• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जसपा विवाद : उपेन्द्रको ‘उधारो’ सहमतिपछि बाबुराम-अशोक ‘शान्त’

64x64
वीरेन्द्र ओली शनिबार, फागुन २१, २०७८  २०:३४
1140x725

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईसँग ‘उधारो सहमति’ गरेसँगै पार्टीमा केही महिनायता देखिएको विवाद तत्कालका लागि साम्य भएको छ। अध्यक्ष यादवले पार्टीको निर्णय प्रक्रियामा आफूसहित भट्टराई र राईलाई समेत राख्ने भएपछि विवाद साम्य भएको नेताहरुको भनाइ छ।

यादव पार्टीमा एकलौटी ढंगले चलेको र आफू अनुकूल निर्णय गर्ने गरेको भन्दै भट्टराई-राई पक्षका नेताहरुले आलोचना गर्दै आएका थिए। पछिल्ला दिनमा उनीहरुले यादवलाई अल्पमतमा पार्ने कोसिस पनि गरिरहेका थिए। पार्टीभित्र भट्टराई-यादव पक्षको बढ्दो संख्या देखेका यादव उधारो नै भएपनि सहमति गर्न बाध्य भएका हुन्। 

पार्टीका हरेक महत्वपूर्ण र विवादित विषयमा यादव, भट्टराई र राईले सामूहिक निर्णय गर्ने सहमति भएको कार्यकारिणी सदस्य नवराज सुवेदीले जानकारी दिए। पार्टी निर्णयमा यादव मात्रै हाबी भइरहेको अवस्थामा अब तीन शीर्ष नेताले सामूहिक निर्णय गर्ने उनको भनाइ छ।

‘हामीले तीन शीर्ष नेतालाई अनौपचारिक रुपमा एउटा तह मानेका थियौं। अब एउटा औपचारिक संरचना नै बनायौं’, नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘मूलभूत विषयहरु, दूरगामी असर गर्ने र विवादित विषयहरुमा तीन शीर्ष नेताको अंगले निर्णय दिने छ।'

तीन शीर्ष नेताको अंगको नामाकरण भने भइ नसकेको सुवेदीको भनाइ छ। ‘तीन शीर्ष नेताको एउटा 'लेभल' कायम गरिएको छ। त्यसलाई के नाम दिने भनेर निर्णय भइसकेको छैन। त्यो गर्न बाँकी नै छ’, उनले भने, ‘पछि जे जस्तो नाम दिए पनि त्यो हेडक्वार्टरको स्वरुप जस्तै हो।'

यसअघि बसेको कार्यकारिणी समिति बैठकले निर्णय गरिसकेकाले कार्यान्वयन हुनेमा आफूहरुलाई कुनै शंका नभएको सुवेदीको भनाइ छ।

जसपा अध्यक्ष यादव पक्षका एक कार्यकारिणी सदस्यले शीर्ष तीन नेताको संरचना बनाउने कुरा मौखिक सहमति मात्रै भएको, तर बैठकबाटै औपचारिक निर्णय भने नभएको प्रतिक्रिया दिए। ‘बाबुराम भट्टराई र अशोक राई पक्षले उपेन्द्र यादवलाई अल्पमतमा पारेर पार्टी नै विभाजन गर्ने उद्देश्य राखेर एकतर्फी भेला गर्न थाल्नुभयो', उनले भने, ‘उपेन्द्र यादवले पार्टी नै विभाजन हुने स्थितिमा पुगेपछि भद्र सहमति गर्नुभएको हो। तर, पार्टीले औपचारिक निर्णय गरेको होइन।’

