• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

तीज : सतिप्रथाको एक अवशेष!

64x64
धनु विश्वकर्मा मंगलबार, भदौ १४, २०७९  १०:४२
1140x725

लेखक सुजित मैनालीको ‘सती’ किताबमा (पेज नं. ७८) लेखिएको छ– ‘महिलाहरू जहिलेदेखि पतिसँगै जिउँदै जलाइन थाले, उनीहरूको दिमागमा अड्काइयो प्रेम र समर्पणको अंकुशे। त्यही अंकुशे एक्काइसौँ शताब्दीको पुस्तामा पनि उसैगरि झुन्डिरहकै छ। अहिले पनि मानिसहरू भनिरहेकै छन् पतिप्रतिको प्रेम र समर्पणकै कारण महिलाहरू पतिका शवसँगै जिउँदै जल्थे। जुन सति भनेर संस्थागत गरिएको थियो।’

सतीमा लेखक मैनालीले लेखेजस्तै माथिको यो अनुच्छेदले केवल वि.सं.१९७७ अघिसम्म रहेको सतिप्रथाको मात्र भाव बोल्दैन। यसले आजको प्रगतिशील समाजमा निकै नै आर्कषण बन्दै गएको तीज पर्वको वास्तविकताको पनि उजागर गरेको छ। त्यसैले तीज त्यही सतिको अवशेष हो भन्ने कुरा सहजै अनुमान लगाउन सक्छौं। किनकी तीज पनि पतिभक्तिकै उत्कर्ष हो। तर, यो उत्कर्ष पुरुषवादी समाजले नै निर्धारण गरेका हुन्। महिलाको आफ्नै स्वेच्छा भने होइन। पुरुषले महिलालाई दासी बनाउनका लागि रचिएको जाल हो यो। पितृसत्ताले  नै पतिको  लामो आयुकाे कामना गर्न लगाएको हो भने निराहार व्रत बसेर महिलाको पवित्रता परीक्षणको फेदोमिटर पनि पुरुषले नै तय गरेको छ। 

तीज हिन्दु नारीहरू विशेषत: नेपाली हिन्दु महिलाहरूले मनाउँदै आएका छन्। नेपालको पनि यो पहाडी भेगका हिन्दु महिलाले अझ विशेष रुपमा मनाउँछन्। तीज आजकाल सबै समुदायका महिलाहरूले मनाउँदै आएका छन्।  

तीज के हो? कसरी सुरु भयो? तीज किन यसरी विस्तारीत भएको छ? तीज भित्रको पितृसत्ता के हो? तीज साँच्चै महिलाको पर्व हो कि होइन भन्ने अनेक प्रश्न भने उब्जाउँछ। 

तीजमा पहिलो दिन महिलाहरू माइतीमा गएर दर खान्छन्। दोस्रो दिन निराहार व्रत बस्छन् भने तेस्रो दिन ऋषिपञ्चमीका दिन नजिकैको खोलामा गएर नुहाई धुवाई गर्छन्। जसरी जताबाट व्याख्या गर्दा पनि यी तिनै दिन पुरुषवादी समाजले पुरुषको हितका लागि निर्माण गरिएको हो भन्ने प्रष्ट देखिन्छ। 

पुरातनवादी चिन्तन भएका केही व्यक्तिले तीजमा महिलाहरूको दुःख, पीडा र वेदनाका गीत सुनाउने गरेको रुपमा अर्थ्याउँछन्।  त्यसैका लागि तीज पर्व मनाउ थालिएको बताउँछन्। 

यदि त्यसो हो भने दर खाने दिन शाषक वर्गकै, अझ भनौं पढेलेखेका महिलाहरू नै किन ‘चरी जेलैमा’ भनेर ठूल्ठूला पार्टी प्यालेसमा नाँच्छन्? यो वेदना कसरी हुन सक्छ? बजारमा रहेका महँगा सामग्रीको उपभोग गरेर कसरी पीडालाई प्रतिबिम्बित गरिन्छ?

दोस्रो दिन निराहार व्रत बस्छन्। पति प्रेमका नाममा महिलाहरूले पुरुषकै आयु लामो होस् भनेर कामना गर्छन्। बेलुका उसकै खुट्टाको पानी खाएर व्रत अन्त्य गर्छन्। यो कसरी पतिप्रेम हुनसक्छ? के पतिप्रेम खुट्टाको पानी खाएर वा आयु लामो माग्दैमा हुन्छ र? 

nimb
nimb
Ncell 2
Ncell 2

तेस्रो दिन त उल्टै महिनावारी जस्तो पवित्र प्रकियालाई पापका रुपमा पखाल्न लगाइन्छ। यो कसरी महिलामैत्री पर्व हुन्छ? यही समाज हो, जहाँ छाउपडीजस्तो कुप्रथाका कारण महिलाहरूको ज्यान गएको छ। महिनावारीलाई पापका रुपमा लिएर छाउगोठमा राख्दै अछुत व्यवहार गर्ने जस्ता क्रियाकलापनलाई तीजले प्रोत्साहन गरेको छ भने यो पर्व कसरी महिलाको हो?
०००
आज पतिप्रेमको नाममा महिलाहरू तीज मनाइराखेका छन्। साँच्चिकै महिलाहरूका लागि तीज पतिपे्रम हो कि पतिव्रता हो? आजका महिलाले यो बुझ्न आवश्यक छ। तीज यस्तो पर्व हो, जुन पितृसत्तावादी समाजले निर्माण गरेको हो। महिलाहरूलाई प्रयोग गरेर पुरुषको लामो आयुको कामना गर्नु, पुरुषप्रति महिलाको भक्ति जगाउनका लागि महिलाहरूलाई नै संस्कारको भारी बोकाइन्छ। 

