• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

बालबालिकालाई प्रश्न सोध्न सिकाउनुपर्छ !

डा बाबुराम भट्टराई मंगलबार, चैत १, २०७८  ११:०७
1140x725

के पढ्ने, किन पढ्ने भन्ने बिषयको सुरुवात म वैज्ञानिक न्यूटनको भनाइबाट गर्न चाहन्छु – हामीले जानेको भनेको एक थोपा हो, हामीले जान्न बाँकी कुरा भनेको समुद्र हो। यसको अर्थ हामीले जान्ने, पढ्ने भनेकै जान्नुपर्ने कुरा धेरै छ, मैलै जानेको छैन भन्नेबाट सुरु गर्नुपर्छ। त्यो नै प्राथमिक विन्दु हो। हामीले हाम्रा छोराछोरीलाई सिकाउने भनेको यो विश्व, ब्रहामण्ड र आफैलाई बुझ्न सिकाउने नै हो।

म आफ्नो नातिको धेरै कुरा सामाजकि सञ्जालमा राखिराख्छु। धेरैले मलाई पूर्वप्रधानमन्त्रीले आफ्नो नातिको कुरा के राखेको होला भनेर पनि प्रतिक्रिया दिनुहुन्छ तर मैले उसले सिकिराखेको कुरा राख्नुको अर्थ ऊ भविष्यको नागरिका भनेर हो, मेरो नाति भनेर मात्र होइन। मैले उसलाई दिएको पहिलो उपहार पुस्तक नै हो। सन् २०२० मा जन्मेको ऊ २२ औं शताब्दीको नागरिक हो। त्यसैले ऊ र ऊजस्ता बालबालिकाहाम्रो पुस्ताभन्दा उत्कृष्ट हुनुपर्छ भन्ने हो। 

मभन्दा तपाईँ अभिभावक र शिक्षक ज्ञानी हनुहुन्छ। मेरो एउटा बुझाइ के छ भने हामीले हाम्रा छोराछोरीलाई सही ढंगले सिकाउन पनि जान्नुपर्छ। मैले किन सिकाउने वा पढ्ने त भने तर के सिकाउने भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ। जे सत्य छ, तथ्यपरक छ त्यही सिकाउने हो। हामीले हिजो जे सुन्यौ, त्यहीँ सिकायौं। गलत पनि सिकायौं। तथ्यमा नगइ सिकायौं। हाम्रो उखानै छ, आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको।

बुढाको कुरा सुनेपछि त बुढाले पुरानो कुरा मात्र गर्छ। जबकी हामी त भवष्यिमा बाँच्नु छ। यति ठूलो ज्ञान—विज्ञानको आविष्कार छ। प्रविधिको यति धेरै विकास भइरहेको छ। ज्ञानका यति धेरै क्षेत्र खुलिरहेका छन्। त्यो विषय पो सिकाउने हो। त्यसैले हामीले कुरा सुन्नु बुढाको होइन, कुरा सुन्ने त हामीले वैज्ञानिकको हो, चिन्तकको हो। आविष्कारकहरुको हो। जसले नयाँ नयाँ कुराको खोजी गर्छन्, तिनको कुरा सुन्ने हो।

त्यसैले मेरो आग्रह के हो भने हामीले हाम्रा छोराछोरीहरुलाई वैज्ञानिक चेत दिनु पर्छ। कुनै प्रकारका मुढआग्रह, अवैज्ञानिक मान्यताहरु, विज्ञानबाट पुष्टि नहुने कुराहरु, जीवन र जगतका अनुभवबाट गलत पुष्टि भएका कुराहरु हामीले बालमस्तिष्कमा हाल्दिनु हुँदैन। उनीहरुलाई खुला छोडिदिनुपर्छ। विज्ञानले पुष्टि गरेका वैज्ञानिक कुरा मात्र सिकाउनु पर्छ। र त्यस्तै किताब पढ्न उत्प्रेरित गर्नुपर्छ। 

