buysamsung buysamsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार ९, २०८३ Tue, Jun 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महँगो बन्दै चुनाव खर्च : २०४८ मा ८० करोड, २०७४ मा ३० अर्ब  

64x64
लिलु डुम्रे सोमबार, माघ १०, २०७८  १९:५९
1140x725

काठमाडौं- सत्तारुढ गठबन्धनले तीनै तहको निर्वाचन एकै समयमा गर्ने मनस्थिति बनाएको छ। संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्दा राज्यको ढुकुटीमा कम भार पर्ने गठबन्धनको तर्क छ।

सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन सारेर भए पनि एकैपटक चुनाव गराउने सोचमा देखिएपछि एकैपटक गरिने चुनावका सकारात्मक र नकरात्मक पक्षमा धारणा सार्वजनिक हुन सुरु भएका छन्।

सत्ता गठबन्धनले एकैपटक सबै तहको निर्वाचन गराउन खोज्नुको मुख्य ध्येय गठबन्धन टुट्न नदिने रणनीतिसँग जोडिएको छ। अन्तर्यमा खर्च घट्ने कारण देखाइएको भए पनि मूल उद्देश्य गठबन्धनमा विभाजन आउन नदिने उपायको खोजी हो। 

संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गरेको अनुभव निर्वाचन आयोगसँग छैन। तीन तहको निर्वाचन एकैपटक गर्दा आयोगको व्यवस्थापकीय कमजोरी हुने आशंका पनि उत्तिकै छ। अर्कोतर्फ, तीन तहको निर्वाचन एकै समयमा गर्दा व्यापक जनशक्ति परिचालन गर्नुपर्ने भएकाले सोचिए अनुसारको खर्चमा कटौती नहुने संशय पनि छ।

प्रत्येक पटकको निर्वाचन विगतकोभन्दा महँगो हुँदै गएको आँकडाहरुले देखाउँछ। २०४८ सालमा प्रतिनिधि सभाको निर्वाचन गर्दा ८० करोड हारहारी खर्च गरिएको थियो। त्यस्तै, २०५१ सालमा सवा अर्ब र २०५६ सालमा दुई अर्ब ७५ करोड आसपासमा खर्च भएको थियो।

दोस्रो जनआन्दोलनपछिका चुनावी खर्च ह्वात्तै बढेको देखिन्छ। पहिलो संविधानसभाको निर्वाचन (२०६४) मा ७ अर्ब ५० करोड खर्च भएको थियो। दोस्रो संविधानसभाको निर्वाचन (२०७०) मा खर्च बढेर ११ अर्ब १० करोड पुगेको थियो।

संघीय प्रणालीमा गएपछि चुनावी खर्च झनै बढ्ने देखिन्छ। जस्तो कि, २०७४ सालमा प्रदेश सभा र प्रतिनिधि सभाको क्रममा मात्रै ३० अर्बभन्दा बढी खर्च भयो। प्रदेश र प्रतिनिधि सभाका लागि गत निर्वाचनमा ३२ अर्ब रकम विनियोजन गरिएको थियो। स्थानीय तहको निर्वाचनमा गरिएको खर्च यहाँ जोडिएको छैन।

माथि उल्लेखित खर्चहरु ‘देखिने’ खर्चको तथ्यांक हुन्। निर्वाचनमा देखिने मात्रै खर्च हुँदैनन्। अपारदर्शी वा अदृश्य तरिकाले हुने खर्च त्यसको तुलनामा अत्यधिक धेरै छ। निर्वाचनमा हुने गरेका पारदर्शी र अपारदर्शी खर्चको गैरसरकारी संस्थाहरुले अनुसन्धानमा आधारित रहेर खर्च सार्वजनिक पनि गरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

निर्वाचन पर्यवेक्षण समितिको अनुसन्धानमा आधारित प्रतिवेदनमा गत स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र समर्थकबाट ५,०९६ करोड खर्च गरेका थिए। निर्वाचन आयोगबाट १,८४६ करोड खर्च गरिएको थियो। आयोग र दलबाट भएको कूल खर्च ६,९४२ करोड रहेको उक्त अध्ययनको आँकडा छ।

