• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
शनिबार सिनेमा

शव राखिएको बक्सामाथि सजाइएका परिकार

64x64
युवराज भट्टराई शनिबार, फागुन २१, २०७८  १२:००
1140x725

काठमाडौं– सस्पेन्स सिनेमा निर्देशनमा शीर्ष स्थानमा आउने नाम हो, बेलायती फिल्म निर्देशक अल्फ्रेड हिचकच। उनले बनाएका फिल्मलाई त्यो समयमा धेरै महत्त्व दिइएन। तर, कालान्तरमा उनका सिनेमाहरुको विरासत विस्तार हुँदै गयो।

हिचकचले सन् १९४८ मा बनाएको सिनेमा ‘रोप’ले पनि त्यति बेला ‘गिमिक’ अर्थात ‘नौटंकी’ उपनाम पाएको थियो। फिल्मकर्मीहरुले नै रोपलाई ‘नौटंकी’ भएको बताएका थिए। कारण थियो, हिचकचले अपनाएको छायांकनको नयाँ शैली। उनले ‘कन्टिनियस सट’मा फिल्म खिचेका थिए। ८० मिनेट लामो सिनेमाका दृश्यहरु ‘कट’ नगरी धाराबाहिक रूपमा खिचिएको थियो। हिचकचले त्यति बेला उपलब्ध क्यामेरा प्रविधिको प्रयोगमा आफ्नो निर्देशकीय खुबी देखाएका थिए। 

भविष्यमा यो सिनेमा उत्कृष्ट बन्यो। निर्देशनदेखि यसमा प्रयोग भएको शैलीलाई धेरैले रुचाए। यो सिनेमा हिचकचको ‘मास्टरपिस’ कहलियो।

‘रोप’ अपराधको घटनामा आधारित रहेर ‘सस्पेन्स’ विधामा बनाइएको सिनेमा हो। यसको कथा सामान्य भए पनि प्रस्तुतीकरणको पक्ष अब्बल छ। एउटा अपार्टमेन्टभित्र समेटिएको सिनेमामा रहस्यको निर्माणदेखि रहस्य खुलाउँदासम्मको कथालाई प्रस्तुत गरिएको छ। 

बौद्धिकता प्रमाणित गर्न हत्या
दुई सक्षम विद्यार्थीहरु ब्रेनडन र फिलिपले आफ्नो दर्शनशास्त्रका शिक्षक रुर्पेट कडेललाई प्रभावित गर्न सँगै पढेका साथी डेभिड केन्टलेको हत्या गर्छन्। दुवै जना समलिंगी हुन् र एक–अर्कासँगको प्रेममा हुन्छन्। उनीहरुले पेन्टहाउस अर्पामेन्टमा डेभिडको हत्या गर्नुको पछि एउटै कारण हुन्छ– ‘पर्फेक्ट मर्डर’ गर्नु। 

‘पर्फेक्ट मर्डर’ अर्थात्, कसैले पनि पत्ता लगाउन नसक्ने किसिमको हत्या। अपराधी पत्ता लगाउन नसकिने, समाधान गर्न नसकिने रहस्यले भरिएका अपराधहरुलाई यो शब्दले परिभाषित गरिन्छ। फिलिप र ब्रेनडन आफूलाई सामान्यभन्दा उच्च बौद्धिकता भएका मानिस ठान्छन् र यसलाई प्रमाणित गर्न आफ्नो साथीको हत्या गर्छन्।

त्यो दिन उनीहरुको अपार्टमेन्टमा भोजको आयोजना गरिएको हुन्छ। भोज सुरु हुनुअघि नै डेभिडलाई डोरीले घाँटीमा कसेर मार्छन्। उसको शवलाई कोठामा भएको एउटा ठूलो बक्साभित्र राखेर त्यसमाथि भोजका लागि तयार खानेकुराहरुका परिकार सजाइन्छ।

