• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
पार्टी केन्द्रमा नयाँ अनुहार

'केही नेताहरूमा मलाई हेरेर केन्द्रीय सदस्य कि पत्रकार भन्ने द्विविधा देख्छु'

64x64
नेपाल लाइभ मंगलबार, साउन ३१, २०७९  १९:५५
1140x725

२०७८ सालमा देशका सबै ठूला दलले महाधिवेशन गरे। ती महाधिवेशनबाट पार्टीको केन्द्रीय समिति वा कमिटीमा युवा अनुहार प्रशस्त पुगेका छन्। नयाँ जोशसहित पार्टीलाई जीवन्त बनाउने आकांक्षासहित उनीहरू आइपुगेका हुन्। पार्टीसँगै आफ्नो भविष्य समेत उज्ज्वल बनाउने 'पार्टी केन्द्र' मा पुगेका नयाँ केन्द्रीय सदस्यहरूका अनुभूति र विचारमाथि नेपाल लाइभले निरन्तर संवाद गर्नेछ। 

यो संवाद शृंखलामा यसपल्ट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीसँग कुराकानी गरिएको छ। लामो समय पत्रकारिता र पत्रकारिताबाटै राजनीति गरेका उनी १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। पार्टी राजनीतितर्फ लागेपछिको उनको अनुभूति र विचारबारे नेपाल लाइभकर्मी भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानी :

पार्टी राजनीतिको सुरुवाती अनुभव कस्तो रह्यो?
नेपाली कांग्रेसको १४औं महाधिवेशनपछिको ८ महिना बिताइसक्यौं। यो करिब ९ महिनाको बीचमा केही केन्द्रीय कमिटीका बैठकहरू भएका छन्। यही ९ महिनाको बीचमा हामीले स्थानीय निर्वाचन 'फेस' गर्‍यौं। स्थानीय तहको निर्वाचन अघि पार्टीले खटाएको विभिन्न जिल्लाहरूमा  केन्द्रीय प्रतिनिधि भएर पनि गयौं। त्यहाँको रिपोर्ट ल्याएर बुझायौं। त्यहाँको रिपोर्टका आधारमा पार्टीको निर्णय प्रक्रियामा सहजता सिर्जना भयो। 

सँगैसँगै अहिले स्थानीय तहको चुनावपछि फेरि केन्द्रीय कार्यसमितिको समीक्षा बैठक बस्यो। त्यो बैठकले बृहत समीक्षा पनि गरेको छ र अब संघ र प्रदेशको चुनाव एकैपटक मंसिर ४ गते तोकेको छ। संघ र प्रदेशको चुनावअघि केन्द्रीय समितिमार्फत् पार्टीपंतिलाई परिचलान गर्नेगरी एउटा अभियान नै चलाउने तयारी पार्टीले गरिरहेको छ।

म पहिला मिडियामा रहेर काम गरिरहेको मात्रै नभइ मिडियामा रहेर राजनीति क्षेत्रमा काम गरेको मान्छे हुँ। एउटा ठूलो-फराकिलो प्लेटफर्ममा पुगेको महसुस गरेको छु। हिजो जुन जिम्मेवारीमा थिएँ, सीमित दायराभित्र रहेर काम गर्नुपरेको थियो। आज त्यो कामको दायरा फराकिलो भएको छ। र, फराकिलो दायराभित्रका सीमितता पनि छन्। आफ्ना सीमितता पनि हुन्छन्।

अहिले केन्द्रीय सदस्यलाई पूर्ण रुपमा काम दिइएको छैन। हामीले छोटो अवधिका जिम्मेवारी पाएका छौं। केन्द्रीय सदस्यका रुपमा गणनाबाहेक केही नभएको जस्तो देखिन्छ। त्यसैले पार्टीको विभाग गठनका लागि हामीले जोड दिइरहेका छौं। विभागमा रहेपछि पूर्ण रुपमा केन्द्रित भएर काम गर्न पाइन्छ।

