• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्थानीय निर्वाचन : सत्ता गठबन्धनका दलबीच कसरी हुन्छ तालमेल?

64x64
वीरेन्द्र ओली आइतबार, फागुन २९, २०७८  २१:१३
1140x725

काठमाडौं- स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने भएसँगै दलहरु तीव्र तयारीमा जुटेका छन्। केन्द्रीय नेताहरु बिस्तारै काठमाडौंबाहिर पुग्न थालेका छन्। पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिइरहेका छन्। बैठक बसेर पार्टीको योजना तय गरिसकेका/गरिरहेका छन्। अन्य रणनीति पनि बनाइरहेका छन्।

सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलको प्रयास पनि चलिरहेको छ। गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चा भने एमसीसीलाई लिएर गठबन्धनबाट बाहिरिसकेको छ।

गठबन्धनको नेतृत्वकर्ता कांग्रेस चुनावी गठबन्धनको विषयमा दुई धारमा प्रकट हुँदै आइरहेको छ। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवापक्ष स्थानीयतहदेखि संघीय चुनावसम्म गठबन्धनका दलहरुबीच तालमेल गरेरै जानुपर्ने पक्षमा छन्। शेखर कोइरालापक्ष भने कांग्रेस एक्लै चुनाव लड्नुपर्ने पक्षमा छ।

कांग्रेसभित्रै चुनावी तालमेललाई लिएर दुई धार देखिएपछि गठबन्धनकै अन्य तीन दलले पनि ठोस धारणा बनाउन सकेका छैनन्। उनीहरु कांग्रेसको एकीकृत धारणा कुरेर बसेका छन्। कांग्रेस तालमेलको लागि तयार नभए बाँकी तीन दलले मात्रै पनि तालमेल गर्ने सम्भावना रहेको नेताहरु बताउँछन्। तर, आजका दिनसम्म भने आगामी निर्वाचनमा गठबन्धन होला कि नहोला, भएमा कस्तो होला भन्ने अन्योल बाँकी नै छ।

सत्ता गठबन्धनमै तालमेल मोडलहरू 
स्थानीय तहदेखि संघीय चुनावमा तालमेल गर्ने विषयमा पहिलो र दोस्रो तहका नेताहरुबीच पटकपटक छलफल भइसकेको छ। तालमेलको व्यवहारिक र विवादरहित बाटो पहिल्याउन नसक्दा ठोस निर्णय हुन सकेको छैन। चुनाव हुने दिन नजिकएसँगै स्थानीय तहमा उम्मेदवार हुन आकांक्षा राख्नेहरुले आफ्नो आन्तरिक सक्रियता बढाएका छन् तर गठबन्धनका दलहरुबीच ठोस निर्णय हुननसक्दा त्यो सक्रियता ठूला रुपमा प्रकट हुन सकेको छैन।

स्थानीय नेतृत्वको चित्त बुझाएर तालमेल गर्न शीर्ष नेतृत्वलाई पनि उत्तिकै कठिन हुने देखिएको छ। आ–आफ्ना पार्टीका स्थानीय आकांक्षीको चित्त बुझाएपनि तालमेल अनुसार नै भोट आउला भन्नेमा ढुक्क देखिँदैनन्। त्यसैले तालमेल गर्ने मात्रै होइन, सोही अनुसार परिणाम हासिल गर्ने उपायको खोजी पनि चलिरहेको छ।

स्थानीय चुनावमा तालमेल गर्न पार्टीको स्थानीय नेतृत्व सम्मिलित गठबन्धनको संयन्त्र बनाउनुपर्ने मत उठेको एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले बताए। ‘स्थानीय समस्या स्थानीय नेतृत्वलाई थाहा हुन्छ। त्यहाँ कुन पार्टीको मत कस्तो छ? कसलाई टिकट दिँदा जित्छ? भन्ने जस्ता विषयमा चार दलीय संयन्त्रले मूल्यांकन गर्छ। त्यसैका आधारमा उम्मेदवारको सिफारिस गरेर तालमेल गर्ने भन्ने छ’, उनले भने, ‘त्यसैगरी प्रदेशमा प्रदेश संयन्त्र र संघीय चुनावमा केन्द्रीय संयन्त्र बनाउने विषयमा छलफल चलेको छ। त्यसको टुंगो भने लागिसकेको छैन।’

अर्को मोडलको रुपमा ७५३ स्थानीय तहलाई चार दलले भागबण्डा गरेर आ-आफ्नो उम्मेदवार उभ्याउने भन्ने हो। त्यसमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई मिलाएर भागबण्डा गर्ने विषयमा पनि छलफल चलिरहेको छ। त्यसरी भागबण्डा गर्नेक्रममा यसअघिको निर्वाचनमा प्राप्त मतलाई आधार बनाउने भनिएको छ।

nimb
nimb

त्यस्तै, एमालेले जितेको स्थानीय तहहरुलाई गठबन्धनका चार दलले भागबण्डा गर्ने विषयमा समेत छलफल भइरहेको एक माओवादी नेताले बताए। ‘यसअघि गठबन्धनमा सहभागी दलले जुनजुन स्थानीय तहमा चुनाव जितेका छन्। त्यहाँ अन्य दलले सघाउने र एमालेले जितेको स्थानीयतहमा भागबण्डा गर्ने भनिएको छ’,उनले भने।

