• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २१, २०८३ Mon, May 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्लसटुमा विज्ञानप्रति उत्तिकै आकर्षणः कस्तो छ विद्यार्थीको भविष्य? 

64x64
नेपाल लाइभ बुधबार, साउन १८, २०७९  १५:०६
1140x725

काठमाडौं– गत वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई) सकेपछि पोखराका किरण रानाभाट नतिजाको प्रतिक्षामा त्यत्तिकै बसेनन्। परीक्षामा राम्रै गरेकाले नतिजा पनि राम्रै आउने अपेक्षासहित उनी प्लसटुको तयारीमा लागे। 

काठमाडौंमा बसेर प्लसटुका लागि ‘ब्रिज कोर्ष’ गरिरहेका किरणको एसईईको नतिजा पनि उनले सोचेजस्तै ‘राम्रै’ आयो। अब प्लसटुमा विज्ञान संकायअन्तर्गत भौतिक विज्ञान (फिजिक्स) र कम्प्युटर विषय अध्ययन गर्ने सोचमा छन् उनी। एसईईको नतिजा सार्वजनिक भएसँगै उनी हाल विभिन्न कलेजहरुमा आफूले इच्छाएको विषयबारे बुझिरहेका छन्।

‘ब्याचलर्स (स्नातक)मा कम्प्युटरसँग सम्बन्धित विषय पढ्ने भएकाले प्लसटुमा पनि त्यहि लिएर पढ्ने सोचेको छु,’ उनी भन्छन्, ‘एसईईमा ३.७ जीपीए आएको छ। अब कलेजमा पिजिक्स र कम्प्युटर विषय पढ्ने सोच बनाएको छु।’

काठमाडौंको जरसिंहपौवाकी सुनिता चौलागाईंले  एसईईमा ३.८ जीपीए ल्याएकी छन्। पछि ‘ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी’ (एमबीबीएस) पढ्ने सोच बनाएकी उनी हाल विज्ञान संकायअन्तर्गत बायोलोजी (जीवविज्ञान) पढ्न लागेको बताउँछिन्। उनी भन्छिन्, ‘एसईईमा मैले सोचेजस्तै रिजल्ट आएकाले अब बायोलोजी लिएर पढ्ने सोच छ। पछि ब्याचलर्समा एमबीबीएस गर्नका लागि पनि मैले यहि विषय पढ्नु पर्छ।’

तथ्यांकलाई हेर्ने हो भने पछिल्लो दशकमा विभिन्न अन्य (प्राविधिक) विषयमा पनि अध्यापन गर्ने संस्थाहरु नेपालमा बढ्दै गएपनि विज्ञान संकायप्रतिको आकर्षण उत्तिकै छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार पछिल्लो समयमा पनि नेपालमा विगतमा जस्तै विज्ञान संकाय प्रतिको आकर्षण यथावतै छ।
विश्वविद्यालय अनुदान आयोगको सन् २०१८ तथा सन् २०१९ को तथ्यांकअनुसार नेपालमा वर्षेनी एसईई उत्तीर्ण हुने विद्यार्थीहरुमध्ये २१.२४ प्रतिशत विद्यार्थीहरु विज्ञान संकायमा भर्ना हुने गरेका छन्। उपलब्धतादेखि उक्त संकायमा अध्ययन गर्न आवश्यक पर्ने परीक्षाफल, आर्थिक आवश्यकता लगायतको तुलनामा विज्ञान पढ्ने विद्यार्थीहरु व्यवस्थापन पछिको संख्यामा पर्छन्। शिक्षा र मानविकी संकायमा अध्ययन गर्ने विद्यार्थीहरुको संख्या भने यसपछि आउँछ।

प्लसटुमा विद्यार्थीहरुको आकर्षण विज्ञान संकायप्रति अझै बढ्दो छ। पछिल्लो समयमा बढिरहेको प्रविधिको प्रयोग तथा यससँग सम्बन्धित रहेका नयाँ विषयहरु पनि पढ्न पाइने भएका कारण पनि विज्ञान प्रतिको आकर्षण बढेको डा शर्माको ठम्याइ छ। 

