• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार
घट्दो शेयर बजारमा कसरी सुरक्षित हुनसक्छन् लगानीकर्ता?
बबिता फुयाल बिहीबार, असार १६, २०७९  ०७:१३
1140x725

अर्थतन्त्रको ऐना मानिएको नेपाली शेयर बजारले लगानीकर्ताहरूको धैर्यको परीक्षा लिइरहेको छ। अर्थतन्त्रका आर्थिक सूचकहरू निकै कमजोर रहेको यस समयमा लगानीकर्ताको मनोविज्ञानसमेत कमजोर अवस्थामा छ। 

विगतमा पनि नेपाली अर्थतन्त्रमा वित्तीय समस्या, तरलता अभाव तथा कमजोर आर्थिक सूचकहरू नदेखिएका होइनन्। उदाहरणका लागि, राजनैतिक द्वन्द, अस्थिरता, संवैधानिक जटिलता, भूकम्प, आर्थिक नाकाबन्दी तथा कोरोना महामारीमा समेत राष्ट्रका समग्र आर्थिक सूचकहरू नकारात्मक भए। तर, त्यतिबेला लगानीकर्ताहरूको मनोविज्ञान अहिलेको जस्तो कमजोर देखिएको थिएन। लगानीकर्ताको मनोविज्ञानले शेयर बजार तथा समग्र आर्थिक परिदृष्यमा निकै महत्त्वपूर्ण भूमिका खेल्छ, जसको लेखाजोखाको सम्बोधन गर्न सरोकारवाला निकायहरू जागरुक भएको देखिँदैन।

कुनै समय नेपालको शेयर बजार ११०० को न्यूनतम विन्दुमा झरेर उकालो लागेको हो। यसरी उक्लिन सुरु शेयर बजार गएको भदौमा नयाँ उच्चतम विन्दु ३२२७ अंक कायम भएको थियो। त्यहाँबाट ओरालो लागेको बजारले गएको असार १० सम्ममा १८०८ मा झरेर उक्त दिन नेप्से परिसूचक १८६२ मा रोकियो। विगत १० महिनामा देखिएको घट्दो क्रमको परिसूचकका पछाडिका मुख्य कारणहरूको यहाँ चर्चा गरिएको छ।

यी हुन् शेयर बजार ओरालो लाग्नुका मुख्य कारण
१. बृहत अर्थतन्त्रको आर्थिक अवस्था

आयात केन्द्रीत आर्थिक नीति, आयात केन्द्रित उपभोग प्रवृत्ति र विलासी सामानको अधिक आयातले व्यापार घाटाको अवस्था दयनीय छ। विदेशी मुद्राको सिञ्चिति निकै कमजोर हुनु, मुद्रास्फितिको दर उच्च हुनु र मुद्रास्फितिमा राष्ट्रका आर्थिक नीति विषेशतः वित्तीय नीति वा बजेट तथा मौद्रिक नीति असफल हुनुजस्ता कारणले शेयर बजार प्रभावित भएको छ।

बबिता फुयाल

विप्रेषणको घट्दो क्रम, नेपाली मुद्राको निरन्तर अवमूल्यन, व्याजको दरमा अस्थिरता र मौद्रिक नीतिका उपकरणहरू असफल रहनु पनि शेयर बजार कमजोर बनाउने कारण हुन्। बजारमा मौद्रिक उपकरणका कारण सिर्जित तरलता तथा ऋण प्रवाह गर्न नसकिने अवस्थामा लगानीकर्ता प्रभावित हुने नै भए। आर्थिक वर्षको प्रारम्भमै बजेटमा भएको राजनीतिक खिचातानी, पुँजीगत खर्चको दयनीय अवस्था र आर्थिक वर्षको आधा अवधिसम्म भएको एकल संख्याको पुँजीगत खर्चको अवस्था जस्ता कारणले अर्थतन्त्रका सूचकहरू निकै कमजोर हुँदा त्यसको प्रभाव शेयर बजारमा पर्न गएको छ। 

