• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
पार्टी केन्द्रमा नयाँ अनुहार-२

पहिले एजेन्डा चिन्नेलाई नेता बनाइन्थ्यो, अहिले व्यक्ति चिन्नेलाई : उषाकिरण तिम्सेना

64x64
नेपाल लाइभ सोमबार, भदौ ६, २०७९  २१:२५
1140x725

२०७८ सालमा देशका सबैभन्दा ठूला दलहरुले महाधिवेशन गरे। ती महाधिवेशनबाट पार्टीको केन्द्रीय समिति वा कमिटीमा युवा अनुहार प्रशस्त पुगेका छन्। नयाँ जोशसहित पार्टीलाई जीवन्त बनाउने आकांक्षासहित उनीहरू आइपुगेका हुन्। पार्टीसँगै आफ्नो भविष्य समेत उज्ज्वल बनाउने 'पार्टी केन्द्र' मा पुगेका नयाँ केन्द्रीय सदस्यहरूका अनुभूति र विचारमाथि नेपाल लाइभले निरन्तर संवाद गर्नेछ। 

यो संवाद शृंखलामा यसपल्ट नेकपा (एमाले)की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनासँग कुराकानी गरिएको छ। पार्टीभित्रको लोकतन्त्रका लागि आवाज उठाइरहने युवा नेतामा पर्छिन्, तिम्सेना। उनी केन्द्रीय सदस्य बन्ने अवसर नै एमाले अध्यक्ष केपी शर्मा ओलीको सूचीमा विरोध गरेर ‘बागी’ बन्दा प्राप्त भएको हो। 

त्यसपछि पनि उनी पार्टीको निर्णय पद्धतिमा आफ्ना विचार राखिरहन्छिन्। एमालेभित्रको आन्तरिक लोकतन्त्र, पार्टीभित्रको सांगठनिक संरचना र नयाँ आएका केन्द्रीय सदस्यहरुलाई कत्तिको सहज छ भन्ने विषयमा तिम्सेनासँग नेपाल लाइभका लागि पुष्पा केसीले गरेको कुराकानी :

सामाजिक सञ्जालमा विद्रोही अभिव्यक्ति दिइरहनुहुन्छ, किन ? राजनीतिमा जे भइरहेको छ त्यो चित्त बुझ्दो छैन कि सोचेजस्तो भएन ? 
तपाईँलाई लाग्दैन किआजको राजनीति सोचेजस्तो छैन भनेर ? मलाई के लाग्छ भने पार्टीको औपचारिक धारणा के हो ? त्योभन्दा बाहिर बोल्नहुन्छ कि हुँदैन ? भन्ने कुरालाई पार्टीको संस्थापन पक्षहरुले बोल्नै हुँदैन जस्तो भाष्य निर्माण गरिएको छ। यो गलत हो। छलफल, बहस एउटा गतिशील पार्टीभित्र त भइराख्नु पर्छ। त्यसैले कहिलेकाहिँ अति भएर पनि लेखिन्छ। अभिव्यक्ति पनि त्यस्तै कुराको परिणाम होला भन्ने लाग्छ मलाई चाहिँ। 

विगतमा त एमालेभित्र बहस, छलफल हुन्थे। तर बोल्नै हुँदैन भन्ने भाष्य एमालेभित्र कसरी निर्माण भयो ? 
म एमालेकै कुरा गर्छु। एमाले कतिबेला बलियो थियो ? एमालेलाई कतिबेला राम्रो परिणाम हात लाग्यो भन्ने विषयलाई यहाँ राख्ने कोशिस गर्छु। जहिले सामूहिक छलफलमा आधारित भएर निर्णय लियो, त्यतिबेला राम्रो परिणाम हात परेको थियो। जतिबेला पार्टीभित्रका जिम्मेवार नेताहरुले नै छाती चौडा बनाउन सकेनन्, जतिबेला नेतृत्व मात्रै वा पार्टीमा केही व्यक्ति मात्रै हावी भए, त्यतिबेला हाम्रो हातबाट परिणाम गुम्दै गयो, अर्थात कम मात्रामा परिणाम हात पर्न थाल्यो। आन्तरिक लोकतन्त्र भनेको त पार्टी जीवनमा नभई नहुने विषय हो। जसरी आम जनतालाई लोकतन्त्र चाहिन्छ, पार्टीभित्र लोकतन्त्र फस्टाए मात्र जनताले बलियो लोकतन्त्र अनुभूत गर्न सक्छन्। त्यसकारण पनि पार्टीभित्रको लोकतन्त्र बलियो हुनुपर्छ। 