शर्माका अनुसार एसईईपछि विज्ञान संकाय रोज्नका लागि विद्यार्थीलाई २ कारणले ‘आकर्षित’ गर्छ। पहिलो हो पारिवारिक तथा सामाजिक मनोविज्ञान। समाजमा अहिले पनि विज्ञान (साइन्स) पढ्नेको ‘इज्जत’ छुट्टै हुन्छ। 

अर्को कारण हो– विज्ञान पढेका विद्यार्थीले त्यसपछिको अध्ययन (जस्तै, स्नातक)मा अरु विषय पनि सजिलै रोज्न पाउँछन्। र, अन्तर्राष्ट्रिय (वैदेशिक अध्ययन)का क्रममा पनि सोही संकायअन्तर्गतका अरु थुप्रै विषय अध्ययन गर्न पाइन्छ। जसकारण विज्ञान संकायमा विद्यार्थीको आकर्षण घट्ने नभइ झन् बढ्दै गएको उनी बताउँछन्। 
 
सन् २०१८ तथा सन् २०१९ को तथ्यांकका अनुसार प्ल्सटुमा विज्ञान संकायमा अध्ययन गरेका विद्यार्थीहरुमा ८.३८ प्रतिशत सूचना तथा प्रविधि, ६.५७ प्रतिशत इञ्जिनियरिङ तथा ६.३९ प्रतिशत चिकित्सा विज्ञानतर्फबाट पढ्ने विद्यार्थीहरु छन्।

nimb
nimb
Ncell 2
Ncell 2

प्लसटुमा विज्ञान संकायमा अध्यापन हुने विषय
चाबहिलको आदिम नेसनल कलेजमा विज्ञान संकायको कोअर्डिनेटर रहेका बाबु चालिसेकाअनुसार हाल नेपालमा विज्ञान संकायमा ६ विषयहरुको अध्यापन हुने गरेको छ। फिजिक्स र बालोलोजी गरि २ समूहमा छुट्याएर विषयहरुको अध्यापन हुने गरेको चालिसेले बताए। चालिसेका अनुसार दुवै कक्षामा विद्यार्थीले ६/६ विषय पढ्नुपर्ने व्यवस्था नपाँ पाठ्यक्रमले गरेको छ।

विगतमा गणित वा बायोलोजी लिन पाउने व्यवस्था भएपनि हालको नयाँ पाठ्यक्रम ‘माध्यमिक शिक्षा पाठ्यक्रम २०७६’ अनुसार कक्षा ११ र कक्षा १२ दुवैमा ४ विषयहरु अनिवार्य रहेका छन्। 

फिजिक्स ग्रुपमा अध्यापन गर्न चाहने विद्यार्थीले कक्षा ११ र १२ मा फिजिक्स, केमिस्ट्री, नेपाली र अंग्रेजी विषय अनिवार्य पढ्नु पर्छ। त्यस्तै, गणित वा सामाजिक शिक्षा छानेर पढ्न पाउने व्यवस्था छ। त्यसबाहेक एउटा वैकल्पिक विषयका रुपमा कम्प्युटर लिएर पढ्न पाइन्छ। विगतमा फिजिक्स ग्रुपअन्तर्गत रहेर कम्प्युटर वा गणित समूहमा अध्ययन गर्न पाउने व्यवस्था भएपनि हाल गणितलाई सामाजिक शिक्षाजस्तै वैकल्पिक विषयको रुपमा राखिएको छ। 

बायोलोजी ग्रुपबाट अध्ययन गर्न चाहनेहरुले पनि फिजिक्स, केमिस्ट्री, नेपाली र अंग्रेजी अनिवार्य पढ्नुपर्छ। गणित वा सामाजिक शिक्षा विषयमध्ये एक विषय विद्यार्थीले अध्ययन गर्नुपर्ने हुन्छ। त्यसबाहेक एउटा वैकल्पिक विषयका रुपमा बायोलोजी विषय रहेको छ। कक्षा ११ र १२ मा यही अनुसारको समिकरण हुने चालिसे बताउँछन्।

