• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस २३, २०८२ Wed, Jan 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

राजव उर्फ काफ्का अवतार

64x64
प्रकाश गुरागाईं शनिबार, माघ १५, २०७८  ०७:००
1140x725

‘एक बिहान अनौठो सपनाबाट ब्युझिँदा ग्रेगोर साम्साले आफू भयानक किरोमा रुपान्तरण भएको पाउँछ।’

‘द मेटामोर्फोसिस’को पहिलो वाक्य यही हो। पहिलो वाक्यमा नै उपन्यासकार फ्रेन्ज काफ्काले पाठकलाई चकित बनाइदिए। साँझ स्वस्थ सुतेको एउटा मान्छेलाई बिहान ब्युझिँदा किरोमा बदलिदिए। 

सबैभन्दा त्रासत् त के छ भने किरोमा बदलिएको ग्रेगोर साम्सालाई थाहा छ ऊ मान्छे थियो। थाहा हुनु नै उसको लागि सबैभन्दा गहिरो पीडा हो। वास्तवमा ऊ सामान्य सपना बोकेर बाँचेको थियो। जस्तो, सामान्य काम गरेर परिवार पाल्ने र बहिनीको बिहे गर्ने।

यी सपनाबाट ऊ विमुख भयो। अब उसको संसार एउटा कोठामा सीमित भएको छ।

ऊ त्रासमा छ, तर बोल्न सक्दैन। आफ्ना कुरा भन्नै सक्दैन। उता, उसका बाबु, आमा र बहिनीले ऊ के चाहन्छ बुझ्नै सक्दैनन्। ओहो! कति गहिरो पीडा।

‘ठ्याक्कै नेपालीको पीडा जस्तै। हामी जनता त्यही किरो त हौँ,’ द मेटामोर्फोसिस पढ्दै गर्दै यस्तै सोच आएको थियो। म यसपटक यो उपन्यास दोहोर्‍याएर पढ्दै थिएँ। ‘थाहा पाउनु’ कति ठूलो पीडा हो भन्ने बुझ्दै थिएँ।

यही बेला अमेरिकाबाट आइपुगे राजव। मैले ‘द मेटामोर्फोसिस’ पढिसक्नु र राजव नेपाल आइपुग्नु एउटा संयोग थियो।

राजव अमेरिकाबाट आउँदा प्रायः एउटा नयाँ पुस्तक लिएर आउँछन्। यसपटक रित्तै आउने कुरै थिएन। उनको नयाँ पुस्तक उपन्यास थियो, प्रेसमा गइसकेको। र त्यसको नाम थियो– काफ्काको काम सकियो।

Ncell 2
Ncell 2

लेखक फ्रेन्ज काफ्काको आयु छोटो थियो। उनी सामान्य परिवारको, तर गहिरो पीडामा बाँचेको लेखक हुन्। काफ्का ४१ वर्षको उमेरमा सन् १९२४ मा संसारबाट बिदा भएका थिए। र, मृत्युको ९८ वर्षपछि राजवले उही काफ्कालाई नेपाल ल्याए। काफ्का नेपाल आएपछि बल्ल सुरु हुन्छ उनको काम। काम उही, जस्तो ‘द मेटामोफोर्सिस’मा गरेका थिए।
०००

नेपालस्थित अमेरिकी राजदूतावासमा लामो लाइन छ। त्यहाँ लाइन लागेकाहरू अमेरिका जान चाहन्छन्। नेपालको बेरोजगारी, अस्तव्यस्तता, सामाजिक असुरक्षा, गरिबी र अरु कयौँ कारण छन्, जसले युवालाई अमेरिका जाने भिषाको लाइनमा लाग्न प्रेरित गर्छन्।

तर, यो लाइनका अधिकांशले भिषा पाउँदैनन्। अनि त ल्याटिन अमेरिका हुँदै जमिनको बाटो भिषैविना अमेरिका जान तयार हुनेहरू पनि छन्। उनीहरू ज्यान जोखिममा राखेर अमेरिका पुगिछाड्ने सपना बुन्छन्।