तीज सुदूरपश्चिमका पहाडी भेगमा त्यतिधेरै मनाइएको पाइँदैन। तर, संस्कृतिको विस्तारका नाममा दिनप्रति दिन फेसनका रुपमा भने फैलिँदै गएको छ। आजको प्रविधियुक्त सयमा कुनै संस्कार एक ठाउँबाट अर्को ठाउँमा विस्तारित हुनु सामान्य मान्न सकिएला। तर, हामी के ग्रहण गर्ने, के नगर्ने भन्ने प्रमुख कुरा हो। तीज कस्तो पर्व हो? यसको भित्री रहस्य के छ भनेर नबुझेरै यसलाई स्वीकार्नु चिन्ता र चिन्तनको विषय भने पक्कै हो। 

शोषक वर्गका महिलाहरूको पनि यसमा हात छ। आफूलाई प्रगतिशील ठान्ने महिलाहरूलाई नै प्राथमिकता दिनु, तीज भित्रका विकृतिको आलोचनात्मक बहस नहुनु, राजनीतिक संघसंगठनले नै खुलेआम मनाउनु अर्को दुःखलाग्दो पक्ष हो। अझ मार्क्सवादको मुखुण्डो लगाएका महिला संघसंगठनले नै तीजलाई स्त्रीको सौन्दर्य भन्दै मनाउनु आफैंमा हाँस्यास्पद हो। 

त्यसैले, तीज महिलाहरूले विवाहित भए पति वा अविवाहित भए हुनेवाला पतिका लागि गरिने भक्ति हो। विद्यालय पढ्दै गरेका साना कलिला नानीलाई पनि घरबाटै आमाहरूले व्रत बस्न सिकाएका छन्। ती नानीहरू कलिलो दिमागमा नै मेरो पतिको आयु लामो होस् भनेर कामना गर्दैछन्। ‘तिमी योग्य बन्ने भनेको असल पति पाउनु हो’ जस्ता गलत अभ्यास घरबाटै सिकाइँदैछ। 

जुन कुरा आजको युगमा निकै दुःखद् विषय पक्कै बनेको छ। कुनैपनि नारी जन्मिँदै पुरुषको आयुको लागि जन्मेका हुँदैनन्। नारी भनेको पुरुषप्रतिको निष्ठा होइन भन्ने अब सिकाउन जरुरी छ। स्कुल पढ्दै गरेका कलिला नानीहरूलाई हुनेवाला पतिको नाममा निराहार व्रत बस्न प्रेरित गर्ने, पति प्राप्तिको सौभाग्य जस्ता भाष्य निर्माण गरिँदै जानु पनि एक प्रकारको साँस्कृतिक हिंसा नै हो। 
०००
कसरी तीज महिलाको पर्व हो? तीज भनेको पतिव्रताका रुपमा महिलालाई दास बनाउने पर्व हो। तीज पतिव्रताका अवधारणाले महिलाहरूको यौन स्वतन्त्रता कुण्ठित गर्न रचिएको सांस्कृतिक हिंसा हो।

यसले महिलालाई देवीको नाम दिएर चौतर्फी रुपमा हमला गरिरहेको छ। त्यसो हुँदो हो त देवी मानेको समाजमा कसरी महिला बोक्सी हुनसक्छ? कसरी यौनहिंसाको बर्बरतामा रेटिनुपर्छ? पतिप्रेमको सुन्दर नाम दिने तर, घाँटीमा पासो लगाउने! त्यसैले तीज जस्तो महिलाद्वेषी पर्वले महिलालाई पुरुषको सेवकका रुपमा अघि सारेको छ।
०००
मिथक वा मिमांशलाई हेर्ने हो भने पनि शिवप्राप्तिमा देखाएको पार्वतिको भक्तिभाव हो।

धर्मले नै एक महिलालाई दोस्रो पुरुषलाई नहेरुन् भनेर गरेको प्रपञ्च हो। पतिभक्ति देखाएर पार्वतीले शिवबाहेक अरु कसैलाई कल्पना नगरुन् भनेर उनलाई असल चरित्रको नाममा व्याख्या गरिएको छ। कृष्णले पनि राधालाई आफूबाहेक अन्य पुरुषलाई नहेरुन् भनेका छन्।