नयाँ पाठ्यक्रमअनुसार प्लसटुमा पढाई हुने विषयको  ‘क्रेडिट आवर’का रुपमा पाठ्यभार मापन हुने व्यवस्था छ। नेपालीका लागि ३, अंग्रेजीका लागि ४, गणित वा सामाजिक शिक्षाका लागि ५, फिजिक्सका लागि ५, कमिस्ट्रीका लागि ५, बायोलोजीका लागि ५ र कम्प्युटरका लागि ५ क्रेडिट आवरको व्यवस्था गरिएको छ। सोहीअनुसार विद्यार्थीले अध्ययन गर्नुपर्ने व्यवस्था हालको पाठ्यक्रमले गरेको छ। 

प्लसटुमा विज्ञान पढेपछि रोज्न सकिने क्षेत्र
नेपालमा अहिलेको अवस्थामा प्लसटुमा विज्ञान संकायअन्तर्गत अध्ययन गर्दा दुई विधा फिजिक्स (भौतिक विज्ञान) र बायोलोजी (जीवविज्ञान)को अप्सनको रुपमा लिन सकिन्छ। 

चिकित्सा विज्ञान तथा त्यससँग सम्बन्धित अन्य क्षेत्रतर्फको पढाइका लागि बायोलोजी अध्ययन गरिन्छ भने इञ्जिनियरिङ लगायत भौतिक विज्ञानसँग सम्बन्धित पढाइका लागि फिजिक्स विधा रोज्नुपर्छ। केही कलेजहरुमा भने ‘कम्प्युटर साइन्स’का लागि पनि अलग्गै समूह बनाएर अध्यापन भइरहेको छ। यो विधामा कम्प्यूटर, सूचना तथा प्रविधिको पढाइ हुन्छ। 

प्लसटुमा विज्ञान संकायअन्तर्गत मुख्य गरेर फिजिक्स ( भौतिक विज्ञान), केमिस्ट्री (रसायन विज्ञान), बायोलोजी (जीवविज्ञान) तथा गणितसँग सम्बन्धित रहेर अध्ययन गरिन्छ। स्नातक तहको अध्ययनमा सूचना प्रविधि, चिकित्सा क्षेत्र, इञ्जिनियरिङ, बायोटेक्नोलोजी लगायतका क्षेत्र रोज्न प्लसटुमा विज्ञान संकाय अध्ययन गर्नुपर्ने अनिवार्य जस्तै हुन्छ। 

विज्ञानसँग सम्बन्धित बाहेक अन्य जुन सुकै विषयमा पढ्न चाहने विद्यार्थीहरुले पनि प्लसटुमा विज्ञान पढेका छन् भने पढ्न पाउने व्यवस्था पनि छ।

प्लसटुमा विज्ञान संकायअन्तर्गत रहेर जीवविज्ञान (बायोलोजी) पढेमा ब्लाचलर्समा चिकित्सा क्षेत्रसँग सम्बन्धित विषयहरुको अध्ययन गर्न सकिन्छ। प्लसटुमा जीवविज्ञान पढेका विद्यार्थीले स्नातकमा एमबीबीएस, बिएससी नर्सिङ, एमएलटी (मेडिकल ल्याब्रोटोरी टेक्निसियन), बीएमआईटी (बायोमेडिकल ईमेजिङ एण्ड थेरापी बिमलाइन), मेडिकल माइक्रो बायोलोजी र फार्मेसीजस्ता विषय रोज्न पाउँछन्। 

नेपालमा प्लसटुमा जीवविज्ञानलाई प्रमुख विषयको रुपमा लिएर अध्ययन गरेका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका ठाउँमा एमबीबीएस अध्ययन गर्न पाउँछन् भने उल्लेखित अन्य विषयहरुको अध्यापन पनि नेपालमा सजिलै हुन्छ।

थप उच्च शिक्षाका लागि विदेश जानका लागि पनि प्लसटुमा जीवविज्ञानको अध्ययन गरेमा सहज हुने अवस्था रहेको राष्ट्रिय परिक्षा बार्डका अध्यक्ष डा शर्मा बताउँछन्।

