• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
शनिबार सिनेमा

एक सन्काहा व्यापारीको अहंकारले निम्त्याएको दुर्गति

64x64
युवराज भट्टराई शनिबार, चैत २६, २०७८  १३:१५
1140x725

काठमाडौं– डेनियल प्लेनभ्यु एक महत्त्वकांक्षी व्यापारी हो। तर, ऊ आफूलाई एक पारिवारिक मान्छेको रूपमा परिचय गराउँछ। ‘मलाई आफ्नै बयान गर्न मन लाग्दैन’, प्लेनभ्युको तर्क छ। आफ्ना सामुन्नेका मानिसहरूलाई बेअर्थी ठान्नु, अरुप्रति निरंकुश किसिमले प्रस्तुत हुनु प्लेनभ्युका विशेषता हुन्। ऊ लोभी र सन्काहा छ। 

प्रसंग सन् २००८ मा पौल थोमस एण्डरसनले निर्देशन गरेको फिल्म ‘दियर विल बी ब्लड’को हो। अमेरिकी लेखक उप्टोन सिन्क्लैरको सन् १९२६ मा प्रकाशित उपन्यासमाथि आशिंक रूपमा आधारित यो फिल्मले भन्ने कथाको मुल पात्र प्लेनभ्यु हो। तर, उसको भूमिका सकरात्मक छैन। 

प्लेनभ्युको जीवन र विश्वमा तेल व्यापार उकालो लागेको कथा सँगसँगै अघि बढ्छ। सन् १८९८ मा संसारभर ‘कालो सुन’को नाममा तेलको बिक्री वितरण व्यापक हुने र नयाँ तेल खानी खोल्ने चलन बढिरहेको थियो। त्यहीबीच मेक्सिकोको कुनै ठाउँमा प्लेनभ्यु भने सुरुङ खनेर सुन खोज्नमा संघर्षरत् थियो। तर, पहेँलो सुनभन्दा पनि महंगो हुने देखिएको ‘कालो सुन’को व्यापारतर्फ मोडिएसँगै प्लेनभ्यु विलासी मात्र बन्दैन कि, ऊभित्रको मानवता पनि मर्दै जान्छ। 

तेल निकाल्नका लागि धोकाले कसैको जमिन हत्याएर सुरु भएको उसको यो महत्त्वकांक्षी यात्रा आफ्नै छोरालाई बहिष्कार गर्ने स्थितिसम्म आउँदा जीवनका थुप्रै सामाजिक पक्ष गुमाउँछ। अविवाहित रहेको उसले धर्मपुत्र राखेर बहिस्कार गर्नु उसको मानवताविरोधी क्रियाकलाप हो।

लोभबाट सुरु भएको कथा
कथाको केन्द्र प्लेनभ्युकै वरिपरि घुमे पनि घटनाहरू उसको विपक्षमा छन्। केही सफलताबाट हौसिएको ऊ थप लोभी बन्दै जान्छ। ऊ आफ्नो व्यापारभन्दा ठूलो कुनै सम्बन्ध वा अरु कुनै वस्तुलाई ठान्दैन।

धर्मपुत्र एचडब्ल्यु प्लेनभ्यु बुबाको निम्ति कुनै वस्तुको भन्दा बढी महत्त्वको हुँदैन। नखोजिएका दुर्गमका जमिनहरूमा तेल उत्खनन् गर्नका लागि आम मानिसको विश्वास जित्ने उत्प्रेरकको रूपमा ऊ आफ्नो छोरालाई प्रयोग गरिरहेको हुन्छ।

त्यो समयमा अरुले आफूलाई भन्ने गरेजस्तो ‘ओइल मेन’ नभनेर प्लेनभ्यु ‘फ्यामेली मेन’ भनेर चिनाउँछ। उसको जीवनमा मानिसमा हुनुपर्ने प्रेम र स्नेह कहिल्यै उपस्थित हुँदैन। उसका हरेक कदम नाफा र घाटासँग जोडिएका हुन्छन्।

सन् १८९८ मा सुन खोजिरहेको समय सुरुङमा खसेर आफ्नो खुट्टा भाचिँदा प्लेनभ्यु उपचारभन्दा पहिले आफूले फेला पारेको महंगा ढुंगाहरू बेच्न पुग्छ। सुनबाट सुरु भएको उसको समृद्धिको यात्रा सन् १९०२ मा फेरिन्छ। लस एञ्जल्स नजिकै तेल फेला पारेसँगै उसले तेल उत्खनन् गर्ने कम्पनी सुरु गर्छ।

nimb
nimb
Ncell 2
Ncell 2

तेल निकाल्न सस्तो मूल्यमा सन्डे परिवारको बञ्जर फाँटको अधिकार लिन्छ । क्यालिफोर्नियाको बोस्टन शहरको कुनै दुर्गममा तेल भएको खबर पाएपछि त्यसप्रतिको लोभले डोहो¥याएर त्यतै पुग्छ। उसले उत्खनन् गर्ने अधिकारसहित त्यो जमिनलाई भाडामा लिन्छ।

