• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२ Sun, May 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
माओवादीमा महासचिव बन्ने ‘रडाको’ : पदाधिकारी चयन गर्न होला त निर्वाचन?
64x64
वीरेन्द्र ओली बुधबार, माघ १९, २०७८  १८:१९
1140x725

काठमाडौं- नेकपा (माओवादी केन्द्र)को माघ २७ गते बस्ने केन्द्रीय समिति बैठकले केन्द्रीय पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र बाँकी केन्द्रीय समिति सदस्यको टुंगो लगाउने भनिएको छ। त्यसका लागि निर्वाचन गर्ने माओवादीको तयारी छ।

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ले गत माघ ८ गते एक सर्कुलर जारी गर्दै भनेका थिए- 'उक्त बैठकले केन्द्रीय समितिको पूर्णता, पोलिटब्युरो एवं स्थायी समितिको गठन र बाँकी पदाधिकारीको निर्वाचन गर्नेछ। सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्यविभाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्नेछ र तत्कालीन परिस्थितिको सन्दर्भमा अन्य आवश्यक निर्णयहरु लिनेछ।’

अघिल्लो महिना सकिएको पार्टीको आठौं महाधिवेशन (२०७८ पुस ११ देखि १८)मा प्रचण्डले अपूर्ण केन्द्रीय समितिको प्रस्ताव गरेका थिए। त्यसलाई महाधिवेशनले अनुमोदन गरेको थियो। त्यससँगै महाधिवेशन सकिएको थियो। अपूर्ण केन्द्रीय समितिको पहिलो बैठक (पुस १९)ले अध्यक्षमा प्रचण्डलाई दोहोर्‍याएको थियो। उनी सर्वसम्मत अध्यक्ष बनेका थिए।

महाधिवेशन सकिएको ३९ दिनपछि बस्न लागेको दोस्रो केन्द्रीय समितिको बैठकले केन्द्रीय समितिको पूर्णतादेखि पदाधिकारीको निर्वाचन गर्ने भनिएको भए पनि त्यसमा नेताहरु ढुक्क हुन सकेका छैनन्। 'अध्यक्ष कमरेडले पदाधिकारी र पार्टीका अन्य कमिटी निर्वाचन विधिबाट हल गरिने भन्नुभएको छ। अहिलेसम्म पार्टीको अभ्यास हेर्दा सर्वसम्मत भन्दै केन्द्रबाट घोषणा हुने र त्यसैलाई अनमोदन गर्ने काम हुँदै आएको छ,’ माओवादीका एक प्रभावशाली निवर्तमान स्थायी समिति सदस्यले नेपाल लाइभसँग भने, 'निर्वाचन विधिबाट पार्टीभित्रको समस्या समाधान गरिने भन्ने भएपछि अध्यक्षले सबै नेताहरुको नाडी छामिरहनुभएको छ जस्तो लाग्छ। सबैको मनोविज्ञान बुझेर पदाधिकारीसहित अन्य कमिटी सर्वसम्मत घोषणा हुन सक्छ।’

पार्टीका विभिन्न कमिटीमा कसलाई राखिएला भन्नेमा माओवादीभित्र चासो कम छ। जम्बो समितिहरु भएकाले पनि आफू नअटाउँला कि भन्ने चिन्ता धेरैलाई छैन। बरु महासचिव को होलान् भन्नेमा धेरैको चासो देखिन्छ। आकांक्षी र तिनका समर्थकहरु पनि त्यसकै लागि जुटिरहेका छन्।

वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङ, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेलले महासचिवका लागि प्रयास गर्दै आएका छन्। उनीहरु कसैले अर्काले त्यो पद नहत्याओस् भन्ने चाहन्छन्। आकांक्षा र तीव्र लबिङ भएपछि अन्तिममा प्रचण्डले जस्तो प्रस्ताव राख्छन्, त्यसैलाई अन्य नेताहरुले अनुमोदन गरेर जाने नेताहरुको आकलन छ।

अन्य पदमा प्रतिस्पर्धा नभएकाले प्रचण्डले पनि महासचिवका सन्दर्भमा रणनीति बनाइरहेका छन्। उनी त्यसकै लागि नेताहरुसँग छलफल गरिरहेका छन्। 'महासचिवबाहेक अन्य पदाधिकारीमा को-को बस्ने भन्नेमा केही समस्या छैन। तर, महासचिवमा भने नेताहरुले म हुने भन्दै भित्रभित्रै लबिङ गरिरहेका छन्,’ अर्का निवर्तमान स्थायी समिति सदस्यले भने, 'अन्तिममा प्रचण्ड कमरेडले कसलाई बनाउनुहोला थाहा हुन्न। त्यतिञ्जेल महासचिवमा दाबी गर्नेहरु हेरेको हेर्‍यै हुन्छन्। महासचिव दाबेदार धेरै बोल्दा पनि समस्या छ, कम बोल्दा पनि समस्या छ। त्यसैले भित्रभित्रै निकटका नेताहरु माहोल बनाउन सक्रिय भएका छन्।’

निवर्तमान स्थायी समिति सदस्य गणेश साह, प्रचण्डले कसलाई महासचिव कसलाई बनाउँछन् भनेर भन्न नसकिने बताउँछन्। 'माघ २७ गते पदाधिकारीसहित अन्य सबै कमिटी निर्वाचनबाट टुंगो लगाउने भनिएको छ। चुनाव हुन्छ कि हुँदैन, त्यो पनि थाहा छैन,’ उनले भने, 'यदि पदाधिकारीमा चुनाव भए अन्य कमिटीमा पनि चुनाव हुन सक्छ। त्यस्तो अवस्थामा सबैले आ-आफ्नो हैसियत नाप्ने अवसर पाउँछन्।’

