• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

राजव उर्फ काफ्का अवतार

64x64
प्रकाश गुरागाईं शनिबार, माघ १५, २०७८  ०७:००
1140x725

‘एक बिहान अनौठो सपनाबाट ब्युझिँदा ग्रेगोर साम्साले आफू भयानक किरोमा रुपान्तरण भएको पाउँछ।’

‘द मेटामोर्फोसिस’को पहिलो वाक्य यही हो। पहिलो वाक्यमा नै उपन्यासकार फ्रेन्ज काफ्काले पाठकलाई चकित बनाइदिए। साँझ स्वस्थ सुतेको एउटा मान्छेलाई बिहान ब्युझिँदा किरोमा बदलिदिए। 

सबैभन्दा त्रासत् त के छ भने किरोमा बदलिएको ग्रेगोर साम्सालाई थाहा छ ऊ मान्छे थियो। थाहा हुनु नै उसको लागि सबैभन्दा गहिरो पीडा हो। वास्तवमा ऊ सामान्य सपना बोकेर बाँचेको थियो। जस्तो, सामान्य काम गरेर परिवार पाल्ने र बहिनीको बिहे गर्ने।

यी सपनाबाट ऊ विमुख भयो। अब उसको संसार एउटा कोठामा सीमित भएको छ।

ऊ त्रासमा छ, तर बोल्न सक्दैन। आफ्ना कुरा भन्नै सक्दैन। उता, उसका बाबु, आमा र बहिनीले ऊ के चाहन्छ बुझ्नै सक्दैनन्। ओहो! कति गहिरो पीडा।

‘ठ्याक्कै नेपालीको पीडा जस्तै। हामी जनता त्यही किरो त हौँ,’ द मेटामोर्फोसिस पढ्दै गर्दै यस्तै सोच आएको थियो। म यसपटक यो उपन्यास दोहोर्‍याएर पढ्दै थिएँ। ‘थाहा पाउनु’ कति ठूलो पीडा हो भन्ने बुझ्दै थिएँ।

यही बेला अमेरिकाबाट आइपुगे राजव। मैले ‘द मेटामोर्फोसिस’ पढिसक्नु र राजव नेपाल आइपुग्नु एउटा संयोग थियो।

राजव अमेरिकाबाट आउँदा प्रायः एउटा नयाँ पुस्तक लिएर आउँछन्। यसपटक रित्तै आउने कुरै थिएन। उनको नयाँ पुस्तक उपन्यास थियो, प्रेसमा गइसकेको। र त्यसको नाम थियो– काफ्काको काम सकियो।

Ncell 2
Ncell 2
nimb
nimb

लेखक फ्रेन्ज काफ्काको आयु छोटो थियो। उनी सामान्य परिवारको, तर गहिरो पीडामा बाँचेको लेखक हुन्। काफ्का ४१ वर्षको उमेरमा सन् १९२४ मा संसारबाट बिदा भएका थिए। र, मृत्युको ९८ वर्षपछि राजवले उही काफ्कालाई नेपाल ल्याए। काफ्का नेपाल आएपछि बल्ल सुरु हुन्छ उनको काम। काम उही, जस्तो ‘द मेटामोफोर्सिस’मा गरेका थिए।
०००

नेपालस्थित अमेरिकी राजदूतावासमा लामो लाइन छ। त्यहाँ लाइन लागेकाहरू अमेरिका जान चाहन्छन्। नेपालको बेरोजगारी, अस्तव्यस्तता, सामाजिक असुरक्षा, गरिबी र अरु कयौँ कारण छन्, जसले युवालाई अमेरिका जाने भिषाको लाइनमा लाग्न प्रेरित गर्छन्।

तर, यो लाइनका अधिकांशले भिषा पाउँदैनन्। अनि त ल्याटिन अमेरिका हुँदै जमिनको बाटो भिषैविना अमेरिका जान तयार हुनेहरू पनि छन्। उनीहरू ज्यान जोखिममा राखेर अमेरिका पुगिछाड्ने सपना बुन्छन्।

