• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

गभर्नर निलम्बन प्रकरण : अर्थमन्त्री, एनआईसी एसिया बैंकदेखि बिचौलियासम्मको थियो चलखेल

64x64
नेपाल लाइभ बुधबार, जेठ ४, २०७९  २१:४१
1140x725

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को निर्णय सर्वोच्च अदालतले उल्टाइदियो। उनलाई निलम्बन गर्न अर्थमन्त्रीको स्वार्थ मात्र जिम्मेवार थिएन, एनआईसी एसिया बैंक र अन्य विचौलियाको चलखेल पनि थियो। तर, यो प्रकरण स्थानीय चुनावको माहोलमा छायाँमा पर्‍यो।

गएको चैत २५ मा बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय भोलिपल्ट मात्र सार्वजनिक भयो। निलम्बनको निर्णय कानुनविपरीत भएको दाबी गर्दै गभर्नर अधिकारी वैशाख ४ मा सर्वोच्च पुगे। 

अधिकारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गभर्नरमाथि छानबिन गर्न बनाइएको समिति र निलम्बन गर्ने मन्त्रिपरिषदको निर्णय प्रथम दृष्टिमै पूर्वाग्रही र बदनियतपूर्ण भएको ठहर गरेको थियो। सर्वोच्चको आदेशसँगै अधिकारी पुनः पदमा बहाल भएका थिए।

सर्वोच्चको आदेशपछि अर्थमन्त्रीले नैतिकताको कारण राजीनामा दिनुपर्ने आवाज उठेको थियो। तर, लगत्तै शुरु भएको स्थानीय चुनावको सरगर्मीले यो प्रकरणलाई नै ओझेलमा पारेको थियो। 

विभिन्न स्रोतले नेपाल लाइभलाई दिएको सूचनाअनुसार गभर्नर निलम्बन प्रकरणमा अर्थमन्त्री, विभिन्न सरोकारवाला स्वार्थ समूह र बिचौलियाको चलखेल भएको तथ्य फेला परेको छ। ‘गर्भनर निलम्बन प्रकरणले यो देशमा बिचौलिया र शक्तिकेन्द्रहरुको साँठगाँठलाई उजागर गरेको छ,’ अर्थमन्त्रालयका एक उच्च कर्मचारीले भने, ‘यो प्रकरणलाई एउटा सामान्य घटनाको रूपमा मात्र लिने गल्ती राजनीतिक दलका नेताहरु र सुशासनको पक्षपातीहरुले लिन हुन्न।’

‘आखिर गर्भनरमाथि कारबाहीसम्म पुग्नुमा कुन कुन पक्षहरूको कस्तो भुमिका थियो?’ यो प्रश्नको जवाफमा अर्थमन्त्रालयका अधिकारी अर्थमन्त्रीको कच्चापन र दम्भलाई पहिलो कारण मान्छन्।

मन्त्रालयबाट मौद्रिक नीति चुहाएर गभर्नरलाई दोष!
अर्थमन्त्री जनार्दन शर्मा र गभर्नरबीच गत वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने बेलादेखि नै फाटो आएको थियो। अध्ययनका लागि अर्थ मन्त्रालयमा पठाइएको मौद्रिक नीतिको मस्यौदा मिडियामा सार्वजनिक भएपछि अर्थमन्त्रीले त्यसको दोष गभर्नरमाथि लगाएका थिए।

‘तर, मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि नै अर्थमन्त्रीले प्राप्त गरेको दस्तावेज मिडियामा चुहिएको थियो,’ पूर्व मन्त्रीले भने, ‘हामीले यसअघि यस्तो अर्थमन्त्री देखेका थिएनौं। मौद्रिक नीतिजस्तो संवेदनशील सूचना आफ्नै कार्यालयबाट बाहिर जाने र दोष अरुमाथि लगाउने प्रवृत्ति त अचम्मलाग्दो थियो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

यो प्रकरणपछि अर्थमन्त्री र गभर्नरको सम्बन्ध पूर्ववत् हुन नसकेको ती कर्मचारीले बताए। 

नेपाल भित्रिएको शंकास्पद ४० करोडमा अर्थमन्त्रीको आँखा!
व्यापारी पृथ्वी शाहले अमेरिकाबाट शंकास्पद रूपमा भित्र्याएको ४० करोड रुपैयाँ राष्ट्र बैंकले रोकेको थियो। स्थानीय निर्वाचनको संघारमा अर्थमन्त्री शर्मा त्यो रकम जसरी पनि छुटाउन चाहन्थे। तर, यसमा गभर्नर बाधक भइदिए। 

राष्ट्र बैंकले रोक लगाएको पैसा अर्थमन्त्रीले आफैंले फुकुवा गर्न आदेश दिएका थिए। तर, त्यो पनि सफल हुन सकेन। 

‘अर्थमन्त्री नियम कानुन नहेरी टिप्पणी गर्ने स्वभावको पाइयो। देशमा पैसाको खाँचो छ, तर पैसा रोक्नेहरु यतै छन् भनेर प्रधानमन्त्रीलाई समेत सुनाउने गरेको पाइयो,’ नेपाल राष्ट्र बैंकका एक कर्मचारीले भने, ‘सबै कानुन लत्याउने हो भने देशमा कानुन किन बनाउनुपर्‍यो?’

