• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२ Sun, May 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एमसीसी टेबल भएपछि आ–आफ्नै रणनीतिमा सत्ता साझेदार दलहरू
64x64
वीरेन्द्र ओली सोमबार, फागुन ९, २०७८  १८:४२
1140x725

काठमाडौं- नेपाल सरकार र अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको ५० करोड अमेरिकी डलर बराबरको पाँच वर्षे अनुदान सम्झौता (एमसीसी सम्झौता) आइतबार प्रतिनिधि सभामा टेबल भएको छ। प्रतिनिधि सभाको अर्को बैठक फागुन १२ गतेलाई बोलाइएको छ। सत्ता गठबन्धनमा आबद्ध दलहरुले भने आ-आफ्नो रणनीति सुरु गरिसकेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीलाई प्रतिनिधि सभामा टेबल गर्ने र पारित गर्ने प्रयासमा थिए। उनले सो सम्झौतालाई पारित गर्नुपर्ने धारणा प्रतिपक्षमा रहँदैदेखि राख्दै आएका थिए। पछिल्लो पटक प्रधानमन्त्री भएपछि उनले यसलाई पारित गराउने प्रयत्न गर्दै आएका थिए। फागुन १६ को समयसीमा नजिकिएपछि भने उनले आफ्नो प्रयत्नलाई तीव्र बनाएका मात्रै थिएनन्, आवश्यक परे गठबन्धन टुटाउन पनि तयार भएका थिए। त्यसैको परिणामस्वरुप आइतबार एमसीसी टेबल हुनसक्यो।

एमसीसीको पक्षमा बहुमत जुटाएर पारित गर्ने विश्वास देउवाको छ। त्यसका लागि उनले गठबन्धन आबद्ध दलहरुलाई सहमत गराउने मात्रै होइन, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि संवाद बढाएका छन्। देउवाले सोमबार मात्र कांग्रेसका शीर्ष तहका नेताहरुसँग छलफल गरेका छन्।

सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसीलाई संसद्‌मा टेबल गर्न नदिने अडानमा थिए। तर, गठबन्धन नै भत्किने भएपछि उनीहरु केही लचक भएका हुन्।

जनता समाजवादीको यस सन्दर्भमा एकीकृत धारणा छैन। केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव सार्वजनिक रुपमा बोलेका छैनन्, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भने यसलाई जस्ताको तस्तै पारित गर्नुपर्ने पक्षमा छन्। जसपामा यो विषयमा विवाद चुलिएकै बेला अध्यक्ष उपेन्द्र यादवले फागुन १३ गतेलाई केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन्।

राष्ट्रिय जनमोर्चा सुरुदेखि नै एमसीसी सम्झौता खारेज गर्नुपर्ने मत राख्दै आएको छ। 

एमसीसी सम्झौतालाई प्रतिनिधि सभामा टेबल गर्न सहमत नभए गठबन्धन टुट्ने देउवाको धम्कीपछि प्रचण्ड र नेपाल टेबलसम्म गर्न दिन सहमत भएका हुन्। ‘एमसीसी संसद्‌मा टेबल नभए गठबन्धन टुटाउने र एमाले-कांग्रेस मिलेर एमसीसी पारित गराउने षड्यन्त्र भयो। त्यस्तो अवस्थामा गठबन्धनमा सहभागी पार्टीहरु एमसीसी टेबल गर्न सहमत भयौं’, माओवादी केन्द्रका एक नेताले भने, ‘एमसीसीमा सहमत हुनेले मतदान गर्छन्, सहमत नहुनेले विपक्षमा मतदान गर्छन्। त्यसो गरेमा गठबन्धन जोगिने अवस्था हुन्छ।’

सत्ता गठबन्धन जोगाउनकै लागि गठबन्धनका दलहरु एमसीसी टेबल गर्न सहमत भएको प्रारम्भिक प्रतिक्रियाले देखाउँछ। आइतबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भनेका थिए, 'एमसीसी पास गर्ने कुरामा हाम्रो सहमति छैन। सरकार जे हुन्छ, हुन्छ।'

