• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

चिसो मान्छे : ‘मान्छे’ बन्न नसकेका मान्छेहरूको कथा

64x64
युवराज भट्टराई शनिबार, असार ४, २०७९  ११:३९
1140x725

काठमाडौं– कोरोना महामारीका कारण सम्पूर्ण काम ठप्प थियो। वैदेशिक रोजगारीमा गएकाहरू उतै रोकिएका थिए। तर, काम थिएन र आम्दानी पनि। यता देश निषेधाज्ञामा गएको थियो। यता बस्नेको पीडा पनि कम थिएन। 

महामारीमा सत्ताले ‘वास्तविक अनुहार’ देखायो। कैयौं दिनसम्म हिँडेर देशको संघीय राजधानीबाट मान्छेहरू आफ्नो घर जान बाध्य भए। ठाउँ–ठाउँमा बार लाग्यो। कागजमा ‘अपरिचित र बाहिरी व्यक्ति नछिर्नुहोला’ लेख्दै बाटो बन्द गरिए। मान्छेसँग मान्छे नै तर्किएर हिँड्नुपर्ने अवस्था कहालीलाग्दो थियो।

यो दृश्य हाम्रा आँखाबाट ओझेल परेको धेरै भएको छैन। केही महिनादेखि मात्रै माहोल सामान्य बन्न खोज्दैछ। तर, महामारीले छाडेका डोबहरू अझै उस्तै छन्। 

सामाजिक सुक्ष्म विषयमा केन्द्रित भएर दीपेन्द्र के खनालले बनाएको नयाँ फिल्म ‘चिसो मान्छे’ले त्यही महामारीको कथा सम्झाउँछ, जुन सम्झन नपरोस् भन्ने लाग्छ। विभिन्न तहमा प्रस्तुत फिल्मका कथाहरूमा महामारीमा मान्छे–मान्छेबीच बढेको दूरीदेखि राजनीतिक सामाजिक भेदभावमा देखिएको वास्तविकता चित्रित छ।

काठमाडौंदेखि बाजुरासम्म शव बोकेर यात्रा
अशोक थापा (अर्पण थापा अभिनित) नुवाकोटबाट राजधानी काठमाडौं आएर कुखुरा पालिरहेका थिए। तर, महामारीको आगमनले सम्पूर्ण कुरा बिथोलिदियो। फार्म बन्द भयो। महामारीले काखे छोरी भएकी श्रीमती खोस्यो। साथमा कुखुरा बोक्ने एउटा गाडी रह्यो। मनमा व्यथा रहे, बैंकको ऋण रह्यो। बहिनी ज्वाइँसँग बस्दा काखे छोरीलाई बहिनीले हेरे। उनी केही आम्दानी भइहाल्छ कि भन्ने सोच्दै सडकमा कुखुरा बोक्ने गाडी लिएर निस्किए।

महामारीका कारण वैदेशिक रोजगारीमा गएकामध्ये कति फर्किरहेका थिए, कति उतै अलपत्र थिए। मृतकको शवसमेत ल्याउन सक्ने अवस्था थिएन। तर, कतार गएका डम्बरबहादुर देवकोटाको शव भने जसोतसो नेपाल आइपुग्यो। बाकसमा भरिएर आएका डम्बरको चिसो शरीर लिन शहरमा उनकी श्रीमती पुष्पा (स्वस्तिमा खड्का अभिनित) र उनका बाबु (देशभक्त खनाल अभिनित) आइपुगे।

संयोग यस्तो भयो कि डम्बरको शव लिएर बाजुरासम्मको यात्रा गर्नेमा अशोक नै परे। तर, सहज थिएन यात्रा। त्रासले भरिएको माहोलमा झन् शव लिएर हिँड्नुपर्थ्यो। मान्छेले आशंकाको दृष्टि पहिले अघि सार्थे, अन्तिममा मानवताको दृष्टि। बाटोमा प्रहरीदेखि वडाध्यक्षका नाममा राजनीतिक दलका कार्यकर्ताको जत्थाले गरेको ‘प्रवेश निषेध’को अवस्था भोग्नु पर्यो। मृत्युजस्तो संवेदनशील विषयमा मानवीय व्यवहार थिएन।

बाजुरासम्मको यात्रामा देखिएका चिसा प्रसंगहरूले भरिएको ‘चिसो मान्छे’ले एउटा यात्राको कथा कहन्छ। सामान्य अवस्थामा गाउँमा शव बोक्ने मान्छे हुँदैनन्। महामारीका कारण शहरबाट फर्किएकाहरूले गाउँ यति बेला भरिएको छ। तर, शव बोक्न मान्छे नै नआइदिएसम्मको अवस्था ‘चिसो मान्छे’मा देखाइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो यात्रामा राजनीतिक दलको लाचारी देखिन्छ, प्रशासनको गैरजिम्मेवारी। आम नागरिकको संघर्ष देखिन्छ, शक्ति केन्द्रितको शासन। समुदायमा व्याप्त भेदभावदेखि स्वतन्त्रताको खोजी गरिरहेकी महिला देखिन्छ। सपनाको पछि दौडिन नपाएर संकुचित बनाइएकी एक बैकिनी (महिला)को कथा फिल्ममा चित्रित छ।

