• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसभित्र यसरी बलियो बन्दैछ सम्भावित चुनावी गठबन्धन विरुद्धको मत

64x64
लिलु डुम्रे बिहीबार, माघ १३, २०७८  ०९:१३
1140x725

काठमाडौं– स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टी पराजय भएपछि २०७४ को पुसमा कांग्रेस नेता कार्यकर्तामा चरम निराशा व्याप्त थियो। इतिहासमै कांग्रेस कमजोर भएको विचार प्रवाहित भइरहेका थिए। हारको पीडा आलो थियो। त्यसैबखत अर्थात् पुस १६ मा ‘युवा पुस्ता’का सात नेताले विज्ञप्ति निकाले।

धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, बद्री पाण्डे, प्रदीप पौडेल र गुरुराज घिमिरेले निकालेको संयुक्त वक्तव्यमा भनिएको थियो, ‘हामीले गरेको भनिएको लोकतान्त्रिक गठबन्धन किन राष्ट्रव्यापी, भरपर्दो र कसिलो बनाउन सकिएन?’

गठबन्धन ‘राष्ट्रव्यापी, भरपर्दो र कसिलो’ नबनेकोप्रति तत्कालीन समयमा नेतृत्वलाई उनीहरुले प्रश्न गरेका थिए। उनीहरुले चर्चा गरेको लोकतान्त्रिक गठबन्धन एमाले र माओवादी केन्द्रले बनाएको ‘वाम गठबन्धन’को ‘बाइप्रडक्ट’ थियो। असोज १७ गते ती दुई पार्टीले चुनावी गठबन्धन र पार्टी एकताको उद्देश्य सार्वजनिक गरेपछि कांग्रेसका केही नेताको जोडमा लोकतान्त्रिक खेमाका पार्टीहरुसँग मिलेर बृहत् लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास थालिएको थियो। कार्यदल समेत बनाइएको थियो। तर, त्यो त्यति बृहत् र प्रभावकारी हुन सकेन।

समय उस्तै रहेन। इतिहासका प्रश्नहरु पनि उस्तै रहेनन्। यतिबेला गठबन्धनको सरकार छ। पाँचदलीय सत्ता गठबन्धनआबद्ध दलहरु निर्वाचनमा पनि गठबन्धनलाई कायमै राख्नुपर्ने बताइरहेका छन्। तर, उतिबेला गठबन्धनलाई ‘राष्ट्रव्यापी, भरपर्दो र कसिलो’ नबनाएको भनेर शेरबहादुर देउवामाथि प्रश्न उठाउनेहरु नै यतिबेला चुनावी गठबन्धनको विपक्षमा देखिन्छन्।

नेतृत्वलाई औंला उठाउने सातमध्ये ६ जना त चौधौं महाधिवेशनमा केन्द्रीय पदाधिकारीमा प्रतिस्पर्धा गरेका थिए। गुरुराज घिमिरे प्रदेश १ को पार्टी सर्वोच्च पद (प्रदेश सभापति)मा प्रतिस्पर्धा गरेका थिए। सातमध्ये चार जना पदाधिकारीमा विजयी पनि भए। उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डे विजयी भएका हुन्।

प्रश्न उठाउने स्थानमा रहेका नेताहरु नै कार्यान्वयन गर्ने ठाउँमा पुगेपछि कांग्रेसको चुनावी रणनीति के होला? विचारणीय छ। उनीहरुले तत्कालीन समयमा नेतृत्वलाई उठाएको अर्को प्रश्न पनि स्मरण गर्नुपर्ने हुन्छ। ‘पार्टी हार्दैछ भन्ने पूर्वआभास हुँदा तदनुकूल निर्वाचन रणनीति अख्तियार किन भएन?’, विज्ञप्तिमा भनिएको थियो। जवाफ खोज्ने नेताहरु यतिबेला निर्वाचन रणनीति अख्तियार गर्ने स्थानमा छन्।

‘पार्टी हार्दैछ भन्ने पूर्वआभास’ शब्दावली कांग्रेस नेताहरुले सम्भवतः यसपटक प्रयोग गर्ने छैनन्। ‘कांग्रेस एक्लै चुनावमा जान्छ’ भन्ने आशयका बोली बग्रेल्ती सुनिएको छ। त्यसको आशय एक्लै चुनावमा जितिन्छ भन्ने आत्मविश्वास नै हो।

