• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

तीज : सतिप्रथाको एक अवशेष!

64x64
धनु विश्वकर्मा मंगलबार, भदौ १४, २०७९  १०:४२
1140x725

लेखक सुजित मैनालीको ‘सती’ किताबमा (पेज नं. ७८) लेखिएको छ– ‘महिलाहरू जहिलेदेखि पतिसँगै जिउँदै जलाइन थाले, उनीहरूको दिमागमा अड्काइयो प्रेम र समर्पणको अंकुशे। त्यही अंकुशे एक्काइसौँ शताब्दीको पुस्तामा पनि उसैगरि झुन्डिरहकै छ। अहिले पनि मानिसहरू भनिरहेकै छन् पतिप्रतिको प्रेम र समर्पणकै कारण महिलाहरू पतिका शवसँगै जिउँदै जल्थे। जुन सति भनेर संस्थागत गरिएको थियो।’

सतीमा लेखक मैनालीले लेखेजस्तै माथिको यो अनुच्छेदले केवल वि.सं.१९७७ अघिसम्म रहेको सतिप्रथाको मात्र भाव बोल्दैन। यसले आजको प्रगतिशील समाजमा निकै नै आर्कषण बन्दै गएको तीज पर्वको वास्तविकताको पनि उजागर गरेको छ। त्यसैले तीज त्यही सतिको अवशेष हो भन्ने कुरा सहजै अनुमान लगाउन सक्छौं। किनकी तीज पनि पतिभक्तिकै उत्कर्ष हो। तर, यो उत्कर्ष पुरुषवादी समाजले नै निर्धारण गरेका हुन्। महिलाको आफ्नै स्वेच्छा भने होइन। पुरुषले महिलालाई दासी बनाउनका लागि रचिएको जाल हो यो। पितृसत्ताले  नै पतिको  लामो आयुकाे कामना गर्न लगाएको हो भने निराहार व्रत बसेर महिलाको पवित्रता परीक्षणको फेदोमिटर पनि पुरुषले नै तय गरेको छ। 

तीज हिन्दु नारीहरू विशेषत: नेपाली हिन्दु महिलाहरूले मनाउँदै आएका छन्। नेपालको पनि यो पहाडी भेगका हिन्दु महिलाले अझ विशेष रुपमा मनाउँछन्। तीज आजकाल सबै समुदायका महिलाहरूले मनाउँदै आएका छन्।  

तीज के हो? कसरी सुरु भयो? तीज किन यसरी विस्तारीत भएको छ? तीज भित्रको पितृसत्ता के हो? तीज साँच्चै महिलाको पर्व हो कि होइन भन्ने अनेक प्रश्न भने उब्जाउँछ। 

तीजमा पहिलो दिन महिलाहरू माइतीमा गएर दर खान्छन्। दोस्रो दिन निराहार व्रत बस्छन् भने तेस्रो दिन ऋषिपञ्चमीका दिन नजिकैको खोलामा गएर नुहाई धुवाई गर्छन्। जसरी जताबाट व्याख्या गर्दा पनि यी तिनै दिन पुरुषवादी समाजले पुरुषको हितका लागि निर्माण गरिएको हो भन्ने प्रष्ट देखिन्छ। 

पुरातनवादी चिन्तन भएका केही व्यक्तिले तीजमा महिलाहरूको दुःख, पीडा र वेदनाका गीत सुनाउने गरेको रुपमा अर्थ्याउँछन्।  त्यसैका लागि तीज पर्व मनाउ थालिएको बताउँछन्। 

यदि त्यसो हो भने दर खाने दिन शाषक वर्गकै, अझ भनौं पढेलेखेका महिलाहरू नै किन ‘चरी जेलैमा’ भनेर ठूल्ठूला पार्टी प्यालेसमा नाँच्छन्? यो वेदना कसरी हुन सक्छ? बजारमा रहेका महँगा सामग्रीको उपभोग गरेर कसरी पीडालाई प्रतिबिम्बित गरिन्छ?

दोस्रो दिन निराहार व्रत बस्छन्। पति प्रेमका नाममा महिलाहरूले पुरुषकै आयु लामो होस् भनेर कामना गर्छन्। बेलुका उसकै खुट्टाको पानी खाएर व्रत अन्त्य गर्छन्। यो कसरी पतिप्रेम हुनसक्छ? के पतिप्रेम खुट्टाको पानी खाएर वा आयु लामो माग्दैमा हुन्छ र? 