त्यसैले हामीले ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने माग राखेका हौं। ६ महिनाभित्र विभाग गठन गरेर पार्टी जीवनसँग आफूलाई जोड्न पायौं भने काम देखाउन पाइन्छ। कामले नै हो पहिचान बनाउने। त्यहीअनुसार हामीले त्यहाँ पार्टी पंक्तिमा लबिङ गरिरहेका छौं।

Ajayababu-siwakoti-nc1660461343.JPG

nimb
nimb
Ncell 2
Ncell 2

म अहिले जहाँ पुगें, त्यतिमै सन्तुष्ट भएर बस्ने होइन। आगामी दिनमा खुट्किला उक्लिन सक्ने एउटा प्लेटफर्म वा अवस्था पनि बनाउने हो।  त्यसका लागि काम गर्न पाउनुपर्छ। कामका लागि विधानमा जिम्मेवारी दिन मिल्ने ठाउँहरू छन्। तर, हामीले जिम्मेवारी पाउन सकेनौं। त्यसका लागि दबाब सिर्जना गरिरहेका छौं।  पार्टीले चाँडै विभाग गठन गर्ने भनेको छ। विभागमा जिम्मेवारी पाइयो भने अहिलेको भन्दा कयौं गुणा क्रियाशील हुने अवसर पाइन्छ भन्ने विश्वास छ।

तपाईं प्रश्न गर्ने र पाएका सूचना सकेसम्म सार्वजनिक गर्ने कामबाट उत्तर दिनुपर्ने र लुकाउन खोज्ने राजनीतिज्ञ बन्नुभएको छ। के-के कुरामा असहज हुँदो रहेछ? 
पत्रकारितामा रहँदै गर्दा हामीले बढीभन्दा बढी सूचना सार्वजनिक गर्ने, सूचनाहरू आमनागरिकहरूका बीचमा लिएर जाने काम हामीले गर्ने हो। राजनीति जीवनमा हुँदै गर्दा, फरक पोजसिनमा हुँदा कतिपय कुराहरू त्यसभित्रको निर्णयहरू तुरुन्तै सार्वजनिक गर्न नहुने, निर्णयहरू केही राख्नपर्ने, त्यसभित्रको केही भित्री कुराहरू सकेसम्म बाहिर तुरुन्तै सार्वजनिक गर्न नमिल्ने हुन्छ। रणनीतिक महत्त्वको विषय हुने हुनाले त्यसमा गर्न नहुने खालका केही कुरा पनि हामीले देखिरहेका हुन्छौं। यद्यपि, त्यसभित्रको पारदर्शिता, निर्णय प्रक्रियाको पारदर्शिता सँगसँगै हामीबाट अपेक्षित हुन्छ।

दुईवटै कुरालाई सामञ्जस्यता गर्ने काम चुनौतीपूर्ण पनि छ। तर, त्यो चुनौतीलाई समन्वय गर्दै सामञ्जस्यता अपनाउँदै क्रियाशील हुनुपर्ने बाध्यता रहन्छ। यी दुवटै कुरालाई समन्वय गर्ने कुरामा पनि मेरो कहीँ न कहीँ भूमिका हुन्छ। यद्यपि, हाम्रो पार्टीभित्रको ब्युटी भनेको के हो भने केन्द्रीय कार्यसमितिमा बोलिएका कुरा पाँच मिनेट नपुग्दै सञ्चारमाध्यममा आइपुग्छ। 