तुलनात्मक रुपमा तालमेलको विपक्षमा डा शेखर कोइराला पक्षका नेताहरु देखिन्छन्। चुनावी गठबन्धनको विपक्षमा नेता कोइराला स्वयं छन्। उपसभापति गुरुङ र महामन्त्री थापाले तालमेल गर्नै नहुने विचार सार्वजनिक रुपमा दिँदै आएका छन्। गठबन्धनले निर्वाचन गराउने तर, निर्वाचनमा गठबन्धनकै रुपमा नजाने उपसभापति गुरुङ पनि बताउँछन्।

nimb
nimb

गत निर्वाचनमा स्थानीय तहमा भएको तालमेल आत्मघाती भएको कांग्रेसका अधिकांश नेता कार्यकर्तालाई लागेको छ। तालमेलबाट माओवादी केन्द्रलाई लाभ भए पनि कांग्रेसलाई हानी पुगेको धेरैको बुझाइ छ। स्थानीय तहमा गरिएको तालमेलको असर संसदीय निर्वाचनमा भोगेको नेताहरु बताउँछन्।

‘२०७४ सालमा स्थानीय तहको निर्वाचनमा कांग्रेसले जे भोग्यो वा उक्त समयमा कार्यकर्ताको भावना के थियो, उहाँले (सभापतिले) बुझ्नुभएको छ। त्यो भावनाविपरीत जाने परिकल्पना म गर्न सक्दिनँ’, गुरुङ भन्छन्, ‘कांग्रेसको दुवै खुट्टा सबल छन्। कुनै पनि खुट्टा भाँचिएका छैनन्। खुट्टा भाँचिएको भए पो वैशाखीको सहारा लिने हो। दुवै खुट्टा तन्दुरुस्त हुनेले त एक्लै दौडिने हो। दुवै खुट्टा सद्दे हुँदाहुँदै नाटक गरेर वैशाखी टेकेर हिँड्न खोजियो भने त्यो मान्छेलाई अरुले उछिन्ने निश्चित छ।’

तत्कालीन नेकपा तीन समूहमा विभाजित, मधेशवादी दलको फुट, राजावादी दलभित्रै किचलो, नयाँ भनिएका दलमा विग्रह लगायतले गर्दा कांग्रेसले आफू पहिलो शक्ति हुने अपेक्षा गरेको छ। दुई कम्युनिस्टको एकताले पराजय भोगेको निष्कर्ष निकालेको कांग्रेसका लागि सीट बढाउने सहज माध्यम ती पार्टीमा आएको विभाजन नै हो।

गत निर्वाचनको समीक्षा गर्ने क्रममा यही विषयलाई एक पक्षले स्विकारेको थिएन। एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन नै हारको पहिलो कारण भएको संस्थापन पक्षको निष्कर्ष थियो। संस्थापनइतरले भने सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई कारण मानेको थियो। नेता रामचन्द्र पौडेल पक्षले हारको जिम्मेवारी सभापति देउवाले लिनुपर्ने अडान समेत राखेको थियो।

निर्वाचनको समीक्षा गर्न बसेको केन्द्रीय समितिको निर्णयमा मत प्रतिशत बढेकोप्रति सन्तुष्टि व्यक्त गरिएको थियो। २०७० सालमा भन्दा २०७४ सालमा मत प्रतिशत बढेको तर, गठबन्धनका कारण हार्नु परेको तर्क अघि सारिएको थियो। गत निर्वाचनमा १६५ तर्फको प्रत्यक्षमा २३ र समानुपातिक ११० तर्फ कांग्रेसले ४० सिट ल्याएको थियो। २०७४ मा कांग्रेसले प्राप्त मत प्रतिशत ३२ थियो। २०७० मा २५ प्रतिशत मत ल्याएको थियो। तत्कालीन समयमा प्रत्यक्षतर्फ २४०  र समानुपातिक ३३५ सिटको व्यवस्था थियो।

संस्थापन पक्षका नेताहरुले चुनावी तालमेल गर्ने/नगर्ने खुलेर बताइसकेका छैनन्। चुनावी परिवेश हेरेर शीर्ष तहका नेताहरुलाई जिताउने गरी गठबन्धन हुनसक्ने संकेत गरेका छन्।

‘चुनावी गठबन्धन इस्युका आधारमा हुने हो। कहिले हामी राप्रपासँग पनि मिल्यौं। कहिले एमाले, कहिले माओवादी, कहिले मधेशकेन्द्रित दलसँग पनि सहकार्य गर्‍यौं’, देउवा निकट केन्द्रीय सदस्य रामहरि खतिवडा भन्छन्, ‘गठबन्धन बन्ने/नबन्ने परिस्थितिजन्य कुरा हो। १/२ सिटमा शीर्ष तहका नेतालाई जिताउन सकिएला। तर, देशैभर गठबन्धन बनाएर जान सकिँदैन।’