यसअनुसार प्रतिमतदाता ४९२३ रुपैयाँ खर्च भएको छ। एक भोटका लागि राज्य र दलका तर्फबाट स्थानीय तहमा करिब पाँच हजार खर्च भएको देखिन्छ। आयोगले भन्दा दल वा तिनका समर्थकले कैयौं गुणा बढी रकम मतदाताको लागि खर्चेका हुन्छन्। तर, सरकारी तथ्यांकले स्थानीय तहको गत निर्वाचनमा प्रतिमतदाता ४८८ रुपैयाँ खर्च भएको देखाउँछ।

सोही समितिको अनुसन्धानले प्रदेश र संघको गत निर्वाचनमा ६,२२१ करोड खर्च भएको तथ्यांक सार्वजनिक गरेको थियो।। जसमध्ये, दलहरुले चुनाव जित्नका लागि ४,५९५ करोड खर्च गरेका थिए। १६२६ करोड आयोगका तर्फबाट खर्च गरेको देखिन्छ। स्थानीय तहको निर्वाचनमा भन्दा प्रदेश र संघको निर्वाचनमा कूल मतदाता खर्च कम देखिएको छ। प्रदेश र संघको निर्वाचनमा प्रतिमतदाता ४०४० रुपैयाँ खर्च भएको छ। गत चुनावमा तीन तहका लागि कूल खर्च १३,१६३ करोड खर्च भएको उक्त अध्ययनले देखाएको छ।

पारदर्शी तरिकाले खर्चको लेखाजोखा हुने हो भने यी आँकडामा ठूलो परिवर्तन आउने निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेल बताउँछन्।

आयोगले तोकेको सीमामा रहेर खर्च गर्ने उम्मेदवारको प्रतिशत न्यून रहन्छ। आयोगले तोकेको भन्दा १३६ प्रतिशत बढीसम्म खर्च उम्मेदवारले गरेका छन्। बढी खर्च गर्नेले धेरै मत पाउने भएकाले खर्चका लागि उम्मेदवारबीच होडबाजी चल्छ।

प्रतिमतदाता खर्चको अनुपात पनि अस्वाभाविक वृद्धि हुँदै गएको छ। प्रतिनिधि सभाको २०४८ सालको निर्वाचनमा आयोगले प्रतिमतदाता ९ रुपैयाँ ८३ पैसा मात्रै खर्च गरे पुग्ने थियो। २०५१ को संसदीय निर्वाचनमा उक्त रकममा दोब्बर भन्दा बढी वृद्धि भएर १९ रुपैयाँ ८३ पैसामा पुग्यो।

२०५६ सालमा २६ रुपैयाँ ६८ पैसा प्रतिमतदाता खर्च भएको देखिन्छ। २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा अघिल्लो खर्चमा भन्दा १० गुणा बढी वृद्धि भएको छ। पहिलो संविधानसभाको निर्वाचनमा प्रतिमतदाता खर्च २७५ रुपैयाँ ८० पैसा थियो। उल्लेखित खर्चहरु आयोगले निकालेको आँकडा अनुसार भएकाले अपारदर्शी खर्चले बढाउने आँकडा अझै बढी हुन्छ।

गैरसरकारी आँकडा अनुसार ती निर्वाचनहरुमा प्रतिमतदाता भएको खर्चको अनुपात अर्कै देखिन्छ। २०४८ सालमा प्रतिमतदाता खर्च ७५ रुपैयाँ, २०५१ मा ११३ रुपैयाँ, २०५६ मा २०३ रुपैयाँ, २०६४ मा ४२५ रुपैयाँ र २०७० मा ९१३ रुपैयाँ खर्च भएको तथ्यांक पनि भेटिन्छ।