Ncell 2
Ncell 2

तर,  माघ २७ गते पार्टी कमिटीमा चुनाव हुनेमा ढुक्क हुने अवस्था भने नरहेको साहको भनाइ छ।

को बन्ला महासचिव?
अध्यक्षमा प्रचण्ड सर्वसम्मत घोषणा भइसकेका छन्। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुने निश्चित जस्तै छ। त्यसपछिका अन्य १३ पदाधिकारीमध्येमा धेरैको चासो महासचिवमै छ। अहिलेको महासचिवलाई नै पार्टीको भावी नेतृत्वको रुपमा बुझिने भएकाले पार्टीको भविष्यसँग सो पनि जोडिन्छ। त्यसैले पनि सो पदले महत्त्व पाएको छ।

महासचिव कसरी चयन होला, प्रचण्डले के कुरालाई प्राथमिकता देलान् भन्ने नेताहरुले केही अड्कल गरिरहेका छन्। 'जनार्दन शर्मालाई नै महासचिव बनाउने भएको भए महाधिवेशनको हलबाटै बनाइन्थ्यो। त्यहीँबाट अन्य पदाधिकारी पनि घोषणा भइसक्थ्यो। वर्षमान पुन चीनमा उपचाररत भएकाले घोषणा हुन नसकेको भनियो,’ प्रचण्डनिकट एक नेताले भने, 'वर्षमानलाई पर्खेको देख्दा उहाँलाई नै महासचिव बनाएर जनार्दनलाई उपाध्यक्ष बनाउनुहुन्छ कि जस्तो लाग्छ।’

जनार्दननिकट नेताहरु भने वर्षमानको स्वास्थ्यले साथ नदिने भन्दै उनलाई उपाध्यक्षमा व्यवस्थापन गरेर जनार्दनलाई महासचिव बनाइन सक्ने बताउँछन्। त्यसो गरेमा दुवै नेताको उचित व्यवस्थापन हुने जनार्दनपक्षको तर्क छ।

shivam cement

shivam cement

त्यसो हुन नसकेमा अर्को विकल्पको रुपमा पम्फा भुसाललाई महासचिव बनाएर जनार्दन र वर्षमानलाई उपाध्यक्षमा व्यवस्थापन गरिने आकलन पनि पार्टीभित्र छ। एमाले, कांग्रेसलगायत पार्टीमा पार्टी प्रमुखभन्दा अर्को मुख्य पदमा महिला नभएकाले पम्फालाई महासचिव बनाउने र एउटा सन्देश दिन सकिने विकल्पमा पनि चर्चा भइरहेको छ।

महिलालाई महासचिव बनाउँदा पार्टीभित्र र बाहिरसमेत राम्रो सन्देश जाने भन्दै जनार्दन र वर्षमानलाई 'कन्भिन्स' गराउने अवस्था आउनसक्ने पार्टीभित्र एकथरिको विश्लेषण छ।

अर्को विकल्पको रुपमा देव गुरुङलाई महासचिव बनाएर पम्फा, जनार्दन र वर्षमान तीनै जनालाई उपाध्यक्षमा व्यवस्थापन गर्ने पनि हुनसक्छ।

प्रचण्ड कुन विकल्पमा गएर महासचिव टुंगो लगाउलान् भन्ने नेताहरुकै लागि प्रतीक्षाको विषय बनेको छ। उनकै चाहना प्रमुख हुने भएकाले अन्य विषयलाई माओवादीभित्र उति प्रमुख ठानिँदैन। त्यसैले चुनाव नै होला भन्ने पनि नेताहरुलाई लागेको छैन। यदि चुनाव नै हुने अवस्था भएको भए यतिबेला नेताहरु त्यसको अभ्यासमा जुटिसकेका हुन्थे। नेताहरु पनि चुनाव हुनेमा ढुक्क नभएकाले आफूनिकट नेताहरुलाई बोलाएर माहोल बनाउन जुटेका हुन्।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरेका छन्। भेटपछि समसामयिक विषयमा छलफल भएको बताइएको छ। केही समय यता थापा र लिङ्देन नजि... आइतबार, वैशाख २८, २०८२
कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य पार्टीको ४ नम्बर ब्यूरो (राप्ती)ले घोराही–१५ रतनपुरद्वारा आयोजित कार्यक्रममा महासचिव वैद्यले क्रान्तिकारी शक्तिहरु एक भएपछि मात्रै स... आइतबार, वैशाख २८, २०८२
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गत १९ वैशाखमा बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए... आइतबार, वैशाख २८, २०८२
ताजा समाचारसबै
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा आइतबार, वैशाख २८, २०८२
कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य आइतबार, वैशाख २८, २०८२
गर्मी बढेसँगै सर्पको बिगबिगी आइतबार, वैशाख २८, २०८२
भुसमुनि भेटियो ७२ लाखको सामान आइतबार, वैशाख २८, २०८२
गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई यस्तो भने शनिबार, वैशाख २७, २०८२
भारत–पाकिस्तानबीच युद्धविराम शनिबार, वैशाख २७, २०८२
आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने आइतबार, वैशाख २८, २०८२
पाकिस्तानमा एमबीबीएस र अन्य विषय अध्ययनरत नेपालीले भने, ‘नेपाल सुरक्षित फर्कन चाहन्छौं’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्