कसले पुर्‍याउँछ, कसरी जान्छ भन्नेमा जान चाहन्नँ। तर, सञ्चारमाध्यमको पहुँच देख्छु। हाम्रो केन्द्रीय समिति बैठक मिडियाले लाइभ नगरेको मात्रै हो। प्राय: सबै कुरा आउँछन्। यस विषयमा कुरा उठेको पनि देख्छु। तर, यो पार्टी अहितमा वा देशविरुद्ध हुने खालका गतिविधि नभएकाले थाहा पाउन जरुरी छ। केन्द्रीय समितिमै भएका कतिपय महत्त्वपूर्ण कुराहरू कति गोपनीय पनि होलान्। तर, त्यस्तै  कुराहरू पनि पारदर्शी रुपमा बाहिर गएका छन्। धेरै लुकाउने, छिपाउने कुराहरू पार्टीभित्र भएजस्तो लाग्दैन। कतिपय सन्दर्भमा अन्तरपार्टी कुराहरू, रणनीतिगत कुराहरू, निर्णयहरू अलि ढिलो गरि सुनायो भने पनि फरक पर्दैनन्। त्यस्ता कुरामा गोपनीयता कायम राख्नुपर्छ। पार्टी नै पारदर्शी भएकाले मलाई धेरै अप्ठ्यारो परेको छैन।

तपाईंले पत्रकारितामा रहेर केही समाचार लेख्नुभयो। जसले चर्चित हुनुभयो। पुरस्कृत हुनुभयो। राजनीतिमा पुगेर केन्द्रीय समितिको भीडमा हराउने डर छ कि छैन?
मिडियाबाट आफूलाई अलग्याएर पार्टी राजनीतिमा लाग्दै गर्दा मैले भनेको थिएँ- म हिजो एउटा मिडियामा सीमित थिएँ। तर, आज त्यो दायरा ठूलो र फराकिलो भएको छ। मसँग हिजो एउटा मिडिया थियो,  आज धेरै मिडियाहरू मसँग जोडिनु भएको छ। त्यसैले आज म तपाईंसँग कुरा गरिरहेको छु। हिजो तपाईंसँग कुरा गर्न सम्भव थिएन।

अहिले मैले केही सूचना पाएँ भने अरु मिडियाका साथीहरूलाई पनि स्रोतका रुपमा उपलब्ध गराउन सक्छु। हिजो एउटामा मात्रै मैले प्रस्तुत गर्थें। त्यसैले म मिडियामा छैन भनेर  खुम्चिनुपर्ने अवस्था छैन। त्यसैले थप अझ बढी काम गर्न सकिन्छ। मेरो  भूमिका बढेको महसुस भएको छ।

यसअघि पत्रकारका रूपमा र अहिले नेताकै रूपमा नेताहरूसँग काम गर्दा व्यवहार कस्तो पाउनुहुन्छ। उस्तै-उस्तै कि केही फरक?
म पत्रकारका रुपमा नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकको सुरुवाती रिपोर्टिङ गर्दैगर्दा केन्द्रीय कार्यालय टेकुमा थियो। केन्द्रीय समितिको रिपोर्टिङ गर्न जाँदै त्यहाँ फोटो खिच्थ्यौं र फर्किन्थ्यौं। त्यहाँ पत्रकारका लागि व्यवस्था भए बमोजिम खाजा खान्थ्यौं। त्यसपछि बैठक सकिएपछि बाइट लिन्थ्यौं। कुराकानी गर्दथ्यौं। समाचार लेखेका आधारमा मत हुन्थे, राय हुन्थे। सुझावहरू हुन्थे। तर, त्यही रिपोर्टिङ गर्न गएको केन्द्रीय समितिको बैठकमा स्वयम् उपस्थित हुँदै गर्दा सुरुमा आफूलाई पनि रिपोर्टिङ कि बैठक जस्तो महसुस हुन्थ्यो। 