यो सामूहिक छलफलको पाटो कहाँबाट कसरी कमजोर हुँदै आयो ? 
नेतृत्वले पार्टी सत्ता र राज्यसत्ता आफ्नो हातमा लिइसके पछाडि म चाहिँ सबैभन्दा ठूलो हुँ भन्ने कुराको परिपाटीको विकास हुँदै जाँदा एमालेलाई हरेकजसो परिणाममा कमजोर बन्दै गएको हो। फलस्वरुप अहिले पनि पार्टीकै शीर्ष नेताबीच छलफल, बहस किन चाहियो ? नेताले जे भन्यो त्यो नै ठिक छ भन्ने अवस्था अहिले एमालेभित्र चलिरहेको छ। याे बेठिक छ ।

यस्तै अवस्था त अन्य पार्टीभित्र पनि देखिन्छ, यसो हुनुका पछाडि मुख्य कारण के के हुन् ? 
मलाई के लाग्छ भने जतिबेला आन्तरिक लोकतन्त्र कमजोर बनाइन्छ, त्योबेला नेतृत्व तह र निर्णय तहमा रहने नेताहरु नै मुख्य जिम्मेवार रहन्छन्। अहिले हेर्दा निर्णय तहमा रहेका सबै जिम्मेवार छन् भन्ने लाग्छ। पार्टीमा अध्यक्ष, उपाध्यक्ष, केन्द्रीय पदाधिकारीहरु लगायतका जति पनि कमिटी छन् नि, ति सबै लेनिनवादी संगठनात्मक प्रणाली हो। 

एमालेको संगठनात्मक सिद्धान्त भनेको लेलिनवादी संगठनात्मक सिद्धान्त हो। जसमा माथिल्लो कमिटी र तल्लो  कमिटीहरु रहन्छन्। हामीले जति पनि जनतामा जनवाद भन्छौं नि, उति नै हामी तल जान सक्यौं। ठूलो संख्यामा हाम्रा पार्टीका विषयवस्तुमा छलफल गर्न सक्यौं, निर्णय गर्न सक्यौं। यसरी जाँदा त्यति नै पार्टी बलियो हुन्छ। 

Ncell 2
Ncell 2

अहिले चाहिँ के हुन्छ भने जतिबेला नेताले तलसम्मका संगठित सदस्यहरुको अधिकार केन्द्रीय कमिटीका पदाधिकारीहरुले लिएर बस्छन्। त्यतिबेला आन्तरिक लोकतन्त्र कमजोर हुँदो रहेछ। एमालेभित्र अहिले भइरहेको यही हो। नेतृत्व गर्ने मान्छे जति धेरै लोकतान्त्रिक छ, जति धेरै सामूहिकतामा विश्वास गर्छ, निर्णयहरु सामूहिक हुन्छन्। तर नेतृत्वमा पुग्ने जो व्यक्ति सामूहिकतामा विश्वास गर्दैनन्, त्यो बेला आन्तरिक लोकतन्त्र स्वतः कमजोर हुन्छ। 

Ushakiran (3)1661182261.png

नेतृत्वका वरपर रहने व्यक्तिहरुले चाहिँ कस्तो प्रभाव पार्दाे रहेछ ? 
म चाहिँ वरपर बस्ने व्यक्तिले नेतृत्वलाई प्रभावमा पार्यो भनेर भन्दिनँ। किनभने नेतृत्वमा रहने व्यक्तिले त तलसम्मका सदस्यहरुको सपना, उद्देश्य, त्याग-तपस्याका बारे राम्ररी बुझ्न सक्नुपर्छ। ताकि त्यही आधारमा उनीहरुले पनि नेतृत्वलाई साँच्चिकै नेतृत्वको रुपमा महसुस गर्न सकून्। त्यसकारण वरपर बस्नेले नेता वा नेतृत्वलाई बिगारे भन्ने कुरामा म विश्वास गर्दिनँ। 

तपाई केन्द्रीय कमिटीमा प्रवेश हुँदाखेरि नै धेरैले विद्रोही भनेर चर्चा गरेका थिए। यसलाई तपाई कसरी सम्झनुहुन्छ ? 
हैन, यो एकदमै प्राकृतिक कुरा हो। म विगत २५ वर्षदेखि पार्टीमा संगठित छु। विभिन्न कमिटीमा काम गर्दै आएको छु। मैले क्याम्पसका चुनावहरुमा भाग लिएको छु। जितेको पनि छु। मैले मेरो समयमा भएका विभिन्न गतिविधिको नेतृत्व गरेको छु। आन्दोलनहरुमा भाग लिएको छु। मेरो जति पृष्ठभूमि हुने मान्छे त मजस्तै अरु साथीहरु पनि केन्द्रीय कमिटीमा स्थान पाउनुपर्ने हो भन्ने मलाई लाग्छ। केन्द्रीय कमिटीमा पार्टीको जीवनभित्र पाँच/दस वर्षको पनि इतिहास नभएका साथीहरु पनि आउनुभएको छ। तर उहाँहरुको बारेमा कसैले प्रश्न गरेनन्। म २५ वर्षदेखि संगठित छु। त्यसकारण मेरो प्रवेश कुनै संयोगको विषय नभई एकदम प्राकृतिक र विद्रोहको रुपमा लिँदा नै सही हुन्छ भन्ने लाग्छ। 

