• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भगत सिंहको जीवनको अन्तिम १२ घण्टा : जसले फाँसीको एक घन्टाअघि ‘रिभोलुसनरी लेनिन’ पढ्न थाले

रेहान फजल शनिबार, चैत १२, २०७८  ०७:००
1140x725
सन् १९२७ मा पहिलो पटक गिरफ्तारीपछि जेलमा खिचिएको भगत सिंहको फोटो। चमन लालले बीबीसी हिन्दीलाई उपलब्ध गराएका हुन्।

भारतको लाहौर केन्द्रिय कारागारमा २३ मार्च १९३१ को सुरुवात अन्य दिनजस्तै थियो। फरक कुरा, त्यो दिन बिहानै ठूलो आँधी आएको थियो।

तर, जेलका कैदीहरूलाई साँझ ४ बजे नै वार्डेन चरत सिंहले आ–आफ्नो कोठामा जान भन्दा उनीहरूलाई अच्चम लागेको थियो। उनले कारण बताएका थिएनन्। उनको मुखबाट केबल ‘माथिको आदेश हो’ मात्र निस्किएको थियो।

बरकत नाम गरेका जेलका नाईले हरेक कोठामा सुस्तरी बताउँदै हिँडे– आज राति भगत सिंह, राजगुरु र सुखदेवलाई फाँसी दिँइदै छ। 

त्यो पलको मौनताले उनीहरूलाई चकित तुल्यायो। कैदीहरूले बरकतसँग फाँसीपछि भगत सिंहको कुनै पनि सामान, चाहे त्यो कलम, काइँयो वा घडी होस्, उनीहरूलाई ल्याएर दिन अनुरोध गरे। ता कि, उनीहरूले आफ्ना सन्तानलाई आफू कुनै समय भगत सिंहसँगै जेलमा बसेको सुनाउन सकुन्।

त्यसपछि बरकत भगत सिंहको कोठामा गए र त्यहाँबाट उनको कलम र काइँयो लिएर आए। सबै कैदीहरूमा कसले ती सामानमाथि अधिकार जमाउने भन्ने होडबाजी चल्यो। अन्तिममा गोलाप्रथामार्फत सामान बाँडियो।

त्यसपछि सबै कैदी चुप भए। उनीहरूको नजर कोठा अघिल्तिरको बाटोमा थियो। भगत सिंह र उनका साथीहरूलाई फाँसीमा झुण्ड्याउन त्यही बाटोबाट लगिँदै थियो।

त्यसअघि एक पटक जब भगत सिंहलाई त्यही बाटोबाट लगिँदैथियो, तब पञ्जाब कांग्रेसका नेता भीमसेन सच्चरले चर्को आवाजमा उनीसँग सोधेका थिए, ‘तपाईं र तपाईंका साथीहरूले लाहौर षड्यन्त्रको मुद्दामा किन आफ्नो बचाव गर्नु भएन?’

भगत सिंहको जवाफ थियो, ‘क्रान्तिकारीहरूले मर्नै पर्छ। किनकि उनीहरू मरेपछि उनीहरूको अभियान थप बलियो हुन्छ, अदालतमा अपिल गरेर हुँदैन।’

Ncell 2
Ncell 2
nimb
nimb

जेलका वार्डेन चरत सिंहसमेत भगत सिंहका प्रशंसक थिए। आफ्नो तर्फबाट जे जति हुन सक्थ्यो भगत सिंहका निम्ति उनी गरिदिन्थे। उनकै कारण लाहौरको द्वारकादास पुस्तकालयबाट भगत सिंहका निम्ति किताबहरू निस्किएर जेलभित्रसम्म आइपुग्थे।

भगत सिंहलाई किताब पढ्न निकै शोख थियो। एक पटक उनले आफ्नो स्कुले साथी जयदेव कपुरलाई चिठ्ठीमा आफ्नो लागि कार्ल लिब्नेख्तको ‘मिलिट्रिजम’, लेनिनको ‘लेफ्ट विङ कम्युनिजम’ र आप्टन सिन्क्लेयरको उपन्यास ‘द स्पाई’ कुलवीरमार्फत पठाउन भनेका थिए। 

भगत सिंहलाई जेलको कठिन जिन्दगीको बानी परिसकेको थियो। उनको कोठाको भुईंमा प्लास्टर गरिएको थिएन। बरु घाँस उम्रिएको थियो। उनको ५ फुट १० इञ्चको शरीर जसोतसो अट्ने सानो ठाउँ थियो।

