• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

सरकारले नीतिगत सहजीकरण गरिदिए गोल्डस्टार अन्तर्राष्ट्रिय बजारमा जानसक्छ : विदुषी राणा

64x64
नेपाल लाइभ आइतबार, जेठ १५, २०७९  १५:२७
1140x725

नेपालको जुत्ताचप्पल बजारको प्रसिद्ध नाम हो गोल्डस्टार। विगत ४० वर्षदेखि नेपाली बजारमा उपलब्ध गोल्डस्टारले ब्राण्डको रुपमा छुट्टै छाप बनाउन सफल भइसकेको छ। विभिन्न समयमा अनेक चुनौतीसँग जुध्दै गोल्डस्टारले नेपाली उपभोक्ताको विश्वास जितेको छ। गोल्डस्टारले अब अन्तर्राष्ट्रिय बजारमा जाने योजना बनाएको छ। त्यसका लागि प्रमुख कार्यकारी अधिकृत विदुषी राणाले अहिले 'रिब्रान्डिङ' र बजार विस्तारमा लागिरहेको बताएकी छिन्। राणासँग गोल्डस्टार ब्रान्ड, यसको बजार, आवश्यक नीतिगत सुधार र अन्तर्राष्ट्रिय बजारमा पहुँचलगायत विषयमा नेपाल लाइभले गरेको कुराकानी :

नेपालमा जुत्ताचप्पलको समग्र बजार कस्तो छ?
हाल नेपालमा झण्डै १५०० जुत्ता चप्पल उद्योगहरू छन्। यी उद्योगमा झण्डै ५५ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। संसारमै गार्मेन्ट र फुटवेयर धेरै रोजगारी दिने उद्योगमा पर्दछन्। गोल्डस्टारमा मात्रै पनि प्रत्यक्ष रुपमा तीन हजार कामदार छन्। अप्रत्यक्ष रुपमा दुईदेखि तीन लाख मानिस हुन्छन्। 

गोल्डस्टारले समग्र बजारको कति हिस्सा ओगटेको छ?
नेपाली बजार व्यवस्थित छैन। विश्वसनीय र औपचारिक तथ्यांकहरूको अभाव छ। त्यसकारण यति हिस्सा गोल्डस्टारले ओगटेको छ भन्न गाह्रो छ। आज २५ सय देखि तीन हजारसम्मको जुत्ताहरू नेपालमै उत्पादन गर्न आत्मनिर्भर भएका छौँ। तर, समस्या भनेको विदेशी जुत्ता चप्पल चोरी पैठारी गरेर आयात हुनु हो। यसले गर्दा प्रतिस्पर्धा गर्न एकदम गाह्रो छ। न्यून विजकीकरण भएर नेपालमा जुत्ता चप्पल आयात हुने गरेको छ। भारत र चीनबाट भन्सार नतिरेको र न्यून विजकीकरण भएर आउने गरेका छन्।

न्यून विजकीकरण गरेर आउने र चोरी पैठारीलाई नियन्त्रण गर्न किन सम्भव नभएको हो?
न्यून बिजकीकरण र चोरीपैठारी नियन्त्रण गर्न असम्भव भन्ने होइन। औषधिलगायतका अरु बस्तु चोरी पैठारी भएर नआउने, अनि जुत्ता चप्पल आउने भनेको हामीले पर्याप्त ध्यान नदिएको हो। सरकारले चाहने हो भने यसलाई तत्काल रोक्न सकिन्छ। त्यस्तै, चीनबाट आउने जुत्ता चप्पलहरूलाई एलसी खोल्ने वा अन्य वैधानिक बाटोमा ल्याउनुपर्छ। महङ्गो जुत्ताहरू पनि बच्चाको जुत्ता चप्पल क्याटेगोरीको रुपमा आयात हुने गरेको छ। यसलाई कडाइ गरिनुपर्छ। भारतीय सीमाबाट त राति राति आउने गरेको छ। सरकारले रोक्न चाहेमा सजिलो छ। सबै जुत्ता चप्पलमा एमआरपी लेखाउनुपर्छ।

 

हामीले गोल्डस्टार जुत्तामा त एमआरपी लेख्छौँ भने बाहिरबाट आउने जुत्ता चप्पलमा किन नलेख्ने? यसमा 'मेड फर नेपाल' र बारकोड लेखिनुपर्छ। यसले गर्दा कसले चोरी गरेर ल्याएको छ थाहा हुन्छ।