दुई जनामध्ये पनि ब्रेनडन आफूलाई थप उच्चस्तरको बौद्धिक ठान्छ। आफूले कुनै पनि कुरा गर्दै नगर्ने वा गरेमा त्यसलाई ‘पर्फेक्ट’ रूपमा गर्ने बताउँछ। उनीहरु हत्यालाई पनि कुनै कलाजस्तै महान बनाउन चाहन्छन्। आफूबाहेक कसैले पनि हत्यालाई ‘प्रयोग’को रूपमा नगर्ने बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

डेभिडको हत्याको उत्सव मनाउँदा ब्रेनडन आत्मविश्वासले भरिएको छ भने फिलिपमा थोरै भय छ। मृत्युलाई प्रयोग गर्न सफल भएको खुसियालीमा उनीहरू स्याम्पेन पिउन थाल्छन्।

उनीहरुको भोजमा सामेल हुन जेनेट, केन्नेथ, मिसेस अट्वाटर, डेभिडका बुबा मिस्टर केन्टले, मिसेस मिल्सन आउँछन्। रुर्पेट कडेल, जो प्रेम स्कुलमा उनीहरुको शिक्षक थिए, पनि भोजमा सामेल भएका हुन्छन्। ब्रेनडन र फिलिप उनीहरुको कलात्मक हत्याको कामले रुर्पेट खुसी हुनेमा ढुक्क हुन्छन्। 

भोजमा ब्रेनडनले डेभिडको अनुपस्थितिको कुरा गर्न थाल्छ। संवादमा प्रवेश भएको डेभिडको अनुपस्थितिलाई लिएर सबै जना आत्तिन्छन्। उसकी भविष्यकी श्रीमती (फियोन्से) जेनेटदेखि उनका बुबा पनि भोजमा सामेल हुन्छन्। तर, उनीहरुलाई पनि थाहा हुँदैन डेभिडको अनुपस्थितिको कारण। कुराकानी विषयान्तर हुँदा ‘द आर्ट अफ मर्डर’ अर्थात हत्या गर्ने कलातर्फ विषय मोडिन्छ। 

यी संवादबाट धेरै आत्तिएको फिलिप भने अत्यधिक रक्सी पिउन थाल्छ। ऊ निकै मात्तिन्छ।

Xtrem

Xtrem

फिल्ममा त्यसपछिका दृश्यहरुमा डेभिडको बुबा मिस्टर केन्टले र जेनेट अपार्टमेन्टबाट डेभिड खोज्न निस्किएको प्रसंग छन्। सँगै उनीहरुका शिक्षक रुर्पेटले उनीहरुको अपराधबारे थाहा पाउँछ। 

दुई मुख्य पात्र फिलिप र ब्रेनडनको मनोविज्ञान जर्मन दार्शनिक फ्रेडेरिक नित्सेको दर्शनसँग आधारित छ। नित्सेको पुस्तक ‘दस स्पोक जाराथुस्त्र’मा उनले ‘ओभरह्युमन’ अर्थात् मान्छेभन्दा माथिको पात्रको मनोविज्ञानलाई प्रस्तुत गरेका छन्। जर्मन भाषाबाट अंग्रेजीमा अनुवाद हुँदा यो परिभाषालाई फरक सिद्धान्तको रूपमा सार्वजनिक गरिएको थियो। यही सिद्धान्तमा आधारित रहेर फिल्ममा फिलिप र ब्रेनडन आफूलाई सामान्य मानिसभन्दा उन्नत देखाउन चाहेर कसैको ज्यान लिएका हुन्छन्। 

सिनेमेटिक मास्टरपिस
यो सिनेमा सन् १९२९ मा प्याट्रिक हेमिल्टनले लेखेको उही नामको नाटकमा आधारित छ। सिनेमालाई नाटकमा जस्तै प्रस्तुत गरिएको छ। नाटकमा एकै समयमा सबै दृश्यहरुलाई प्रस्तुत गर्नेदेखि कलाकारले अभिनय गर्नेसम्मका काम हुन्छन्। सिनेमाका दृश्य उस्तै छन्।