फ्रेन्ज काफ्का त्यो भिषा लिने लाइनमा छैन। ऊ त नेपाल घुम्न आएको हो। तर, भिषा लिन बसेकाहरूलाई हेरिरहेको छ। तीमध्ये ऊ दुई जनालाई छान्छ, जसलाई कायान्तर गरेर सजिलै अमेरिका लैजाने आश्वासन दिन्छ। अमेरिका पुर्‍याएपछि फेरि पहिलाकै मान्छे बनाइदिने बताउँछ। 

ग्रेगोर साम्सालाई फेरि मान्छे बनाउन नपाएकोमा काफ्का आफैँ पनि दुःखी छ। मान्छे बनाउन चाहँदा चाहँदै साम्सा मरेको बताउँछ। तर, ऊ अब आफू पहिलाभन्दा सक्षम रहेको र अमेरिका पुगेपछि फेरि किरोबाट मान्छे बनाउन सक्ने बताउँछ।

त्यहाँ काफ्का मात्र छैन, ग्रेगोर साम्सा पनि छ। मेटामोर्फोसिसमा आफूलाई किरो बनाएर फेरि मान्छे नबनाएकोमा ग्रेगोर साम्साको चित्त दुखाइ छ। ऊ ती दुई नेपालीलाई काफ्काको कुरा नपत्याउन भन्छ। आफूलाई किरो बनाएर यातना दिई मारेको गुनासो गर्छ।

ग्रेगोर साम्सालाई फेरि मान्छे बनाउन नपाएकोमा काफ्का आफैँ पनि दुःखी छ। मान्छे बनाउन चाहँदा चाहँदै साम्सा मरेको बताउँछ। तर, ऊ अब आफू पहिलाभन्दा सक्षम रहेको र अमेरिका पुगेपछि फेरि किरोबाट मान्छे बनाउन सक्ने बताउँछ। किरो भएर अमेरिका जान भिषा लिनु नपर्ने भन्दै लोभ देखाउँछ। 

अन्ततः दुई युवक काफ्कासँग अमेरिका जान तयार हुन्छन्। अनि सुरु हुन्छ किरोमा परिणत भएका दुई नेपालीको रोमाञ्चक यात्रा। उनीहरूले किरोमा कायान्तर हुँदादेखि यात्रारत् अवस्थामा पाएको यातना र त्रासले फेरि एकपटक ग्रेगोर साम्साको यातना र त्रासलाई सम्झाउँछ।

काफ्काको काम दुई पात्रलाई अमेरिकासम्म पुर्‍याउने मात्र हो। पात्रसँगै काफ्का पनि अमेरिका पुग्छ। अनि, काफ्काको काम सकियो।

तर, उपन्यास बाँकी नै छ।
०००

यसरी, वास्तविक जीवनमा कहिल्यै अमेरिका नपुगेको काफ्कालाई राजवले अमेरिका पुर्‍याएका छन्। हुन त, अमेरिका नै नपुगी काफ्काले ‘अमेरिका’ नामको उपन्यास नै लेखेका थिए। ‘त्यो उपन्यास काफ्काको बेजोड कल्पना हो। उसले सुनेकै भरमा र अनुमानका आधारमा उपन्यासमा अमेरिकाको चित्र उतारेको छ,’ राजव भन्छन्।

तिनै काफ्कालाई राजवले पात्र बनाए। अनि एउटा लामो यात्रा गराए। अमेरिका जाने हुट्हुटी बोकेका नेपालीको मनोविज्ञान समाएर उपन्यास कथे।

‘उपन्यासको पात्र काफ्का म आफैँ हुँ। अमेरिकी दूतावासमा भिषा लिन लाइन बसिरहेकाहरूलाई किरो बनाउने मै हुँ। अनि अमेरिका पुगेपछि मान्छे बनाइदिने पनि म नै हुँ। मैले आफूलाई काफ्का बनाएर नै यो उपन्यास लेख्न सकेको हुँ,’ बल्ल पोल खोले राजवले।

