काठमाडौं– मन्त्रिपरिषद्को बैठक अब 'पेपरलेस' हुने भएको छ। त्यसको सुरुवात आजको मन्त्रिपरिषद् बैठकबाट हुँदैछ।
अहिले सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसिरहेको छ।
'प्रधानमन्त्री तथा मन्त्रीहरुलाई एकएक वटा ल्यापटप उपलब्ध गराइएको छ', प्रधामन्त्री कार्यालयका सहसचिव विनोद कुमार कुवँरले भने।
बैठकमा मन्त्रीहरुले आफ्नो प्रस्ताव हिजै अनलाइनबाट पठाएका कुँवरले जानकारी दिए।
बैठकपछि हुने निर्णय पनि मन्त्रीहरुलाई अनलाइनबाटै जानकारी गराइने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।