तानी गर्न नसक्दा अर्को समस्या भोगेको पुनले बताए। तर, नेपालको महंगो ब्याजमा ऋण नभएकाले श्रीलंकाको भन्दा सुरक्षित अवस्था रहेको उल्लेख गरे। ‘उहाँहरुको धेरै ऋण कमर्सियल हो। कूल गार्हस्थ उत्पादनको १ सय २ प्रतिशत ऋण छ। हाम्रो ४१ देखि ४२ प्रशितमा छ। ऋणको पासोमा पर्ने अवस्था त छैन। तर वैदेशिक मुद्राको सञ्चितिमा आएको कमी र विचलनले केही न केही सतर्कता अपनाउनुपर्ने देखिएको छ’, पुनले भने। 

कृषि क्षेत्रको योगदान घटाउँदै जानुपर्छ 
पुनले नेपालको अर्थतन्त्रको विकास हुन नसक्नुको कारण कूल गार्हस्थ उत्पादन (जिडीपी) मा कृषि क्षेत्रको योगदान धेरै रहनु पनि एक रहेको औंल्याए। जिडीपीमा सेवा क्षेत्रको योगदान ६१.८ प्रशित, कृषि क्षेत्रको २३.९ प्रतिशत र उद्योग क्षेत्रको १४३ प्रतिशत रहेको तथ्याङ्क उनले प्रस्तुत गरे। युरोप, अमेरिका र बेलायत जस्ता विश्वका ठूलो अर्थतन्त्र भएका मुलुकमा सेवा र उद्योगको तुलनामा कृषि क्षेत्रको योगदान नगण्य हुने गरेको चर्चा उनले गरे। विश्व अर्थतन्त्रमा ६.४ प्रतिशत मात्र कृषि क्षेत्रको योगदान रहेको भन्दै उनले सबैभन्दा कम बेलायतको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान ०.६ प्रतिशत रहेको बताए। उक्त आँकडाले विश्वको अर्थतन्त्रको तुलनामा नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान चार गुणा बढी भएको बताए। 

‘हाम्रो अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २३.९ छ। हामीभन्दा पछि सोमालियाको ६०.२ प्रतिशत कृषिको योगदान छ। विश्व अर्थतन्त्रमा कृषिको योगदान सरदर ६.४ छ। हामी सरदरमा ४ गुणाले पछि छौं’, उनले भने, ‘अर्थतन्त्र मजबुत हुन कृषि क्षेत्रको योगदान घट्दै जाने र सेवा तथा उद्योगको योगदान बढ्दै जानुपर्ने हुन्छ। युरोप, अमेरिका र बेलायतसहित विश्वका सबल अर्थतन्त्र भएका मुलुकमा हुने त्यही हो।’
 

प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७९  १६:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालुवाटार छिरे बालेन
कार्की आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयनमा ल्याउने सरकारको निर्णय
शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, भोलि प्रकाशित हुने
सम्बन्धित सामग्री
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति बारले आफ्नो क्षेत्राधिकार बाहिर गएर आपत्तिजनक तवरमा न्यायालयका विषय प्रतिवेदनमा उल्लेख गरेको भन्दै आज १:३० बजे सल्लाहकार समिति बैठक... बिहीबार, चैत १२, २०८२
कर्णाली खेलकुद परिषद् पुनर्गठन, सदस्य सचिवमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परिषद्को नयाँ पदाधिकारी नियुक्ति तथा सदस्य मनोनयन गर्ने निर्णय गरेको हो । बिहीबार, चैत १२, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय प्रधानमन्त्री कार्कीले आज (बुधबार) भदौ २३ र २४ को घटनाका सम्बन्धमा जाँचबुझ आयोगले दिएको प्रतिवेदन संघीय संसद सचिवालयको पुस्तकालयमा अ... बुधबार, चैत ११, २०८२
ताजा समाचारसबै
बालुवाटार छिरे बालेन शुक्रबार, चैत १३, २०८२
कार्की आयोगको प्रतिवेदन तुरुन्त कार्यान्वयनमा ल्याउने सरकारको निर्णय शुक्रबार, चैत १३, २०८२
शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, भोलि प्रकाशित हुने शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्