२. अन्तराष्ट्रिय आर्थिक परिदृष्य
रुस तथा युक्रेनको युद्धले अस्वाभाविक रूपमा आकासिएको पेट्रोलियम पदार्थको मूल्यले संसारभरि उपभोग्य सामानमा महंगी बढ्यो। यसको यसर संसारभरिका शेयर बजारमा पनि पर्‍यो। अधिकांश देशमा शेयर बजारका परिसूचक घट्दो अवस्थामा छन्। विश्वव्यापी आर्थिक मन्दी तथा उच्च व्याज दर र मुद्रास्फितिले नेपालको शेयर बजारमा अस्वाभाविक संकुचन देखापर्‍यो। कोरोना महामारीका कारण ठूला अर्थतन्त्रले भोग्नु परेको समस्या नेपालमा पनि पर्‍यो र त्यसले शेयर बजारलाई खुम्च्याइदियो।

३. हस्तक्षेपमुखी आर्थिक नीतिहरू    
नेपाली शेयर बजारका सरोकारवाला सरकारी निकायहरूले अवलम्बन गरेको हस्तक्षेपमुखी नीतिले समेत बजारमा चुनौती थपेको देखियो। यस्ता सरकारी निकायले शेयर बजारले बढ्दो लय समातेको बेला खुला बजारमुखी नीति लिने तथा घट्दो बजारमा हस्तक्षेपकारी नीति लिने गरेका छन्। यसले शेयर बजारमा नकारात्मक असर पारेको छ। यसको उदाहरण ५१ वटा कम्पनीको नाम सार्वजनिक हुनु नै हो।

बढेर निकै उच्च विन्दुमा पुगेको शेयर बजारमा साक्षारताका नाममा डर तथा संत्रासको वातावरण सिर्जना गर्नु, बैंक तथा वित्तीय संस्थाको लगानीमा रोक लगाउनु, ४ तथा १२ करोडको सीमा कायम गर्नु तथा अल्पकालीन लगानीमा बन्देज लगाउनु लगानीकर्ताका लागि प्रत्युत्पादक भइदियो। त्यसैगरी ऋण विस्तारमा बन्देज हुनु, व्याजदर बजारमुखी हुन नदिनु, मार्जिन ऋणको औषत भार बढाउनु, नीतिहरूको हरेक त्रैमासिक समीक्षामा परिवर्तन हुनु जस्ता हस्तक्षेपहरूले बजारको जोखिम बहन गर्ने क्षमतामा ह्रास आयो। त्यही कारण बजारले घट्दो लय समाएको देखिन्छ।  

Ncell 2
Ncell 2

४. अनौपचारिक अर्थतन्त्रको नियन्त्रणमा असफलता
अनौपचारिक अर्थतन्त्रमा सरकारी तथा सरोकारवाला निकायको हस्तक्षेप हुन सकेन। औपचारिक अर्थतन्त्रमा सरकारी हस्तक्षेप भई अर्थतन्त्रका अवयवहरूले स्वचालित बजारको सिद्धान्तअनुसार काम गर्न सकेनन्। अनौपचारिक अर्थतन्त्रको मापन हुन नै सकेन र यसको नियन्त्रण पनि भएन। बरु औपचारिक अर्थतन्त्र अनौपचारिक अर्थतन्त्रको नियन्त्रणमा आइपुग्ने अवस्था भयो। 

अनौपचारिक अर्थतन्त्रको सुधार कार्यक्रममा अग्रसर नहुँदा यसका स्रोत र साधनले औपचारिक अर्थतन्त्रका स्रोत र साधनमा लगाम लगाउने अवस्था आयो। घट्दो बजारमा लगानीकर्ताले असुरक्षा महसुुस गरी त्यहाँको घाटा पूर्ति गर्न अनौपचारिक अर्थतन्त्रतिर अग्रसर हुँदा नेप्से परिसूचक उकालो लाग्न सकेन।