फ्रेन्ज काफ्का त्यो भिषा लिने लाइनमा छैन। ऊ त नेपाल घुम्न आएको हो। तर, भिषा लिन बसेकाहरूलाई हेरिरहेको छ। तीमध्ये ऊ दुई जनालाई छान्छ, जसलाई कायान्तर गरेर सजिलै अमेरिका लैजाने आश्वासन दिन्छ। अमेरिका पुर्‍याएपछि फेरि पहिलाकै मान्छे बनाइदिने बताउँछ। 

Xtrem

Xtrem

ग्रेगोर साम्सालाई फेरि मान्छे बनाउन नपाएकोमा काफ्का आफैँ पनि दुःखी छ। मान्छे बनाउन चाहँदा चाहँदै साम्सा मरेको बताउँछ। तर, ऊ अब आफू पहिलाभन्दा सक्षम रहेको र अमेरिका पुगेपछि फेरि किरोबाट मान्छे बनाउन सक्ने बताउँछ।

त्यहाँ काफ्का मात्र छैन, ग्रेगोर साम्सा पनि छ। मेटामोर्फोसिसमा आफूलाई किरो बनाएर फेरि मान्छे नबनाएकोमा ग्रेगोर साम्साको चित्त दुखाइ छ। ऊ ती दुई नेपालीलाई काफ्काको कुरा नपत्याउन भन्छ। आफूलाई किरो बनाएर यातना दिई मारेको गुनासो गर्छ।

ग्रेगोर साम्सालाई फेरि मान्छे बनाउन नपाएकोमा काफ्का आफैँ पनि दुःखी छ। मान्छे बनाउन चाहँदा चाहँदै साम्सा मरेको बताउँछ। तर, ऊ अब आफू पहिलाभन्दा सक्षम रहेको र अमेरिका पुगेपछि फेरि किरोबाट मान्छे बनाउन सक्ने बताउँछ। किरो भएर अमेरिका जान भिषा लिनु नपर्ने भन्दै लोभ देखाउँछ। 

अन्ततः दुई युवक काफ्कासँग अमेरिका जान तयार हुन्छन्। अनि सुरु हुन्छ किरोमा परिणत भएका दुई नेपालीको रोमाञ्चक यात्रा। उनीहरूले किरोमा कायान्तर हुँदादेखि यात्रारत् अवस्थामा पाएको यातना र त्रासले फेरि एकपटक ग्रेगोर साम्साको यातना र त्रासलाई सम्झाउँछ।

काफ्काको काम दुई पात्रलाई अमेरिकासम्म पुर्‍याउने मात्र हो। पात्रसँगै काफ्का पनि अमेरिका पुग्छ। अनि, काफ्काको काम सकियो।

तर, उपन्यास बाँकी नै छ।
०००

यसरी, वास्तविक जीवनमा कहिल्यै अमेरिका नपुगेको काफ्कालाई राजवले अमेरिका पुर्‍याएका छन्। हुन त, अमेरिका नै नपुगी काफ्काले ‘अमेरिका’ नामको उपन्यास नै लेखेका थिए। ‘त्यो उपन्यास काफ्काको बेजोड कल्पना हो। उसले सुनेकै भरमा र अनुमानका आधारमा उपन्यासमा अमेरिकाको चित्र उतारेको छ,’ राजव भन्छन्।

तिनै काफ्कालाई राजवले पात्र बनाए। अनि एउटा लामो यात्रा गराए। अमेरिका जाने हुट्हुटी बोकेका नेपालीको मनोविज्ञान समाएर उपन्यास कथे।