विद्रोह नै गर्नुपर्ने अवस्था चाहिँ कसरी सिर्जना भयो ? 
हैन, विद्रोहबिना त कसैले केही पनि प्राप्त गर्नै सक्दैन। जो जो सहज ढंगले केन्द्रीय कमिटीमा आउनुभयो। उहाँहरुले व्यक्तिगत जिन्दगीमा त केही प्राप्त गर्नुहोला उहाँहरुलाई मेरो शुभकामना छ। त्यसप्रति कुनै आग्रह, पूर्वाग्रह छैन। तर उहाँहरुले समाजमा नै एकदम ठूलो योगदान गर्नुहुन्छ भन्ने चाहिं लाग्दैन। किनकि उहाँहरु सांगठिनक जीवनमा अनुभव लिएर, एउटा विचारप्रति एउटा निश्चित दृष्टिकोण बनाएर आउनुभएको छैन।

पार्टीको केन्द्रीय कमिटीमा जानुअघि त्यहाँ छलफल हुने विधि र संरचना कस्तो होला भन्ने लाग्थ्यो ? 
धेरै पहिलादेखि नै यो पार्टीको जनवर्गीय संगठनमा रहेर काम गरेँ। कमिटीहरुमा छलफल हुन्छ, बहस हुन्छ। र, हुनुपर्छ भन्ने मलाई थाहा थियो। कुन नेताले नेतृत्व गर्दा ठीक हुन्छ होला भन्ने लाग्थ्यो। 

आठौंं महाधिवेशनबाट निर्वााचित कमरेड झलाथ खनाल अध्यक्ष भएको बेला चाहिं समानुपातिक तर्फको सांसद को को हुने ? भन्नेबारे ठोस गर्दा महिलाहरुभन्दा चाहिँ जो जो केन्द्रीय सदस्यहरु छन्, तिनीहरु हुने भन्ने निर्णाय गरिएको थियो। त्यसबेला केन्द्रीय कमिटीमा सबैभन्दा बढी त्याग, तपस्या, मेहनत गर्ने र अनुभव भएकाहरुलाई स्थान दिइन्थ्यो। जो केन्द्रीय सदस्य हुन्छन्, ऊ राजकीय पदमा जाने खुबी राख्छन् भन्ने आधारमा त्यो निर्णाय गरिएको थियो। एउटा विधि थियो। सही पनि थियो। विधि र पद्दति प्रयोग गरियो भने पार्टीभित्र कुनै गुनासो आउँदैन। पार्टीभित्र लगानी नभएका, कुनै इतिहास नभएका व्यक्ति वा सांसदलाई कुनैपनि जिम्मेवारीमा जाने बाटो खुला हुँदैनथ्यो। 

पार्टीभित्र जुन किसिमको बहस, छलफल हुन्छ, हुनुपर्छ पनि भनिरहेको छु, त्यो चाहिँ हाम्रो पार्टीभित्र भएको छैन। यस्तो समय अनिश्चितकालसम्म नरहला। कुनै न कुनैबेला पार्टीभित्र ठूलाठूला बहस, छलफलको वातावरण बन्ला भन्ने ठानेकी छु।

केन्द्रीय कमिटी चल्ने विधि चाहिं सोचेजस्तो पाउनु भएको छ कि फरक ? 
अहिले पनि एमालेका नेता कार्यकर्ताहरु विभिन्न छलफल प्रशिक्षणमा व्यस्त छन्। मैले के देखिरहेको छु भने वर्षको एउटा किताब नपढ्ने मान्छे पनि प्रशिक्षक भएका छन्। छलफलमा भाग लिएका छन्। उसले जे भन्यो त्यो नै प्रशिक्षण हो भन्ने भइरहेको छ। एमालेको प्रशिक्षक कस्तो हुने ? कुन स्तरको हुने ? भन्ने नै पाइँदैन। 

संस्थापन पक्षका नेताहरु एकदम व्यस्त हुनुहुन्छ। तर सामान्य असहमति राख्ने र विधिमा चल्नुपर्छ भन्ने नेताहरुलाई चाहिँ कहाँ प्रशिक्षण हुँदैछ ? कहाँ बैठक हुँदैछ ? भन्ने कुरा पनि थाहा हुँदैन। यस्तो अवस्था देख्दा मलाई के लाग्या भने पार्टीलाई हामीलाई सहि गन्तव्यमा पुर्याउँदैन। राम्रो परिणाम पनि दिँदैन। 