‘चिसा मान्छेहरू’को कथा 
निर्देशक खनालले यसअघि ‘आमा’ चलचित्र निर्देशक गरेका थिए। अस्पतालमा उपचार गराउनु पर्दाको समस्यादेखि सामाजिक रुपमा महिलामाथि भइरहेको व्यवहार यो फिल्ममा देखाइएको थियो। फिल्मले व्यवसायिक रूपमा सकरात्मक प्रतिक्रिया पायो। 

खनालले ‘आमा’ जस्तै ‘चिसो मान्छे’ पनि समाजको सुक्ष्म विषयवस्तुलाई महसुस गरेर निर्देशन गरेका छन्। फिल्ममा निश्चित एउटा कथाको प्रस्तुति नभएर तहगत रुपमा फरक–फरक कथाहरू प्रस्तुत छन्, जुन एकअर्कासँग जोडिएका छन्।

राजधानीबाट सुरु भएको फिल्मको यात्रामा भेटिएका पात्रहरूमध्ये अधिकांशको मन ‘चिसो’ छ। गाडीमा राखिएको बाकस र बाकसभित्र निदाइरहेको चिसो मान्छेजस्तै उनीहरू चिसा छन्। मृत मानिस निर्जीव हुन्छ, तर जीवितमा मानवताको अभाव हुन चिसो हुनु हो।

Xtrem

Xtrem

राजधानीबाट सुरु भएको फिल्मको यात्रामा भेटिएका पात्रहरूमध्ये अधिकांशको मन ‘चिसो’ छ। गाडीमा राखिएको बाकस र बाकसभित्र निदाइरहेको चिसो मान्छेजस्तै उनीहरू चिसा छन्। मृत मानिस निर्जीव हुन्छ, तर जीवितमा मानवताको अभाव हुन चिसो हुनु हो।

प्रमुख तीन पात्रमध्ये पुष्पा आफू स्वतन्त्र हुन चाहन्छिन्। १५ वर्षको उमेरमा विवाह गरेर आएकी उनको सपना वा रुचि गायनमा छ। गीत गाउनको निम्ति प्रतियोगितामा भाग लिने सोचेकी हुन्छिन्। त्यसका लागि घरबाट भागेर धनगढीसम्म आएकी हुन्छिन्। काठमाडौंमा शव बोक्ने गाडीसँग कुराकानी चलिरहँदा पनि भाग्न खोज्छिन्। तर, श्रीमानका बुबा उनलाई पक्रिएर फर्काउँछन्, विगतमा जस्तै।

ससुराले पुष्पालाई ‘छोरी जसरी राख्ने’ भन्दै बुहारीको रुपमा भित्र्याएका हुन्छन्। तर, परिस्थितिजन्य कारणले त्यो महसुस हुन सक्दैन्। पुष्पाले आफूले भोगेको पीडा र अनुभव सुनाएपछि भने उनका ससुरा उनलाई वास्तवमै ‘छोरी’को जस्तो व्यवहार गर्छन्। अशोक र पुष्पाबाहेक सम्पूर्ण पात्रमा चिसोपन छ। कालान्तरमा केही पात्रमा परिवर्तन आउँछ।

पुष्पाका श्रीमान् डम्बर विवाहपछि श्रीमतीलाई ‘वस्तुको रुपमा’ व्यवहार गरेका हुन्छन्। पुष्पा आफ्नो स्वतन्त्रताको कल्पना गर्दै उडान भरिरहेको बखत विवाहको पहिलो रात सम्झिन्छिन्। विवाहको त्यो रात कालो छाँयाले छोपेको सम्झिन्छिन्। सास रोकिएको सम्झिन्छिन्। आफूले नाइँ भन्दा पनि नसुनिएको आवाज सम्झिन्छिन्। पुष्पा आफ्ना श्रीमानका बुबालाई पश्चिमेली भाषा र लवजमा प्रश्न गर्छिन, ‘छोरी बनाएर राख्ने भनेर ल्याया। तर, बलात्कार भएको किन देखेनौ? चिच्याएको किन सुनेनौ?’