भगत सिंहको खाकी रङको कमिज

भगत सिंहलाई फाँसी दिनुभन्दा दुई घण्टा पहिले उनका वकिल प्राणनाथ मेहता उनलाई भेट्न पुगेका थिए। मेहताले पछि लेखेअनुसार, ‘भगत सिंह आफ्नो सानो कोठामा पिंजडामा बन्द सिंहले जस्तै चक्कर लगाइरहेका थिए।’

Xtrem

Xtrem

भगत सिंहले मुस्कुराउँदै मेहताको स्वागत गरेका थिए र आफ्नो लागि पुस्तक ‘रिभोलुसनरी लेनिन’ ल्याए नल्याएको सोधेका थिए। जब मेहताले उनलाई पुस्तक थमाइदिए, भगत सिंहले त्यही समय पुस्तक पढ्न थाले। यस्तो लाग्थ्यो, उनीसँग अब धेरै समय छैन।

मेहताले उनलाई सोधेका थिए, ‘के तपाईं देशको निम्ति केही सन्देश दिन चाहनुहुन्छ?’

भगत सिंहले पुस्तकबाट आफ्नो नजर नहटाइ भने, ‘केबल दुई सन्देश... साम्राज्यवाद मुर्दावाद र इन्कलाब जिन्दावाद।’

त्यसपछि भगत सिंहले आफ्नो मुद्दामा गहिरो रुचि राखेका पण्डित नेहरू (जवाहरलाल नेहरू) र सुभाषचन्द्र बोसलाई आफ्नो धन्यवाद सुनाइदिन भनेका थिए।

भगत सिंहसँगको भेटपछि मेहता राजगुरुसँग भेट्न उनको कोठामा पुगे। राजगुरुका अन्तिम शब्द थिए, ‘हाम्रो भेट छिट्टै हुनेछ।’

सुखदेवले भने मेहतालाई आफ्नो मृत्युपछि जेलरसँग उनले केही महिनाअघि आफूलाई दिएको क्यारामबोर्ड फिर्ता लैजान याद गराएका थिए।

मेहता जेलबाट निस्किएको केही समयपछि जेलका अधिकारीहरूले तीनै जना क्रान्तिकारीहरूलाई निर्धारित समयभन्दा १२ घण्टाअघि नै फाँसी दिइने बताएका थिए। भोलिपल्ट बिहान ६ बजेको सट्टा सोही साँझ ७ बजे फाँसीमा लड्काइने भएको थियो। 

भगत सिंहले मेहताले दिएको पुस्तकका केही पन्ना मात्रै पढ्न भ्याएका थिए। उनको मुखबाट निस्कियो, ‘के तपार्इं मलाई यो पुस्तकको एक अध्याय पनि पढ्न दिनुहुन्न?’

भगत सिंहका जुत्ता। यी जुत्ता भगत सिंहले अर्का क्रान्तिकारी साथी जयदेव कपुरलाई उपहार दिएका थिए।

भगत सिंहले जेलका मुस्लिम सफाइ कर्मचारी बेबेसँग फाँसीको अघिल्लो दिनको साँझ आफ्नो घरबाट खाना ल्याइदिन अनुरोध गरेका थिए। तर, बेबेले भगत सिंहको यो इच्छा पूरा गर्न सकेनन्। किनकि भगत सिंहलाई १२ घण्टा पहिले नै फाँसी दिने फैसला लिइएको थियो। बेबे जेलको गेटबाट भित्र छिर्न पाएनन्। 

केही बेरपछि तीनै जना क्रान्तिकारीहरूलाई फाँसीको तयारीका लागि कोठाबाट निकालियो। भगत सिंह, राजगुरु र सुखदेवले आफ्नो हात जोडेर उनीहरूको प्रिय ‘स्वतन्त्रताको गीत’ गाउन थाले।
कभी वो दिन भी आएगा
कि जब आजाद हम होंगें
ये अपनी ही जमीं होगी
ये अपना आसमाँ होगा।

(यसको अर्थ हुन्छ– कुनै बेला त्यो दिन आउनेछ, जब हामी स्वतन्त्र हुनेछौं, यो आफ्नै जमिन हुनेछ, यो आफ्नै आकाश हुनेछ।)

त्यसपछि तीनै जनाको एक–एक गरी तौल नापियो। सबैको तौल बढेको थियो। उनीहरू सबैलाई अन्तिम पटक नुहाउन भनियो। त्यसपछि कालो कपडा पहिराइयो। तर, उनीहरूको अनुहारलाई खुल्ला नै राखियो।

