• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

सेयर बजारलाई हेर्ने निकायकै नजर नकारात्मक छ : राधा पोखरेल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, असार २८, २०७९  १९:३१
1140x725

काठमाडौं- पछिल्लो समय सेयर बजारमा अस्वाभाविक उतारचढाव देखिएको छ। गत वर्ष भदौमा ३१ सय ९८ विन्दुमा पुगेको सेयर बजार एक हप्ताअगाडि १९ सयभन्दा तल ओर्लिएको थियो। नेप्से ओरालो लागिरहँदा लगानीकर्ता भने सेयर बजारमा नियामक निकायले नीतिगत सुधार गर्नु पर्ने १९ बुँदे माग राख्दै आन्दोलन तथा अनसन बसिरहेका थिए। नेपाल धितोपत्र बोर्डले माग पूरा गर्ने भएपछि लगानीकर्ताले अनसन फिर्ता लिए।  

लगानीकर्ताले आन्दोलन गर्नु पर्ने अवस्था किन आयो? के सेयर बजार बढाउनको लागि आन्दोलन गरेका हुन्? आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयर बजारका लागि कस्ता नीति आउनु पर्छ? लगायतका विषयमा नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग नेपाल लाइभका लागि सुमित्रा कार्कीले गरेको कुराकानीः

लामो समयदेखि सेयर बजारमा काम गर्दै आउनु भएको छ। पछिल्लो समय देखिएको गतिविधिलाई कसरी हेर्नुभएको छ?
सेयर बजारमा आज मात्र नभएर धेरै पहिलेबाट नै यस्तो आन्दोलन तथा अनसन बस्ने काम हुँदै आएको छ। बजारलाई असर गर्ने भनेको देशको राजनीतिक अवस्था, बेला बेलामा सेयर बजारको बारेमा बिभिन्न व्यक्तिबाट फैलिने अफवाह, बजारलाई लिएर हुने नीति निमार्णले बजारलाई असर गरेको हुन्छ।  यसैगरी, राज्यले सेयर बजारलाई हेर्ने दृष्टिकोण कस्तो छ? त्यसले पनि सेयर बजारमा उत्तारचढाव ल्याउने गरेको हुन्छ। पछिल्लो समय सेयर बजारमा भएको आन्दोलन अनसन किन भएको छ भन्दा नीतिगत कुरा निर्माण गर्दा नियामक निकायले सेयर बजारलाई लक्षित गरेर नीति निमार्ण गरेको छ। यसले सेयर बजार दुर्घटना हुने अवस्थामा पुगेको छ। 

केही दिनअगाडि मात्र लगानीकर्ताले आन्दोलन तथा असनस बसेर नियामक निकायलाई दबाब दिए। तपाईं पनि आन्दोलनमै हुनुहुन्थ्यो। यस्ता अन्दोलन र अनसन सेयर बजार बढाउनको लागि हो?
लगानीकर्ताको आन्दोलन कहिले पनि सेयर बजार घटाउन र बढाउन भन्ने हुँदैन। आन्दोलन हुने भनेको नीतिगत सुधारका लागि हो। योभन्दा अगाडिको आन्दोलन पनि सेयर बजार बढाउने वा घटाउने भनेर गरिएको थिएन। भर्खरै भएको आन्दोलन तथा अनसन पनि सेयर बजार बढाउनको लागि तथा घटाउनको लागि भनेर गरिएको होइन।  

लगानीकर्ता अनसन बस्ता बजार घटेको इतिहास नै छ। नियामक निकायले यो काम गरेको छैन। यो काम भएको छैन। यस्ता नीतिगत कुरा सुधार गर्न आवश्यक छ भनेर लगानीकर्ताले आन्दोनल गरेका छन्। आन्दोलन तथा अनसन यसैमा आधारित भएर गरिएको छ। यसमा बुझ्नुपर्ने कुरा के छ भने आन्दोलन बजार घटाउन र बढाउनको लागि हुने गरेको छैन। 

नीतिगत सुधारको लागि लगानीकर्ता सडकमा आएका हुन् भन्नुभयो। अहिलेको सेयर बजारमा कस्ता खालका नीतिगत सुधारको आवश्यकता छ?
अहिलेको अवस्थामा सेयर बजार किन पेनिक भयो? ३२ सयको हाराहारीमा पुगेको सेयर बजार किन १९ सयसम्म झर्यो? यो सबै नीतिगत कुरा कसेको कारण भएको हो? १० महिनाको बीचमा सेयर बजार १ हजार अंक भन्दा धेरै घट्नु स्वभाविक घटाइ होइन।  बजारमा यो बीचमा धेरै उतारचढावहरु देखिएको छ। यसैगरी, यो बीचमै सरकारले धेरै नै नीतिगत कुरामा सेयर बजारलाई कसेको देख्न सकिन्छ।  