ससुरामा भएको चिसोपन यिनै प्रश्नहरूले फेरिदिन्छ। तर, सहयात्री फेरिए पनि अरु चिसा मान्छेहरू फेरिँदैनन्। डोटीबाट बाजुरा जाने सिमानामा निषेधाज्ञाको पालना गराउन बसेकाहरू गाडीमा शव देखे पनि ‘चिसो’ व्यवहार गर्छन्। गाडीको टायर छेड्नेसम्ममा पुग्छन्। बाजुराको आफ्नो गृहपालिका छिर्न लाग्दा फेरि यस्तै व्यवहार दोहोरिन्छ। मृतकमाथि पनि राजनीति हुन्छ। गाउँपालिकाका दुई राजनीतिक दल विवादमा उत्रिनेसम्मको अवस्था आइदिन्छ।

फरक भूगोल र भाषामा कोरोनाकालको यथार्थ
नेपालको फिल्म इतिहास हेर्ने हो भने धेरै विषयमा भारतको भर परेको देखिन्छ। नेपालमा बनेको पहिलो फिल्म निर्देशनका लागि भारतबाट निर्देशक ल्याइएको थियो। अहिले पनि कतिपय कामका लागि भारतको भर पर्नुपर्ने अवस्था छ।

तर, भारतमाजस्तो नेपालमा यथार्थपरक सिनेमा कम बनेका छन्। भारतमा सत्यजित राय, मृणाल सेन, अरुण कौल, विमल रायजस्ता निर्देशकहरूले सन् १९५०–१९६० को दशकमा नै यथार्थवादी धारका सिनेमाहरू बनाएका थिए। विमल र सत्यजित रायका यथार्थवादीदेखि कौल र सेनका नवयथार्थवादी फिल्महरूले वैकल्पिक भाष्यलाई स्थापित गराउने जमर्को गरेका थिए।

नेपालमा भारतीय सिनेमाको प्रभाव भए पनि भारतीय सिनेमामा भएका यस्ता परिवर्तनको छाप धेरै मात्रामा परेको देखिएन। क्रान्ति र परिवर्तनको विषयमा नेपालमा फिल्म बने, तर एउटा निश्चित सुत्रमा बाँधिएर। धेरै कुरा दोहोरिए। दीपेन्द्र के खनालजस्ता केही निर्देशकहरू पछिल्लो दशक नेपाली सिनेमा परिवर्तन गराउन लागिरहेका छन्। 

कोरोनाकालपछि पनि विश्वमा महामारीकै विषयमा धेरै फिल्म बने। नेपालमा भने बल्ल त्यस्ता फिल्म बन्न थालेका छन्। निर्देशक खनालले महामारी नियन्त्रणका लागि गरिएको लकडाउनको अन्त्य हुने बेला फिल्म निर्माणको घोषणा गरेका थिए। त्यसैको परिणाम ‘चिसो मान्छे’ हो।
‘चिसो मान्छे’ महामारीको अभिलेखीकरण हो। तर, महामारीकै कथा मात्र होइन। 

प्रमुख तीन पात्र बाजुरातर्फ गइरहँदा भारी र बच्चा बोकेर यात्रारत आम जनताहरू सडकमा देखिन्छन्। सडकमा गन्तव्य पछ्याइरहेका पाइलाहरूको लाम लामो देखिन्छ। दृश्यले कोरोना महामारीको एउटा मात्रै नभएर समग्र कथालाई नै चित्रण गरेको महसुस गराउँछ।

‘चिसो मान्छे’को कथा समग्र परिवेशसँग मिल्ने लाग्छ, तर सँगै पश्चिमको भूगोल र भाषाको कथा पनि फिल्ममा छ। मृत चिसो मान्छे अर्थात्, डम्बर बालकैमा भारत गएको प्रसंग छ। भारतबाट फर्किएर कतार गएको प्रसंग छ। पात्रहरूको बोलीमा पश्चिमेली भाषाको उपस्थिति छ, जुन आफैंमा नेपाली फिल्मका लागि नौलो पाटो हो। पोशाकदेखि जुत्तासम्मले पश्चिमको भूगोल सम्झाउँछ। कलाकारहरूको अभिनय पनि राम्रो छ। स्वस्तिमा खड्काले लवज र भेषभुषमा गरेको मिहिनेत दृश्यमा झल्किन्छ। 

‘चिसो मान्छे’को दृश्यांकन र संगीत उत्तिकै बलियो छ। स्वयं निर्देशक खनालले नै छायांकन गरेको फिल्म भएकाले पनि दृश्यहरू शक्तिशाली छन्। उदाहरणका लागि देशमा केही गर्छु भनेर दुःखको गन्जागोलमा फसिरहेको अशोकको गाडीको पछाडी लेखिएको सायरीले ‘देशमै सुन फलाउने’ आशय दिन्छ।

हालसम्म सामाजिक विषयलाई अति काल्पनिक र ‘रोमान्टिसाइज’ गरेर बनेका फिल्मको दबदबाबीच संख्यात्मक रुपमा उत्साहजनक उपस्थिति यथार्थवादी फिल्महरूले दिइरहेका छन्। सामाजिक विषय भएकाले समाजप्रति जिम्मेवार हुँदै नेपाली सिनेक्षेत्रमा अब बन्नुपर्ने सिर्जना ‘चिसो मान्छे’हरू जस्ता चाहिन्छन्, जसले कथा र कलामा नयाँपन दियोस्। 

प्रकाशित मिति: शनिबार, असार ४, २०७९  ११:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्