नेपाल तीन हजारसम्मका जुत्तामा आत्मनिर्भर छ भने यी मूल्यका जुत्ताहरू बाहिरबाट आउन दिन सरकारले रोक्नुपर्छ। अहिले बंगलादेशले यसैगरी स्वदेशी उद्योग प्रमोट गरेको छ। बाहिरबाट आउने जुत्ताहरूलाई उच्च कर र गैरभन्सार अवरोधहरू लगाइएको छ। नेपालले पनि यो मोडल अवलम्बन गर्नसक्छ। स्वदेशी बस्तुहरूको प्रमोट गर्ने र पैसा नेपालमै खर्च गराउने भनेर लागेका छौँ। यसका लागि केही ठोस पहल आवश्यक छ।

कच्चा पदार्थ आयातमा नेपालमा कर कति लाग्छ?
आयातमा लाग्ने करलाई हामीले व्यवहारिक र यथार्थपरक बनाउन आवश्यक छ। नेपालमा हाल फिनिस सुज र मेटिरियल शीर्षकमा सामान आयात हुन्छ। यसलाई परिवर्तन गरेर तीन शीर्षक कायम गर्न जरुरी छ– तयारी जुत्ता, अर्को मेटेरियल र अर्को सेमीफिनिस। अहिले सबै सेमिफिनिसका नाममा आउने अनि कम मूल्यमा नेपाल भित्रने भइरहेको छ। माथिको कभर अलग, सोल अलग ल्याउने अनि गम लगाएर टाँस्ने काम मात्र भएको छ। यसमा धेरै कामदार खर्च हुँदैन। अनि मेड इन नेपाल भनेर यसलाई नै बिक्री गरिएको छ। यसमा अलग-अलग भन्सार दर हुनुपर्छ। सेमिफिनिस र मेटेरियललाई एउटै भन्सार लगाउन हुँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

गोल्डस्टारको हकमा तीन हजार मानिसलाई रोजगारी दिएका छौं। यहाँ सम्भव नभएका कच्चा पदार्थमात्र निर्यात गरेका छौं। तर, उही भन्सार दरमा यहाँ ल्याएर सोल टाँस्ने मात्र उद्योगसँग हामीले कसरी प्रतिस्पर्धा गर्ने? सरकारले हामीलाई सहुलियत र प्राथमिकता नदिने हो भने सयजना मात्र कामदार राखेर चाइनाबाट सोल र कभर ल्याएर टाँस्ने अनि मेड इन नेपाल भनेर बेचे भैहाल्यो नि! अझ गोल्डस्टारको आफ्नो ब्रान्ड र कम्पनीको नाम पनि बनेको छ। तर, यसो गरेर न देशलाई फाइदा हुन्छ न हामी नेपाली पैसा जोगाउन नै सक्छौ।

सेमिफिनिस र कच्चा पदार्थमा करको दर कस्तो छ?
त्यसमा १५ देखि २० प्रतिशतसम्म छ। फिनिसमा ३० प्रतिशत, तर त्यो कसैले तिरेर ल्याएकै छैन। सबै चोरीबाट आएका छन्। मेरो भनाइ के हो भने हामीलाई सरकारबाट पनि सहयोग हुनुपर्‍यो। जस्तो, हामीले महाबौद्धमा प्रहरीलाई अनुरोध गरेर छापा मार्न लगायौं। जुत्ताहरू ७५, ८०, १०० रुपैँयामा बिल काटेको भेट्यौँ। त्यो त सिधै न्यून बिजकीकरण हो। राज्यसँग उद्योगको संरक्षण गर्ने नीति हुनुपर्‍यो।

यस्तो अवस्थाको सम्बोधनको लागि के गरिनुपर्ला?
सामान आयात गर्दा एउटा मेड फर नेपाल स्टीकर हुनुपर्यो र जसले अर्डर गरेको त्यसले आफ्नो डिटेल राख्नुपर्यो। अर्को एमआरपीको व्यवस्था हुनुपर्‍यो र एलसी खोलेर मात्रै जुत्ता भित्राउन पाइने व्यवस्ठा हुनुपर्छ। पोलिसीमा त राखेको छ, तर एलसी खोलेर कुनै सामानहरू आएको छैन भने त त्यसको कुनै काम भएन नि। अहिले त धेरैजसो अनौपचारिक रुपमा आयात भएका छन्। यो बन्द गरिनुपर्छ। 

