• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

नेपाल-भारत संयुक्त विज्ञप्ति नआउनुलाई सहमति जुट्न नसकेको अर्थमा बुझ्नुपर्छ : राजन भट्टराई [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ सोमबार, चैत २१, २०७८  २०:१४
1140x725

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट आइतबार फर्केका छन्। उनको तीनदिने भारत भ्रमणलाई विभिन्न कोणबाट चर्चा भइरहेको छ। चर्चाका मुख्य विषय भने भारत भ्रमणका क्रममा उनी भारतीय जनता पार्टी (भाजपा)को मुख्यालय जानु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त वक्तव्य नआउनु नै हुन्। देउवाको यो भ्रमणलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले कसरी हेरिएको छ? एमाले विदेश विभाग प्रमुख राजन भट्टराईसँग नेपाल लाइभले गरेको संवाद :

प्रमुख प्रतिपक्षी दलको आँखाबाट हेर्दा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण कस्तो रह्यो?
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण औपचारिकतामा सीमित भयो। उहाँहरुले कुनै नयाँ विषयमा सहमति गर्न सक्नुभएन। नेपाल र भारतका बीच जुन ज्वलन्त समस्या र विषयहरु थिए, ती विषय सशक्त रुपमा उठाउने काम हुन सकेन। यसले हाम्रो तयारी राम्रो नभएको देखिन्छ। उहाँले राष्ट्रिय मुद्दाहरु प्रभावकारी रुपमा उठाएर टुङ्गोमा पुर्‍याउनु हुन्छ भन्ने थियो। किनभने प्रधानमन्त्रीको तहबाट चार वर्षपछि भएको भ्रमण थियो। यसले केही निकास दिन्छ भन्ने अपेक्षा थियो, त्यो हुन सकेन। 

भारत भ्रमणका क्रममा यस पटक संयुक्त वक्तव्य जारी भएन। यसको कारण के हुनसक्छ? 
यस्ता भ्रमणमा दुवै पक्षका बीचमा सहमति भएर ती सहमतीका बुँदाहरु राखेर 'ज्वाइन्ट स्टेटमेन्ट' जारी गर्ने प्रचलन छ। यसरी हेर्दा यस पटक भारत र नेपालबीचमा सहमति भएन भन्ने बुझियो। यसमा 'यस्तो भएको होला' भनेर अनुमानका भरमा टिप्पणी गर्ने कुरा हुँदैन। सहमति भएमा यस्ता-यस्ता विषयमा दुवै पक्षको सहमति भयो भनेर संयुक्त विज्ञप्तिमा राखिन्छ, भएन भने आ-आफ्नै तरिकाले विज्ञप्ति जारी हुन्छ। अहिले भएको यही देखिन्छ। 

संयुक्त विज्ञप्ति जारी नहुनुमा सीमा विवाद नै मुख्य भएको अनुमान गरिएको छ। नेपालले सीमा विवादको कुरा उठाएको, तर भारतीय प्रधानमन्त्रीले वास्ता नगरेकाले विज्ञप्ति जारी हुन नसकेको अनुमान गर्न सकिन्छ? 
भारतीय पक्षबाट सीमा विवादबारे कुनै कुरा नआउनु र परराष्ट्र सचिव (हर्षवर्धन शृंगला)ले मात्र परम्परागत रुपमा भन्दै आएका विषय नै बोलेको हुनाले त्यसमा गम्भीर छलफल भएको रहेनछ भन्ने बुझ्नुपर्‍यो। गम्भीर कुरा गरेर निचोडमा नपुगेको हुँदा संयुक्त विज्ञप्ति राख्न नमिलेको हुन सक्छ। तर, हामीले अनुमानकै आधारमा यही विषय भन्न चाहिँ मिल्दैन।

संयुक्त विज्ञप्ति सहमति भएका विषयमा जारी गर्ने हो। गम्भीर विषय थिए। सीमाका विषय भयो, हाम्रो यत्रो व्यापार घाटा असामन्य बनेको छ। यसलाई ठीक ठाउँमा ल्याउन केही न केही गर्नैपर्ने अवस्थामा हामी छौं।

मूल्य वृद्धि आकाशिएको छ। हामी धेरै वस्तु भारतबाट आयात गर्छौं, यसलाई सन्तुलन गर्न केही सम्बोधन गर्ने प्रयास हुनुपर्थ्यो। निर्यातलाई कसरी वृद्धि गर्ने भन्ने विषयमा कुरा हुन सक्थ्यो। उनीहरुले  विद्युत थोरैमा किन्ने धेरैमा बेच्ने गरिरहेका छन्। यो असमानतालाई अन्त्य गर्ने विषय, डुबानको विषय र सीमा त छँदैछ।

