• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सेयर बजारलाई हेर्ने निकायकै नजर नकारात्मक छ : राधा पोखरेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, असार २८, २०७९  १९:३१
1140x725

काठमाडौं- पछिल्लो समय सेयर बजारमा अस्वाभाविक उतारचढाव देखिएको छ। गत वर्ष भदौमा ३१ सय ९८ विन्दुमा पुगेको सेयर बजार एक हप्ताअगाडि १९ सयभन्दा तल ओर्लिएको थियो। नेप्से ओरालो लागिरहँदा लगानीकर्ता भने सेयर बजारमा नियामक निकायले नीतिगत सुधार गर्नु पर्ने १९ बुँदे माग राख्दै आन्दोलन तथा अनसन बसिरहेका थिए। नेपाल धितोपत्र बोर्डले माग पूरा गर्ने भएपछि लगानीकर्ताले अनसन फिर्ता लिए।  

लगानीकर्ताले आन्दोलन गर्नु पर्ने अवस्था किन आयो? के सेयर बजार बढाउनको लागि आन्दोलन गरेका हुन्? आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयर बजारका लागि कस्ता नीति आउनु पर्छ? लगायतका विषयमा नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग नेपाल लाइभका लागि सुमित्रा कार्कीले गरेको कुराकानीः

लामो समयदेखि सेयर बजारमा काम गर्दै आउनु भएको छ। पछिल्लो समय देखिएको गतिविधिलाई कसरी हेर्नुभएको छ?
सेयर बजारमा आज मात्र नभएर धेरै पहिलेबाट नै यस्तो आन्दोलन तथा अनसन बस्ने काम हुँदै आएको छ। बजारलाई असर गर्ने भनेको देशको राजनीतिक अवस्था, बेला बेलामा सेयर बजारको बारेमा बिभिन्न व्यक्तिबाट फैलिने अफवाह, बजारलाई लिएर हुने नीति निमार्णले बजारलाई असर गरेको हुन्छ।  यसैगरी, राज्यले सेयर बजारलाई हेर्ने दृष्टिकोण कस्तो छ? त्यसले पनि सेयर बजारमा उत्तारचढाव ल्याउने गरेको हुन्छ। पछिल्लो समय सेयर बजारमा भएको आन्दोलन अनसन किन भएको छ भन्दा नीतिगत कुरा निर्माण गर्दा नियामक निकायले सेयर बजारलाई लक्षित गरेर नीति निमार्ण गरेको छ। यसले सेयर बजार दुर्घटना हुने अवस्थामा पुगेको छ। 

केही दिनअगाडि मात्र लगानीकर्ताले आन्दोलन तथा असनस बसेर नियामक निकायलाई दबाब दिए। तपाईं पनि आन्दोलनमै हुनुहुन्थ्यो। यस्ता अन्दोलन र अनसन सेयर बजार बढाउनको लागि हो?
लगानीकर्ताको आन्दोलन कहिले पनि सेयर बजार घटाउन र बढाउन भन्ने हुँदैन। आन्दोलन हुने भनेको नीतिगत सुधारका लागि हो। योभन्दा अगाडिको आन्दोलन पनि सेयर बजार बढाउने वा घटाउने भनेर गरिएको थिएन। भर्खरै भएको आन्दोलन तथा अनसन पनि सेयर बजार बढाउनको लागि तथा घटाउनको लागि भनेर गरिएको होइन।  

लगानीकर्ता अनसन बस्ता बजार घटेको इतिहास नै छ। नियामक निकायले यो काम गरेको छैन। यो काम भएको छैन। यस्ता नीतिगत कुरा सुधार गर्न आवश्यक छ भनेर लगानीकर्ताले आन्दोनल गरेका छन्। आन्दोलन तथा अनसन यसैमा आधारित भएर गरिएको छ। यसमा बुझ्नुपर्ने कुरा के छ भने आन्दोलन बजार घटाउन र बढाउनको लागि हुने गरेको छैन। 

नीतिगत सुधारको लागि लगानीकर्ता सडकमा आएका हुन् भन्नुभयो। अहिलेको सेयर बजारमा कस्ता खालका नीतिगत सुधारको आवश्यकता छ?
अहिलेको अवस्थामा सेयर बजार किन पेनिक भयो? ३२ सयको हाराहारीमा पुगेको सेयर बजार किन १९ सयसम्म झर्यो? यो सबै नीतिगत कुरा कसेको कारण भएको हो? १० महिनाको बीचमा सेयर बजार १ हजार अंक भन्दा धेरै घट्नु स्वभाविक घटाइ होइन।  बजारमा यो बीचमा धेरै उतारचढावहरु देखिएको छ। यसैगरी, यो बीचमै सरकारले धेरै नै नीतिगत कुरामा सेयर बजारलाई कसेको देख्न सकिन्छ।  

सरकारले यस्ता नीतिगत कुरालाई सुधार गर्न आवश्यक छ। नेपाल राष्ट्र बैंकले सेयर धितो राखेर कर्जा लिने सीमा लागु गरेको छ। यो हटाइनु पर्छ। यो नीति हटाउको लागि आइतबार नै कुर्नुपर्ने अवस्था छैन। वर्षमा चार पटक मौद्रिक नीतिको समीक्षा भइरेको छ। यसमा राष्ट्र बैंकले सजिलै यो नीति परिवर्तन गर्न सक्छ।  