गोल्डस्टारको समग्रमा वार्षिक उत्पादन चाहिँ कस्तो छ?
जुत्ता चप्पल हाम्रो ४० वर्ष पुरानो उद्योग हो। जुत्ता चप्पल सबै गरी हामीले दिनमा १ लाख जोडी उत्पादन गर्न सक्छौँ। तर अहिले क्षमताको २० प्रतिशतमै चलिरहेको छ। एकदमै गाह्रो अवस्था छ। अहिले आर्थिक संकटले थप गाह्रो भयो। एकपछि अर्को समस्याहरू छन्। पहिला माओवादी द्वन्द्वले गर्दा बिक्री हुनै गाह्रो भयो। त्यसपछि हामीले भारत पठाइरहेका थियौं। भारतमा राम्रो भइरहेको थियो, त्यसपछि नाकाबन्दी भयो। त्यसपछि हामीले पठाउनै पाएनौँ। भारतजस्तो प्रतिस्पर्धात्मक बजारमा हामी स्थापित भइसकेका थियौं। त्यसपछि फेरि भूकम्प आएपछि ७/८ महिना बन्द भयो। अनि त्यसपछि नोटबन्दी भयो। यो मिलाउँदा मिलाउँदै जीएस्टी लागू भयो। अहिले त हाम्रोजस्तो जुत्ता बजारमा विभिन्न नाममा छ्यापछ्याप्ती पाइन्छ। त्यसैले हामीले नयाँ किसिमका जुत्ताहरू बनायौँ, तर त्यसपछि कोभिड आयो। कोभिड पनि सक्यो, र अहिले आर्थिक संकट छ। बजारमा पैसा नै छैन। त्यसले गर्दा जुत्ता चप्पल उद्योगलाई अहिले एकदमै गाह्रो छ। 

Xtrem

Xtrem

अन्य कस्ता-कस्ता समस्या छन्?
जुत्ता चप्पल एउटा यस्तो क्षेत्र हो, जुन ठूलो परिमाणमा निर्यात गर्न सकिन्छ। निर्यात गर्न हाम्रो उत्पादन खर्च एकदमै कम हुनुपर्दछ। अहिले उत्पादन खर्च बढी भएको अवस्था छ। उत्पादन खर्च किन बढी छ भन्दा हाम्रो जग्गा जमिन एकदमै महँगो छ। सरकारले उद्योग क्षेत्र बनाउनु पर्‍यो। भैरहवामा विशेष आर्थिक क्षेत्रभित्र हामीले उद्योग स्थापनाको लागि ठाउँहरू लिएका थियौँ। त्यो ठाउँ हाम्रो लागि एकदमै उपयुक्त थियो। तर, हामीले सोचेअनुरुप गर्न सकेनौं। कस्तो कुराले रोक्यो भने हामी तिसौं वर्षदेखि भारतमा निर्यात गर्दै आएका छौँ, हाम्रो सबै इटालियन मेसिनहरू हो। त्यो मेसिनहरू त्यहाँ लैजान खोज्दा पोलिसिले दिएन, पुरानो मेसिन भनेर। हाम्रो करोडौं पर्ने मेसिनहरू फाल्न मिलेन। त्यहाँ मेसिन राख्न पाएको भए त्यहाँको उत्पादन भारत निर्यात हुन्थ्यो। तर विशेष आर्थिक क्षेत्रभित्र उद्योग स्थापना गर्न नयाँ मेसिन चाहिने पोलिसिले गर्दा हामी त्यहाँ जानै पाएनौँ।

हामीसँग अहिले नै भएका ठूलाठूला इटालियन मेसिनहरू नै लान पाएनौँ भने नयाँ मेसिनहरू किन्नुपर्छ। नयाँ मेसिनहरू किन्नुभन्दा विशेष आर्थिक क्षेत्र बाहिर आफैंले जग्गा किनेर उद्योग खोल्न सहज हुने देखियो। यस्ता ठाउँमा सरकारले नीतिगत सहजीकरण गर्न आवश्यक छ। अब हामीले नयाँ खोल्न जग्गा किन्नुपर्‍यो, त्यसको लागि ऋण लिनुपर्‍यो र ब्याज नै १२/१३ प्रतिशत छ। त्यसपछि हामीले यत्रो कामदारहरूलाई तालिम दिन्छौँ, सरकारले त दिदैँन। यो जुत्तामा जोडिन्छ। हामी उहाँहरूलाई आफैँ नि:शुल्क तालिम दिन्छौँ। त्यो अवधिमा पनि सरकारले तोके बमोजिम तलब दिन्छौँ, यो पनि जुत्तामा जोडिन्छ। हाम्रोमा तालिम केन्द्र नै छैन, यसबाट धेरै नै घाटा हुन्छ। एउटा तालिम केन्द्र मात्रै खालिदियो भने कति जुत्ता चप्पल उद्योगहरू खुल्लान्। त्यसपछि जो अहिले सबैजना विदेशिरहेका छन्, विदेशिनु पनि पर्दैन। हामीले यही जुत्ता चप्पल उत्पादन गरेर विदेशी मुद्रा आर्जन गर्न सक्छौँ। कति रेमिट्यान्समा मात्र भर पर्नु?