त्यस्तै, भौतिक विज्ञान (फिजिक्स)मार्फत् प्लसटु अध्ययन गरेका विद्यार्थीले नेपालमा स्नातक तहमा  अध्ययन गर्नसक्ने प्रमुख क्षेत्र इञ्जिनियरिङ हो। सिभिल, मेकानिकल, इलेक्ट्रिकल, कम्प्युटरलगायतका विभिन्न विषयमा रहेर इञ्जिनियरिङको अध्यापन नेपालमा हुन्छ। त्यस्तै, बायोमेडिकल इञ्जिनियरिङ, सूचना तथा प्रविधिसँग सम्बन्धित इञ्जिनियरिङमा स्नातक तथा सोसरह र सोभन्दा माथिको अध्ययन पनि नेपालमा उपलब्ध छ। 

नेपालमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा पोखरा विश्वविद्यालयले इञ्जिनियरिङसँग सम्बन्धित विभिन्न विषयको अध्यापन गराइरहेका छन्। 

प्लसटुमा केमिस्ट्री विषय अध्ययन गर्दा ब्याचलर्समा गएर सोही विषयसँग सम्बन्धित रहेर पनि अध्ययन गर्न सकिन्छ। 

त्यस्तै, प्लसटुमा कम्प्युटर विषयलाई आधार मानेर अध्ययन गरेका विद्यार्थीहरुले पनि नेपालमा विभिन्न विषयहरुको अध्ययन गर्न पाउँछन्। बीएससी सीएसआईटी, बीईआईटी, बीआईटी, बीसीए, सफ्टवेयर इञ्जिनियरिङलगायतका विभिन्न विधामा अध्ययन गर्न पाउँछन्। 

यी बाहेक फिजिक्स, केमिस्ट्री, जुओलोजी, बोटानी, माइक्रोबायोलोजीजस्ता विषयलाई नै आधार मानेर स्नातकमा अध्ययन गर्न चाहनेले पनि प्लसटुमा साइन्स पढेकाे भएमा अध्ययन गर्न पाउँछन्। त्यस्तै, प्लसटुमा साइन्स पढेका विद्यार्थीहरुका लागि ब्याचलर्समा व्यवस्थापन, मानविकी, कानुनलगायतका विषय पनि अध्ययन गर्न पाउने सहजता रहन्छ। 

विज्ञानप्रति विद्यार्थीको आकर्षण उस्तै
राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार नेपालमा विज्ञानप्रति विद्यार्थीहरुको आकर्षण उत्तिकै छ। पछिल्ला वर्षहरुमा पनि विद्यार्थीहरुले विज्ञान संकायप्रति देखाएको रुचिले यो आकर्षण उत्तिकै रहेको देखिने उनको भनाइ छ। 

‘नेपालमा अहिले विज्ञान संकायभन्दा बाहिर पनि अन्य विभिन्न विषयहरुको पनि अध्ययन गर्न पाइन्छ,’ शर्मा भन्छन्, ‘तरपनि विज्ञान प्रतिको आकर्षण र विद्यार्थीहरुको उपस्थिति उत्तिकै छ। अन्य विषय आएपनि विज्ञान संकायमा अध्ययन गर्न चाहने विद्यार्थीहरुको कमि देखिएको छैन।’

शर्माका अनुसार विज्ञान पढेपछि अन्य जुनसुकै विषयमा पनि थप अध्ययन गर्न पाउने सहजता हुन्छ। उच्च शिक्षाका लागि अध्ययन गर्न प्लसटुमा विज्ञान पढेका विद्यार्थीहरुले जुनसुकै संकायमा पनि अध्ययन गर्न पाउने सहजता हुने भएकाले पनि यो विषयमा विद्यार्थीहरुको आकर्षण उत्तिकै रहेको उनी बताउँछन्।