एनआईसी एसियासहितका बैंकहरूको ‘चलखेल’
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमाथि गरेको कडाइ कतिपय व्यापारीहरुलाई मन परेको थिएन। एकथरी व्यापारीहरू गभर्नर हटाउने लबिइङमा थिए। मौद्रिक नीतिमार्फत कर्जा निक्षेप अनुपातको व्यवस्था गरेपछि चिढिएका कतिपय बैंक गभर्नरविरुद्ध थिए। त्यसमाथि, एनआईसी एसिया बैंकमाथि राष्ट्र बैंकले कारबाही चलाएको थियो।

एनआईसी एसियाले बाँड्न ठिक्क पारिएको लाभांश कानुनविपरीत रहेको पाइएपछि राष्ट्र बैंकले रोक लगाइदियो। त्यसपछि एनआईसी एसिया समूह गभर्नर हटाउने दौडमा थियो। अर्थ मन्त्रालय स्रोतका अनुसार एनआईसी एसिया बैंक अध्यक्ष तुलसीराम अग्रवाल, सीईओ रोशनकुमार न्यौपाने, सहायक सीईओ रञ्जन खड्का गभर्नर हटाउन सक्रिय भएका थिए।

गर्भनरको संवेदनशील पत्र पनि चुहायो मन्त्रालयले 
गएको चैत्रसम्म आइपुग्दा देशको अर्थतन्त्र तीव्र गतिमा ओरालो लागिसकेको थियो। त्यसैबीच अर्थतन्त्रलाई ‘ट्रयाक’मा ल्याउन भन्दै चैत्र १६ गते गभर्नरले अर्थ मन्त्रालयलाई १६ वटा सुझावसहितको गोप्य पत्र पठाए। आयात निर्यातसहित अन्य संवेदनशील सूचनाहरु भएको पत्र फेरि पनि चुहियो।

मौद्रिक नीतिमा झैं अर्थमन्त्रीले त्यसको दोष गभर्नरलाई नै लगाउन खोजेका थिए। तर, सो दस्तावेजसमेत अर्थ मन्त्रालयबाटै बाहिरिएको पुष्टि भयो। मन्त्रालयका अधिकारीहरुका अनुसार चैत १६ मा पत्र प्राप्त भएपछि अर्थ मन्त्रालयमा मन्त्रीसहित उच्च पदस्थ कर्मचारी र गर्भनरबीच चैत २१ मा बैठक भएको थियो। उक्त बैठकमा उपभोग्य वस्तुहरुको आयातमा तत्काल रोक लगाउन एलसी खोल्न बन्द गर्ने विषयमा पनि छलफल भएको थियो। 

अर्थमन्त्री सो प्रावधान कार्यान्वयन गर्न केही दिनको समय मागिरहेका थिए। तर, गभर्नरले तत्काल बैंकहरुलाई परिपत्र जारी गर्दै एलसी खोल्न रोक लगाइदिए। यसले गर्दा व्यापारीले आफ्नो स्वार्थपूर्तिको अवसर पाएनन्, जुन अवसर मन्त्रीले दिन चाहेको मन्त्रालय स्रोतको भनाइ छ। यही कारण मन्त्री शर्मा गभर्नर अधिकारीविरुद्ध आक्रामक भए। 

कांग्रेसका पूर्वमन्त्री भन्छन्– पार्टी निरीह भयो 
अर्थमन्त्री शर्मा र व्यापारीहरूले बनाएको स्वार्थको जालोमा प्रधानमन्त्री शेरबहादुर देउवा सहजै फसे। गभर्नर निलम्बनजस्तो दूरगामी महत्त्वको विषयमा उनले पार्टीभित्र वृहत परामर्श नगरी निर्णयमा पुगे। यसका दुईवटा कारण हुने कांग्रेसका एक पूर्वमन्त्री बताउँछन्। ती पूर्वमन्त्री भन्छन्, ‘या त कांग्रेसले स्थानीय निर्वाचनको मुखैमा माओवादीलाई चिढ्याउन हुन्न भन्ने सोच्यो वा व्यापारी र बिचौलियाहरुको प्रभावमा कांग्रेस नेतृत्व पनि परिसकेको थियो।’ 

स्थानीय निर्वाचनले केही समय चर्चाबाहिर रहे पनि गभर्नर निलम्बन प्रकरण नेपालमा लामो समय चर्चामा रहने निश्चित भएको उनको तर्क छ। त्यसैले यो विषयले माओवादी केन्द्र र मन्त्री शर्मालाई मात्र नभएर कांग्रेसमाथि पनि प्रश्न उठ्ने अवस्था सिर्जना भएको उनी बताउँछन्।

‘फेरि संसदीय चुनाव देखाएर अर्थमन्त्री नैतिक प्रश्नहरुबाट भागिरहलान् वा यो विषयको नैतिक जिम्मेवारी लेलान् भन्ने हेर्न बाँकी छ,’ ती पूर्वमन्त्रीले भने, ‘उनको क्रियाकलापको दोष सरकारको नेतृत्व गरेको कांग्रेसलाई पनि लाग्ने हुनाले अब प्रधानमन्त्रीले सजग भएर कदम चाल्नुपर्छ।’

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  २१:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार ९... मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । मंगलबार, असोज ६, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व मन्त्रालयले सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिएको छ । दाहाल यसअघि बजेट महाशाखामा कार्यरत थिए । लुम्बिनी प्रदेशब... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्