‘उपन्यासको पात्र काफ्का म आफैँ हुँ। अमेरिकी दूतावासमा भिषा लिन लाइन बसिरहेकाहरूलाई किरो बनाउने मै हुँ। अनि अमेरिका पुगेपछि मान्छे बनाइदिने पनि म नै हुँ। मैले आफूलाई काफ्का बनाएर नै यो उपन्यास लेख्न सकेको हुँ,’ बल्ल पोल खोले राजवले।

राजवसँगको भेट टुंग्याएर आएपछि मैले काफ्कालाई गुगलमा खोजेँ। प्रायः त ब्ल्याक एन्ड ह्वाइट तस्बिरहरू आए। टाउकोभरि बाक्लो कपाल। नफुलेका, कालै। हँसिलो मुहार। प्रायः कोट लगाएको। कुनै–कुनै फोटोमा काउबोइ ह्याट लगाएको।

राजव त कपाल सिनित्तै काट्छन्। तक्लु। बरु दारी भने कहिले निकै दिन काट्दैनन्। ती सेतै फुलेका दारीले अनुहार नै छोपिदिन्छ। फेरि सफाचट बनाउँछन्। सवा सय वर्षअघिको काफ्कासँग उनको रूप मिल्दैन। मिल्नुपर्छ भन्ने पनि छैन।

लेखनमा भने उनी काफ्काको नेपाली अवतार भएका छन्। तर, के उनले लेखेको कथा उनी आफ्नै त होइन?

दुई युवालाई ‘किरो’ बनाएर अमेरिका लैजाने राजव झन्डै २० वर्षअघि आफैँ अमेरिका पुगेका थिए। साहित्यमा चम्किँदै गरेको नाम र वाणिज्य बैंकको गतिलो जागिर छाडेर उनी भिषाको लाइनमा बस्न पुगेका थिए।

दुई युवालाई ‘किरो’ बनाएर अमेरिका लैजाने राजव झन्डै २० वर्षअघि आफैँ अमेरिका पुगेका थिए। साहित्यमा चम्किँदै गरेको नाम र वाणिज्य बैंकको गतिलो जागिर छाडेर उनी भिषाको लाइनमा बस्न पुगेका थिए।

‘तर, मलाई उति बेला अमेरिका जाने उस्तो हुटहुटी थिएन। रहर भने थियो। किनभने, म रोजगार थिएँ। मेरा पात्र बेरोजगार छन्। यताको जीवनबाट निराश छन्,’ राजव भन्छन्, ‘म र मेरा पात्रमा अर्को पनि फरक छ– अमेरिका जाँदा म ४८ वर्षको थिएँ, तर मेरा दुवै पात्र ४० वर्षभन्दा कम उमेरका छन्। उनीहरूलाई डीभी परेको होइन।’

आफ्ना पात्र प्रतिनिधि नेपाली भएको उनी बताउँछन्। तिनकै रहर पूरा गर्न किरो बनाएर अमेरिका लैजानु परेको र त्यसका लागि आफू काफ्का भएको उनको तर्क छ। ‘म काफ्का भएँ। अनि एउटा रोमाञ्चक यात्रा गर्ने निर्णय गरेँ। तर, ग्रोगरी साम्साले मलाई छेक्न खोज्यो। काफ्कालाई बेकुफ भन्यो। मेटामोर्फोसिसलाई खराब कृति भन्यो। अनि मैले नयाँ काफ्का भएर ग्रोगरी साम्सासँग माफी मागेँ। किनभने, म अर्को प्रयोग गर्न चाहन्थेँ,’ राजव भन्छन्, ‘काफ्का नभइ मैले यो कथा भन्न सक्दिन थिएँ।’

सय वर्षअघि ‘द मेटामोर्फोसिस’ लेखिनु नै आफ्नो नयाँ उपन्यास ‘काफ्काको काम सकियो’ जन्मिनुको कारण भने नभएको राजव बताउँछन्। बरु, नेपालीले खेपेको राजनीतिक पीडा, बेरोजगारी, उकुसमुकुस र ग्रेगोर साम्साको जस्तो जीवनलाई उपन्यासमा देखाउन खोजेको उनको भनाइ छ। आफू काफ्काको विचारबाट नभइ लेखन शैली र चिन्तन गर्ने तरिकाबाट प्रभावित भएको उनले बताए।