भट्टराई र राई पक्षको असन्तुष्टिलाई तत्कालको लागि मत्थर पार्न यादवले सो खालको सहमति दिएको यो पक्षका नेताहरुको भनाइ र बुझाइ छ। पार्टीमा एकल अध्यक्षको अवधारणा भएको र यादव नै अध्यक्ष भएकाले पार्टीको निर्णय प्रक्रियामा भट्टराई र राई औपचारिक रुपमा कतै नजोडिने उनीहरु दाबी गर्छन्।

nimb
nimb

निर्वाचनमा टिकट बाँड्दा राईको हस्ताक्षर चल्ने
पार्टी निर्णय प्रक्रियामा यादव मात्रै हावी भएको भन्दै भट्टराई र राई पक्षले उनलाई शक्ति बाँडफाँट गर्न बाध्य पारेका हुन्। स्थानीय तहको निर्वाचनमा यादवले आफू पक्षका नेताहरुलाई मात्रै टिकट दिन सक्ने भय पाल्दै आएका उनीहरुले नयाँ व्यवस्था कायम गराएका हुन्। अब निर्वाचनमा टिकट बाँड्दा राईको हस्ताक्षर चल्ने भएको छ।

‘अब स्थानीय तहको निर्वाचनमा टिकट बाँड्दा अशोकजीको हस्ताक्षर चल्ने भयो। त्यो निर्णय कार्यकारिणी समितिबाट भइसकेको छ', सुवेदीले भने, ‘तीन शीर्ष नेताको बैठकले समझदारी गरेपछि पार्टीको आधिकारिक निर्णयमा अशोकजीले हस्ताक्षर गर्नुहुन्छ।’

पार्टीभित्र अहिले अल्पमतमा परे पनि यादव तराईं/मधेसमा राम्रो जनाधार भएको नेता मानिन्छन्। तर, भट्टराई र राईको भने कुनै ठाउँ विशेषमा बलियो पकड छैन। उनीहरु आफ्नै निर्वाचन क्षेत्रमा समेत कमजोर मानिन्छन्। पार्टीभित्र तीन नेताको फरक-फरक विरासत छ। जसमा भट्टराई र राईको योगदान न्यून छ। तैपनि, उनीहरुले पार्टीभित्र बहुमत सिर्जना गरी यादवमाथि हाबी हुन खोजिरहेका छन्।

जसपाको विवाद के हो?
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनमा सजिलो हुने खालको अध्यादेश ल्याएपछि तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच हतारहतार एकता भइ जसपा गठन भएको थियो। सो अध्यादेशले समाजवादी पार्टी विभाजन हुने खतराका कारण सोही पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराईको जोडबलमा एकता भएको थियो। तर, ओलीको ‘प्रतिगमन’ बढ्दै जाँदा यादव-भट्टराई प्रतिवादमा उत्रिए, जसपाकै महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष ओलीको सहयोगी बन्न थाले। जसले पार्टीभित्र द्वैध सत्ता सञ्चालन हुन थाल्यो। परिणामतः गत भदौमा जसपा विभाजन भयो। ठाकुर-महतो पक्षले लोसपा गठन गरे।

महन्थ पक्ष निस्किएपछि जसपाभित्रको विवाद साम्य हुने ठानिएको थियो। तर, यादव एकलौटी ढंगले अघि बढ्न थालेको भट्टराई-राई पक्षको बुझाइ छ। प्रधानमन्त्रीमा शेरबहादुर देउवा आइसकेपछि यादवले आफू पक्षका नेताहरुलाई मन्त्रिपरिषद्‌मा पठाए। पार्टीभित्र विवाद पनि चर्कियो।

‘देउवा सरकारमा पार्टीबाट को-को सरकारमा जाने भन्ने विषयले निकै विवाद भयो। जसपाका १९ जना सांसद्‌मध्ये उपेन्द्र, बाबुराम र अशोक बाहेक सबै सरकारमा जान खोज्नुभयो। भएका सबै सांसदलाई मन्त्री बनाउन सक्ने अवस्था थिएन। त्यसपछि उपेन्द्र पक्षकै धेरै सांसद चिढिनुभयो’, जसपा एक शीर्ष नेताले भने, ‘त्यसपछि उपेन्द्र पक्षकै भनिएका सांसदहरु पनि बाबुरामतिर नजिकन थाल्नुभयो। त्यसपछि बाबुरामजीले पनि पार्टीको निर्णयमा सामूहिकता माग गर्न थाल्नुभयो।'

