• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी

पार्टीहरुको मन्त्री फेर्ने निर्णय : मन्त्रालयमा अस्थिरताको निरन्तरता 

64x64
नेपाल लाइभ मंगलबार, असार १४, २०७९  २०:३४
1140x725

काठमाडौं- जनता समाजवादी पार्टीले मन्त्री हेरफेरको तयारी सुरु गरेको छ। सोमबार साँझ उपेन्द्र यादव पक्षका कार्यकारिणी समितिको बैठकले पुराना मन्त्रीहरु फिर्ता बोलाउने र नयाँलाई पठाउने लगायतका निर्णय गरेको नेताहरुले बताएका छन्। अन्तिम निर्णय गर्ने अधिकार यादवलाई दिइएको छ।

जसपाभित्र उपेन्द्र यादव र बाबुराम भट्टराईबीचको विवाद उत्कर्षमा पुगिरहेका बेलामा यादव पक्षले पार्टीमा थप विग्रह आउने खालको निर्णय गरेको हो। सो बैठकमा भट्टराई पक्षका कार्यकारिणी सदस्यहरु उपस्थित नभएकाले यादव पक्षको निर्णयको प्रतिवाद हुने निश्चित जस्तै छ।

जसपाको एक पक्षले त्यही दिन निर्णय गरेको हो, जुन दिन एकीकृत समाजवादीका तर्फबाट बनाइएका नयाँ मन्त्रीहरुले सपथ लिएर पदभार सम्हालेका थिए। एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि तीन हप्तापछि कार्यान्वयनमा आएको थियो। जसपाको निर्णय कहिले कार्यान्वयन हुन्छ भन्ने निश्चित छैन।

एकीकृत समाजवादीको निर्णय जसोतसो कार्यान्वयनमा आएको छ। तर, पार्टीभित्र यसले केही तनाव सिर्जना गरायो। पार्टीभित्र सामूहिक हस्ताक्षर चल्यो। मन्त्री फेर्ने निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा शीर्ष तहका नेताहरुले गठबन्धनका अन्य नेतालाई समेत आरोप लगाउने स्थिति बन्यो।

जसपाको निर्णयले कुनै ठूलै हलचल ल्याइसकेको त छैन। तर, त्यसले पार्टीलाई थप जटिलतातर्फ लैजाने र  गठबन्धनलाई प्रभाव पार्ने आकलन गर्न सकिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीको आन्तरिक जीवन र सत्ता गठबन्धनमा प्रभाव पार्ने त छँदैछ, यसरी मन्त्री फेर्ने निर्णयले मन्त्रालयहरुमा अस्थिरताको सिर्जना हुने देखिन्छ।

अघिल्ला प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकालको पछिल्ला केही महिना मन्त्री हेरफेरमा निकै उर्जा खर्च गरेका थिए। जसका कारण मन्त्रीहरुले ठोस रुपमा केही काम गर्न नसक्ने वा नपाउने भएको थियो। अघिल्लो असार अन्तिममा शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि जिम्मेवारीमा सामान्य हेरफेरबाहेक ठूलो परिवर्तन भएका थिएनन्। तर, एकीकृत समाजवादीले सुरु गरेको पछिल्लो शृंखला जसपा, माओवादी केन्द्र हुँदै कांग्रेससम्मै पुग्ला कि भन्ने आशंका बढेको छ।

एकीकृत समाजवादीले सुरुमा मन्त्री बनाउँदा ६ महिनाका लागि भनेर पठाएको भनिएको छ। त्यस्तै खालको प्रतिक्रिया जसपाबाट पनि आइरहेको थियो। माओवादी केन्द्रभित्र पनि एक पक्ष सरकारमा जान आकांक्षी रहेको छ।

यसरी कुबेलामा र सार्वजनिक रुपमा औचित्य स्थापित गर्न नसक्ने गरी मन्त्रीहरु हटाउने र बनाउने काम गर्दा मन्त्रालयको काम त प्रभावित हुन्छ नै, यति ठूलो जिम्मेवारी केटाकेटी खेल जस्तो बन्न पुग्छ। त्यसले पार्टीभित्र अस्वस्थ प्रतिस्पर्धा र चलखेल सिर्जना गर्ने मात्रै होइन, कालान्तरमा यस्तै ६/६ महिनामा आलोपालो गर्ने परम्परा स्थापित हुनसक्छ। यस्तो हुँदै जाँदा अन्य विकृति बढ्न जान्छ। मन्त्रीहरुले पनि निरन्तर जवाफदेही हुने खालका निर्णय गर्ने भन्दा लोकरिझ्याइँ र स्वार्थप्रेरित निर्णय गर्ने सम्भावना बढ्छ।

मन्त्रीमा हेरफेर गर्ने निर्णय अवश्य पनि पार्टीको हो। तर, कोही मन्त्री विवादित भएमा आवश्यक छानबिनका लागि फिर्ता बोलाउने, कोही मन्त्रीले प्रभावकारी भूमिका खेल्न नसकेमा पनि फिर्ता बोलाउन सक्छ। तर यस्ता कामको सार्वजनिक रुपमा औचित्य स्थापित हुनसक्नुपर्छ। तर, पार्टीभित्रका शक्ति संघर्षबाट प्रेरित भएर वा अन्य स्वार्थका कारण मन्त्री बनाउने र फिर्ता बोलाउने काम नैतिकपूर्ण हुँदैन।

आफूले नेतृत्व गरेका गठबन्धनका दलहरुसँग प्रधानमन्त्री देउवाले गम्भीर छलफल गर्नु जरुरी छ। उनीहरुकै भाषामा 'प्रतिगमनको विरुद्धमा बनेको गठबन्धन'को मुख्य काम सोही अनुसार हुनुपर्छ, बाँडीचुँडी खाने सिद्धान्तबाट निर्देशित हुनुहुँदैन भनेर बताउनुपर्छ। कुन बेला कुन मन्त्री फिर्ता जाने हो र नयाँ आउने हो भन्ने भयो भने प्रधानमन्त्रीले आफ्नो नीतिअनुसार सम्बन्धित मन्त्रालयलाई हिँडाउन सक्दैनन्, जसले मन्त्रिपरिषद्को समग्र नतिजामै असर पर्छ। 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सहकारीमा राष्ट्र बैंकको निगरानी, १२ संस्थाको निरीक्षणमा भेटिए यस्ता कमजोरी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्