‘अर्को कारण हाम्रो समाजमा समाज विज्ञान (सोसियल साइन्स)भन्दा पनि पूर्ण विज्ञान (पियोर साइन्स)तर्फ नै आकर्षण छ,’ डा शर्मा भन्छन्, ‘हाम्रो समाजको संरचनाअनुसार विज्ञान पढेर डाक्टर हुने, इञ्जिनियर हुने भन्ने सोच छ। विज्ञान प्रविधिको क्षेत्रमा जाने किसिमको सोच अहिले पनि समाजमा छ। जसअनुसार अभिभावक र विद्यार्थी दुवैमा विज्ञानप्रति रुचि छ।’

विज्ञान संकायमा अध्ययन गर्ने विषयमा विद्यार्थीभन्दा पनि अभिभावकको अनुरोध तथा छनोट बढि हुने पनि शर्मा बताउँछन्। अभिभावकका माझमा अहिले पनि प्लसटुमा विज्ञान पढ्ने र त्यसपछि जुन सुकै विषय लिएर भएपनि अध्ययन गर्दा हुने भन्ने सोच रहेको शर्मा बताउँछन्। 

‘अहिले विस्तारै विद्यार्थीहरु समाज विज्ञानतर्फ पनि गएका छन्,’ डा शर्मा भन्छन्, ‘संसारमा नयाँ नयाँ विषय आएका छन्। विद्यार्थीहरुमा यी विषयप्रति रुचि छ। धेरै नयाँ विषयप्रति विद्यार्थीहरु आकर्षित भएका छन्। विद्यार्थीको माग पनि त्यता छ। तर, नेपाली समाजको संरचनाअनुसार भने विज्ञान संकायको आकर्षण र यसतर्फ विद्यार्थीको उपस्थिति कम भएको छैन।’

समाजको संरचनाअनुसार मात्र नभएर विज्ञान पढ्दाको सहजताका कारण पनि यसप्रतिको आकर्षण कम भएको छैन। विज्ञान प्रविधिसँग सम्बन्धित नयाँ विषय तथा विश्वव्यापीकरणका कारण अन्तर्राष्ट्रिय पाठ्यक्रम अन्तर्गतका विषयहरुको उपलब्धताले सहज रुपमा अध्ययन गर्न पनि विज्ञान संकायले सहयोग पुर्‍याउने गरेको छ। शर्मा भन्छन्, ‘एकातिर हाम्रो समाजमा डाक्टर, इञ्जिनियर भनेपछि सम्मान गरेर हेरिने भएकाले भोलि त्यो विषय पढ्न विद्यार्थीले प्लसटुमा साइन्स पढिरहेका छन्। अर्कातिर, यो विषयमा अध्ययन गरेर आजको आवश्यकता पुरा गर्न र भोलि भविष्यका लागि सहज वातावरण बनाउन पनि सकिन्छ।’

कस्तो छ विज्ञान पढेर भविष्य?
अहिले विश्वभर नै विज्ञानको माग छ। सूचना प्रविधिदेखि विद्युतीय क्षेत्रमा भइरहेको विभिन्न विकासका बीच विज्ञानसँग सम्बन्धित जनशक्तिको माग हाल विश्वभर नै उच्च रुपमा भइरहेको छ। विज्ञानमा धेरै विषयको पाठ्यक्रम भएको र पछि अन्य विषय तथा संकाय नै परिवर्तन गर्न सजिलो हुने भएकाले पनि यो विषयमा अध्ययन गरेर भविष्यका लागि सहज वातावरण बनाउन सकिने डा शर्मा बताउँछन्।

‘अहिले पनि विज्ञान पढेर उत्पादन भएका जनशक्तिहरुको खपत पर्याप्त मात्रामा भइरहेको छ,’ डा शर्मा भन्छन्, ‘नेपालमा स्कूलमा विज्ञान पढाउने शिक्षकको अभाव भएको पनि अवस्था छ। प्लसटुमा विज्ञान लिएर पढेर उच्च शिक्षा पनि यहि विषयमा गर्ने हो भने नेपालमा त्यो जनशक्तिको पर्याप्त खपत हुन्छ।’

