• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादीमा महासचिव बन्ने ‘रडाको’ : पदाधिकारी चयन गर्न होला त निर्वाचन?

64x64
वीरेन्द्र ओली बुधबार, माघ १९, २०७८  १८:१९
1140x725

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को माघ २७ गते बस्ने केन्द्रीय समिति बैठकले केन्द्रीय पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र बाँकी केन्द्रीय समिति सदस्यको टुंगो लगाउने भनिएको छ। त्यसका लागि निर्वाचन गर्ने माओवादीको तयारी छ।

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले गत माघ ८ गते एक सर्कुलर जारी गर्दै भनेका थिए- 'उक्त बैठकले केन्द्रीय समितिको पूर्णता, पोलिटब्युरो एवं स्थायी समितिको गठन र बाँकी पदाधिकारीको निर्वाचन गर्नेछ। सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्यविभाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्नेछ र तत्कालीन परिस्थितिको सन्दर्भमा अन्य आवश्यक निर्णयहरु लिनेछ।’

अघिल्लो महिना सकिएको पार्टीको आठौं महाधिवेशन (२०७८ पुस ११ देखि १८)मा प्रचण्डले अपूर्ण केन्द्रीय समितिको प्रस्ताव गरेका थिए। त्यसलाई महाधिवेशनले अनुमोदन गरेको थियो। त्यससँगै महाधिवेशन सकिएको थियो। अपूर्ण केन्द्रीय समितिको पहिलो बैठक (पुस १९)ले अध्यक्षमा प्रचण्डलाई दोहोर्‍याएको थियो। उनी सर्वसम्मत अध्यक्ष बनेका थिए।

महाधिवेशन सकिएको ३९ दिनपछि बस्न लागेको दोस्रो केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिको पूर्णतादेखि पदाधिकारीको निर्वाचन गर्ने भनिएको भए पनि त्यसमा नेताहरु ढुक्क हुन सकेका छैनन्। 'अध्यक्ष कमरेडले पदाधिकारी र पार्टीका अन्य कमिटी निर्वाचन विधिबाट हल गरिने भन्नुभएको छ। अहिलेसम्म पार्टीको अभ्यास हेर्दा सर्वसम्मत भन्दै केन्द्रबाट घोषणा हुने र त्यसैलाई अनमोदन गर्ने काम हुँदै आएको छ,’ माओवादीका एक प्रभावशाली निवर्तमान स्थायी समिति सदस्यले नेपाल लाइभसँग भने, 'निर्वाचन विधिबाट पार्टीभित्रको समस्या समाधान गरिने भन्ने भएपछि अध्यक्षले सबै नेताहरुको नाडी छामिरहनुभएको छ जस्तो लाग्छ। सबैको मनोविज्ञान बुझेर पदाधिकारीसहित अन्य कमिटी सर्वसम्मत घोषणा हुन सक्छ।’

पार्टीका विभिन्न कमिटीमा कसलाई राखिएला भन्नेमा माओवादीभित्र चासो कम छ। जम्बो समितिहरु भएकाले पनि आफू नअटाउँला कि भन्ने चिन्ता धेरैलाई छैन। बरु महासचिव को होलान् भन्नेमा धेरैको चासो देखिन्छ। आकांक्षी र तिनका समर्थकहरु पनि त्यसकै लागि जुटिरहेका छन्।

वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङ, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेलले महासचिवका लागि प्रयास गर्दै आएका छन्। उनीहरु कसैले अर्काले त्यो पद नहत्याओस् भन्ने चाहन्छन्। आकांक्षा र तीव्र लबिङ भएपछि अन्तिममा प्रचण्डले जस्तो प्रस्ताव राख्छन्, त्यसैलाई अन्य नेताहरुले अनुमोदन गरेर जाने नेताहरुको आकलन छ।

अन्य पदमा प्रतिस्पर्धा नभएकाले प्रचण्डले पनि महासचिवका सन्दर्भमा रणनीति बनाइरहेका छन्। उनी त्यसकै लागि नेताहरुसँग छलफल गरिरहेका छन्। 'महासचिवबाहेक अन्य पदाधिकारीमा को-को बस्ने भन्नेमा केही समस्या छैन। तर, महासचिवमा भने नेताहरुले म हुने भन्दै भित्रभित्रै लबिङ गरिरहेका छन्,’ अर्का निवर्तमान स्थायी समिति सदस्यले भने, 'अन्तिममा प्रचण्ड कमरेडले कसलाई बनाउनुहोला थाहा हुन्न। त्यतिञ्जेल महासचिवमा दाबी गर्नेहरु हेरेको हेर्‍यै हुन्छन्। महासचिव दाबेदार धेरै बोल्दा पनि समस्या छ, कम बोल्दा पनि समस्या छ। त्यसैले भित्रभित्रै निकटका नेताहरु माहोल बनाउन सक्रिय भएका छन्।’