अर्को कुरा हामी यो समाजमा छौं। समाजमा त वर्ग, जाति, धर्म, क्षेत्र, लिंग, समुदाय अनेकमा हामी मान्छे बाँडिएका छौं। हाम्रा रुपरंग फरक होलान् तर हामी सबै मान्छे हौं। हाम्रो औसत क्षमता बराबर छ। विज्ञानले भन्छ, हामी प्रत्येक मान्छे बराबर हौं। चाहे हामी होचो वा अग्लो वा गोरो वा कालो वा महिला वा पुरुष वा अन्य हौं। हामी सबैको औसत क्षमता बराबर हो। त्यसैले कोही सानो वा ठूलो हुँदैन। सबै मान्छे बराबर हुन्छन्।

महिला र पुरुषबीचको विभेद, धनी र गरिबबीचको विभेद, जाति र रंग बीचको विभेद, मधेश र पहाडमा बस्ने मान्छे बीचको विभेद, नेपाल र अन्यत्र बस्ने मान्छे विचको विभेद कुनै पनि हिसाबमा स्वीकार्य हुँदैन। त्यो सत्य होइन। वैज्ञानिक होइन। हामीले बालबालिकामा बराबरीको सम्बन्धको चेत दिनुपर्छ।

समानता र न्यायको कुरालाई बालबालिकाको मस्तिष्कमा हाल्दिनुपर्छ। त्यसैक्रममा आन्विका गिरीको ‘मेरो दिदी’ बालउपन्यासमा छोरा र छोरीबीचमा हामीले जसरी विभेद गर्छौ त्यसलाई उहाँले अत्यन्त रोचक र मार्मिक ढंगले राख्नुभएको छ। बच्चा जन्मदा छोरा वा छोरी हुनु कसैको छनोटको कुरा होइन। मैले छानेर म छोराको रुपमा जन्मेको होइन र उहाँले (लेखक गिरी) छानेर छोरीका रुपमा जन्मेको होइन।

Ncell 2
Ncell 2
nimb
nimb

हाम्रा बा र आमा दुबैको हाम्रो बनोटमा ५०,५० प्रतिशतको हिस्सेदारी छ। यो कुरा विज्ञानले भन्छ। तर हामी बालाई बढी सम्मान गर्ने, बालाई बढी महत्त्व दिने, बाकै सन्तान हुँ भनेर परिचय गराउने गर्छौं। तर आमाको भूमिकालाई कम आँक्ने अर्थमा हाम्रो हुर्काइ हुन्छ, जबकी हामी जन्मिनुमा आधा योगदान छ र अझ व्यावहारिक रुपमा लालनपालनमा आमाको बढी भूमिका हुन्छ। त्यसैले यस्तो लैंगिक विभेद ठिकै छैन भनेर उहाँले (लेखक गिरी) लेख्नुभएको छ। 

तेस्रो कुरा के पढ्ने भन्ने सवालमा हामी हाम्रा बच्चाहरुलाई तँ यो बन् भनेर भन्छौं। भर्खर जन्मेको बच्चालाई पनि हामी यो ठूलो भएपछि डाक्टर बन्छ, इन्जिनियर बन्छ, पाइलट बन्छ भनेर उसको बारेमा निर्णय गर्छौ र त्यही कुरा उसको बालदिमागमा पनि हाल्छौं। हामी को हौ त्यसो भन्ने? बच्चालाई सोच्न स्वतन्त्र छाड्नुपर्छ। बालबालिकाको मस्तिष्कको विकासमा हामीले योगदान गर्ने हो।

बालबालिका हुर्कंदै गएपछि उनीहरुका रुचि के छन्? मान्छेका त थुप्रै रुचि हुन्छन्। हाम्रो मन मस्तिष्कमा विभिन्न रुचि उत्पन्न हुन्छन्। त्यसैले भौतिक विज्ञानका कुरा, सामाजिक विज्ञानका कुरा, सौन्दर्यशास्त्रका कुरा यी सबै कुरा हामीले बालबालिकालाई सिकाउनुपर्छ। कता रुचि छ भन्ने कुरा सुरुमा नै बच्चालाई थाहा हुँदैन।

