• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

सरकारसँग निजी क्षेत्रको आशा : स्वार्थ प्रेरित सम्बन्ध होइन, नीतिगत स्थायित्व

प्रदीपकुमार श्रेष्ठ बुधबार, जेठ ११, २०७९  ११:३३
1140x725

नेपालको अर्थतन्त्रलाई हामीले अहिले नै श्रीलंकासँग नै तुलना गर्न मिल्दैन। हामी श्रीलंकाभन्दा सहज ठाउँमा छौं। तर, हामीले अंगाल्दै आएको ‘ट्रेण्ड’ सही छैन। 

वैदेशिक मुद्रा सञ्चितिमा अहिले परेको असरको संकेत धेरै पहिलाबाट देखिएको थियो। विदेशी मुद्रा सञ्चितिमा परेको चाप कम गर्न कसरी देशभित्र उत्पादन बढाउने भन्नेतर्फ ध्यान जान आवश्यक छ। सरकारले यसमा ध्यान दिनपर्छ। अहिले नै यस दिशामा सोचिएन भने, भविष्यमा फेरी अहिलेकै जस्तो संकट दोहोरिने हो। 

नेपालको अर्थतन्त्र एकदमै परनिर्भर भयो। वैदेशिक सहायतामा निर्भरता बढ्यो। तर, हाम्रो अर्थतन्त्रलाई कसरी थप सुदृढ बनाउने भन्ने अर्थपूर्ण छलफल र काम भने कम भयो। 

अहिले, कर्मचारीतन्त्र र सरकारबीच विश्वासको संकट छ। यस्तै अवस्था राजनितिकर्मी र व्यापारिक क्षेत्रमा पनि छ। यही कारण नीतिगत सुधारका क्षेत्रमा हुनपर्ने जति काम हुन दिइएको छैन। 

नेपालमा केही क्षेत्रहरू छन्, जहाँ हामीले गर्नसक्ने ठाउँ छ। यी क्षेत्रहरूबारे धेरै चर्चा पनि भइसकेको छ। जस्तै, जलविद्युत आयोजनाहरू, कृषि, पर्यटन, रेमिटेन्स, खानी आदि। यी क्षेत्रमा अझै राम्रो गरेर मूल्य अभिवृद्धी गर्न सकिन्छ। तर, चर्चाले मात्र पुग्दैन, कसरी काम गर्ने भन्ने खाका चाहिन्छ। सोहीअनुसारको नीतिगत सहजता चाहियो। त्यस दिशामा अझै काम गर्नुपर्ने छ। नेपालमा राजनीतिक सहमति नहुने र एउटाले गरेको योजना र काम अर्कोले विरोध गर्नैपर्ने प्रवृत्ति बढेर गएको छ। 

उद्योगहरूमा श्रमिक युनियनहरू छन्। दलपिच्छे एउटा श्रमिक युनियन हुनुपर्छ भन्ने मान्यता भयो। ‘मेरो युनियन त्यो उद्योगमा बलियो छ’ भन्ने मान्यता नै बन्यो। युनियन किन? रोजगारदातासँग बार्गेनिङ्ग गर्न! श्रमिकको उत्पानशीलता वा योगदानभन्दा पनि जसले तर्साउनसक्छ ऊ नै बलियो नेता हुने भयो। त्यो संस्कृतिलाई हामीले नहटाउने हो र राजनीतिक नेताहरूले यो कुरा नबुझ्ने हो भने त्यसले सुखद भविष्यको संकेत देखाउँदैन। 

नेपाल गरिबी भएको देशभन्दा पनि गरिब बन्दै गएको देश हो। आर्थिक सूचकहरू त सुधार भएको देखिन्छ, तर परनिर्भरता बेपत्ता बढेको उत्तिकै सत्य हो। म ‘नेपाल गरिब देश हो’ भन्दा पनि ‘गरिब बनाइएको देश’ भन्छु। यसको कारण नीतिगत तहमा रहेकाहरूको दूरदर्शिताको अभाव नै हो। 