Ncell 2
Ncell 2

अध्यक्ष नेपालकै जस्तो धारणा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पनि छ। आइतबार साँझ नै उनको धारणा सार्वजनिक भएको थियो, 'विवाद र विरोधका बीच सरकारले एमसीसी टेबल गरेको छ। हाम्रो पार्टी र संसदीय दलले यथास्थितिमा एमसीसीको विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ।'

एमसीसी टेबल भएकोमा विरोध जनाएको भए पनि उनले त्यसैकारण सरकार छाड्ने निर्णय गरेका छैनन्। त्यसैले एमसीसी टेबल गर्न सरकारलाई सहमति दिएको र एमसीसी विरोधी आफ्नो छवि देखाउन कार्यकर्तालाई सडकमा उतार्दै सार्वजनिक रुपमा सोही अनुसार अभिव्यक्ति दिएको प्रष्ट बुझिन्छ। 

त्यसो त, सत्ता गठबन्धनको बैठकमा प्रचण्डले एमसीसीलाई संसदीय समितिमा छलफल गराउनुपर्ने मत राखेका थिए। तर, प्रधानमन्त्री देउवाले त्यसलाई अस्वीकार गरेका थिए। एमसीसीलाई संसदीय समितिमै अल्झाउने उनको एउटा रणनीति असफल भइसकेको छ।

एमसीसीबारे फरक-फरक मत रहेको एकीकृत समाजवादीको शनिबार बसेको बैठकले यसलाई टेबल गर्न सहमति दिने निर्णय गरेको थियो। सो पार्टीका नेताहरुमा अहिले पनि यसलाई हेर्ने फरक-फरक मत रहेको बुझ्नलाई नेताहरुबाट सार्वजनिक रुपमा अभिव्यक्त भएका धारणालाई पछ्याए पुग्छ। सो पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसीसीको चर्को रुपमा विरोध गरिरहेका छन्। आइतबारको बैठकमा एमसीसी टेबल हुँदै गर्दा पनि उनी उभिएर असन्तुष्टि व्यक्त गरिरहेका थिए।

shivam cement

shivam cement

यसरी गठबन्धनकै दलहरुको अडानलाई चिर्दै प्रधानमन्त्री देउवा एक कदम अगाडि बढ्न सफल भएका छन्। अब यो विषय सार्वभौम संसद्‌को सम्पत्ति भएको छ। अब यस विषयमा संसद्ले नै निष्कर्ष दिनुपर्नेछ।

एमसीसी पारित होला?
एमसीसी संसद्‌बाट पारित गराउन प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई चर्को दबाब छ, विशेषगरी बाह्य। कांग्रेस एमसीसी पारित गर्नुपर्ने विषयमा एक मत देखिन्छ, त्यसैले देउवालाई पार्टीभित्र सकस बेहोर्नुपरेको छैन।

प्रचण्ड र नेपाललाई बाह्य दबाब एमसीसी पारित गराउन र आन्तरिक दबाब फेल गराउन छ। एमसीसी फेल गराउने पक्षमा उभिँदा बाह्य दबाब बढ्ने र पास गराउने पक्षमा उभिँदा पार्टी नै विभाजन हुने खतरा पनि छ। त्यसैले उनीहरु कसरी अगाडि बढ्लान् भन्ने चासोको विषय बनेको छ।

एमसीसी सम्झौतालाई संसद्‌मा टेबल हुनै नदिने रणनीतिमा असफल भएपछि माओवादी केन्द्रले अब मतदानमा बहुमत पुग्न नदिने प्रयास गर्ने नेताहरुको भनाइ छ। माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले पार्टीको संसदीय दलको बैठकले एमसीसी टेबल भए विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको बताए।

‘संसदीय दलको बैठकले एमसीसी टेबल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। हामी एमसीसीको विपक्षमा मतदान गर्ने छौं’, पोखरेलले भने, ‘अब १२ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ। त्यसमा सबै सांसदको पोजिसन स्पष्ट हुनुपर्छ। उनीहरु जनताका प्रतिनिधि हुन्। सबै सांसदले मतदान गर्न पाउनुपर्छ। त्यसो भएमा सबैको पोजिसन स्पष्ट हुन्छ।’