राजवले २०३५ सालमा पहिलो पटक काफ्कालाई पढेका थिए। त्यो ‘द ट्रायल’ उपन्यास थियो। अनि छोटा कथाहरू पढे। २०४० सालमा ‘द मेटामोमार्फोसिस’ पढे। ‘यो कृति पढेपछि साना कुरामा पनि आख्यान लेख्न सकिन्छ भन्ने थाहा पाएँ। मैले काफ्कालाई बुझेकै त्यहीँबाट हो,’ उनी भन्छन्, ‘म बर्ताेल्त ब्रेख्तपछि सबैभन्दा बढी काफ्कासँगै प्रभावित छु।’

कुनै दिन गाब्रिएल गार्सिया मार्खेजले पनि मेटामोर्फोसिस पढेपछि भनेका थिए रे, ‘ओहो, कथा त यसरी पनि बनाउन सकिने रहेछ।’ ठ्याक्कै यही स्टाइलमा राजव प्रभावित भएका थिए। अनि काफ्काकै ‘टुल्स’ समातेर नयाँ उपन्यास लेखे, जहाँ स्वयम् काफ्कालाई पात्र बनाए।

वास्तविक जीवनमा चाहिँ काफ्का कस्ता थिए? रमाइला? हँसी–मजाकवाला? जस्तो, उपन्यास पढेर अनुमान हुन्छ।

तर, उनको जीवन ग्रेगोर साम्साको जस्तो दुःखी थियो। आफ्नो बाबुसँग ग्रेगोर साम्साको सम्बन्ध राम्रो छैन। झन्, किरोमा परिणत भएपछि छोरो कोठाबाहिर नै ननिस्कियोस् भन्ने चाहन्छ। एक दिन कोठाबाट निस्किँदा बाउले हानेको स्याउ उसको ढाडमा गाडिन्छ। अनि, त्यही घाउको पीडाले ग्रेगोर साम्साको मृत्यु हुन्छ।

आफ्नो दुःखद् मृत्युबाट ग्रेगोर साम्साको चित्त यतिसम्म दुखेको छ कि, राजवको उपन्यासमा आएर समेत ऊ काफ्कासँग रिसाउँछ।

काफ्का पनि आफ्नो बाबुका कारण दुःखी थिए। सानो छँदा काफ्का धेरै करायो भनेर बाबुले एक रात उनलाई चिसो बार्दलीमा राखिदिन्छन्। काफ्काले रोएरै रात काट्छन्। त्यही कारण आफ्नो बाबुप्रति उनको धारणा कहिल्यै सकारात्मक भएन। उनको लेखनको शैली पनि संकुचित र निराशाजनक भयो।

तर, राजव निराशाजनक शैली भने पछ्याउँदैनन्। अनि त काफ्कालाई यात्रामा नेपाल ल्याए। नेपालबाट काफ्काले दुई नेपालीलाई अमेरिका लग्यो। उसले आफूसँगै लगेका दुई नेपालीको परिचय अमेरिका पुगेपछि मात्र हुन्छ। तर, त्यहाँ उनीहरूले आफ्नो यात्राबारे एक–अर्कासँग झूट बोल्छन्।

‘यो उपन्यासमा परम्परागत अन्त्य छैन। पात्रलाई अमेरिका पुर्‍याएपछि काफ्काको काम सकियो। तर, पात्रहरूको जिन्दगी सुरु भयो। त्यसपछि पनि कथा छ,’ राजवले कुरा टुंग्याए।

राजव उर्फ काफ्काको काम सकियो, उपन्यास यो महिनाको अन्त्यसम्ममा बजारमा आउँदैछ। अबको काम पाठकको हो।

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्