जतिसुकै आलोचनात्मक चेतको विकासको कुरा गरेपनि जसले अलिकति आलोचनात्मक चेतले कुरा गर्ने विचार राख्ने बाटो पछ्याउँछ त्यसलाई पाखा लगाइन्छ, त्यसो किन हुन्छ ? 
मैले भन्दै आएको छु, राणाहरुलाई देखाएर हामी यो भन्दा प्रगतिशील हुन्छौं। राणाहरुले देश जनताप्रति अन्याय गरे। त्यसकारण प्रजातन्त्र चाहिन्छ भनेर हाम्रा अग्रजहरुले संघर्ष गरे। त्यसपछाडि पञ्चहरुले शासन गरे। पञ्चायतलाई देखाएर हाम्रा अग्रजहरुले आन्दोलन गरे। पञ्चायतविरुद्ध लडेपछि हाम्रो स्वतन्त्रता, जिन्दगी प्रजातन्त्र, हाम्रा अभ्यासहरु यो हुनेछ भनेर हामीले पनि आन्दोलन गर्यौं। ०४६ सालपछि त्यस्तै भयो।

०४६ सालपछि हामीले राजालाई देखायौं। राजा गलत छन्, त्यसकारण हामीले परिणाम देखाउन सकेनौं भनेर भन्यौं। राजा गइसकेपछि के भयो भने दलहरुभित्र तमाम कमजोरीहरु देखिए। तर कमजोरीहरु स्वीकारेनन्। ०६२/६३ पछि दलहरुले खासगरी कांग्रेस र एमालेले गरेको ठूलो गल्ती के हो भने कांग्रेस गलत छ हामी ठिक छौं भन्ने। अनि कांग्रेस चाहिं एमालेले बेठिक गर्याे, एमाले गलत छ, हामी ठिक छौं भन्ने तहमा पुग्यो। तर हामी के कारणले ठिक हो भन्ने चाहिँ जनताहरुले माग गरेका छन्।

गत स्थानीय तहको निर्वाचनको परिणामले पनि त्यही देखाएको छ। कांग्रेसले नेपाली समाजलाई दिने के हो ? एमालेले दिने के हो ? माओवादीले दिने के हो ? वा के दिएको छ भन्ने प्रश्न दलहरुलाई अहिले ज्वलन्त प्रश्न हो। यो प्रश्नको जवाफ एमाले, कांग्रेसले दिने हो कि हैन ? एमाले र कांग्रेसले दिएपछि माओवादी कहाँ रहन्छ ? मुख्य प्रश्न यो हो भन्ने लाग्छ। 

तपाइँ नयाँ पुस्ताका नेता, सबै कुरा बुझ्नुहुन्छ। तैपनि तपाईंको नेतृत्वले बुझ्न नसकेको हो कि बुझाउन नसकेको ? 
नेतृत्वलाई चाहिँ के लाग्छ भने हामी विगतमा लड्यौं। राणाहरुसँग लडेको लिगेसी हामीसँग छ। पञ्चायतसँग लडेको लिगेसी पनि हामीसँग छ। राजाविरुद्ध लडेको लिगेसी झनै छ। अनि हामीले के गरेनौं र ? राणाहरुविरुद्ध जित्यौं। पञ्चायतलाई पनि जित्यौं। गणतन्त्र नै ल्यायौं। अनि हामीले यत्रो उपलब्धि त हासिल गरिसक्यौं नि, भन्ने मानसिकता छ। तर परिस्थितिले हिजोका योगदानले मात्रै तिम्रो जिन्दगी, समाज चल्नेवाला छैन। तिम्रा संगठनहरु चल्नेवाला छैनन् भन्ने आधार खडा गरिदिएको छ। यो बुझ्न सक्नुपर्छ।

केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि कमिटीमा त आफ्नो कुरा त राख्न पाउनुभएकै होला ?
म तपाईलाई दुःखकासाथ भन्छु, म केन्द्रीय कमिटीमा बोल्न पाएको छैन। हाम्रो केन्द्रीय कमिटीको बैठक म केन्द्रीय सदस्य भइसकेपछि तीनपटक जति बस्यो जस्तो लाग्छ। तर कमरेडहरुले केन्द्रीय कमिटीका सदस्यहरु बोल्ने गरी कुनै कार्यक्रम नै बनाउनु भएन। 