सरकारले यस्ता नीतिगत कुरालाई सुधार गर्न आवश्यक छ। नेपाल राष्ट्र बैंकले सेयर धितो राखेर कर्जा लिने सीमा लागु गरेको छ। यो हटाइनु पर्छ। यो नीति हटाउको लागि आइतबार नै कुर्नुपर्ने अवस्था छैन। वर्षमा चार पटक मौद्रिक नीतिको समीक्षा भइरेको छ। यसमा राष्ट्र बैंकले सजिलै यो नीति परिवर्तन गर्न सक्छ।  

लगानीकर्ताले पटक–पटक नीतिगत सुधारका लागि नियामक निकायलाई झकझक्याउँदा किन अटेर गर्छ?
सेयर बजारलाई नियमन गर्ने निकायमा बसेका व्यक्तिले हेर्ने दृष्टिकोण एकदम नकारात्मक छ। सेयर बजारलाई जुवा घर भन्ने गर्नुभएको छ। जसले नीतिगत कुराको निमार्ण गर्छ उ नै सेयर बजारप्रति नकारात्मक भइरहेको छ। अहिलेको अवस्था हेर्ने हो भने गर्भनरदेखि लिएर सबैजना सेयर बजारको बारेमा सकारात्मक देखिनुहुन्न।  उहाँहरुले सेयर बजार अर्थतन्त्रको ‘ब्याक बोन’ हो भनेर बुझ्नु भएको नै छैन। त्यस्ले गर्दा लगानीकर्ताले जति आन्दोलन गरे पनि अनसन बसे पनि त्यसको औचित्य पूरा हुन नसकेको हो। सेयर बजार उत्पादन मूलक क्षेत्र हो। यसमा भएको पैसा उत्पादन मूलक क्षेत्रमा गएको छ भन्ने बुझाइ नहुँदा सेयर बजारमा पटक-पटक आन्दोलन र अनसन बस्नुपर्ने अवस्था आएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

radah1657539468.png

नियामक निकायले सेयर बजारप्रति कसरी सकारात्मक दृष्टिकोण बनाउन सक्छ? के-के कुरामा सुधार गर्न आवश्यक छ?
सबैभन्दा पहिले सेयर बजार विस्तार गर्नुपर्‍यो। सेयर बजारको बारेमा शिक्षा एकदमै कम छ। गाउँगाउँमा सेयर बजार बारेको शिक्षा फैलाउन आवश्यक छ। सेयर बजार उपत्यका भित्र सीमित छ। यसलाई बिस्तार गर्न आवश्यक छ। नेपालको सेयर बजार अहिले पनि प्रविधी मैत्री हुन सकेको छैन। यसलाई प्रविधीमैत्री बनाउन आवश्यक छ। सेयर बजारमा प्रत्यक्ष कस्ता खालका नीतिले असर पुर्‍याएको छ त्यसलाई पनि ख्याल गर्नुपर्छ। 

चार वर्ष अगाडि अर्थमन्त्री डा.युवराज खतिवडा हुँदा लगानीकर्ताले ५८ बुँदामा यो-यो समस्या छन् सेयर बजारमा भनेर बुझाएको थियो। त्यो बुँदामा भएको कुरा केही कार्यान्वयन भयो, केही कुरामा अझै पनि सुनुवाइ भएको छैन। त्यो सुझाव कुन दराजमा छ कि फोहोरमा फालियो थाहा छैन। त्यो बेला पनि समिति बनेको थियो। केही काम कारबाही अगाडि बढेन। अहिले पनि के-के गर्ने जस्तो गरेर समिति बनेको छ। तर, काम पहिलेको जस्तै हुने हो कि होइन शंका नै छ। यसकारण अहिलेको समितिले पनि काम गर्न सकेन भने अर्को वर्ष आन्दोलन हुने देखिन्छ। नियामक निकायले बजारलाई नियन्त्रण गर्न खोजेको छ। यस्तो निकायले बजारलाई नियमन गर्ने हो, नियन्त्रण गर्ने होइन।  

तपाईंले ७७ जिल्लामा गएर सेयर बजारबारे शिक्षा दिँदै आउनु भएको छ। दूरदराजका सर्वसाधारणले सेयर बजारबारे के बुझेका छन्?
सेयर बजार सिंहदरबार केन्द्रित छ। काठमाडौं कै कति ठाउँका बासिन्दालाई यसको बारेमा ज्ञान छैन। काठमाडौंमा नै कार्यक्रम गर्दा पनि यसको बारेमा जानकारी भएको मान्छे एकदमै न्यून पाएको छु। धितोपत्र दलाल (ब्रोकर) को कुरा गर्ने हो भने सिंहदरबार वरिपरीमात्र सीमित छ। लगानीकर्ता सेयर कारोबार गर्न यही आउनु पर्ने अवस्था छ। आईपीओमा कसरी लगानी गर्ने भन्ने बारेमा हामीले बल्ल-बल्ल केही ठाउँमा बुझाउन सफल भएका छौं। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
कस्तो छ आजको मौसम?
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ
सम्बन्धित सामग्री
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बैंकमा पर्याप्त तरलता, रेमिट्यान्स र ऊर्जा उपलब्ध भएपनि त्यसलाई उत्पादनशील लगा... बिहीबार, असोज २९, २०८३
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्