Ncell 2
Ncell 2
nimb
nimb

तेस्रो दिन त उल्टै महिनावारी जस्तो पवित्र प्रकियालाई पापका रुपमा पखाल्न लगाइन्छ। यो कसरी महिलामैत्री पर्व हुन्छ? यही समाज हो, जहाँ छाउपडीजस्तो कुप्रथाका कारण महिलाहरूको ज्यान गएको छ। महिनावारीलाई पापका रुपमा लिएर छाउगोठमा राख्दै अछुत व्यवहार गर्ने जस्ता क्रियाकलापनलाई तीजले प्रोत्साहन गरेको छ भने यो पर्व कसरी महिलाको हो?
०००
आज पतिप्रेमको नाममा महिलाहरू तीज मनाइराखेका छन्। साँच्चिकै महिलाहरूका लागि तीज पतिपे्रम हो कि पतिव्रता हो? आजका महिलाले यो बुझ्न आवश्यक छ। तीज यस्तो पर्व हो, जुन पितृसत्तावादी समाजले निर्माण गरेको हो। महिलाहरूलाई प्रयोग गरेर पुरुषको लामो आयुको कामना गर्नु, पुरुषप्रति महिलाको भक्ति जगाउनका लागि महिलाहरूलाई नै संस्कारको भारी बोकाइन्छ। 

तीज सुदूरपश्चिमका पहाडी भेगमा त्यतिधेरै मनाइएको पाइँदैन। तर, संस्कृतिको विस्तारका नाममा दिनप्रति दिन फेसनका रुपमा भने फैलिँदै गएको छ। आजको प्रविधियुक्त सयमा कुनै संस्कार एक ठाउँबाट अर्को ठाउँमा विस्तारित हुनु सामान्य मान्न सकिएला। तर, हामी के ग्रहण गर्ने, के नगर्ने भन्ने प्रमुख कुरा हो। तीज कस्तो पर्व हो? यसको भित्री रहस्य के छ भनेर नबुझेरै यसलाई स्वीकार्नु चिन्ता र चिन्तनको विषय भने पक्कै हो। 

शोषक वर्गका महिलाहरूको पनि यसमा हात छ। आफूलाई प्रगतिशील ठान्ने महिलाहरूलाई नै प्राथमिकता दिनु, तीज भित्रका विकृतिको आलोचनात्मक बहस नहुनु, राजनीतिक संघसंगठनले नै खुलेआम मनाउनु अर्को दुःखलाग्दो पक्ष हो। अझ मार्क्सवादको मुखुण्डो लगाएका महिला संघसंगठनले नै तीजलाई स्त्रीको सौन्दर्य भन्दै मनाउनु आफैंमा हाँस्यास्पद हो। 

त्यसैले, तीज महिलाहरूले विवाहित भए पति वा अविवाहित भए हुनेवाला पतिका लागि गरिने भक्ति हो। विद्यालय पढ्दै गरेका साना कलिला नानीलाई पनि घरबाटै आमाहरूले व्रत बस्न सिकाएका छन्। ती नानीहरू कलिलो दिमागमा नै मेरो पतिको आयु लामो होस् भनेर कामना गर्दैछन्। ‘तिमी योग्य बन्ने भनेको असल पति पाउनु हो’ जस्ता गलत अभ्यास घरबाटै सिकाइँदैछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जुन कुरा आजको युगमा निकै दुःखद् विषय पक्कै बनेको छ। कुनैपनि नारी जन्मिँदै पुरुषको आयुको लागि जन्मेका हुँदैनन्। नारी भनेको पुरुषप्रतिको निष्ठा होइन भन्ने अब सिकाउन जरुरी छ। स्कुल पढ्दै गरेका कलिला नानीहरूलाई हुनेवाला पतिको नाममा निराहार व्रत बस्न प्रेरित गर्ने, पति प्राप्तिको सौभाग्य जस्ता भाष्य निर्माण गरिँदै जानु पनि एक प्रकारको साँस्कृतिक हिंसा नै हो। 
०००
कसरी तीज महिलाको पर्व हो? तीज भनेको पतिव्रताका रुपमा महिलालाई दास बनाउने पर्व हो। तीज पतिव्रताका अवधारणाले महिलाहरूको यौन स्वतन्त्रता कुण्ठित गर्न रचिएको सांस्कृतिक हिंसा हो।

यसले महिलालाई देवीको नाम दिएर चौतर्फी रुपमा हमला गरिरहेको छ। त्यसो हुँदो हो त देवी मानेको समाजमा कसरी महिला बोक्सी हुनसक्छ? कसरी यौनहिंसाको बर्बरतामा रेटिनुपर्छ? पतिप्रेमको सुन्दर नाम दिने तर, घाँटीमा पासो लगाउने! त्यसैले तीज जस्तो महिलाद्वेषी पर्वले महिलालाई पुरुषको सेवकका रुपमा अघि सारेको छ।
०००
मिथक वा मिमांशलाई हेर्ने हो भने पनि शिवप्राप्तिमा देखाएको पार्वतिको भक्तिभाव हो।