खतिवडाको बोलीमा नेता प्रदीप पौडेल पनि सहमत छन्। राष्ट्रव्यापी कार्यगत एकता गरेर चुनावी प्रतिस्पर्धामा जाने सम्भावना नरहेको उनी बताउँछन्। सैद्धान्तिक रुपमा फरक फरक विचारधारा बोकेर हिँडेका राजनीतिक दलसँग देशभर चुनावी तालमेल गर्नु सान्दर्भिक नहुने पौडेलको बुझाइ छ।

चुनावी तालमेल कांग्रेसको आवश्यकताभन्दा पनि गठबन्धनका दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादीको ‘बाध्यता’ बनेको छ। आफू नै सक्षम हुँदाहुँदै अन्यसँग तालमेलको औचित्य नरहेको कांग्रेस नेता कार्यकर्ताको बुझाइ छ। तालमेल गर्दा अनावश्यक रुपमा निर्वाचन क्षेत्र अर्कोलाई सुम्पिएर सहयोग गर्नुपर्ने तर, आफ्नो कार्यकर्ताको व्यवस्थापन नहुने र पार्टीभित्र पनि असन्तुष्टि बढ्ने जस्ता कारणले देशव्यापी सञ्जाल भएको कांग्रेसलाई देशव्यापी नै गठबन्धन गर्न मुस्किल छ।

एक्लै चुनाव लड्ने तागत कांग्रेससँग रहेको महामन्त्री थापा बताउँछन्। ‘हामीले चुनाव नजितेको स्थानमा जित्ने सुर्वण अवसर आएको छ’, धादिङको एक कार्यक्रममा केही समय पहिले थापाले कार्यकर्तासँग भनेका थिए, ‘तल्लो तहमा हामी मिलेर चुनाव लड्छौं भन्ने कुरा भयो भने त्यसलाई सदासयताका रुपमा लिने एउटा कुरा हो। पार्टीले माथि (केन्द्रमा) चुनावमा गठबन्धन गरेर जाँदैन। चुनावमा गठबन्धन गर्ने कांग्रेसको चरित्र नै होइन। चितवनमा हामीले देखिसक्यौं।’

गत निर्वाचनमा ४७ ठाउँमा कांग्रेसका उम्मेदवारले ५ हजारभन्दा कम मतले पराजय भोगेका थिए। कम्युनिस्ट दलहरुमा आएको विभाजनले ती स्थानमा जित निकाल्न सकिने कांग्रेसको बुझाइ छ। गत निर्वाचनमा उम्मेदवारी चयन गर्दा चरम असन्तुष्टि पैदा भएका थिए। परिणामतः पार्टीभित्रै अन्तर्घात समेत भएको नेताहरुको भनाइ छ। विगतको क्षतिबाट पाठ सिकेर आन्तरिक व्यवस्थापन मजबुत बनाउन सकिए पार्टीको बहुमत आउने नेताहरु दाबी गर्छन्।

राष्ट्रिय सभाको निर्वाचनमा भने कांग्रेसले गठबन्धन बनाइसकेको छ। यसको भने पार्टीभित्र विरोध भएको छैन। राष्ट्रिय सभा निर्वाचनका निश्चित मतदाताका कारण धेरै हदसम्म विजय र पराजय पहिल्यै निर्क्योल भइसक्छ। त्यसैले यो निर्वाचनमा तालमेल गर्दा नै कांग्रेस लगायतका गठबन्धन आबद्ध दलहरुले केही पदहरुमा आफ्नो पक्षमा सहज नतिजा निकाल्न सकेका हुन्।

अर्थात् राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन गर्नु सबैका लागि ‘विन-विन’ को अवस्था बनेको थियो। आफ्ना उम्मेदवार जिताउन यो बाध्यात्मक तालमेल पनि हो। तर, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा त्यस्तो बाध्यता हुँदैन।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८  ०९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनाका लागि अस्थायी आवासको व्यवस्था गरिएको छ। रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा राहत शिविर सञ्... शनिबार, भदौ १३, २०८३
नेपाली काँग्रेस फुटउन्मुख, डा. शशांकद्धारा महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने घोषणा १५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। शनिबार, भदौ १३, २०८३
विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग लिने सरकारको तयारी, दाता सम्मेलनको संकेत परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा शनिबार मन्त्री खनालले पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा व्यापक... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? शनिबार, भदौ १३, २०८३
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्