लगानीकर्ताले पटक–पटक नीतिगत सुधारका लागि नियामक निकायलाई झकझक्याउँदा किन अटेर गर्छ?
सेयर बजारलाई नियमन गर्ने निकायमा बसेका व्यक्तिले हेर्ने दृष्टिकोण एकदम नकारात्मक छ। सेयर बजारलाई जुवा घर भन्ने गर्नुभएको छ। जसले नीतिगत कुराको निमार्ण गर्छ उ नै सेयर बजारप्रति नकारात्मक भइरहेको छ। अहिलेको अवस्था हेर्ने हो भने गर्भनरदेखि लिएर सबैजना सेयर बजारको बारेमा सकारात्मक देखिनुहुन्न।  उहाँहरुले सेयर बजार अर्थतन्त्रको ‘ब्याक बोन’ हो भनेर बुझ्नु भएको नै छैन। त्यस्ले गर्दा लगानीकर्ताले जति आन्दोलन गरे पनि अनसन बसे पनि त्यसको औचित्य पूरा हुन नसकेको हो। सेयर बजार उत्पादन मूलक क्षेत्र हो। यसमा भएको पैसा उत्पादन मूलक क्षेत्रमा गएको छ भन्ने बुझाइ नहुँदा सेयर बजारमा पटक-पटक आन्दोलन र अनसन बस्नुपर्ने अवस्था आएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

radah1657539468.png

नियामक निकायले सेयर बजारप्रति कसरी सकारात्मक दृष्टिकोण बनाउन सक्छ? के-के कुरामा सुधार गर्न आवश्यक छ?
सबैभन्दा पहिले सेयर बजार विस्तार गर्नुपर्‍यो। सेयर बजारको बारेमा शिक्षा एकदमै कम छ। गाउँगाउँमा सेयर बजार बारेको शिक्षा फैलाउन आवश्यक छ। सेयर बजार उपत्यका भित्र सीमित छ। यसलाई बिस्तार गर्न आवश्यक छ। नेपालको सेयर बजार अहिले पनि प्रविधी मैत्री हुन सकेको छैन। यसलाई प्रविधीमैत्री बनाउन आवश्यक छ। सेयर बजारमा प्रत्यक्ष कस्ता खालका नीतिले असर पुर्‍याएको छ त्यसलाई पनि ख्याल गर्नुपर्छ। 

चार वर्ष अगाडि अर्थमन्त्री डा.युवराज खतिवडा हुँदा लगानीकर्ताले ५८ बुँदामा यो-यो समस्या छन् सेयर बजारमा भनेर बुझाएको थियो। त्यो बुँदामा भएको कुरा केही कार्यान्वयन भयो, केही कुरामा अझै पनि सुनुवाइ भएको छैन। त्यो सुझाव कुन दराजमा छ कि फोहोरमा फालियो थाहा छैन। त्यो बेला पनि समिति बनेको थियो। केही काम कारबाही अगाडि बढेन। अहिले पनि के-के गर्ने जस्तो गरेर समिति बनेको छ। तर, काम पहिलेको जस्तै हुने हो कि होइन शंका नै छ। यसकारण अहिलेको समितिले पनि काम गर्न सकेन भने अर्को वर्ष आन्दोलन हुने देखिन्छ। नियामक निकायले बजारलाई नियन्त्रण गर्न खोजेको छ। यस्तो निकायले बजारलाई नियमन गर्ने हो, नियन्त्रण गर्ने होइन।  

तपाईंले ७७ जिल्लामा गएर सेयर बजारबारे शिक्षा दिँदै आउनु भएको छ। दूरदराजका सर्वसाधारणले सेयर बजारबारे के बुझेका छन्?
सेयर बजार सिंहदरबार केन्द्रित छ। काठमाडौं कै कति ठाउँका बासिन्दालाई यसको बारेमा ज्ञान छैन। काठमाडौंमा नै कार्यक्रम गर्दा पनि यसको बारेमा जानकारी भएको मान्छे एकदमै न्यून पाएको छु। धितोपत्र दलाल (ब्रोकर) को कुरा गर्ने हो भने सिंहदरबार वरिपरीमात्र सीमित छ। लगानीकर्ता सेयर कारोबार गर्न यही आउनु पर्ने अवस्था छ। आईपीओमा कसरी लगानी गर्ने भन्ने बारेमा हामीले बल्ल-बल्ल केही ठाउँमा बुझाउन सफल भएका छौं। 

Xtrem

Xtrem

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ : कांग्रेसले सार्वजनिक गर्‍यो १५औँ महाधिवेशनको लोगो र नारा बिहीबार, असोज ८, २०८३
पहिरोको जोखिम बढेपछि पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिनमा राति यात्रा बन्द बिहीबार, असोज ८, २०८३
निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत बिहीबार, असोज ८, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार, असोज ८, २०८३
विधान अधिवेशनबाट खारेजीमा परेको एमाले ‘वरिष्ठ नेता’ मा पूर्व राष्ट्रपति भण्डारी ! बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्