अब उसले तेल उत्खनन सुरु गर्छ। गाउँको चर्चलाई आर्थिक सहयोग गर्ने भन्दै एक स्थानीय पादरी इलाई सन्डेमार्फत गाउँलेको सहयोग पनि लिन्छ। इलाईको परिवारसँग पनि तेल उत्खनन् पछि चर्चलाई १० हजार अमेरिकी डलर सहयोग गर्ने वाचा गरेको हुन्छ। तर, यी सबैको कारण तेल निकालेर बेच्नेभन्दा केही हुँदैन। 

तेल उत्पादन सुरु भएपछि आफूले आश्वासन दिएका कुरालाई ऊ पन्छाउँदै जान्छ। गाउँले र इलाईले उसलाई आफ्नो वाचा सम्झाउँद पनि पन्छिन थाल्छ। अति समृद्धिको लोभकै कारण सबैबाट छुटेर ऊ एक्लो हुन्छ। तर, अझै पनि ऊ फाइदाका लागि जुनसुकै हदसम्म जानसक्ने स्थितिमा हुन्छ।

लोभले निम्त्याएको दुर्गति
इलाईले प्लेनभ्युसँग चर्चलाई सहयोग गर्न गरेका आश्वासनह बारे सोध्दा ऊमाथि हिंसात्मक हुन्छ। तर, समय एकनास हुँदैन। बदलिँदै जान्छ। प्लेनभ्युका निम्ति पनि समय फेरिन्छ।

तेल उत्खनन् गर्ने ठाउँमा विस्फोट हुन्छ। चर्च र इलाई यसको कारण ईश्वर भएको बताउँछन्। विष्फोटका कारण प्लेनभ्युको छोरा कान नसुन्ने हुन्छ। बोली पनि हराउँछ। 

आफूले उत्प्रेरकको रूपमा प्रयोग गरिरहेको छोराको त्यो अवस्थापछि प्लेनभ्यु दुःखी त हुन्छ, तर त्यो दुःख भौतिक प्राप्तिमा पर्ने असरको पक्षबाट देखिन्छ। प्लेनभ्युको भाइ बताएर काम गर्ने स्थलमा हेनरी आइपुग्छ। अब प्लेनभ्यु भाइ हेनरीसँग नजिक हुन्छ र छोरालाई बेवास्था गर्न थाल्छ। यसबाट निराश भएको छोराले घरमा आगो लगाउँछ। अनि प्लेनभ्युले छोरा एचडब्लुलाई बहिराहरूको स्कुलमा पठाउँछ।

वास्तवमा हेनरी प्लेनभ्युको भाइ नभएर भाइको साथी हुन्छ। तर, भाइको मृत्युपछि उही भाइको नाम बताएर सुख भोगका लागि आएको हुन्छ। झूटबारे ज्ञात भएको प्लेनभ्यु नक्कली हेनरीको हत्या गरेर रक्सीको मातमा रोइरहन्छ।

फिल्मभर प्लेनभ्युको जीवनका उतारचढाव र उसको लोभप्रतिको मोहका कारण निम्तिएका दुःखलाई देखाइएको छ। अनुकूलताको खोजीमा निस्किएको ऊ एक्लो मात्रै नभएर शून्य अवस्थामा पुगेको हुन्छ। अपुग केही हुँदैन, तर उसँग आफ्नो भन्नु पनि केही हुँदैन। उसले छोराको रुपमा ग्रहण गरेको एचडब्लु पनि कालान्तरमा आफ्नै बाटो लाग्छ। फिल्मको अन्तिम दृश्यमा इलाईको हत्यापछि प्लेनभ्यु रक्सी पिएर एक्लै छटपटाइरहेको देखिन्छ। यो दृश्य उसको जीवनका हरेक कालखण्डको परिणामको रुपमा प्रस्तुत भएको छ।

‘एन्टीहिरो’मार्फत असामाजिक पक्षको चिरफार
‘दियर विल बि ब्लड’ एन्डरसनको उत्कृष्ट निर्देशकीय फिल्म मात्रै नभएर अभिनेता डेनियल डे लेविसजस्ता दिग्गज र मेथड एक्टिङमा प्रखर कलाकारको उत्कृष्ट अभिनयले भरिएको छ। मानव जातिको मनोवैज्ञानिक अवस्थाको चित्रणसँगै तत्कालीन समयको कथालाई प्रस्तुत गरिएको छ। विस्तार भइरहेको धर्म र बढिरहेको पुँजीवादी परम्पराको प्रभावका अंशहरू फिल्ममा छन्। पुँजीवादी परम्पराका कारण व्यावसायीहरूले गर्ने छलकपटका पक्षहरूलाई फिल्ममा सम्बोधन गरिएको छ।