नेपालमा हाल विज्ञानसँग सम्बन्धित जनशक्तिको उत्पादन भइरहेको छ। तर, विज्ञानसँग सम्बन्धित अध्ययन गरेर आविस्कार तथा अनुसन्धानको विषयमा जान चाहने विद्यार्थीहरुका लागि भने नेपालमा वातावरण सिर्जना भएको छैन। शर्माका अनुसार हाल उत्पादन भइरहेको जनशक्तिसँगै आविस्कार तथा अनुसन्धानसँग सम्बन्धित काम गर्ने वातावरण बनाएमा सो क्षेत्रमा पनि विज्ञानसँग सम्बन्धित जनशक्तिको आकर्षण बढ्ने छ।

‘हाम्रोमा त्यो वातावरण सिर्जना हुन सकेको छैन्,’ शर्मा भन्छन्, ‘तरपनि नेपाली विद्यार्थीहरु अन्य देशमा गएर आविस्कारक भएका छन्, वैज्ञानिक भएका छन्। अन्तरिक्षको अनुसन्धान गर्ने भएका छन्। ती सबै हेर्दा विज्ञान पढेर भविष्य धेरै देखिन्छ।’

नेपालमा हाल भएका सेवासुविधा तथा क्षेत्रहरुसँगै विज्ञानसँग सम्बन्धित जनशक्ति खपत हुने थप क्षेत्र विस्तार हुनुपर्ने शर्मा बताउँछन्। उनी भन्छन्, ‘प्लसटुमा विज्ञान पढेको विद्यार्थीले उच्च शिक्षा पनि यहि विषयमा गरेर सोही क्षेत्रमा काम गर्नुपर्छ। त्यो स्थिति सिर्जना हुन बाँकी छ। अहिले भएका सेवा सुविधा र काम गर्ने क्षेत्रहरुमा जनशक्ति पर्याप्त छ। सँगै थप आविस्कार र अनुसन्धानको क्षेत्र पनि बनाउनु पर्छ। विज्ञानको विस्तारित क्षेत्रलाई हामीले अब चिन्नुपर्छ।’

शर्मा अबको समय विज्ञान र प्रविधिकै भएकाले प्लसटुमा हुने विज्ञान संकायको पढाइ यी सबै कुराको जग भएको बताएँछन्। ‘साइन्स पढ्ने भनेको महंगो विषय पढ्ने हो,’ शर्मा भन्छन्, ‘यो विषय महंगो छ, विद्यार्थीले बढी मेहनत गर्नुपर्छ। धेरै कुराहरुमा ध्यान दिनुपर्छ। तर प्लसटुबाटै यो विषयमा दख्खल राखेमा भोलिको दिनमा विज्ञान पढ्नेहरुको भविष्य सुन्दर र सक्षम हुने अवस्था छ।’

प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’
खोला किनाराका सुकुम्वासीको सुरक्षित स्थानान्तरण गर्न चैत मसान्तसम्म योजना अघि बढाउन रास्वपाको सुझाव
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता
सम्बन्धित सामग्री
नदी किनारका विस्थापितलाई सम्पर्कमा आउन सरकारको आग्रह मन्त्रालयले शनिबार एक प्रेस नोट जारी गर्दै सहायता आवश्यक भएका र हाल सडकमा अलमलमा परेका नागरिकलाई काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ र... आइतबार, वैशाख २०, २०८३
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर उक्त भवन चाम्लिङले व्यापारिक प्रयोजनका लागि भाडामा लगाउँदै आएका थिए। सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमण नियन्त्रण अभियानअन्तर्ग... आइतबार, वैशाख २०, २०८३
भर्ना शुल्क विवाद र शैक्षिक समन्वयबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने सिंहदरबारस्थित मन्त्रालयमा सोमबार काठमाडौँ उपत्यकाका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीसँग छलफल गर्न लागिएको मन्त्राल... आइतबार, वैशाख २०, २०८३
ताजा समाचारसबै
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
खोला किनाराका सुकुम्वासीको सुरक्षित स्थानान्तरण गर्न चैत मसान्तसम्म योजना अघि बढाउन रास्वपाको सुझाव आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
नदी किनारका विस्थापितलाई सम्पर्कमा आउन सरकारको आग्रह आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्