५. व्याजदर तथा तरलताको अवस्था
तरलताको चुनौतीपूर्ण अवस्थालाई सम्बोधन गर्न नसक्नाले अर्थमन्त्रीको व्यावसायिक दक्षतामा प्रश्न उठेको छ। व्याजदर बढाउन अग्रसर राष्ट्र बैंकले त्यसो गर्नु नै सबै समस्याको समाधान हो भन्ने तरिकाले नीतिहरू तर्जुमा गर्दै आएको छ। शेयर बजारको क्षेत्रमा न्यूनतम आपूर्तिलाई समेत धान्न सकिने मागको सिर्जना हुन सकेको छैन। नयाँ माग सिर्जना हुने स्रोत वा ऋणको प्रवाह सम्पूर्ण रुपले बन्द छ। यसले गर्दा बजारमा असन्तुलन सिर्जना भइ बजार घटिरहेको अवस्था छ। 

६. लगानीकर्ताको अपरिपक्व व्यवहार
नाफा सुरक्षित गर्न नसक्नु, पहिलो पुस्ताका लगानीकर्ता बजारमा हाबी देखिनु, देखासिकीमा लगानी हुुनु लगानीकर्ताको समस्या हो। अल्पकालीन लगानी व्यवहारले पनि समस्या गरेको छ। लगानीका लागि अल्पकालीन ऋणमा निर्भर रहनु, घट्दो बजारका रणनीतिहरू तय गर्न नसक्नु, बजारमा जोखिमको मापन नगरी लगानी केन्द्रित गर्नु, अल्पकालीन नाफाको आशा गर्नु नयाँ लगानीकर्ताको अपरिपक्व व्यवहार हो। यही कारण लगानीकर्ताले छोटो समयमा नै पुँजीको झण्डै ५० प्रतिशत घाटा बेहोर्नु परेको छ। 

shivam cement

shivam cement

शेयर बजारमा लगानीकर्ताले नाफाका लागि केही न केही रणनीति अवलम्बन गर्न जरुरी हुन्छ। वास्तवमा सही रुपमा लगानी गर्ने हो भने घट्दो बजार नै नयाँ लगानीकर्ताका लागि सुरक्षित हुन्छ। दीर्घकालीन लगानीकर्ताले घट्दो बजारलाई एकदमै सम्भावित अवसरको रूपमा लिएका हुन्छन्।

विगत १० महिनादेखि घट्दो क्रममा रहेको शेयर बजारमा हाललाई जोखिमको व्यवस्थापन गर्नु मुख्य चुनौती छ। जुनसुकै कारणले बजार घटे पनि लगानीमैत्री रणनीतिहरू अवलम्बन गर्ने हो भने अझै पनि लगानीकर्ता आफ्नो घाटालाई न्यून गर्न गरेर केही समय पश्चात नाफामा जान सक्छन्। यस अवस्थामा घट्दो शेयर बजारमा लगानीकर्ताले लिन सक्ने केही रणनीतिबारे यहाँ चर्चा गरिन्छ।

यी हुनसक्छन् सुरक्षाका रणनीति
१.पर्ख र हेर 

शेयर बजार निकै नै तल गएर मूल्यमा आपूर्तिको प्रभाव देखिएको हुनसक्छ। त्यस समयमा लगानीकर्ताले पर्ख र हेरको रणनीति अनुसरण गर्नुपर्छ। यसको अर्थ, मूल्यको अस्वाभाविक उतारचढावमा कुनै प्रतिक्रिया नजनाई मूल्य स्थीरताका लागि पर्खिनु पर्छ। बजारले १८०० को पूर्वमूल्यपत्रलाई सशक्त रूपमा सम्मान गर्ने देखिएकोले यस अवस्थामा नगदको आवश्यकता छैन भने लगानीकर्ताले पर्खिनु नै उत्तम हुन्छ।

२. औषत लगानी व्यवस्थापन
लगानीकर्ताले घट्दो बजारमा हरेक नयाँ न्यूनतम मूल्यमा सुरु लगानीको ५० प्रतिशत जतिको थप लगानी गर्दै लागत मूल्य सूचकलाई तल झार्दै जान सकिन्छ। यसले गर्दा लगानीकर्तालाई औषत भार कम पर्न गई मूल्य थोरै मात्र माथि जाँदा शेयर बेचेर नाफालाई सुरक्षित गर्न सहज हुन्छ। यसका लागि आफूसँग भएको शेयरको आन्तरिक गुणस्तर तथा वित्तीय स्थायित्वलाई विचार गर्नुपर्छ। सबै शेयरको मूल्य घट्ने वित्तिकै औषतको व्यवस्थापन गर्नुपर्छ भन्ने छैन। तर, कम्पनीको वित्तीय अवस्था राम्रो छ र कम्पनीले वित्तीय स्थायित्व कायम गरेको अवस्थामा औषत लगानीको रणनीति लाभकार हुनसक्छ। 