Ushakiran (2)1661182300.png

उसोभए कमिटीमा कसरी बोल्ने भन्ने जानकारी पनि छैन ? 
बैठकमा त अन्य साथीहरु पनि बोल्न पाउनु भएको छैन। कमरेड अध्यक्ष बोल्नुभयो। अध्यक्ष निकटका केही अन्य सदस्यहरु बोल्नुभयो। महासचिव बोल्नुभयो। त्यतिमै बैठक सकियो। मलाई एकदम हेक्का छ कि, केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य, स्थायी कमिटी सदस्यहरु जस्तो केन्द्रीय कमिटीको बैठकमा बोल्ने भनेको उहाँहरु हो। उहाँहरु कोही पनि बोल्नुभएको छैन। 

यसपछिका बैठकहरु पनि त्यसैगरी चल्छन् कि परिवर्तन आउला ? 
मलाई के लाग्छ भने केन्द्रीय कमिटीको बैठक भनेको केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने स्थल हो। बैठकमा त पार्टी जीवनमा यो भइदिए हुन्थ्यो, त्यो भइदिए हुन्थ्यो। हामी यहाँ यहाँ चुकेका छौं। यहाँ राम्रो परिणाम हात पार्यौं भनेर आफ्नो विचार प्रकट गर्न त पाउनु पर्यो नि। आशा छ, आउँदो केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय सदस्यहरुले बोल्ने व्यवस्था होस्। तर पार्टीभित्रको लोकतन्त्र जीवन्त छैन भन्नेमा म स्पष्ट छु। 

आन्तरिक लोकतन्त्र बलियो नहुनुमा सांगठानिक संचरना दोषी देख्नुहुन्छ कि नेतृत्व ? 
सांगठानिक संरचना बहुत लोकतान्त्रिक छ। जस्तो यहाँभित्र संविधानले व्यवस्था गरेबमोजिम यो समानुपातिक नेतृत्वका आधारमा समावेशी पनि छ। तर नेतृत्व संकीर्ण भए कि जस्तो लाग्छ। 

पार्टीहरुमा नेतृत्व चयन प्रक्रिया नै गलत छ भन्ने तर्कलाई मान्नुहुन्छ ?
नेतृत्व चयन प्रक्रियामा पनि योभन्दा बढी लोकतान्त्रिक विधि अपनाइयो भने धेरै पार्टी जिम्मेवार हुन्छ भन्ने लाग्छ। अहिले पार्टीहरुले जुन विधि र प्रक्रिया अपनाइरहेका छन् योभन्दा अझ फराकिलो लोकतन्त्र अवलम्बन गरियो भने अझ लोकतन्त्र बलियो हुन्छ। 

अहिलेका पार्टी नेतृत्वशैलीले नयाँ पुस्ताका नेताहरुको क्षमता विकास गर्न र परिपक्वता ल्याउनमा कतिको सहयोग पुग्छ ? 
अहिलेका पार्टीभित्र जुन खालको अभ्यास भइरहेको छ। यो पार्टीभित्रको अभ्यासबाट म अब्बल नेता बन्छु। मैले दैनिक रुपमा गरिरहेका कामहरुले मात्र मलाई अझ अगाडि पुर्याउँछ भन्ने लाग्दैन। यो पार्टीभित्र भइरहेको अभ्यासले मात्रै म एकदम सफल नेता हुन्छु। कुनै विषयमा ज्ञान, खुबीसहितको नेता बन्छु भन्ने गतिलो आधार नै छैन। आफैंले प्रयास गर्नुपर्छ। 

एक प्रयासले मात्र सक्षम नेतृत्व विकास संभव देख्नुहुन्छ ?
एकदमै सम्भव छ। किन सम्भव छ भने, जसरी ०७, ३६, ४६ र ०६२/६३ साल पछाडिका दिनहरुमा पनि परिवर्तनका विभिन्न मागसहित सडक संघर्ष भइरहेका छन्। त्यसबारे फराकिलो तरिकाले सोच्न आवश्यक छ। जनताले मनमा लागेको कुरा खुला रुपमा ढुक्कसँग बोल्न पाइने स्वतन्त्रता पाएका छन्। त्यसलाई तपाई संविधानसँग नबाझिने गरी नियम, कानून बनाउन लाग्नुपर्छ। नहुने र नमिल्ने कुरा बोल्ने छुट यहाँ कसैलाई छैन।

त्यहि भएर मैले जति सांगठानिक सिद्धान्त बुझेको छु। विभिन्न विचारहरु बुझेको छु। एमालेले अवलम्बन गरेको मार्क्सवाद, लेनिनवाद जसरी मैले बुझेको छु, त्यसमा जनताको बहुदलीय जनवादलाई बुझ्ने कुरामा एमालेभित्र केही समस्याहरु छन्। के गर्दा यो समस्या हल हुन्छ भन्ने कुरा बुझ्नु आवश्यक छ। बुझ्ने विषयलाई मैले मेरो आफ्नो जीवन र मेरो मातहतमा लागू गर्दै गएँ भने यसले सहयोग नै पुर्याउँछ। 