चरत सिंहले भगत सिंहको कानमा सुस्तरी वाहेगुरु (ईश्वर)लाई याद गर्न भने।

भगत सिंहले भने, ‘पूरै जीवनभर मैले ईश्वरलाई याद गरिन। वास्तवमा मैले कैयौं पटक गरिबहरूको पीडाका निम्ति ईश्वरलाई गाली गरेको छु। यदि, मैले अहिले ईश्वरसँग माफी मागेँ भने उनले मजस्तो डरपोक कोही नभएको ठान्नेछन्। अनि भन्नेछन्– यसको अन्त्य नजिक आइरहेको छ। त्यसैले माफी माग्न आएको छ।’

जब जेलको घडीमा ६ बज्यो, कैदीले टाढाबाट आइरहेका केही पदचाप सुने। त्योसँगै भारी बुट जमिनमा टेक्दा आउने आवाज पनि आइरहेको थियो। साथै, एउटा गीत पनि दबिएको स्वरमा सुनिरहेको थियो, ‘सरफरोशी की तमन्ना अब हमारे दिल में है...’

अचानक चर्को स्वरमा ‘इन्कलाब जिन्दबाद’ र ‘हिन्दुस्तान स्वतन्त्र होस्’ भन्ने नाराहरू सुनिन थाल्यो। फाँसी दिने तख्ता पुरानो थियो। तर, फाँसी दिनेहरू निकै तन्दरुस्त थिए। फाँसी दिनका लागि मसीह जल्लादलाई लाहौर नजिकैको शाहदराबाट बोलाइएको थियो। 

भगत सिंह ती तीन जनाको बीचमा उभिएका थिए। उनी फाँसीको तख्ताबाट ‘इन्कलाब जिन्दावाद’को नारा लगाउने आफ्नी आमालाई दिएको वचन पूरा गर्न चाहन्थे। 

लाहौर जिल्ला कांग्रेसका सचिव पिन्डी दास सोन्धीको घर लाहौर केन्द्रीय कारागारसँग जोडिएको थियो। भगत सिंहले यति चर्को आवाजमा ‘इन्कलाब जिन्दावाद’को नारा लगाएकी उनको आवाज सोन्धीको घरसम्म सुनियो। 

उनको आवाज सुन्नसाथ जेलका अन्य कैदीहरूले पनि नारा लगाउन थाले। तीन युवा क्रान्तिकारीको घाँटीमा फाँसीको डोरी लगाइएको थियो। उनीहरूको हात र खुट्टा बाँधिएको थियो।

तब जल्लादले सोध्यो, ‘सबैभन्दा पहिला को जाने?’

सुखदेवले सबैभन्दा पहिले फाँसीमा लाग्ने बताए।

जल्लादले एक एक गरेर डोरी ताने र उनीहरूको खुट्टामुनि राखिएको तख्तालाई ‘लात हानेर’ हटाइदिए। धेरै बेरसम्म उनीहरूको शव फाँसीमा झुण्डिरह्यो। 

अन्त्यमा उनीहरूलाई तल उतारियो। त्यहाँ रहेका डाक्टरहरू लेफ्टिनेन्ट कर्नेल जेजे नेल्सन र लेफ्टिनेन्ट कर्नेल एनएस सोधीले उनीहरूलाई मृत घोषित गरे। 

एक जेल अधिकारीलाई यो फाँसीको घटनाले यति असर भयो कि, उनलाई मृतकको पहिचान गर्नभन्दा त्यसो गर्न मानेनन्। उनलाई तत्कालै निलम्बित गरियो। उनको सट्टामा एक जुनियर अफिसरले काम गरे।

पहिले उनीहरू सबैको अन्तिम संस्कार जेलभित्रै गर्ने योजना थियो। तर, त्यो विचार त्याग्नु पर्ने भयो, किनकि जेलबाट धुँवा उडेको देखेपछि जेलबाहिर रहेको भिडले जेलका अधिकारीहरूलाई हमला गर्न सक्ने आभास भयो। त्यसैले जेलको पछिल्तिरको ढोका र पर्खाल तोडियो। त्यही बाटोबाट एउटा ट्रक जेलभित्र ल्याइयो। 

पहिले उनीहरूको अन्तिम संस्कार रावी नदीको किनारमा गर्ने तय गरियो। तर, रावी नदीमा पानी निकै कम थियो। त्यसैले, सतलज नदीको किनारमा शव जलाउने फैसला लिइयो। अनि तीनै वटा पार्थिव शरीरलाई फिरोजपुर नजिकैको सतलजको किनारमा ल्याइयो। त्यति बेला रातको करिब १० बजेको थियो। यसबीच उपप्रहरी अधिक्षक कसुर सुदर्शन सिंहले कसुर गाउँबाट एक पुजारी जगदीश अचरजलाई बोलाएर ल्याए। 