तीन वर्षदेखि विवादित सीमाका विषयमा दुईटा परराष्ट्र मन्त्रीको सम्यन्त्रमा यसअघि सहमति भइसकेको थियो। कायम प्रणालीबाट कुराकानी अघि बढाउने सहमति भएको हो। त्यसभन्दा माथि कुरा हुँदा त्यसप्रतिको कुनै प्रतिबद्धता छैन। लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय छलफल गर्नेपर्ने हो। सुस्तादेखि अन्य विषय बाँकी  नै छन्। 

त्यस्तै इपीजीको बारेमा उहाँहरुले कुरा नै उठाउनु भएन। जबकि नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा यसलाई अगाडि बढाइएको हो। कार्यान्वयन केपी ओली प्रधानमन्त्री भएपछि भएको हो। दुवै पक्ष बसेर नेपाल-भारतका परम्परादेखि विवादित भनिएका विषयलाई सम्बोधन गरेर हामीले टुंगोमा पुर्‍याएका हौं। टुंगोमा पुर्‍याएको विषयलाई भारतले किन आनाकानी गरिरहेको छ भनेर यो तहमा उठ्नुपर्थ्यो। किनकि हामीले इपिजीको प्रतिवेदन बुझाएपछि दुई प्रधानमन्त्रीबीचको यो पहिलो भेटघाट हो। यस्ता थुप्रै विषय छन्। यी विषयलाई त्यस हिसाबबाट उठाउन किन चाहनुभएन? किन गर्नुभएन? यो उहाँहरुलाई नै सोध्नुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

समयमा यो प्रवुद्ध वर्गले विस्तृत प्रतिवेदन दिएको थियो केपी शर्मा ओलीको समयमा  विवादस्पद भनिएका विषयमा सम्वोधन गरेर टुङ्गोमा पुगेको प्रतिवेदन किन भारतले बुझ्न चाहेन? यो यसपल्ट उठाउनुपर्ने थियो । यो उठाउन किन चाहनु भएन वा सक्नु भएन उहाँहरुसगै सोध्नुपर्ला।

प्रधानमन्त्री देउवा भारतीय जनता पार्टीको मुख्यालय गएका कारण उनको आलोचना भइरहेको छ। कूटनीतिक रुपमा यो किन सही भएन?
एउटा देशको प्रधानमन्त्री औपचारिक भ्रमणका लागि अर्को मुलुक जाँदा पहिलो काम नै एउटा पार्टीको कार्यालयमा जानु सुहाउँदो होइन। यो अस्वाभाविक हो।  विगतमा यस्तो भएको थिएन। सामान्यतया प्रमुख विपक्षी पार्टीका नेतालाई भेट्ने कुरा हुन्छ। यसपालि त्यस्तो पनि गर्नुभएन। 

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवाको भारत भ्रमण : संयुक्त वक्तव्य जारी हुन नसक्दा आशंका

परराष्ट्र मन्त्रीले नेपाली कांग्रेस र भाजपाका नेताबीच भेटघाट रहेको बताउनुभयो। त्यहाँ त नेपाली कांग्रेसका नेता मात्रै थिएनन्, माओवादी केन्द्रबाट नियुक्त मन्त्री पनि हुनुहुन्छ। अर्को पार्टीबाट बनेका पनि हुनुहुन्छ। कि त उनीहरु कांग्रेस प्रवेश गरिसकेको भन्नुपर्‍यो।

Xtrem

Xtrem

फेरि, त्यहाँ बोर्ड नै राखिएको छ 'प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत' भनेर। यो त देखादेख ट्विस्ट गर्न खोज्नुभएको देखिएको छ। अभ्यास र प्रोटोकलका हिसाबले त्यसो गर्नु हुँदैनथ्यो भन्ने हाम्रो भनाइ हो। 

विगतमा एमाले अध्यक्ष केपी ओली चीन जाँदा त्यहाँको कम्युनिष्ट पार्टीको कार्यालय पुगेको विषय यससँग जोडेर उठाउन थालिएको छ नि?
चीनको कम्युनिष्ट पार्टी र त्यहाँको सत्ता तथा भारतीय जनता पार्टी र त्यहाँको सत्ता फरक कुरा हुन्। प्रणालीको कुरा हुन्छ। 

नेकपा एमाले अध्यक्ष केपी ओली चीन भ्रमणका क्रममा पार्टी कार्यालयमा जानु भएको होइन। तत्कालीन समयमा नेपालका प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनियाँ कम्युनिष्ट पार्टीको स्कुल विभागको भवनमा राखिएको एउटा प्रवचन कार्याक्रममा जानु भएको हो। उहाँले त्यहाँ सम्बोधन गर्ने कार्यतालिका भएकाले जानुभएको हो। केन्द्रीय कार्यालय भ्रमण गर्ने भनेर गएको होइन। 