राजनीति गर्ने भनेको त कहीँ न कहीँ जनताबाट अनुमोदन हुन अघि बढ्नु पनि हो। आगामी निर्वाचनमा पनि कहिँकतैबाट टिकटका लागि लबिङ थाल्नुभयो?
म जुन जिल्लाबाट प्रतिनिधित्व गर्छु, त्यो जिल्लाबाट तीनजना केन्द्रीय सदस्य छौं। टिकटको आकांक्षीको हिसाबले हामी तीनैजना योग्य छौं र हकदार पनि हौं। त्यो हुँदै गर्दाखेरि अहिले गठबन्धन पनि छ। त्यसमाथि हाम्रो जस्तो जिल्लाहरूमा कम्तिमा नेपाली कांग्रेस, माओवादी र समाजवादीहरूको एलाइन्स छ। स्थानीय तहको चुनावमा तीनवटा दलको एलाइन्स भएको थियो। अबको दिनमा पनि तीनवटा दलबीचका एलाइन्स हुँदै गर्दा कांग्रेस संघमा वा प्रदेशमा कसरी भूमिका पाउँछ? 

Ajayababu-siwakoti-nc-ccm1660461343.JPG

हाम्रो जिल्लामा मात्रै हेरेर भएन। हाम्रो जिल्लाका छिमेकी जिल्ला पनि केन्द्रमा बसेर मिलाउँदै गर्दा, सिट बाँडफाँड मिलाउँदै गर्दा दायाँबायाँका जिल्ला पनि मिलाउनु पर्ने हुनसक्ला। हामी सँगसँगै त्यो बेलामा दोलखासँग रामेछापको सेटिङ मिलाउनु पर्ने होला। सिन्धुलीको रामेछापसँग मिलाउन पर्ला। यस्तो अवस्थामा संघमा हामीले पायौं भने प्रदेशमा माओवादी केन्द्र र समाजवादीले दाबी गरिरहेको हुन्छ। संघमा अरू कसैले पायो भने प्रदेशका दुईटामा हाम्रो दाबी रहला।

समीकरणअनुसार केन्द्रीय समितिमा भएको नाताले पपुलर भोट ल्याएका नाताले, महाधिवेशन, केन्द्रीय सदस्य र जिल्लामा समेत जितेकाले मलाई दाबेदारकै रुपमा हेरिएको होला। पार्टीको युवा साथीहरूले पनि यसअघि टेस्टेड भन्दा पनि नयाँ आउनुपर्छ भनिरहनुभएको छ। पार्टीको तल्लो तप्काको चाहनालाई नेतृत्वले सुन्यो भने मंसिर ४ गतेको चुनावमा प्रतिनिधि सभाका लागि प्रत्यासी बन्ने योजना बनाएको छु। उम्मेदवार बनाउने कुरामा  पार्टीको निर्णय अन्तिम निर्णय हो। त्यो पार्टीको निर्णयविरूद्ध जाने कुरा हुँदैन। 

काम गर्ने जाँगर भएको तर, युवा अनुहारलाई पार्टीले विश्वास गर्दैन भनिन्छ। तपाईंको अनुभव कस्तो रह्यो?
पार्टी भनेको अजिव खालको कुरा होइन। हामीहरू जस्तै लामो समयसम्म काम गरिरहनु भएका अग्रजहरूले क्षमता हेरेर जिम्मेवारी दिने गर्नुभएको छ। त्यहीअनुसार जिम्मेवारी पाएका छौं। यो स्थानीय चुनाव अगाडि हामी विभिन्न जिल्लामा गयौं। र, खटाएको कार्य क्षेत्रमा गएर काम गर्‍यौं। पार्टीको पोजिसन यस्तो छ भन्ने कुराहरू बतायौं। त्यसैले त्यो पटके काम भयो तर, अब त्यस्तो चाहिँ होइन। पार्टीलाई चलायमान बनाउने विभिन्न विभागहरू हुन्छन्। विभागले पार्टीले लिएका नीतिहरूको तल्लो तहसम्म पुर्‍याउने र जोड्ने पनि हो। 

अहिले ६ महिनाभित्र विभागहरू गठन गर्नुपर्ने हुन्छ। ढिलो भइरहेको छ। सम्भवत: यो साउन महिनाभित्र विभाग गठन भयो भने युवा उमेरका जाँगरिला साथीहरूले जिम्मेवारी पाउनुहुनेछ। नेतृत्वले दिनेछ भन्ने विश्वास छ।

