• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
आईजीपी विवाद

विश्व पोखरेलका तर्फबाट वरिष्ठ अधिवक्ताहरुले भने– सबै आधार मिचेर सिंहलाई बढुवा गरियो

64x64
नेपाल लाइभ आइतबार, असार ५, २०७९  १३:५५
1140x725

काठमाडौं– नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा बहस चलिरहेको छ। कामु प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलसमा सुनुवाइ भइरहेको छ। 

हेर्दाहेर्दैमा रहेको मुद्दामा निवेदक विश्वराज पोखरेलका तर्फबाट कानुन व्यवसायीले बहस गरिरहेका छन्। पोखरेलका तर्फबाट आइतबार सुरुवाती बहसमा अधिवक्ता एव सर्वोच्च बार एशोसियसनका अध्यक्ष पूर्णमान शाक्यले गरे। 

शाक्यले आइजीपी बढुवामा सर्वोच्च अदालतले विगतमा गरेका फैसला, नेपाल प्रहरी ऐनमा भएको व्यवस्था र प्रचलित मापदण्डलाईसमेत कुल्चिएर गरिएकाले बदर हुनपर्ने माग गरे। निवेदक पोखरेल सबै रुपमा आईजीपीको दाबेदार हुँदाहुँदै पनि सरकारले तेस्रो नम्बरमा रहेका सिंहलाई आईजीपी बनाउनु कानुनको उल्लंघन हुनका साथै प्रहरीको चेन अफ कमाण्डलाईसमेत भत्काउने काम भएको उनले दाबी गरे। 

उनले सरकारले गरेको बढुवा कानुनसम्बत नभएकाले खारेज गरी पोखरेललाई आईजीपीमा नियुक्त गर्न परमादेश जारी हुनुपर्ने माग गरे। शाक्यपछि बहसका लागि वरिष्ठ अधिवक्ता एवं राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीले सरकारले चालिरहेको कानुन र मापदण्डलाई भत्काउने कार्य गरेकाले अदालतले सच्याउनुपर्ने माग गरे।

सरकारले कानुन मिच्दा सच्याउने निकाय सर्वोच्च अदालत भएकाले प्रहरी प्रमुखको विवादमा पनि अदालतले न्याय दिनुपर्ने उनको माग छ। उनले पोखरेल ज्येष्ठता, योग्यता र अन्य कुरामा पनि अब्बल भएकाले उनलाई आईजीपी नबनाउने निर्णय बदर गर्न माग गरे। 

उनीपछि बहसका लागि वरिष्ठ अधिवक्ता हरि उप्रेती अघि सरे। उनले नेपाल प्रहरीमा बढुवाका लागि अलग्गै नेपाल प्रहरी ऐन र नियमावलीसमेत भएकाले त्यसकै आधारमा हुनुपर्नेमा सरकारले आफूलाई मनलाग्दी रुपमा स्वेच्छाचारी रुपमा बढुवा गरेको दाबी गरे। 

बढुवाका लागि प्रमुख आधार ज्येष्ठता हुने अनि अरु पाँच आधारहरू रहेको तथा सबैमा पोखरेल अब्बल भएको उप्रेतीले जिकिर गरे। त्यस्तै लिखित जवाफका क्रममा सिंहले आफूले स्थानीय तहको निर्वाचन सफल रुपमा गराएको र दज्र्यानी चिह्न लगाएकाले अब अरु व्यक्तिलाई आईजीपी बनाउन नमिल्ने भनि गरेको दाबी गल रहेको टिप्पणी गरे। 

विगतमा नवराज सिलवालको विवादमा सर्वोच्चले गरेको फैसलाले पनि आईजीपी बनाउने कुरा कानुनभन्दा बाहिर जान नसक्ने नजिर बसाएको उप्रेतीको दाबी छ। उनीपछि बहसका लागि वरिष्ठ अधिवक्ता हरिहर दाहाल उठे। दाहालले सरकारले कानुन पालना गरेर बढुवा गरेको भए सर्वोच्चसम्म आईपुग्नुपर्ने नै अवस्था नआउने बताए। तर, तेस्रो नम्बरमा रहेकालाई बुढुवा गर्दा अदालत आउन बाध्य भएको बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

पोखरल सिंहभन्दा अघि नै बढुवा हुँदै ज्येष्ठता रहेको प्रष्ट देखिएको र अन्य योग्यता तथा क्षमतामा पनि अब्बल रहेकाले सरकारले गरेको निर्णय बदर गर्न माग गरे। उनले  यसअघि  आईजीपीमा नियुक्त भएका सिंह विगतमा कारबाहीमा समेत परेको र प्रधानमन्त्री कार्यालयमा लिखित जवाफ पेस गर्दा पनि कानुन सम्बतरुपमा बचाउ गर्न नसकेको जिकिर गरे। 

दाहालपछि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस गरे। भण्डारीले कानुनको शासन सबैलाई बराबर हुनुपर्ने भएकाले सरकारले गर्ने कानुन विपरीतका कार्य सर्वोच्चले विगतमा पनि रोक्दै आएको र अहिले पनि रोक्नुपर्ने बताए। 

निवेदकका पक्षको बहस जारी रहेको छ। निवेदकका तर्फबाट नेपाल बारका पूर्व महासचिव सुनिल पोखरेललगायतले बहस गर्ने वकालतानामा भरेका छन्। निवेदकको बहसपछि सर्वोच्चले आजै विपक्षी धिरजप्रताव सिंहका तर्फबाट उपस्थित कानुन व्यवसायीले बहस गर्ने छन्। उनीहरुको बहसपछि सम्भव भएसम्म आजै सरकारी पक्षको पनि बहस गराउने तयारी इजलासले गरेको छ। 

सरकारका तर्फबाट जवाफपछि निवेदकहरुले जवाफी बहस गर्नेछन्। उक्त बहसपछि सर्वोच्चले यो विवादमा फैसला सुनाउने छ। इजलासले चाहेमा आजै फैसला पनि सुनाउन सक्छ। बहस नसकिएमा हेर्दाहेर्दैमा राखेर सुनुवाइ पनि गर्न सक्ने छ। 

आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले २०७९ वैशाख १९ सर्वोच्चमा रिट दायर गरेका थिए। पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको रिटमा जिकिर गरेका छन्। 

गत सोमबार एआईजी पोखरेलको तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस गरिसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो। आइतबार विश्वराज पोखरेलका कानुन व्यवसायीले धीरजप्रताप सिंहलाई आईजीपी बनाउने निर्णय गैरकानुनी रहेको दाबी पेस गर्नेछन्। सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो।

प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्