मुख्य पाटो प्लेनभ्युको रुपमा अभिनय गरेका डेनियल डे लेबिसको अभिनयमार्फत मानिसको मस्तिष्कमा चलिरहेको द्वन्द्वात्मक अवस्थालाई प्रस्तुत गर्नमा निर्देशक एन्डरसनले उत्कृष्टता हासिल गरेका छन्। फिल्ममा प्रमुख पात्र भए पनि मनोवैज्ञानिक रूपमा नकरात्मक भूमिकामा उसलाई राखेर निर्देशकले मानवताको न्यानोपनको अभावलाई प्रस्तुत गरेका छन्। मानिसको आकांक्षाहरूको उपजको रूपमा निम्तिने लोभ र त्यसको उच्च प्रभावका कारण हुने घट्नाहरू फिल्ममा देखिन्छ।

मनोविश्लेषकहरूले ‘बुबा’को भूमिकाबारे गर्ने तीन किसिमको विश्लेषणमध्ये प्लेनभ्यु पहिलो अर्थात् सांकेतिक बुबाको रुपमा देखिएका छन्। प्लेनभ्युले छोरामाथि पूर्ण रूपमा शासन गरिरहेको हुन्छ। सुरुवातदेखि अन्तिम दृश्यअघिसम्म छोराको जीवनका हरेक पक्षहरू प्लेनभ्युको हातमा हुन्छन्। आमाको अभावका कारण छोराको जीवनमा अभिभावकत्वको अर्थ शासक र व्यावसायिक मानसिकताको मालिक मात्र हो भन्ने देखिन्छ। जसकारण हरेक पल उसको जीवनमा भय र एक्लोपन महसुस हुन्छ। बुबा र छोराको सम्बन्धमार्फत परिवारमा हुने अभाव र भत्किएका सम्बन्धहरूलाई निर्देशकले सम्बोधन गरेका छन्। 

प्लेनभ्यु परिवार बनाउने र गाँस्नेभन्दा पनि सम्बन्धहरूलाई उपयोग गर्ने र त्यसबाट छुटकारा पाउनतर्फ उन्मुख छ। उसका लागि भौतिक सुख र सम्पत्तिको तुलनामा परिवार, समाज, मानवताजस्ता आधारभूत विषयको महत्त्व कम छ। यी विषय प्रस्तुत गर्न निर्देशक एन्डरसनले फिल्ममा ‘अमेरिकन ड्रिम’लाई प्रवेश गराएका छन्। १९औं शताब्दीमा मुख्यगरी अमेरिकी समाजमा मौलाएको सम्पत्ति, यौन सुखजस्ता भौतिक आवश्यकताको चित्रण गरिएको छ। आफ्ना सहकर्मी, छोरा र समाज सबैलाई प्लेनभ्यु फाइदाका लागि मात्र हेर्छ।

एन्डरसनको यो फिल्म ‘सम्पत्ति नै सबैथोक होइन’ भन्ने सिद्धान्तको ठीक विपरीत भएर प्रस्तुत भएको छ। प्लेनभ्यु ‘एन्टिहिरो’को रुपमा रहेको छ।
फिल्मले दर्शकलाई झक्झक्याउने थुप्रै पाटा छन्। शासक वा नेतृत्वकर्ताहरूले जनतामाथि गर्ने थिचोमिचोदेखि मालिकले कामदारमाथि गरिरहेको खराब व्यवहारले एउटा समय र अवस्थाको चित्रण गरेको छ। 

अभिनेता डेनियल डे लेविस अहिले अभिनयबाट सन्यास लिइसकेका छन्। तर, यो फिल्मले उनलाई जीवनको दोस्रो अस्कार दिलाएको थियो। सन् २०१३ मा उनले ‘लिंकन’ फिल्मका लागि आफ्नो जीवनको तेस्रो अस्कर पाए। त्यसैले पनि, दर्शकका लागि शताब्दीकै एक प्रखर अभिनेताको उत्कृष्ट अभिनय र एक प्रखर निर्देशकको उत्कृष्ट कथावाचन रहेको फिल्म हेर्नु उत्कृष्ट अनुभव हुन्छ।

प्रकाशित मिति: शनिबार, चैत २६, २०७८  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
गोपनीयता हनन गर्नेहरूलाई कानुनी कठघरामा ल्याउन सांसद तामाङको माग बुधबार, भदौ ३, २०८३
प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्री र मुख्यसचिवसँग कार्यसम्पादन सम्झौता बुधबार, भदौ ३, २०८३
नेपाल रेडक्रसले सबै प्रदेश र २३ जिल्लाका समितिलाई सोध्यो स्पष्टीकरण [सूचिसहित] बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
संसद बैठक बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
जितपुरसिमरामा तीन वर्षीया बालिकाको हत्या, दुई जना पक्राउ बुधबार, भदौ ३, २०८३
हुलाकमार्फत सर्वोच्च अदालतमा रिट! बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्