पार्टीको विभाग गठनलगायतका निर्णयमा ढिलाइ हुँदा तपाईंहरू किन दबाब बढाउनुहुन्न?
हामीले पटक-पटक उठायौं। पार्टीका आन्तरिक फोरमहरूमा पनि उठायौं। बाहिर पनि बोल्यौं। जसरी राज्य सञ्चालनको विषयमा संविधान बमोजिम चल्नुपर्छ। त्यसैगरी पार्टी सञ्चालन पनि विधान बमोजिम हुनुपर्छ। वैधानिक व्यवस्था नैतिक बन्धन हो। त्यो नैतिक बन्धनमा बाँधिनुपर्छ। केही समयअघि सम्पन्न केन्द्रीय समितिको बैठकमा पार्टी नेतृत्वले यस विषयमा ध्यानाकर्षण भएको बताएको छ। यो साउन महिनाभित्र विभागहरू गठन गर्ने र सँगसँगै अरू शुभेच्छुक संस्थाहरूको पनि विस्तार गर्ने भनिएको छ। यसअघिको कार्यकाल विभागहरूको गठन नभएरै सकिएको थियो।  संसदीय दल पनि पूर्ण नभएर कार्यकाल टुंगिएको थियो। अहिले पनि कोषाध्यक्ष नियुक्त गरिएकको छैन। विभाग गठन छैन। हामीले तीन महिनामा गरिसक्नुपर्ने काम किन ७ महिनासम्म नसकिएको भनेर प्रश्न गरिरहेकै छौं।

कांग्रेसमा युवाको उपस्थिति अहिले लोभलाग्दो छ। तर, उनीहरूलाई चलायमान राख्न नेतृत्व किन हिच्किचाइरहेको जस्तो देखिन्छ?
पार्टी सभापतिले नै उहाँको कलमले चोबेर गर्नुपर्ने निर्णयहरू जुन छन्, ती बाहेकका विषयमा महामन्त्री, सहमहामन्त्रीहरूले जिम्मेवारी पाउनुपर्छ। त्यसो गर्दा पार्टी सक्रिय देखिन्छ। अहिले काम गर्ने कुरामा ढिलो जस्तो देखिएको छ। जस्तो महामन्त्रीहरू हुनुहुन्छ,  काम गर्ने जोश पनि छ। तर, उहाँहरूलाई पनि काम गर्न पार्टी सभापतिले अख्तियारी दिनुपर्ने हुने रहेछ। 

विभागहरू गठन गर्नुपर्ने कुरामा पनि अख्तियारी दिएको भए हामी गर्थ्यौं भनेर उहाँहरूले बैठकमै भन्नुभयो। साथीहरूले काम गर्न खोजिरहनु भएको छ। यही तवरले भूमिकाविहीन हुँदै जाँदा विस्तारै निराश हुने अवस्था पनि देखिन्छ। निराश हुन नदिन पार्टी नेतृत्वले जिम्मेवारी दिएर भारी बोकाउनु पर्छ। त्यसरी जिम्मेवारीको भारी बोकाएमा अहिलेको असन्तुष्टि पनि हल हुनसक्छ।

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १९:५५
  • #पार्टी केन्द्रमा नयाँ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश
सम्बन्धित सामग्री
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया उनले प्रतिस्पर्धात्मक विश्व बजारमा नेपाली युवाको क्षमता अभिवृद्धिका लागि प्राविधिक तथा व्यावसायिक सीपलाई विद्यालय तहदेखि नै प्राथमिक... बुधबार, साउन २७, २०८३
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ देशमा राजनीतिक परिवर्तनहरू आएपनि सीमान्तकृत समुदायका वास्तविक समस्याहरू अझै पनि सम्बोधन हुन नसकेको विज्ञ तथा अधिकारकर्मीहरु बताउँछन्... आइतबार, साउन २४, २०८३
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्