नयाँ पुस्तालाई पार्टी संगठनभित्र प्रवेश गर्न कठिन छ जस्तो लाग्दैन ?
जो प्रवेश गर्न चाहन्छ त्यसलाई त्यस्तो कठिन त छ जस्तो लादैन। ०६२/६३ सालपछि गठन भएका सरकारहरु जस्तो पञ्चायती व्यवस्थामा पनि स्ववियू चुनाव हुन्थ्यो। अहिले हामी स्ववियू चुनाव पनि गर्दैनौं। त्यसो भएपछि स्ववियूले नयाँ पुस्तालाई राजनीतिमा छिर्न मद्दत पक्कै गर्दैन। अहिले त स्ववियूलाई नै हामीले अवरुद्ध गरेका छौं। 

पहिला एजेण्डा चिनेर मान्छेहरु संगठनमा प्रवेश गर्थे। अहिले व्यक्ति चिनेर, नेता चिनेर मान्छेहरु संगठनमा प्रवेश गर्दैछन्। अनि एजेन्डा चिनेर प्रवेश गर्ने मान्छे नेता हुन्छ कि व्यक्ति चिनेर प्रवेश गर्ने मान्छे नेता हुन्छ ? भन्दा व्यक्ति चिनेर प्रवेश गरेका मान्छेलाई नेता बनाइन्छन्। त्यस्ता नेताहरुले त सार्वजनिक चासोको विषयहरुलाई नदेखेझैं गर्ने रहेछन्। त्यो चाहिँ हाम्रो पार्टी संगठनमा पनि देखिसकेको छ। 

पार्टी र सरकारको नेतृत्व चार/पाँच जनाको हातमा मात्रै हुन्छ भन्ने पनि सुनिन्छ, खास कुरा के रहेछ ?
यसमा आंशिक रुपमा सहमत छु। चार/पाँच जनाको हातमा मात्रै कसरी कब्जा भयो भन्ने कुरामा पनि हामीले हस्तक्षेपकारी भूमिका खेल्छौं कि खेल्दैनौं भन्नेमा निर्भर रहन्छ। आफ्नै नेताहरुले अपादर्शी कामहरु गरिहेका छन् भने हामी त्यसविरुद्ध सडकमा उभिएर बोल्यौं कि बोलेनौं। बोल्दा खेरी भोलि आउने फूली घट्छ कि भनेर हामी नबोली हिँड्या छौं कि छैनौं भन्ने कुराले अर्थ राख्छ। गलतविरुद्ध लड्न वा उत्रन सकेनौं भने छ पक्कै पनि पार्टी र सरकार नेताको कब्जामै रहन पुग्छ। त्यस्तो अवस्थामा त हामीले तागतसहित लड्न पर्यो नि त। 

राजनीतिमा नयाँ पुस्ता सक्षम छैनन् ? 
अहिले मेरो पुस्ता आउँदासम्म मलाई के लाग्छ भने म चाहिँ क्याम्पसहरुमा राजनीति गरेका कारण यहाँसम्म आइपुगेँ। क्याम्पसहरुमा राजनीति हुन्थेन भने म आइपुग्दिनथेँ होला। साँच्चै नेताहरुविरुद्ध कसैले किन बोलेन? भन्दा संगठनमा लागेकाहरुमा कहिँ न कहिँ सत्ताको अनि फुलीको लोभ पर्याे कि भन्ने लाग्छ। त्यतातिर पनि हामीले प्रश्न गर्नुपर्छ। 

राजनीति पार्टीभित्रै अपारदर्शी र स्वार्थी प्रवृत्तिले नयाँ पुस्तामा चुनौती थपिने र अबको राजनीति झनै अन्धकारतिर धकेलिने त हैन ?
सत्य कुरा के हो भने, समय कहिल्यै पछाडि फर्किँदैन। अहिले जति अपादर्शी छ, अदूरदर्शी छ, योभन्दा पनि अपादर्शी त र अदूरदर्शीता त हाम्रो समाजमा टिक्दै टिक्दैन। जो नयाँ पुस्ताका मान्छेहरु छन्। अलिअलि सेटिङमा पेट पूजा गरिराखेका होलान्। ती मान्छे नेता बनेर आए भनेपनि समाजमा उसको शासन चल्दैन। किनकि आजको समाज आवश्यकता, राजनीति बुझेर, संकट झेलेर अगाडि आएका नयाँ पुस्ताका मान्छे पनि छन् यहाँ। 