निवर्तमान स्थायी समिति सदस्य गणेश साह, प्रचण्डले कसलाई महासचिव कसलाई बनाउँछन् भनेर भन्न नसकिने बताउँछन्। 'माघ २७ गते पदाधिकारीसहित अन्य सबै कमिटी निर्वाचनबाट टुंगो लगाउने भनिएको छ। चुनाव हुन्छ कि हुँदैन, त्यो पनि थाहा छैन,’ उनले भने, 'यदि पदाधिकारीमा चुनाव भए अन्य कमिटीमा पनि चुनाव हुन सक्छ। त्यस्तो अवस्थामा सबैले आ-आफ्नो हैसियत नाप्ने अवसर पाउँछन्।’

nimb
nimb
Ncell 2
Ncell 2

तर,  माघ २७ गते पार्टी कमिटीमा चुनाव हुनेमा ढुक्क हुने अवस्था भने नरहेको साहको भनाइ छ।

को बन्ला महासचिव?
अध्यक्षमा प्रचण्ड सर्वसम्मत घोषणा भइसकेका छन्। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुने निश्चित जस्तै छ। त्यसपछिका अन्य १३ पदाधिकारीमध्येमा धेरैको चासो महासचिवमै छ। अहिलेको महासचिवलाई नै पार्टीको भावी नेतृत्वको रुपमा बुझिने भएकाले पार्टीको भविष्यसँग सो पनि जोडिन्छ। त्यसैले पनि सो पदले महत्त्व पाएको छ।

महासचिव कसरी चयन होला, प्रचण्डले के कुरालाई प्राथमिकता देलान् भन्ने नेताहरुले केही अड्कल गरिरहेका छन्। 'जनार्दन शर्मालाई नै महासचिव बनाउने भएको भए महाधिवेशनको हलबाटै बनाइन्थ्यो। त्यहीँबाट अन्य पदाधिकारी पनि घोषणा भइसक्थ्यो। वर्षमान पुन चीनमा उपचाररत भएकाले घोषणा हुन नसकेको भनियो,’ प्रचण्डनिकट एक नेताले भने, 'वर्षमानलाई पर्खेको देख्दा उहाँलाई नै महासचिव बनाएर जनार्दनलाई उपाध्यक्ष बनाउनुहुन्छ कि जस्तो लाग्छ।’

जनार्दननिकट नेताहरु भने वर्षमानको स्वास्थ्यले साथ नदिने भन्दै उनलाई उपाध्यक्षमा व्यवस्थापन गरेर जनार्दनलाई महासचिव बनाइन सक्ने बताउँछन्। त्यसो गरेमा दुवै नेताको उचित व्यवस्थापन हुने जनार्दनपक्षको तर्क छ।

त्यसो हुन नसकेमा अर्को विकल्पको रुपमा पम्फा भुसाललाई महासचिव बनाएर जनार्दन र वर्षमानलाई उपाध्यक्षमा व्यवस्थापन गरिने आकलन पनि पार्टीभित्र छ। एमाले, कांग्रेसलगायत पार्टीमा पार्टी प्रमुखभन्दा अर्को मुख्य पदमा महिला नभएकाले पम्फालाई महासचिव बनाउने र एउटा सन्देश दिन सकिने विकल्पमा पनि चर्चा भइरहेको छ।

महिलालाई महासचिव बनाउँदा पार्टीभित्र र बाहिरसमेत राम्रो सन्देश जाने भन्दै जनार्दन र वर्षमानलाई 'कन्भिन्स' गराउने अवस्था आउनसक्ने पार्टीभित्र एकथरिको विश्लेषण छ।

अर्को विकल्पको रुपमा देव गुरुङलाई महासचिव बनाएर पम्फा, जनार्दन र वर्षमान तीनै जनालाई उपाध्यक्षमा व्यवस्थापन गर्ने पनि हुनसक्छ।

प्रचण्ड कुन विकल्पमा गएर महासचिव टुंगो लगाउलान् भन्ने नेताहरुकै लागि प्रतीक्षाको विषय बनेको छ। उनकै चाहना प्रमुख हुने भएकाले अन्य विषयलाई माओवादीभित्र उति प्रमुख ठानिँदैन। त्यसैले चुनाव नै होला भन्ने पनि नेताहरुलाई लागेको छैन। यदि चुनाव नै हुने अवस्था भएको भए यतिबेला नेताहरु त्यसको अभ्यासमा जुटिसकेका हुन्थे। नेताहरु पनि चुनाव हुनेमा ढुक्क नभएकाले आफूनिकट नेताहरुलाई बोलाएर माहोल बनाउन जुटेका हुन्।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्