३. घाटा सुरक्षा
शेयर बजार निरन्तर घट्दो अवस्था देखिए कायम शेयर संख्या तथा लगानीको २५ प्रतिशतले हुन आउने लगानीको घाटालाई सुरक्षित गर्दै जानु पर्छ। यस्तो गर्दा लगानीकर्तासँग हरेक नयाँ मूल्यमा लगानीको अवसर बन्न सक्छ। 

कमजोर वित्तीय अवस्थाका कम्पनीमा घाटा सुरक्षाको रणनीति निकै उपयुक्त मानिन्छ। छोटो समयमा आपूर्तिको चापका कारण मूल्यमा ह्रास आएको छ र अझै आपूर्तिको चाप निकट भविष्यमा देखिन्छ भने यस्तो अवस्थामा घाटा सुरक्षित गरी पुनः सोही कम्पनिमा लगानी गर्न सकिन्छ। 

४. बाहिरिने रणनीति 
यदि, कम्पनीको आर्थिक भविष्य कमजोर देखिन गए सम्पूर्ण घाटाको सुरक्षण गरी उक्त शेयरबाट बाहिरिनु नै बुद्धिमानी हुन्छ। कम्पनीको प्रगति कमजोर भैरहेको, आम्दानी घटिरहेको र प्रतिस्पर्धात्मक क्षमता कमजोर भैरहेको छ भने जतिसुकै घाटामा पनि उक्त कम्पनीमा लगानी गरिरहनु बुद्धिमानी हुन सक्दैन। त्यति बेला उक्त शेयरबाट बाहिरिएर नगद अवस्थामा बसी घाटालाई पूर्ति गर्ने गरी अन्य शेयरमा लगानीका अवसर खोज्नुपर्छ।

५. लगानीको पुनर्संरचना 
लगानीको पुनर्संरचना अन्तर्गत शेयर मूल्यमा व्यापक फेरबदल भैसकेको अथवा आफूले लगानी गरेको कम्पनीको आन्तरिक वित्तीय संरचना फेरबदल भैसकेको अवस्थामा लगानी गरेको कम्पनी पनि फेर्नुपर्छ र शेयर स्थानान्तरण गर्नुपर्छ। यसरी स्थानान्तरण गरिने रकम आधारभूत वित्तीय स्थीति बढी परिपक्व भएका कम्पनीमा लगानी गर्न सकिन्छ। 

६. न्यूनतम् घाटापूर्तिको रणनीति 
घाटाको न्यूनीकरणका लागि यस रणनीतिअन्तर्गत जम्मा १० प्रतिशतभन्दा थोरै घाटामा रहेका शेयरलाई शत प्रतिशतको घाटा सुरक्षा गरी लगानीकर्ताले आफूलाई नगद तथा तरल स्थीतिमा राखिराख्ने हो भने सम्पूर्ण लगानीको न्यूनतम हिस्सामा मात्र घाटा सुरक्षा भई नयाँ अवसरको खोजीमा लगानीकर्ताले आफूलाई राख्न सक्छ। 

७. नाफा सुरक्षाको रणनीति 
केही कम्पनीमा नाफा तथा केही कम्पनीमा घाटा रही सम्पूर्ण लगानीमा घाटा देखिए लगानीको सम्पूर्णतालाई मध्यनजर गरी भएको लगानीको ५० प्रतिशत जति लगानीमा नाफा सुरक्षित गरेर तरल अवस्थामा बस्नुपर्छ। यसले घट्दो बजारमा अझ बढी अवसरको खोजी गर्न सहज हुन्छ।
घट्दो बजारमा यदि अल्पकालीन लगानी गर्ने हो भने नयाँ माग सिर्जना हुन सक्ने मूल्यपत्रमा लगानी गरी छोटो समयमा आफ्नो नाफा सुरक्षित गरेर बाहिरिनु पर्छ। यस्तो अवस्थामा बजारका आधारभूत पक्षमा कुनै सुधार भएको छैन भने एकल अंककै नाफा भए पनि सुरक्षित गरी बाहिरिनु पर्छ।

