• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

६ महानगरमा अन्तिम नामावलीपछि मात्र मतपत्र छाप्ने निर्णयले गठबन्धनलाई फाइदा हुन्छ? 

64x64
नेपाल लाइभ शनिबार, वैशाख १०, २०७९  २१:४९
1140x725

काठमाडौ –२०७४ सालको स्थानीय तह निर्वाचनमा काठमााडौ महानगरपालिकामा नेकपा एमाले र राप्रपा नेपालले तालमेलमा उम्मेदवार उठाए। नेकपा  एमालेले मेयरमा विद्यासुन्दर शाक्यलाई उठायो भने राप्रपाले राजाराम श्रेष्ठलाई अघि सार्‍यो। मेयरमा एमालेका विद्यासुन्दर शाक्य विजयी हुन सफल भए। तर राप्रपाका उपमेयर उम्मेदवार श्रेष्ठ पराजित भए। उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्कीले जित हात पारिन्। 

काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा धेरै मत बदर भएको निर्वाचन आयोगको तथ्यांकले देखाउँछ। एमालेले उम्मेदवारी नै नदिएको उपप्रमुखमा २० हजारभन्दा बढी मत पर्‍यो। जुन, मत कतै पनि गणना नभई खेर गएको थियो। राप्रपाले पाउनुपर्ने उक्त मत सूर्यमा छाप लागेको थियो।   त्यतिबेला गठबन्धन भएका धेरै स्थानमा यस्तै नतिजा आएको आयोगको तथ्यांकमा उल्लेख छ।  यसरी धेरै मत बदर हुने सम्भावना अहिले पनि धेरै रहेको देखिएको छ। 

यसरी मत खेर जाने चिन्ता भइरहँदा निर्वाचन आयोगले काठमाडौंसहित  ६ महानगर र भक्तपुरका ४ नगरपालिकामा उम्मेदवारीको अन्तिम टुङ्गो लागेपछि मात्र मतपत्र प्रकाशित गरेर ढुवानी गर्ने निर्णय गरेको छ। आयोगको उक्त निर्णय कतै गठबन्धनलाई सहयोग गर्न त हैन भन्ने प्रश्न उठेको छ।  तर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले यो निर्णय एक महिना अघि नै गरेको बताए। उनले आायोगले कुनै गठबन्धन नचिन्ने भएकाले उसको पक्ष वा विपक्षमा भनेर कुनै निर्णय नगर्ने बताए।  अहिले देशभरका ७७ जिल्लाको मतपत्र छपाई भइरहेको र काठमाडौंसहित ६ महानगर र भक्तपुरमा सहज रुपमा मतपत्र पठाउन सकिने भएकाले यस्तो निर्णय राजनीतिक दलहरुको सहमतिमै गरिएको उनको दाबी छ।  

यहीकारण  निर्वाचन आयोगले ६ वटा महानगरपालिकाको मतपत्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि मात्रै छाप्ने भएको उनले बताए ।  वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरेर वैशाख १७ गते दाबी विरोधपछि आयोगले अन्तिम नामावली प्रकाशन गर्ने छ। अन्तिम नामावली प्रकाशित भएपछि मतपत्र छाप्दा दलहरुले आफ्नो उम्मेदवार उठाएको ठाउँ (पद) मा मात्रै चुनाव चिह्न रहने छ। जस्तै काठमाडौंमा नेपाली काग्रेसको मेयरमा मात्र उम्मेदवारी दर्ता भयो भने र उपमेयरमा भएन भने उपमेयरमा रुख चिह्न हुने छैन।  नेकपा माओवादी केन्द्रले आफ्नो दलले उम्मेदवार उठाएको ठाउँमा मात्रै मतपत्रमा चुनाव चिह्न राख्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो। 

शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेदवारी दर्ता भएपछि मतपत्र छाप्दा कम चिह्न हुने कुरा आयोगले महसुस गरेको तर यो  देशरभका लागि सम्भव नभएको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘उम्मेदवारी भइसकेपछि त्यतिमात्र मतपत्र छाप्न सके राम्रो। गएको प्रतिनिधि सभाको निर्वाचनमा यस्तो भएको थियो,’ उनले भने, ‘मतपत्र छाप्ने कुरा यसअघि नै तय भएकाले अब सम्भव छैन।’

हरेक पटक ५ प्रतिशत मत बदर, यो पटक झन् बढ्ने आशंका 
विगतका निर्वाचनमा करिब ५ प्रतिशत मत बदर हुने गरेको थियो। यसपटक त्योभन्दा धेरै मत बदर हुने देखिएको छ। सत्ता पक्षले पाँच दलीय गठवन्धन बनाएको छ भने एमालेले पनि राप्रपा,परिवार दल र अन्यसँग तालमेल हुने स्थानमा गरेर जाने निर्णय गरेको छ। यही कारणले धेरै स्थानमा  जनप्रतिनिधि भागबन्डामा उठ्ने छन्, जसले गर्दा एउटा राजनीतिक दलका मानिसले अर्को राजनीतिक दललाई मत हाल्नुपर्ने छ। यस्तो हुँदा आफूले आस्था राखेको पार्टीको निर्वाचन चिह्नमा सबै मत दिने सम्भावना धेरै देखिएको छ। यसो भएमा उक्त बदर गणना नहुँदै बदरमा जाने छ। 

२०४८ को निर्वाचनमा ३ लाख २ हजार २३ तथा २०५१ को मध्यावधिमा २ लाख ४१ हजार ७१ मत बदर भएको आयोगको तथ्यांक छ। २०५६ को संसदीय निर्वाचनमा पनि २ लाख ४४ हजार ९ सय २ मत बदर भएको थियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा बदर मत संख्या झन् बढेको थियो। २०६४ मा प्रत्यक्षतर्फ ५ लाख ६० हजार ११ र २०७० सालमा ४ लाख ७१ हजार ८ सय २६ मत बदर भयो। समानुपातिक निर्वाचनतर्फ पनि बदर मतको संख्या उल्लेख्य नै छ। पहिलो संविधानसभा निर्वाचनमा ४ लाख ७ हजार ४ सय ६२ र दोस्रोमा ३ लाख १२ हजार ८ सय ४१ मत बदर भएको थियो। 

२०७४ सालका तीनै तहका निर्वाचनमा पनि बदर मत धेरै छ। स्थानीय निर्वाचनमा ३.१८ प्रतिशत बदर भयो। प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ करिब ३ प्रतिशत बदर भएको आयोगको तथ्यांक छ। 

तीनै तहको निर्वाचनमा २६ लाख १० हजार ९ सय ६८ मत बदर भएको थियो। प्रतिनिधिसभामा समानुपातिकतर्फ १ करोड ५ लाख ८७ हजार ५ सय २१ मतदान भएको थियो। जसमा ९५ लाख ४४ हजार ७ सय ४४ मत सदर र १० लाख ४२ हजार ७ सय ७७ मत बदर भएको थियो। त्यो खसेको मतको ९.८४ प्रतिशत हो। प्रदेशसभातर्फ ९० लाख १९ हजार ३ सय ३० मत सदर भएको थियो। १५ लाख ६८ हजार  १ सय ९१ मत बदर भएको थियो। जुन १४.८१ प्रतिशत थियो।

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  २१:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्