पार्टीमा आफू विरुद्धको माहोल बनिरहेकोमा यादवले वास्तै गरेनन्। बरु एकल निर्णयमा चल्ने र बैठक नराख्ने गर्न थाले। राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनबाट पार्टीले पाउने सिट संख्या र उम्मेदवारमा पनि यादवले एकलौटी नै गरे। पार्टीभित्र उनीमाथि झन् प्रश्न थपियो।

भट्टराईले आफू संघीय परिषद् अध्यक्ष भएको भन्दै अशोक राईको हस्ताक्षर चल्ने गरी दुई अध्यक्षात्मक व्यवस्थामा जानुपर्ने माग गर्न थाले। त्यसमा राई पनि सहमत हुने नै भए। ‘बाबुरामजीले उपेन्द्रजी एकलौटी ढंगले चल्न थाल्नुभयो, सामूहिक निर्णय भएन भन्न थाल्नुभयो। सामूहिक नेतृत्वको रुपमा दुई अध्यक्षात्मक स्वरुपमा जानुपर्छ भन्नुहुन्थ्यो। त्यसका लागि अशोकजीको समेत हस्ताक्षर चल्ने व्यवस्थाको माग गर्नुभयो', ती नेताको भनाइ छ, ‘खासमा बाबुरामजी आफैं कार्यकारी अध्यक्षसहित दुई अध्यक्षात्मक स्वरुपमा जान खोज्नुभएको रहेछ। आफू हुन नसक्ने अवस्था देखेपछि आफू अनुकूल निर्णय गराउन सहज हुने गरी अशोकजीलाई अघि सार्नुभएको रहेछ।’

भट्टराई-राई पक्षले दुई अध्यक्षात्मक व्यवस्थाको वकालत गर्न थालेपछि यादवले भने सल्लाह गरौँला भन्दै टार्दै आएका थिए। देउवा नेतृत्वको सरकार बनेपछि सुरु भएको विवाद राष्ट्रिय सभा उम्मेदवार छनोट, एमसीसी विवादसम्म आइपुग्दा पार्टी नै विभाजन हुने आकलन गर्न थालिएको थियो। त्यसलाई रोक्न यादव तीन शीर्ष नेताको संरचना बनाउने र राईको हस्ताक्षर चल्ने सहमति गर्न बाध्य भएका हुन्। 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  २०:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
बुधबारका लागि प्रतिनिधिसभा बैठक आह्वान, महाविपद्‍बारे सभामुखले विशेष प्रस्ताव पेस गर्ने मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले भोलिका लागि बैठक आह्वान गर्ने निर्णय गरेको हो । मंगलबार, भदौ १६, २०८३
कांग्रेसमा कलह : निकट नेतासँग छलफल गर्दै डा. शेखर कोइराला विशालनगरस्थित सम्पर्क कार्यालयमा मंगलबार अपराह्न १ बजेका लागि छलफल तय भएको उनी निकट स्रोतले नेपाललाइभलाई जानकारी दिएको छ। मंगलबार, भदौ १६, २०८३
विपद् व्यवस्थापनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने तयारी भोटेकोशीमा आएको अप्रत्याशित तथा विनाशकारी बाढी–पहिरोलगत्तै बसेको सर्वदलीय बैठकबाट नेपालमा विपद्को दिगो समाधान र पूर्वतयारीका विषयमा... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : टनेल उद्धारमा सेना सक्रिय, ९ हजार बढी सैनिक परिचालन मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी : ज्यान गुमाएकाहरुको सम्झनामा लण्डनमा दीप प्रज्वलन मंगलबार, भदौ १६, २०८३
बुधबारका लागि प्रतिनिधिसभा बैठक आह्वान, महाविपद्‍बारे सभामुखले विशेष प्रस्ताव पेस गर्ने मंगलबार, भदौ १६, २०८३
कांग्रेसमा कलह : निकट नेतासँग छलफल गर्दै डा. शेखर कोइराला मंगलबार, भदौ १६, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
कृष्णभीर भासिएपछि कहाँबाट आउँदैछ काठमाडौंमा ग्यास ? मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री बालेनलाई अपर त्रिशूली–३ बी आयोजनाबाट हराएका इन्जिनियरकी बहिनीको मार्मिक पत्र सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्