८. द्रुत व्यापारको रणनीति
यस रणनीति अन्तर्गत लगानीकर्ताले द्रुत व्यापारको रणनीति अवलम्बन गरी झण्डै एकल अंकको नाफामा मात्रै नाफापूर्ति गरी शेयर बिक्री गर्दै अन्य शेयरको लगानीमा स्थापित भैसक्नु पर्ने हुन्छ। अधिकतम एकल अंक अर्थात् ९ प्रतिशतसम्मको मात्रै नाफाको सुरक्षा गरी तरल अवस्थामा बस्नु पर्छ। यस्तै अवस्थामा लगानी गरेको शेयरको मूल्य विपरीत दिशामा गए अधिकतम एकल अंकभन्दा बढीको घाटा भए पनि सो घाटा सुरक्षा गुर्न बुद्धिमानी हुन्छ। यो लगानीको सामान्य व्यवहारिक सिद्धान्त पनि हो। 

९. लगानी क्षेत्र स्थानान्तरण
यस रणनीतिअन्तर्गत जुन क्षेत्रमा लगानीको प्रभाव, मूल्यको स्थीरता तथा गति तय हुन्छ, सोही क्षेत्रमा लगानीलाई स्थानान्तरण गर्दै नाफाको सुरक्षा गर्नुपर्छ। कम्पनीको वित्तीय अवस्था सशक्त भएको, जगेडा कोष मजबुत भएको, आम्दानीको दीर्घकालीन वृद्धि भैरहने कम्पनीहरूको शेयरमा लगानी गर्ने भनेकै घट्दो बजारमा भएकोले लगानीको क्षेत्र स्थानान्तरण गरी आफ्नो जोखिमको व्यवस्थापन गर्न सकिन्छ।

१०. दीर्घकालीन लगानीको रणनीति
घट्दो बजारमा लगानीकर्ताले आफ्नो लगानीको समय, स्रोत तथा अपेक्षित प्रतिफललाई दीर्घकालीन रणनीतिमा परिवर्तन गर्न जरुरी हुन्छ। घट्दो बजारमा वित्तीय क्षमता राम्रा भएको, नाफामा वृद्धि गरिरहेको तथा लाभांश क्षमता भएको कम्पनीमा लगानी गर्दा ती शेयरहरूले दीर्घकालमा राम्रो प्रतिफल दिन सक्छन्। त्यसकारण घट्दो बजारमा आधारभूत क्षमता राम्रा भएका शेयरहरू संचिती गर्न सके दीर्घकालीन लगानीमा भएको घाटा पूर्ति हुन सक्छ।

(लेखक एन्ट इन्भेष्टमेन्ट प्रालिका निर्देशक हुन्)

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  ०७:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
श्रीलङकाः हेलिकप्टर दुर्घटनाान छ जनाको मृत्यु, छ सख्त घाइते
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ
भारत-पाकिस्तान तनाव बढ्दै जाँदा बीसीसीआईले रोक्यो आईपीएल
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
श्रीलङकाः हेलिकप्टर दुर्घटनाान छ जनाको मृत्यु, छ सख्त घाइते शुक्रबार, वैशाख २६, २०८२
भारत-पाकिस्तान तनाव बढ्दै जाँदा बीसीसीआईले रोक्यो आईपीएल शुक्रबार, वैशाख २६, २०८२
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ शुक्रबार, वैशाख २६, २०८२
राष्ट्र बैंकले २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने शुक्रबार, वैशाख २६, २०८२
कांग्रेस भारत र पाकिस्तानबिच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा : प्रवक्ता महत शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
तीनकुनेमा पछाडिबाट आएको गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते बिहीबार, वैशाख २५, २०८२
भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्