पार्टीका संगठनहरु चाहिं पार्टी सिद्धान्तका लागि सहयोग पुग्ने खालका छन् कि छैनन् ? 
सिद्धान्तको कुरा एउटा हो। तर हामी व्यवहारमा केलाई समर्थन हुने भन्ने कुरा मुख्य हो। ती संरचना हाम्रो विधानमा जे लेखेका छन्, संविधानमा जे लेखेका छौं त्यो अनुसार चल्यो भने हाम्रो विचार लागू गर्न सक्छौं। तर कुरा एउटा, काम अर्काे भयो भने विचार लागू हुन सक्दैन। अहिले भएको त्यही हो। 

अहिलेको पार्टीका संरचनाले सिद्धान्त अनुरुप काम गर्न सक्दैन भन्ने हो ?
काम गरिरहेका छैनन्। जस्तो नागरिकता विधेयकमै कुरा गरौं न। नागरिकता विधेयकमा नेकपा एमालेको धारणा के हो ? नागरिकता विधेयक त संविधान अनुसार बाझिएर आएको त छैन। हामी यो संविधानको पक्षमा हो कि विपक्षमा हो ? नागरिकता विधेयकको विरोध गर्ने हो भने हाम्रा जनसंठनहरु, पार्टीका मातहतका संगठनहरु लागू गर्ने कुरा के हो भन्ने कुरा बाझिन्छ। लोकप्रिय कुराको पक्षमा मात्र लाग्यौं भने हामी संकटमा पर्छाैं। वस्तुगत भयौं भने संकटमा पर्दैनौं।

अहिले पार्टीहरु पपुलर कुरामा दौडिएको कुरा सत्य हो ?
धेरै पपुलर बन्ने कुरामा दौडिँदा कस्तो हुन्छ भने मान्छेलाई रातारात हिरो बनाउँछ नि त। आजको मुख्य संकट भनेकै पपुलिष्ट आचारण। आजको मुख्य संकट भनेकै विधान र संविधानमा एउटा कुरा लेखेका हुन्छौं, तर व्यवहारवादी भएर जे गर्दा सजिलो हुन्छ त्यहि मात्र गर्दै हिँडेका छौं। जे गर्दा हाम्रो जिन्दगी सजिलो हुन्छ। जे गर्दा राम्रो गाडी, घर, सुविधा पाइन्छ त्यतैतिर लागेरै राजनीतिप्रति वितृष्णको अवस्था देखा परेको हो। यसलाई नेताहरुले चिर्न सक्नुपर्छ।

पार्टीमा नेता तथा कार्यकर्ता भित्र्याउने पनि होड नै चलेको छ, त्याे तरिका चाहिँ के हो ?
बहुदलीय प्रणालीमा दलीय प्रतिस्पर्धा हुन्छ। जसले पनि आफ्नो पार्टी ठूलो बनाउने गर्छ। त्यसक्रममा हरेकले नेता कार्यकर्ताहरु भित्र्याउने काम गर्छन् नै। तर आज राप्रपाको नेता भएको मान्छे भोलि एकाएक मार्क्सवादी, नेकपा एमाले कसरी हुन सक्छ ? भन्ने प्रश्न चाहिँ मेरो छ। 

Ushakiran (4)1661182462.png

पार्टीमा केके परिवर्तन गर्नु आवश्यक देख्नुहुन्छ ?
एउटा निश्चित विधि, पद्दति बनाउनु पर्यो। पार्टीभित्र को प्रवेश गर्छ ? किन प्रवेश गर्छ ? के स्वार्थका लागि प्रवेश गर्छ ? उसको हिजोदेखिको रेकर्ड के के हुन् ? हाम्रो पार्टीमा किन कर नतिर्ने व्यापारी आउँछन् ? मेयरको टिकट सुनिश्चत गरेर मात्रै किन आउँछन् ? सांसद पद फिक्सड भएपछि मात्र किन आउँछन् ? यो कुराले हामीलाई के परिणाम दियो? भन्ने कुरालाई हेर्नुपर्छ। पार्टीमा त हिजोदेखिकै मूल्य मान्यता हुन्छ। राजनीति समाज परिवर्तनको एउटा ठूलो संगठन हो। यसमा म लाग्छु भनेर लागेका मान्छेहरुले यसमा कस्तो प्रतिक्रिया जनाए ? तिनको जिन्दगी कस्तो छ भन्ने कुरा हेर्नुपर्छ। भकाभक पार्टी प्रवेश गर्ने कुराले त्यति राम्रो गर्दैन। 