आइतबार एमसीसी टेबल हुने क्रममा माओवादी नेताहरु पोखरेल, प्रवक्ता कृष्णबहादुर महरालगायत सांसद्‌हरुले उठेर विरोध जनाएका थिए। प्रवक्ता महराले एक विज्ञप्ति जारी गर्दै सरकारले जर्बजस्त एमसीसी टेबल गरेको भन्दै विरोध जनाएका छन्।

यस्तै, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने लगायत नेताहरुले समेत उठेर विरोध जनाएका थिए। यसले पनि एमसीसी विरोधी पार्टी र नेताहरु एकजुट भएर फेल गराउन भूमिका खेल्ने सम्भावना पनि छ।

कांग्रेस महामन्त्री गगन थापाको विश्वास भने उनीहरु पनि पक्षमा उभिने छ। आइतबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा उनले भनेका थिए, 'एमसीसी आज जसरी टेबल भएको छ, मलाई के विश्वास छ भने, यो पास हुने दिनसम्ममा, आज टेबल गर्ने ठाउँसम्म आइपुगेका साथीहरु, त्यो बेला मतदान गर्ने ठाउँमा आइपुग्नुहुन्छ।'

एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिपक्षमा भएकाले उनी सत्ता गठबन्धनलाई हेरेर रणनीति बनाउने तयारीमा छन्। एमसीसी टेबल हुँदासमेत ओली पक्ष/विपक्ष कुन कित्तामा उभिने अझै स्पष्ट छैन। एमाले विभाजनपछि सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नाराबाजी गरिरहेको उसले आइतबार एमसीसी टेबल हुँदासमेत नाराबाजी नै गरिरह्यो।

आगामी दिनमा पनि सोही शैली जारी राख्ने एमालेका प्रमुख सचेतक विशाल भट्टराई बताउँछन्। 'संसदीय काम कारबाहीमा सहभागी गराउने वातावरण सिर्जना नगरीकन एमाले अर्को बाटोमा जाँदैन। हाम्रो विरोध जसरी भइरहेको छ, त्यसै अनुसार नै हामी अघि बढछौं', उनको भनाइ छ।

एमसीसी पारित गराउने वा नगराउने भन्ने विषयमा एमाले निर्णायक छ। न्यूनतम सांसद्हरु (एक चौथाइ- ६९ जना) को उपस्थितिमा ३५ जनाले पक्षमा मत दिएर एमसीसी सहजै पारित हुनसक्छ। तर, एमालेका सांसद्हरु विपक्षमा उभिए भने देउवालाई बहुमत जुटाउन कठिन पर्नेछ।

देउवाले कांग्रेससहित लोकतान्त्रिक समाजवादी लगायतलाई विश्वासमा लिएर एमसीसी पारित गर्ने रणनीति बनाइरहेका छन्। एमाले पनि पक्षमा उभियो भने थप सहजता आउने उनको विश्वास छ।

प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्। भेटपछि समसामयिक विषयमा छलफल भएको बताइएको छ। केही समय यता थापा र लिङ्देन नजि... आइतबार, वैशाख २८, २०८२
कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य पार्टीको ४ नम्बर ब्यूरो (राप्ती)ले घोराही–१५ रतनपुरद्वारा आयोजित कार्यक्रममा महासचिव वैद्यले क्रान्तिकारी शक्तिहरु एक भएपछि मात्रै स... आइतबार, वैशाख २८, २०८२
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गत १९ वैशाखमा बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए... आइतबार, वैशाख २८, २०८२
ताजा समाचारसबै
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा आइतबार, वैशाख २८, २०८२
कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य आइतबार, वैशाख २८, २०८२
गर्मी बढेसँगै सर्पको बिगबिगी आइतबार, वैशाख २८, २०८२
भुसमुनि भेटियो ७२ लाखको सामान आइतबार, वैशाख २८, २०८२
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई यस्तो भने शनिबार, वैशाख २७, २०८२
भारत–पाकिस्तानबीच युद्धविराम शनिबार, वैशाख २७, २०८२
आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने आइतबार, वैशाख २८, २०८२
पाकिस्तानमा एमबीबीएस र अन्य विषय अध्ययनरत नेपालीले भने, ‘नेपाल सुरक्षित फर्कन चाहन्छौं’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्