म आफै एउटा गाउँले परिवेशमा हुर्किए। स्कूलमा निबन्ध लेख्न दिइन्थ्यो, तिम्रो भविष्यको लक्ष के हो? भनेर अनि हामी त्यतिबेला मेरो जीवनको लक्ष इन्जिनियर बन्ने, डाक्टर बन्ने, पाइटल बन्ने लेख्थ्यौं। हाम्रा गुरुहरु मख्ख परेर नम्बर दिनुहुन्थ्यो। जबकी हामीलाई केही थाहा थिएन। हामीले हल्लैहल्लाको भरमा सुनेर लेखेका हुन्थ्यौं। पछि थाहा भयो जीवन र जगत त धेरै जटिल रहेछ।

Xtrem

Xtrem

त्यसैले बालबच्चलाई सुरुमै के बन्ने भनेर तोकिदिनु हुँदैन। कोही राम्रो कलाकार छ, कलातिर उसको रुचि छ भने कलामा नै उसले उत्कृष्टता हासिल गरोस् न। कसैको साहित्यप्रति रुचि छ, राम्रो साहित्यकार ऊ बनोस्। कसैको समाजशास्त्रमा रुचि छ, समाजशास्त्री बनोस्। राजनीतिमा रुचि छ, नेता बनोस्। अर्थशास्त्रमा रुचि छ, अर्थशास्त्री बनोस्। भौतिक विज्ञानमा रुचि भए, प्राविधिज्ञ बनोस्। जीव विज्ञानमा रुचि छ, चिकित्सक बनोस्। बच्चालाई उसको रुचिमा छोडिदिनुपर्छ। यो हुने त्यो नहुने भन्ने हामीले (अभिभावक, शिक्षक) लाद्नु हुँदैन। 

चौथो कुरा इतिहासले हामीलाई के सिकाउँछ भने अन्ततः हामी जुन धन, सम्पति, समृद्धि हासिल गर्छौ त्यसको स्रोत भनेको मानवीय श्रम हो, शारीरिक श्रम होस् वा मानसिक श्रम होस्। त्यसैले हामीले पढेपछि श्रम गर्नुहुँदैन भनेर जुन हामी सिकाउँछौ त्यो गलत हो। आन्विकाजीको उपन्यासमा पनि उहाँले यो कुरा राम्ररी उल्लेख गर्नुभएको छ। हामीले सबै प्रकारका श्रमको सम्मान गर्नुपर्छ। आखिर विकास समृद्धिको स्रोत भनेको मानविय श्रम नै हो।

श्रम गर्नुमा हामीले गर्व गर्नुपर्छ। श्रम सानो ठूलो हुँदैन। यो हामीले सिकाउनै पर्छ। श्रमको महत्त्व बुझाउने पुस्तकहरु हामीले हाम्रा केटाकेटीलाई पढ्न दिनुपर्छ। अन्त्यमा मेरो आग्रह के छ भने हामीले हाम्रो दिमागलाई खुला राख्न सिकाउनुपर्छ। बालबालिकालाई हामीले हाम्रा कुरा लाद्ने होइन, प्रश्न सोध्न सिकाउनुपर्छ। उनीहरुको जुन क्षमता छ, त्यसलाई प्रस्फुटित गरिदिने हो। त्यसैले यो दुनियाँ के हो? संसार के हो? के ठिक हो, के बेठिक हो भन्ने प्रश्न उनीहरुले गर्ने र ज्ञानलाई आफैले आत्मसाथ गरे भने त्यो ज्ञान बलियो हुन्छ। घोकन्ते ज्ञान र अर्काले हाल्देको कुराले मात्र मान्छेको ज्ञान पूर्ण हुँदैन। बालबालिकालाई पढ्न सिकाउने भनेको उनीहरुको सृजनशिल क्षमता वृद्धि गर्ने नै हो। 

(आन्विका गिरीको पुस्तक ‘मेरी दिदी’को विमोचन कार्यक्रमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा व्यक्त विचार )
 

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्