सरकार–निजीक्षेत्र विश्वासको वातावरण आवश्यक
निजी र राजनीति क्षेत्र एउटै रथको दुई पांग्रा हुन्। राजनीतिक दलहरूमा जडता भयो भने अर्थतन्त्र चल्दैन। अर्थतन्त्रले लय नै लिन सक्दैन। एउटा क्षेत्रले मात्र गति लिन खोजेर गति कायम हुँदैन। यी दुवै क्षेत्रहरू सँगै अगाडी बढ्दा मात्र नतिजा देखिन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

राजनीतिक नेतृत्व र निजीक्षेत्रमा विश्वासको संकट छ। जोसुकै नेतृत्वमा आउँदा पनि सहज काम निकाल्न खोेज्नु व्यापारिक क्षेत्रको बाध्यता हो। माओवादी, कांग्रेस, एमाले वा अन्य दल वा गठबन्धन जो सरकारमा आए पनि नीतिगत तहमा काम गर्ने हो। निजीक्षेत्रले राजनीतिक दलसँग धेरै आशा पनि राखेको छैन। हामीले खोजेको नीतिगत स्थायीत्व हो। व्यापार गर्नेहरूले कुनै दलको झण्डा लिएर हिँड्न हुन्न भन्ने मेरो मान्यता हो। 

अहिले त नेपालमा राजनीतिक दलका नेताहरू थप सजग हुनुपर्ने अवस्था छ। प्रादेशिक संरचनाहरूले खर्च बढाएको छ। प्रशासनिक खर्च निकै बढेको छ। यस्तो अवस्थामा आर्थिक गतिविधीहरूमा पनि सोहीअनुसार वृद्धी गरेर अर्थतन्त्रको आकार बढाउन सकियो भने मात्र यसको दीगोपन सुनिश्चित हुन्छ। 

सरकारले निजीक्षेत्रलाई विश्वासमा लिएर सँगै अगाडि बढ्नुपर्छ। निजीक्षेत्रले दिएका सबै सुझाब शतप्रतिशत कार्यान्वयन गरिनुपर्छ भन्ने हुँदैन। तर, मूलभूत विषयहरूलाई खुला र पारदर्शी रूपमा छलफल गरिनुपर्छ। यसमा दलगतभन्दा पनि सबै दलले उद्योग–व्यापारको माहोल बनाउन सहयोग गर्ने प्रतिबद्धता आउनुपर्छ।

झण्डै २२ वर्ष पहिला म उद्योग बाणिज्य संघको अध्यक्ष हुँदा ‘बन्दलाई बन्द गरौं’ भन्ने नारा लिएर राजनीतिक दलहरूसँग भेट गर्न गएका थियौं। सबै नेताहरूले त्यो दस्तावेजमा हस्ताक्षर गर्नुभएको थियो। त्यो बेलामा त बन्द यति हुन्थ्यो कि, कुनै कारण नै चाहिन्नथ्यो। बन्दलाई बन्द गरौं भन्ने नाराले सशक्त सन्देश पनि दियो।

Xtrem

Xtrem

निजीक्षेत्रको बल : गुणात्मक नतिजा
कतिपय दलसँग आबद्ध श्रमिक संगठनहरूले उद्योग नै धरपकड गर्थे। हामीले त्यसलाई मुकाबिला गरेर आयौं। हामीले भ्याटको कार्यान्वयनमा पनि विस्तृत रुपमा नै काम गर्‍यौं।

मलाई निजीक्षेत्र तर्कसंगत हुनुपर्छ भन्ने लाग्छ। एफएनसीसीआई नेपालको ठुलो संस्था हो। निजीक्षेत्रको छाता संगठनको रुपमा देशभरका एक लाख उद्योगी, व्यापारी तथा व्यवसायीहरू यो संस्थाका सदस्य छन्। यो ठूलो शक्ति हो।

निजीक्षेत्रको बल वा उपस्थितिको जहिले पनि गुणात्मक नतिजा देखिन्छ। जस्तै, एउटा उद्योगी छ भने, त्यहाँ उद्योगी मात्र हुँदैन। त्यस उद्योगमा कति जनाले रोजगारी पाइरहेका हुन्छन् भन्ने पनि ध्यान दिन आवश्यक छ। उदाहरणको लागि, कुनै उद्योगले सात हजार रोजगारी दिएको छ भने सात हजार कर्मचारी र तिनका परिवार त्यही उद्योगमा निर्भर हुन्छन्। 