तपाईंले भनेका विषयवस्तु कसले ध्यान दिने त ? 
नेतृत्व यसबाट बेखबर छैन। बेखबर छु जस्तो गरिरहेको हो। कमी कमजोरीमा सच्चिएर अघि बढ्नुको विकल्प हुँदैन। समाज भत्किरहेको छ। आन्तरिक रुपमा कस्ता कुरा गर्नुहुन्छ नेताले ? केके भनिरहनु भएको छ ? यो कहिले सकिन्छ भन्ने कुरा परिणाममा मात्र देख्न बाँकी हो। 

अहिले एमालेभित्र यथार्थतामा के भइरहेको छ ? 
एमालेभित्रको कुरा गर्ने हो भने स्थानीय तहको निर्वाचनको समेत समिक्षा गर्न बाँकी छ। हामीले कसरी हार्यौं ? के कारणले हार्यौं ? जितेको हो कि हैन ? मत गणनामा के भएको हो ? छ वटा महानगरमै हार्यौं। पहिले जितेका उपमहानगरपालिका पनि हार्यौं। स्थानीय तहमा गत निर्वाचनमा भन्दा अहिले कम सिट संख्या जित्यौं। जितेर दोहोरिएका ८० प्रतिशत उम्मेद्वारहरुले चुनाव हार्नुभएको छ। ८० प्रतिशतले हार्ने भनेको त कि हाम्रो पार्टीमा कमजोरी छ, कि हाम्रो पार्टीमा लाग्ने मान्छेहरुमा कमजोरी छ। कहाँनेर कमजोरी छ त्यो त हामीले समीक्षा गर्नै बाँकी छ। 

अहिलेसम्म केन्द्रीय कमिटीको बैठकमा कुरा राख्न पाउनुभएको छैन, पार्टीमा त थुप्रै असन्तुष्टिहरु पनि छन् होला ?
पक्कै पनि असन्तुष्टिहरु छन् जस्तो लाग्छ। नेता कमरेडहरु एक्लाएक्लै कुरा गर्दा उहाँहरुमा पनि यो तरिकाले चलेर भएन। व्यापक छलफल र बहसबाट चल्नुपर्छ। त्यसबाट मात्रै अगाडि बढ्न सकिन्छ भन्ने कुरा एक एक जना कुरा गर्दा उहाँहरु भन्नुहुन्छ। सामूहिक रुपमा चाहिँ हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठक बस्नु पर्यो। अथवा स्थायी कमिटीको बस्नु पर्यो, वा पोलिटब्यूराको बस्नु पर्यो। पूर्नविचार गर्नुपर्यो। हामी कहाँ कहाँ चुक्यौं यसबाट सच्चिएर अघि बढ्नु पर्यो भन्ने कुरा सामूहिक रुपमा भएको छैन। 

यसमा पहल गर्नुभयो कि भएन ? 
यसमा व्यक्तिगत पहलको धेरै अर्थ हुँदैन। मैले चाहिँ केन्द्रीय कमिटीको बैठक बसेको भए हुन्थ्यो भन्ने चाहेको थिएँ। यो स्थानीय तहको चुनावको समीक्षा गर्न अथवा छलफल गर्न। बैठक नबसिसकेपछि केही कुरा बाेल्न मन लाग्छ। बोल्यो भने पनि यो कुरा केन्द्रीय कमिटीको बैठकमा बोल्ने हो भन्नुहुन्छ। 

केन्द्रीय कमिटीको बैठकमा त हामीले बोल्ने परिवेश नै हुँदैन। अवसर नै पाउँदैनौं। त्यसो भइसकेपछि हामी बोल्ने कहाँ रहेछ ? छलफल गर्ने कहाँ रहेछ ? भन्ने विषयले उकुसमुकुस हुन्छ। त्यसैले यो कुरा कहिलेकाहीँ सामाजिक सञ्जालमा व्यक्त पनि हुन पुग्छ।

यस श्रृखंलाका थप सागम्री :
'केही नेताहरूमा मलाई हेरेर केन्द्रीय सदस्य कि पत्रकार भन्ने द्विविधा देख्छु'

प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  २१:२५
  • #पार्टी केन्द्रमा नयाँ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य तोलामा ३ लाख १९ हजार नजिक पुग्यो
गगनलाई सघाउने भन्दै प्रदेश सभा निर्वाचनका उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
सुनको मूल्य तोलामा ३ लाख १९ हजार नजिक पुग्यो बुधबार, माघ १४, २०८२
गगनलाई सघाउने भन्दै प्रदेश सभा निर्वाचनका उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश बुधबार, माघ १४, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध बुधबार, माघ १४, २०८२
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात, विभिन्न सडक अवरुद्ध बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
आज सातै प्रदेशमा बर्षाको सम्भावना बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्