धर्मले नै एक महिलालाई दोस्रो पुरुषलाई नहेरुन् भनेर गरेको प्रपञ्च हो। पतिभक्ति देखाएर पार्वतीले शिवबाहेक अरु कसैलाई कल्पना नगरुन् भनेर उनलाई असल चरित्रको नाममा व्याख्या गरिएको छ। कृष्णले पनि राधालाई आफूबाहेक अन्य पुरुषलाई नहेरुन् भनेका छन्।

तर, आजका दिनसम्म पनि राधाकृष्णको लिला भन्दै साना नानीहरूलाई देखाउने गरिन्छ। रामले सीतालाई पतिव्रता बनाएकै कारण उनको परीक्षण गरिएको छ। विष्णुले पनि लक्ष्मीलाई पतिव्रता कहलाएको पाइन्छ। पतिव्रताको उत्कर्षका रुपमा तीजमा पतिको खुट्टाको पानी खाने, निराहार व्रत बस्ने जस्ता क्रियाकलाप गर्न लगाइन्छ। तीज महिला दासत्वको एक रुप पनि हो। तीजले महिलालाई जुनसकै कोणबाट पनि दासत्व लादेको छ।
०००
‘सति’ किताबमा उल्लेख छ (पेज नं. १११)– ‘नारीहरू परपुरुषगामिनि नबनुुन् भनेर चलाइएका कतिपय चलनले अझैसम्म नेपाली समाजमा निरन्तरता पाइरहेका छन्। पत्नीको मन सदैव पतिमा रहिरहोस् भनेर पतिको कल्याण र दीर्घायुको कामना गर्दै हरेक सोमबार साउन महिनाभरी र तीजको व्रत बस्ने परिपाटी नेपाली समाजमा कायम छ। पत्नीलाई पतिप्रति एकोहोरो रुपमा निष्ठावती बनाउने थुप्रै विधान नेपाली समाजमा रचिएका थिए। 

पति घरबाहिर हुँदा पत्नीको मन भाँडिएला भनेर उसलाई पतिको बन्धनबाट मनोवैज्ञानिक रुपमा मुक्त हुन नदिन अनेक नियम बनाइएका थिए। पति परदेश जान लाग्दा पत्नीले हातका चुरा वा माटो उसका खुट्टामा छुवाएर ऊ नफर्किएसम्म त्यसैलाई पखालेर चरणामृत सम्झिई हरेक बिहान पिउनुपर्थ्यो। अहिले पनि पतिको खुट्टाको पानी आचमन गरी पत्नीले तीजको व्रत अन्त्य गर्ने चलन छ।

तीजले महिलामाथि धार्मिक हिंसा गर्दै आएको छ। गाउँमा महिलाहरू मेलापात गएको बेला एक्लै दुःख, पीडा र वेदनाले भरिएका ठाडी भाका गीत गाउँथे। तीजभन्दा सुदूरका कुना कन्दरामा गाउने ठाडी भाका नै बरु महिलाका गीत हुन्। 
यसरी तीजले संस्कृति, परम्परा, धर्म, मूल्य–मान्यतका नाममा महिलाहरूलाई दासत्वमा धकेलेको छ। संंसारका सबै धर्म महिलाका लागि विभेदकारी छन्। महिला मुक्तिको नारा लगाउँदै गर्दा मुखमा मार्क्सवाद तर मनमा मनुवादको वकालत गर्दै आएको देखिन्छ।

यसैलाई लक्षित गरेर लेखक सुमिनाले भनेकी छन्– ‘देब्रे हातमा चे ग्वेभाराको ट्याटु खोप्ने र दाहिने हातभरि रातै चुरा भिर्ने; एउटा हातले मार्क्सको तस्बिरअघि अबिर अर्पण गर्ने र अर्को हातले शिवलिंग पुज्ने; एकातर्फ पितृसत्ताविरुद्ध हुंकार गर्ने र अर्कोतर्फ तीज, ऋषिपञ्चमी, स्वस्थानीजस्ता महिलामाथि सांस्कृतिक हिंसा गर्ने परम्पराहरूलाई स्वीकार गर्ने; एकातर्फ क्रान्तिको भाषण गर्ने र अर्कोतर्फ भारी गरगहना भिरी ‘दर’ खाँदै वेदना र विरह पोखेर छमछमी नाच्ने विरोधाभाषपूर्ण, पाखण्डी र दोगला चरित्र हो।’

पुँजीवादी बजारले तीजका नाममा महिलालाई अझ वस्तुकरण गरेको छ। जसरी सतिप्रथा शक्ति र सत्तामा रहेका प्रभुत्वशाली समूहले नै विजारोपण गरेका थिए तीज पनि सभ्रान्त वर्गकै महिलाले यसको बढी प्रचार गर्दै आएका छन्। जसरी सति पुरुषहरूले महिलाहरूको यौन स्वतन्त्रलाई नियन्त्रणमा लिन प्रपञ्च रचेको थिए,  आज त्यही कुटिल चालको उपज तीज पर्व हो। 

(यी लेखकका  निजी विचार हुन्। सं.)

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १०:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्