नेपालको जुत्ताहरू र समग्र नेपाली फुटवेयरको विदेशमा कस्तो बजार छ? सम्भावना कस्तो छ?
गोल्डस्टारको बजार विस्तारको सम्भावना धेरै छ। मेरो मुख्य इच्छा नै अन्तर्राष्ट्रिय बजार हो। यदि यसलाई हामीले विदेशी बजारमा लगेर राम्रो गर्न सक्यौँ भने नेपालको लागि पनि राम्रो हुन्छ। यो त हामी सबैको लागि गर्व गर्न लायकको विषय हो। यसलाई अगाडि लानको लागि धेरै नै समस्याहरू छन्।

हाम्रो सोरुमहरू अष्ट्रेलिया, बहराइन, जापान, भारत लगायतका देशहरूमा खुलिसकेका छन्। अमेरिकामा भर्खर खुल्यो ६ महिना अगाडि। त्यहाँका उपभोक्ताले मन पनि पराइदिनुभयो। गोल्डस्टार कम मूल्यमा गुणस्तरीय र बलियो जुत्ता भन्ने छाप छ। तर के समस्या भयो भने, त्यहाँ भन्सार शुल्कहरू ज्यादा छ। झण्डै ३८ प्रतिशतसम्म जुत्ता चप्पलको भन्सार। हाम्रो जुत्ताहरू ३७.५ प्रतिशत कस्टुम ड्युटीसहित अन्य सबै कुराहरू जोड्दा मूल्य लगभग दोब्बर हुन जान्छ। भूकम्पपछि अमेरिकी सरकारले ७४ आइटममा छुट दिएको रहेछ। त्यसमा जुत्ता चप्पल छैन। त्यसैले छुट दिएकामध्ये २३ प्रतिशतको पनि निर्यात हुन सकेको छैन। यदि सरकार-सरकारबीच कुराकानी भयो र भन्सार शुल्कलगायत अन्य सहजीकरण भयो भने हामीले एकैपटक ठूलो बजारमा प्रतिस्पर्धा गर्नसक्छौं। 

हामी विदेशी बजारमा गएर विदेशी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सकिन्छ?
म नेपाली फुटवेयर भन्दा पनि गोल्डस्टारकै कुरा गर्छु। हामीसँग इटालियन मेसिनहरू छन् र हामी राम्रो भन्दा राम्रो नाइकी, एडिडास, पुमा जस्तो पनि जुत्ता बनाउन सक्छौँ। तर त्यो मार्केट हामीसँग छैन। हाम्रो उत्पादनको विशिष्ट विशेषता भनेकै सर्वसुलभ, टिकाउ र स्टाइलिस हुन्छ।

उद्योगको दीगो विकास र प्रवर्द्धनका लागि तपाईंका सुझावहरु के छन्?
महिलाहरूको रोजगारीको सुनिश्चितता र सीप विकासको लागि पाँच सय महिलालाई रोजगारी दिने उद्योगलाई सहुलियत दरमा बिजुली दिने व्यवस्था हुनुपर्छ। आयात प्रतिस्थापन गर्न सक्षम उद्योग प्रतिष्ठानको पहिचान गरी कच्चा पदार्थको भन्सार दरलाई सक्दो कम गरी उत्पादन लागत घटाउनु पर्छ। पूर्ण तयारी  र अर्धतयारी कच्चा पदार्थबीच फरक भन्सार दर कायम गरी अर्धतयारी कच्चा पदार्थ बनाउने उद्योगको स्थापनाका लागि मार्ग प्रशस्त गर्नुपर्छ। उद्योग र ट्रेडिङ कम्पनीले कच्चा पदार्थ एउटै हार्मोनिक कोडबाट आयात गरे पनि फरक भन्सार दर कायम गर्ने, कुनै उद्योगले ट्रेडिङ कम्पनीबाट खरिद गरी उत्पादन नै गर्छन् भने उद्योगले आयात गरे सरह दर उपलब्ध गराउने हुनुपर्छ।

तयारी वस्तु, अर्धतयारी कच्चा पदार्थ र पूर्ण कच्चा पदार्थ गरी तीन तहको भन्सार दर कायम गर्नुपर्छ। खुला सीमाबाट तस्करी र न्युन बिजकीकरण नियन्त्रण गर्न गैर भन्सार अवरोधहरूको उपयोग गर्नुपर्छ। गैरभन्सार अवरोधहरूको लागि विभिन्न विधि अपनाउन सकिन्छ। जस्तै, आयातकर्ताको नाम, सम्पर्क नम्‍बर र अधिकतम् मूल्य लेख्ने, आयातको लागि एलसी खोल्नुपर्ने लगायत व्यवस्था हुनुपर्छ।

प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १५:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध
गाजामा इजरायलको कडा चेतावनी
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्