चुनाव आउन अझै दुई महिना बाँकी भएकाले स्थानीय चुनावमा सत्ता गठबन्धनका दलहरुबीच कसरी तालमेल गर्ने भन्ने विषयमा ठोस निर्णय हुनै बाँकी रहेको नेताहरुको भनाइ छ।

गठबन्धनका दलका आ–आफ्नै दाउ
चुनाव आउन अझै दुई महिना बाँकी भएकाले सत्ता गठबन्धनका नेताहरु आफ्नो दलको शक्ति जाँच्न गाउँ छिरिरहेका छन्। कांग्रेसले एक महिने अभियान सुरु गरेर आइतबारदेखि नै स्थानीय तहमा छिरेको छ। त्यहाँबाट प्राप्त हुने प्रतिक्रियापछि केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरेर तालमेलको बारेमा ठोस निर्णय गर्ने उसको प्रयास देखिन्छ। एकल रुपमै जित्ने सम्भावना देखिए उसले तालमेल गर्ने सम्भावना न्यून छ। त्यसो नभए तालमेल गर्ने सम्भावना हुनसक्ने देखिन्छ।

उता माओवादी केन्द्रले पनि चुनावलाई नै लक्षित गरेर एकपछि अर्को प्रदेशस्तरका प्रशिक्षण र कार्यकर्ता भेला जारी राखेको छ। सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्न अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नै सक्रिय भएका छन्। सो पार्टीका पालिकास्तरीय कमिटीले आ–आफ्नै ढंगले चुनावी गतिविधि जारी राखेका छन्। त्यहाँबाट माओवादीले आफ्नो हैसियत नाप्दै छ।

यस्तै, एकीकृत समाजवादीले पनि पदाधिकारी,स्थायी कमिटी, केन्द्रीय कमिटी बैठक सकाएर चुनावी गतिविधिमा लाग्ने तयारीमा छ। जसपा पनि सोमबार केन्द्रीय समिति बैठक सकाएर चुनावी गतिविधिसहित सक्रियता बढाउने तयारी गरिरहेको छ।

सत्ता गठबन्धनमा सहभागी दलहरुको आ–आफ्नो मूल्यांकनपछि मात्रै तालमेलको चर्चाले निष्कर्ष पाउने आकलन गरिएको छ। सबै दलहरु आ–आफ्नै रणनीतिमा लागेकाले सत्ता गठबन्धनका दलहरु समेत तालमेलको विषयमा निर्णयमा नपुगेको माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले बताए।

‘स्थानीय तहमा कहाँ कसरी तालमेलमा जाने भन्ने विषयमा टुंगो लागेको छैन। त्यस विषयमा आ–आफ्नै कोणबाट कुराहरु आइरहेका छन्’, उनले भने, ‘संघ र प्रदेश सरकारमा गठबन्धन भएको अवस्थामा त्यसलाई निरन्तरता दिँदै चुनावमा जानुपर्छ भन्ने छ। स्थानीय विशेषता र  समस्याले गर्दा एउटा निर्णयमा पुग्नुपर्ने अवस्था पनि आउन सक्छ।’

स्थानीय चुनावमा स्थानीय नेतृत्वको भूमिका प्रमुख हुनसक्ने बस्नेतले बताए।

यस्तै, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य चौधरीले सत्ता गठबन्धन बनाउने विषयमा छलफल भइरहेको बताए। ‘हामीले सकेसम्म स्थानीय, प्रदेश र संघको चुनावमा चार दलीय गठबन्धन बनाउँछौँ। त्यसो हुन नसकेमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा तीन दलको गठबन्धन बनाउँछौँ’,उनले थपे, ‘यस पटकको चुनाव अग्रगमन र पश्चगमन विरुद्धको लडाइँ हो। त्यसमा सत्ता गठबन्धन विजयी हुने छ।’

चुनावी तालमेलका विषयमा कांग्रेसमा थोरै समस्या भएपनि चुनाव हुने बेलासम्म मिलेर लडिने चौधरीको दाबी छ।

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  २१:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
एमाले मधेस प्रदेशले बाढी प्रभावित क्षेत्रमा २०० स्वयंसेवक पठाउने नेकपा एमाले मधेस प्रदेश कमिटी सचिवालयको बैठकले रसुवालगायत बाढी प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ। सोमबार, भदौ १५, २०८३
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न पाँच दिनको समय नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटक पाँच दिनको समय दिएको छ। सोमबार, भदौ १५, २०८३
अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : नेपाल नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश अहिले संकटमा रहेको बताएका छन्। यस संकटको समयमा सरक... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो सोमबार, भदौ १५, २०८३
जिरोङ काउन्टीमाथिको तालको पानी सकियो, नदीको बहाव सामान्य बन्दै सोमबार, भदौ १५, २०८३
बाढीले २५ लाख बगाएपछि भावुक बनेका व्यक्तिलाई सोनु सूदले भने– श्रीमतीको शल्यक्रिया म गराइदिन्छु सोमबार, भदौ १५, २०८३
भोटेकोशी र त्रिशूलीको बहाव सतर्कता तहभन्दा तल, तर उच्च सतर्कता अपनाउन आग्रह सोमबार, भदौ १५, २०८३
चितवनमा सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन, १२ वटा परिवारले लगे सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्