तर, आजका दिनसम्म पनि राधाकृष्णको लिला भन्दै साना नानीहरूलाई देखाउने गरिन्छ। रामले सीतालाई पतिव्रता बनाएकै कारण उनको परीक्षण गरिएको छ। विष्णुले पनि लक्ष्मीलाई पतिव्रता कहलाएको पाइन्छ। पतिव्रताको उत्कर्षका रुपमा तीजमा पतिको खुट्टाको पानी खाने, निराहार व्रत बस्ने जस्ता क्रियाकलाप गर्न लगाइन्छ। तीज महिला दासत्वको एक रुप पनि हो। तीजले महिलालाई जुनसकै कोणबाट पनि दासत्व लादेको छ।
०००
‘सति’ किताबमा उल्लेख छ (पेज नं. १११)– ‘नारीहरू परपुरुषगामिनि नबनुुन् भनेर चलाइएका कतिपय चलनले अझैसम्म नेपाली समाजमा निरन्तरता पाइरहेका छन्। पत्नीको मन सदैव पतिमा रहिरहोस् भनेर पतिको कल्याण र दीर्घायुको कामना गर्दै हरेक सोमबार साउन महिनाभरी र तीजको व्रत बस्ने परिपाटी नेपाली समाजमा कायम छ। पत्नीलाई पतिप्रति एकोहोरो रुपमा निष्ठावती बनाउने थुप्रै विधान नेपाली समाजमा रचिएका थिए। 

पति घरबाहिर हुँदा पत्नीको मन भाँडिएला भनेर उसलाई पतिको बन्धनबाट मनोवैज्ञानिक रुपमा मुक्त हुन नदिन अनेक नियम बनाइएका थिए। पति परदेश जान लाग्दा पत्नीले हातका चुरा वा माटो उसका खुट्टामा छुवाएर ऊ नफर्किएसम्म त्यसैलाई पखालेर चरणामृत सम्झिई हरेक बिहान पिउनुपर्थ्यो। अहिले पनि पतिको खुट्टाको पानी आचमन गरी पत्नीले तीजको व्रत अन्त्य गर्ने चलन छ।

तीजले महिलामाथि धार्मिक हिंसा गर्दै आएको छ। गाउँमा महिलाहरू मेलापात गएको बेला एक्लै दुःख, पीडा र वेदनाले भरिएका ठाडी भाका गीत गाउँथे। तीजभन्दा सुदूरका कुना कन्दरामा गाउने ठाडी भाका नै बरु महिलाका गीत हुन्। 
यसरी तीजले संस्कृति, परम्परा, धर्म, मूल्य–मान्यतका नाममा महिलाहरूलाई दासत्वमा धकेलेको छ। संंसारका सबै धर्म महिलाका लागि विभेदकारी छन्। महिला मुक्तिको नारा लगाउँदै गर्दा मुखमा मार्क्सवाद तर मनमा मनुवादको वकालत गर्दै आएको देखिन्छ।

यसैलाई लक्षित गरेर लेखक सुमिनाले भनेकी छन्– ‘देब्रे हातमा चे ग्वेभाराको ट्याटु खोप्ने र दाहिने हातभरि रातै चुरा भिर्ने; एउटा हातले मार्क्सको तस्बिरअघि अबिर अर्पण गर्ने र अर्को हातले शिवलिंग पुज्ने; एकातर्फ पितृसत्ताविरुद्ध हुंकार गर्ने र अर्कोतर्फ तीज, ऋषिपञ्चमी, स्वस्थानीजस्ता महिलामाथि सांस्कृतिक हिंसा गर्ने परम्पराहरूलाई स्वीकार गर्ने; एकातर्फ क्रान्तिको भाषण गर्ने र अर्कोतर्फ भारी गरगहना भिरी ‘दर’ खाँदै वेदना र विरह पोखेर छमछमी नाच्ने विरोधाभाषपूर्ण, पाखण्डी र दोगला चरित्र हो।’

पुँजीवादी बजारले तीजका नाममा महिलालाई अझ वस्तुकरण गरेको छ। जसरी सतिप्रथा शक्ति र सत्तामा रहेका प्रभुत्वशाली समूहले नै विजारोपण गरेका थिए तीज पनि सभ्रान्त वर्गकै महिलाले यसको बढी प्रचार गर्दै आएका छन्। जसरी सति पुरुषहरूले महिलाहरूको यौन स्वतन्त्रलाई नियन्त्रणमा लिन प्रपञ्च रचेको थिए,  आज त्यही कुटिल चालको उपज तीज पर्व हो। 

(यी लेखकका  निजी विचार हुन्। सं.)

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका निर्वाचन अधिकृतलाई भदौ २ गते प्रशिक्षण सोमबार, भदौ १, २०८३
रास्वपाले घोषणा गर्‍यो ‘क्यान्डिडेट क्लब’ सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
देउवाको नेमप्लेटमा सभापति लेखिएको विषयमा गगले भने– ‘दाई वरिपरिका मान्छेले तपाईंलाई ढाँटे, फेरि पनि डुबाउँछन्’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
भ्रमणमा गएका मन्त्री शुनिल लम्साललाई के भएको हो? हेलिकप्टरबाट ल्याइँदै आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
लुम्बिनीमा जसपाका सांसदले केन्द्रको निर्णयविरुद्ध मतदान गरे, आचार्यको सत्ता जोगियो सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्