निर्वाचनका लागि छुट्याइएको रकममध्ये सुरक्षाकर्मीका लागि बढी खर्च हुने गर्दछ। म्यादी प्रहरी पनि भर्ना गरिने भएकाले सुरक्षातर्फ थप रकम विनियोजन गर्नुपर्ने हुन्छ। मतदाता अद्यावधिक, कर्मचारी पूर्ति, फर्निचर, मसलन्द, सवारी साधन, मतदाता शिक्षा, प्रचारप्रसार, मतदाता परिचयपत्र, मतपत्र छपाई, ढुवानी, मतदान अधिकृतलाई तालिम, मतदान केन्द्र निर्माण लगायतमा खर्च हुने गर्दछ। गाडी खरिद र कर्मचारीलाई भत्ता आयोगका लागि खर्च वृद्धि हुने मुख्य शीर्षक बनेका छन्।

निर्वाचन महँगो हुँदै जानुको अर्को कारण उम्मेदवारको खर्चमा नियन्त्रण हुन नसक्नु हो। आयोगले तोकेको ‘सिलिङ’मा रहेर खर्च गर्ने उम्मेदवारको संख्या अत्यन्तै न्यून रहेको छ। २०४८ सालमा प्रतिनिधि सभाको उम्मेदवारले ७५ हजार खर्च पाउने व्यवस्था बढाउँदै लगेर २०७४ सालमा २५ लाख बनाइएको छ।

२०५१ सालको निर्वाचनमा एक लाख खर्च गर्न पाउने व्यवस्थामा २०५६ मा थप वृद्धि गरी १ लाख ४० हजार देखि २ लाख ३५ हजारसम्म सीमा तोकियो। २०६४ सालमा चार लाख ५६ हजार बनाइयो। २०७० सालको निर्वाचनमा उम्मेदवारले १० लाखसम्म खर्च गर्न पाउने व्यवस्था थियो।

२०७४ सालमा आइपुग्दा प्रतिनिधि सभाको सांसद्‌का लागि २५ लाखको सीमा निर्धारण गरियो। तर, बढी रकम खर्च गर्नेले नतिजा आफ्नो पक्षमा पार्ने सम्भावना रहेकाले उक्त सीमालाई लत्याउँदै १३६ प्रतिशतसम्म खर्च गरेको पाइएको छ। २०४८ देखि २०७४ सालसम्मको अवधिका उम्मेदवारको खर्चको अनुपात नै ३३ गुणाले बढेको छ। आयोगको सीमाभित्र उम्मेदवारहरु बसेको देखिँदैन।

मतदाता अद्यावधिक गर्दा स्वाभाविक रुपमा आयोगको खर्च थपिन्छ। २०७७ को पुस ५ सम्म आयोगले मतदाता अद्यावधिक गरेको छ। आउँदो तीनै तहको निर्वाचनका लागि आयोगले पुन: मतदाताको अद्यावधिक गर्नुपर्ने हुन्छ। त्यसका लागि समयसँगै बजेट पनि आयोगले निर्धारण गर्नुपर्ने हुन्छ।

गत वर्षसम्मको तथ्यांकको आधारमा मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार ११० थियो। १८ वर्ष पुगेका मतदाताहरुको संख्यामा महिला ८० लाख ३० हजार ९८४ छन्। पुरुष मतदाताको संख्या ८२ लाख ११ हजार ९५४ अद्यावधिक गरिएको थियो। तेश्रो लिङ्गी १७२ जना मतदातामा सूचीकृत भएका छन्। आयोगले अद्यावधिक गरेको समय १३ महिना कटिसकेको छ। आसन्न निर्वाचनका लागि पुन: मतदाता अद्यावधिक गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक रास्वपाको चितवनमा जारी महाधिवेशन अन्तरगत बन्दसत्र सकिएलगत्तै रविले उम्मेदवारी दर्ता गराएका हुन् । रास्वपा महाधिवेशनमा सभापति र केन्द... मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो । मंगलबार, असार ९, २०८३
ताजा समाचारसबै
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
विष्णु पौडेल पक्राउप्रति ज्ञवालीको आपत्ति, प्रतिशोध साँधिएको आरोप सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्