राजवसँगको भेट टुंग्याएर आएपछि मैले काफ्कालाई गुगलमा खोजेँ। प्रायः त ब्ल्याक एन्ड ह्वाइट तस्बिरहरू आए। टाउकोभरि बाक्लो कपाल। नफुलेका, कालै। हँसिलो मुहार। प्रायः कोट लगाएको। कुनै–कुनै फोटोमा काउबोइ ह्याट लगाएको।

राजव त कपाल सिनित्तै काट्छन्। तक्लु। बरु दारी भने कहिले निकै दिन काट्दैनन्। ती सेतै फुलेका दारीले अनुहार नै छोपिदिन्छ। फेरि सफाचट बनाउँछन्। सवा सय वर्षअघिको काफ्कासँग उनको रूप मिल्दैन। मिल्नुपर्छ भन्ने पनि छैन।

लेखनमा भने उनी काफ्काको नेपाली अवतार भएका छन्। तर, के उनले लेखेको कथा उनी आफ्नै त होइन?

दुई युवालाई ‘किरो’ बनाएर अमेरिका लैजाने राजव झन्डै २० वर्षअघि आफैँ अमेरिका पुगेका थिए। साहित्यमा चम्किँदै गरेको नाम र वाणिज्य बैंकको गतिलो जागिर छाडेर उनी भिषाको लाइनमा बस्न पुगेका थिए।

दुई युवालाई ‘किरो’ बनाएर अमेरिका लैजाने राजव झन्डै २० वर्षअघि आफैँ अमेरिका पुगेका थिए। साहित्यमा चम्किँदै गरेको नाम र वाणिज्य बैंकको गतिलो जागिर छाडेर उनी भिषाको लाइनमा बस्न पुगेका थिए।

‘तर, मलाई उति बेला अमेरिका जाने उस्तो हुटहुटी थिएन। रहर भने थियो। किनभने, म रोजगार थिएँ। मेरा पात्र बेरोजगार छन्। यताको जीवनबाट निराश छन्,’ राजव भन्छन्, ‘म र मेरा पात्रमा अर्को पनि फरक छ– अमेरिका जाँदा म ४८ वर्षको थिएँ, तर मेरा दुवै पात्र ४० वर्षभन्दा कम उमेरका छन्। उनीहरूलाई डीभी परेको होइन।’

आफ्ना पात्र प्रतिनिधि नेपाली भएको उनी बताउँछन्। तिनकै रहर पूरा गर्न किरो बनाएर अमेरिका लैजानु परेको र त्यसका लागि आफू काफ्का भएको उनको तर्क छ। ‘म काफ्का भएँ। अनि एउटा रोमाञ्चक यात्रा गर्ने निर्णय गरेँ। तर, ग्रोगरी साम्साले मलाई छेक्न खोज्यो। काफ्कालाई बेकुफ भन्यो। मेटामोर्फोसिसलाई खराब कृति भन्यो। अनि मैले नयाँ काफ्का भएर ग्रोगरी साम्सासँग माफी मागेँ। किनभने, म अर्को प्रयोग गर्न चाहन्थेँ,’ राजव भन्छन्, ‘काफ्का नभइ मैले यो कथा भन्न सक्दिन थिएँ।’

सय वर्षअघि ‘द मेटामोर्फोसिस’ लेखिनु नै आफ्नो नयाँ उपन्यास ‘काफ्काको काम सकियो’ जन्मिनुको कारण भने नभएको राजव बताउँछन्। बरु, नेपालीले खेपेको राजनीतिक पीडा, बेरोजगारी, उकुसमुकुस र ग्रेगोर साम्साको जस्तो जीवनलाई उपन्यासमा देखाउन खोजेको उनको भनाइ छ। आफू काफ्काको विचारबाट नभइ लेखन शैली र चिन्तन गर्ने तरिकाबाट प्रभावित भएको उनले बताए।