भगत सिंहले गरेको भोक हड्तालको पोस्टर, जसमा उनकै नारा लेखिएको छ।

उनीहरूको शवमा आगो लगाइएको मात्र थियो, सर्वसाधारणलाई यो घटनाबारे थाहा भयो। जब बेलायती सैनिकहरूले सर्वसाधारणलाई आफूतर्फ आइरहेको देखे, तब उनीहरू शव त्यहीँ छाडेर आफ्नो सवारीतर्फ भागे। रातभर गाउँका मानिसहरूले उनीहरूको शवलाई निगरानी गरिरहे।

भोलिपल्ट दिउँसो जिल्लाका मेजिस्ट्रेटको हस्ताक्षरसहित लाहौरका कैयौँ क्षेत्रमा सूचना टाँसियो कि भगत सिंह, सुखदेव र राजगुरुको सतलज किनारमा हिन्दू र सिख रीतिअनुसार अन्तिम संस्कार गरिएको छ। यो सूचनामा सर्वसाधारणले विपरीत प्रतिक्रिया दिए। सर्वसाधारणले उनीहरूको ‘अन्तिम संस्कार गर्नु त परको कुरा, शवसमेत राम्रोसँग नजलाइएको’ बताएका थिए।

जिल्ला मेजिस्ट्रटले यसको खण्डन गरे। तर, कसैलाई पनि उनको कुरामा विश्वास थिएन।

यी तीन जनाको सम्मानमा तीन माइल लामो भिडसहित शोक जुलुस नीला गुम्बदबाट सुरु भयो। पुरुषले विरोधस्वरुप आफ्नो पाखुरामा कालो पट्टी बाँधेका थिए र महिलाहरूले कालो साडी लगाएका थिए। लगभग सबै मानिसको हातमा कालो झण्डा थियो। लाहौर मल हुँदै अघि बढेको जुलुस अनारकली बजारको बीचमा रोकियो। जब भगत सिंहको परिवार तीन जना शहीदको नजलेका अवशेषहरू लिएर फिरोजपुरबाट त्यहाँ पुगेको घोषणा भयो, पूरै भिड शान्त भयो। 

फूलले ढाकिएको तीन बक्सामा उनीहरूको शब त्यहाँ आयो, भिड भावुक हुन थाल्यो। सर्वसाधारणले आफ्नो आँसु रोक्न सकेनन्। 

त्यति बेलाको एक चर्चित पत्रिकामा सम्पादक रहेका मौलाना जफर अलीले एउटा नज्म पढे, जसमा बताइएको थियो, ‘कसरी आधा जलेको शवलाई खुल्ला आकासमुनि जमिनमा छाडिएको थियो।’

त्यही बेला जेलका वार्डेन चरत सिंह सुस्त कदम चाल्दै आफ्नो कोठामा पुगे र रुन थाले। उनले आफ्नो ३० वर्षको करिअरमा सैयौं फाँसी देखेका थिए। तर, कसैले पनि मृत्युलाई यति बहादुरीका साथ स्वीकारेको थिएन, जति भगत सिंह र उनका दुई साथीहरूरुले स्वीकार गरे।

कसैलाई पनि अनुमान थिएन, उनीहरूको शहादतको १६ वर्षपछि भारतमा बेलायती साम्राज्यको अन्त्य हुनेछ। भारतको जमिनबाट बेलायती सैनिक सधैंका लागि जानेछन्। 

बीबीसी हिन्दीबाट

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
असोज २३ बाट दशैंका लागि अग्रीम टिकट बुकिङ खुला
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई
सम्बन्धित सामग्री
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
खार्किभमा रुसी आक्रमण, कम्तीमा चार जनाको मृत्यु खार्किभका मेयर इहोर तेरेखोभका अनुसार निर्देशित हवाई बमबाट भएको आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने तीन बालबालिकासहित ३९ जना... मंगलबार, असोज २०, २०८३
रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण, ५१ प्रतिशत क्षमता प्रभावित भएको दाबी युक्रेनले गरेको लामो दूरीको आक्रमणबाट रुसको कुल तेल प्रशोधन क्षमताको ५१ प्रतिशत प्रभावित भएको दाबी गरेको छ। मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
बेपत्ता व्यक्तिको मृत्यु घोषणाका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्दैछौं : कानुनमन्त्री मंगलबार, असोज २०, २०८३
असोज २३ बाट दशैंका लागि अग्रीम टिकट बुकिङ खुला मंगलबार, असोज २०, २०८३
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्