पञ्चकन्याकै कुरा गर्दा, देशव्यापी डिलरसीप नेटवर्क छ। हरेक डिलरमा कम्तिमा ५÷१० जनाले काम गरिरहेकै हुन्छन्। यसले त सयौं रोजगारी सृजना गरेको छ। 

नीजिक्षेत्रको हकमा, यस किसिमको जेनुइन उद्योगमा लगानी गर्न देखासिकी गरेर अगाडी बढ्नुपर्ने हो। तर दुर्भाग्यबस्, निजी क्षेत्रको पनि कमिकमजोरी देखिन्छ। उद्यमशीलताको अभाव छ। अरुले केही सफलता पायो भने त्यसकै नक्कल गर्ने प्रवृत्ति पनि देखिन्छ। एउटा उद्यमीले कुनै क्षेत्रमा सफलता पायो भने त्यही क्षेत्रमा अरुहरूको पनि लगानी आउँछ, राजनीतिकर्मीलाई पनि अहो यो क्षेत्रमा त सजिलो मुनाफा आउने रैछ भन्ने लाग्ने। 

अहिले त कर्मचारीतन्त्र पनि माथिको आदेश नभई काममा सहजीकरण नै नगरिदिने प्रवृत्ति बढेको छ। अख्तियारको डरले थप जटिलता थपेको छ। केही काम गर्‍यो भने अख्तियार जानपर्ला भनेर पनि कर्मचारीहरू देशहीत कै विषयमा समेत निर्णय लिन डराउने अवस्था छ। यो संस्कारलाई नहटाउने हो भने देश यसैगरी रुमल्लिएर जाने खतरा देख्छु। यो संस्कार तोड्न कोही न कोही नेताले आँट गरेर अगाडी बढ्नुपर्छ। 

हाम्रो अपेक्षा : देशलाई माया गर्ने नेता
व्यक्तिगत सम्पन्नता फरक विषय हो। मसँग आज सम्पत्ति छ। काम नगरे पनि दुई पुस्ता खान पुग्ला। तर, यो देशको नागरिकको रुपमा मैले खोजेको यत्ति मात्रै हो त? होइन। 

म त आफूलाई एउटा फल दिने बिरुवाको रूपमा हेर्छु। जुन दिनसम्म फल दिन सकिन्छ, त्यही दिनसम्म सक्रिय भएर लाग्नुपर्छ। हामी सबैले ‘मेरो परिवारलाई पुग्ने भइहाल्यो, अब हात बाँधेर बसौं’ भन्यो भने देश कहिले पनि बन्दैन।

हाम्रो कम्पनी खुलेको ५० वर्ष पुग्यो, तर मेरो परिवारका कोही एक जना सदस्य पनि विदेशमा छैनन्। सबै यही देशमा छन्। यसमा मलाई गर्व छ र गर्वका साथ सुनाउँछु। 

के यो देशका नेता र कर्मचारीहरूले पनि यस्तै भन्न सक्लान्? उनीहरूले आफ्ना सन्तानलाई यही देशमा सबै सुरक्षा भएको प्रत्याभूति दिलाएर राख्न सक्लान्? जबकि, उनीहरू नै यो देशको नीति निर्माता हुन्।

नेता र कर्मचारीहरूले पनि बोलेर मात्र हुँदैन, व्यवहारमा नै यो देशको माया गर्नुपर्‍यो। हामी काम गर्छौं, गफ मात्र गर्दैनौं।

(पञ्चकन्या समूहका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मिति: बुधबार, जेठ ११, २०७९  ११:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एमालेले बोलायो स्थायी कमिटी बैठक
आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने
शिक्षामा बजेट माग्दै फ्रान्सभर आन्दोलन, २ लाख ६६ हजारभन्दा बढी विद्यार्थी सडकमा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
एमालेले बोलायो स्थायी कमिटी बैठक बुधबार, असोज २१, २०८३
आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने बुधबार, असोज २१, २०८३
शिक्षामा बजेट माग्दै फ्रान्सभर आन्दोलन, २ लाख ६६ हजारभन्दा बढी विद्यार्थी सडकमा बुधबार, असोज २१, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्