राजवले २०३५ सालमा पहिलो पटक काफ्कालाई पढेका थिए। त्यो ‘द ट्रायल’ उपन्यास थियो। अनि छोटा कथाहरू पढे। २०४० सालमा ‘द मेटामोमार्फोसिस’ पढे। ‘यो कृति पढेपछि साना कुरामा पनि आख्यान लेख्न सकिन्छ भन्ने थाहा पाएँ। मैले काफ्कालाई बुझेकै त्यहीँबाट हो,’ उनी भन्छन्, ‘म बर्ताेल्त ब्रेख्तपछि सबैभन्दा बढी काफ्कासँगै प्रभावित छु।’

कुनै दिन गाब्रिएल गार्सिया मार्खेजले पनि मेटामोर्फोसिस पढेपछि भनेका थिए रे, ‘ओहो, कथा त यसरी पनि बनाउन सकिने रहेछ।’ ठ्याक्कै यही स्टाइलमा राजव प्रभावित भएका थिए। अनि काफ्काकै ‘टुल्स’ समातेर नयाँ उपन्यास लेखे, जहाँ स्वयम् काफ्कालाई पात्र बनाए।

वास्तविक जीवनमा चाहिँ काफ्का कस्ता थिए? रमाइला? हँसी–मजाकवाला? जस्तो, उपन्यास पढेर अनुमान हुन्छ।

तर, उनको जीवन ग्रेगोर साम्साको जस्तो दुःखी थियो। आफ्नो बाबुसँग ग्रेगोर साम्साको सम्बन्ध राम्रो छैन। झन्, किरोमा परिणत भएपछि छोरो कोठाबाहिर नै ननिस्कियोस् भन्ने चाहन्छ। एक दिन कोठाबाट निस्किँदा बाउले हानेको स्याउ उसको ढाडमा गाडिन्छ। अनि, त्यही घाउको पीडाले ग्रेगोर साम्साको मृत्यु हुन्छ।

आफ्नो दुःखद् मृत्युबाट ग्रेगोर साम्साको चित्त यतिसम्म दुखेको छ कि, राजवको उपन्यासमा आएर समेत ऊ काफ्कासँग रिसाउँछ।

काफ्का पनि आफ्नो बाबुका कारण दुःखी थिए। सानो छँदा काफ्का धेरै करायो भनेर बाबुले एक रात उनलाई चिसो बार्दलीमा राखिदिन्छन्। काफ्काले रोएरै रात काट्छन्। त्यही कारण आफ्नो बाबुप्रति उनको धारणा कहिल्यै सकारात्मक भएन। उनको लेखनको शैली पनि संकुचित र निराशाजनक भयो।

तर, राजव निराशाजनक शैली भने पछ्याउँदैनन्। अनि त काफ्कालाई यात्रामा नेपाल ल्याए। नेपालबाट काफ्काले दुई नेपालीलाई अमेरिका लग्यो। उसले आफूसँगै लगेका दुई नेपालीको परिचय अमेरिका पुगेपछि मात्र हुन्छ। तर, त्यहाँ उनीहरूले आफ्नो यात्राबारे एक–अर्कासँग झूट बोल्छन्।

‘यो उपन्यासमा परम्परागत अन्त्य छैन। पात्रलाई अमेरिका पुर्‍याएपछि काफ्काको काम सकियो। तर, पात्रहरूको जिन्दगी सुरु भयो। त्यसपछि पनि कथा छ,’ राजवले कुरा टुंग्याए।

राजव उर्फ काफ्काको काम सकियो, उपन्यास यो महिनाको अन्त्यसम्ममा बजारमा आउँदैछ। अबको काम पाठकको हो।

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
राष्ट्रियसभा निर्वाचन : कोशीबाट सुनिल थापा निर्विरोध बुधबार, पुस २३, २०८२
कांग्रेसको विशेष महाधिवेशन आह्वान बुधबार, पुस २३, २०८२
चुनाव उठ्नेबारे कुनै निर्णय गरेको छैन : सञ्चारमन्त्री खरेल बुधबार, पुस २३, २०८२
सुनसरी-१ बाट उम्मेदवारी दिने हर्क साम्पाङको घोषणा बुधबार, पुस २३, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो मंगलबार, पुस २२, २०८२
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा मंगलबार, पुस २२, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
एमालेले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्