नाटकको मञ्चजस्तै सिनेमामा अपार्टमेन्ट छ। नाटकमा जस्तै देखाउन ‘रियल टाइम’मा सिनेमा खिचिएको छ। दृश्यमा भइरहेका घटनाहरुलाई कुनै पनि अवरोधबिना देखाइन्छ। 

सिनेमामा प्रयोग भएका ‘प्रप्स’देखि हरेक समय झ्यालबाहिर देखिने म्यानहाथमको दृश्यले प्लटअनुसार दिन र रातको समय बताएको छ। उक्त दृश्यलाई पनि प्रप्सकै रुपमा निर्माण गरेर फिल्म छायांकन गरिएको छ। ८० मिनेटको फिल्मलाई ठीक त्यही समयावधिमा खिचेर निर्माण गर्दा दिन र रातको समयावधि पूरा नहुने हुँदा यसो गरिएको थियो। 

यो सिनेमालाई हिचकचको जीवनकालभरि नै बेवास्ता गरिएको थियो। तर, पछि समिक्षकको आँखा यसमा पुगेपछि मात्रै सिनेमाले चर्चा पाएको थियो।

यथार्थवादी सिनेमा निर्माण गर्दा महत्त्वपूर्ण पक्ष हुन्छ, दर्शकले दृश्यमा भइरहेको घटनाहरुलाई त्यही समयमा भएको ठान्नु। दर्शकलाई यो विश्वास दिलाउनु निर्देशकका लागि निकै ठूलो चुनौती हो। उनले अपनाएको शैलीबाट यो चुनौती सहजै पार भएको छ।

हिचकचले त्यति बेला उपलब्ध ‘क्यामेरा फिल्म’लाई पूर्ण रूपमा प्रयोग गर्थे। त्यसमा केवल १० मिनेटको दृश्य खिच्न सकिन्थ्यो। जब १० मिनेट हुन्थ्यो, कुनै अँध्यारो दृश्यमा क्यामेरालाई पुर्‍याएर फिल्म (रिल) परिर्वतन गरी फेरि निरन्तर खिचिन्थ्यो। लामो सटहरूले भरिएको फिल्ममा केवल यस्ता १० ‘कट’ छन्। हिचकचले १० वटा फिल्ममा प्रतिफिल्म आठ मिनेटको दृश्यलाई निरन्तर रूपमा खिचेका छन्। फिल्ममा लुकाइएका ‘कट’हरूले दर्शकको मनमा सिनेमा केवल एक सटमा खिचिएको भ्रम पनि पैदा गर्छ।

हिचकचले आफ्ना अन्य सिनेमामा गर्नेजस्तै प्रयोग यसमा पनि गरेका छन्। त्यो प्रयोग हो रङको। फिल्मको क्लाइमेक्समा जब फिलिप र ब्रेनडनका शिक्षक रुर्पेटले शवबारे थाहा पाउँछन्, उनीहरुबीच विवाद भइरहेको हुन्छ। त्यो माहोलको महसुस दर्शकलाई गराउन उनले सेटमा फरक फरक रङका प्रकाशहरूलाई फरक दृश्यमा परिचालित गरेका छन्। 

‘रोप’ हिचकचको जीवनकै सबैभन्दा प्रयोगात्मक सिनेमा मानिन्छ। यसले आधुनिक समयका सिनेमामा प्रयोग भइरहेका क्यामेरा सञ्चालनको शैलीदेखि सम्पादनका तरिकासम्म सिकाएको छ।

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
अध्ययन बिदा लिएर त्रिवि नफर्कनेबाट १६ करोड ५० लाख असुल, अझै २१ करोड ५० लाख उठाउन बाँकी सोमबार, असोज १२, २०८३
दुई समुदायबीचको घटनामा पक्राउ परेकाको रिहाइको माग गर्दै सिरहामा स्थानीय र हिन्दू सम्राट सेना आन्दोलनमा सोमबार, असोज १२, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? सोमबार, असोज १२, २०८३
बाढीले प्रभावित अधिकांश स्थानमा विद्युत सुचारु, हिउँदको माग धान्न आयात गर्ने तयारी सोमबार, असोज १२, २०८३
कर्णालीको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालतमा रिट सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्