देश चुनावको संघारमा छ। यही बेला प्रधानमन्त्री भारत भ्रमणमा जानुलाई प्रमुख प्रतिपक्ष दलले कसरी हेरेको छ?
उहाँहरुले चुनाव आउनै लाग्दा भारत सकारात्मक हुन्छ भनेरै भ्रमण तय गर्नुभएको होला। त्यो अन्दाज गर्न सकिन्छ। अहिले नेपाली जनता आफ्नो निर्णय आफैं गर्नुपर्छ भन्नेमा धेरै सजग छन्। सचेत पनि भइसकेका छन्। यस्ता खालका गतिविधि गरेर चुनाव जित्छु भन्ने कसैले ठानेको छ भने, त्यसले सकारात्मक परिणाम दिन्छ भन्ने मलाई लाग्दैन। नेपाल-भारत सम्बन्धमा निरन्तर उतारचढाव छ। हामीले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेपछि भारतसँगको सम्बन्ध फेरि चिसिएको आशंका थियो। यो भ्रमणले सम्बन्ध समधुर बनाउने भूमिका खेल्यो होला?त्यो विषय नै नउठाउने, दूतावासबाट त्यो नक्सा नै गायब गर्ने जुन कुरा छ, त्यसले त 'हामीले हिजो हस्ताक्षर गरे पनि सहमत चाहिँ छैनौं' भन्ने देखायो। आफ्नो मुलुकको भूभागबारे चर्चा नगर्ने प्रधानमन्त्री र प्रतिनिधिमण्डल पाउँदा त उनीहरुलाई सम्बन्ध बनेको जस्तो लागेको होला।

राष्ट्रको हितमा आफैंले हस्ताक्षर गरेर संविधान संशोधन गरेर राखिएको यो विषयलाई तलमाथि गर्ने छुट कसैलाई पनि छैन। उहाँले त्यस्तो खालको केही गर्नु भएको छ भने त झन् संविधान र कानुनको उलंघन नै हो।

'चुच्चे नक्सा' आएपछि प्रधानमन्त्रीको तहबाट भएको पहिलो भारत भ्रमणामा यो विषयलाई कसरी उठाउनु ठीक हुन्थ्यो?
सीमा, इपीजे प्रतिवेदन र व्यापार घाटका विषयमा उच्चस्तरीय तहमै संवाद हुन जरुरी थियो। यसरी संवाद र छलफल हुँदा ती विषयहरुले प्रवेश पाएपछि मात्रै अन्य प्रणाली सक्रिय हुन्छन् र एउटा टुंगोमा पुग्ने अवस्था बन्छ। त्यहाँ विज्ञहरु बस्छन् र एउटा निचोडमा पुर्‍याउँछन्। माथिल्लो तहमै प्रवेश नगराइदिएपछि तल्लो तहमा ती विषयमा संवाद हुने कुरै भएन।

हामीले होइन, नक्सा प्रकाशन उनीहरुले नै सुरु गरे। त्यसमा पनि जबर्जस्ती संरचना निर्माण गर्न थाले। त्यसपछि मुलुक एकजुट भयो। संसदभित्र र बाहिर दुवैतिर एक जुट भएर 'ती भूभाग  हाम्रै हुन्, नेपालमा पर्छन्' भनिएको हो। महाकालीदेखि पूर्व रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानीमा केही दशकदेखि भारतीय सेना बस्दै आएका छन्। त्यो फिर्ता हुनुपर्छ भन्नलाई र आफूसँग भएको तथ्यप्रमाण राख्न सकिँदैन भने त्यसले के सन्देश दिन्छ?

इपीजीको प्रतिवेदनमा सन् १९५० सन्धीको समाधान छ। भारतलाई पनि सीमामा समस्या छन् भन्ने लागेको छ। हामीले त्यसको समाधानसहितको प्रतिवेदन दिएका छौं। त्यस्ता महत्वपूर्ण क्षेत्रमा कंक्रिट सुझाव दिएको प्रतिवेदन ग्रहण गरिएको छैन। यसमा मौन बसियो। यसलाई उठाउनुपर्छ। त्यो तार्किक छ। अहिले मुलुकहरुको सम्बन्ध पनि तर्ककै आधारमा चल्ने हो। त्यस्तो भएको पाइएन।

 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  २०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
कांग्रेसको घोषणा : शहीद र द्वन्द्वपीडित परिवारका लागि १० करोडको अक्षय कोष सोमबार, असोज १९, २०८३
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्