• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख ५, २०८३ Sat, Apr 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

स्थानीय निर्वाचन पर धकेलेर वैशाखमा प्रतिनिधि सभा निर्वाचन सम्भव छ?

64x64
लिलु डुम्रे शुक्रबार, माघ ७, २०७८  ०९:१६
1140x725

काठमाडौं– संविधानसँग ऐनको व्यवस्था बाझिएपछि स्थानीय तहको निर्वाचन पर सार्न सकिने/नसकिने विषयमा बहस सुरु भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको आधार देखाउँदै स्थानीय तहको निर्वाचन वैशाखपछि गर्न सकिने प्रस्ताव गरेका छन्। संविधान अनुसार स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने छ। सोही प्रावधानको बलमा प्रचण्डले संघको चुनाव वैशाखमा गरेर स्थानीय निर्वाचन सार्न सकिने प्रस्ताव सत्ता गठबन्धनको उच्चस्तरीय समन्वय समितिको बैठकमा राखेका हुन्।

प्रचण्डको प्रस्ताव कार्यान्वयन भए स्थानीय तहको निर्वाचन कात्तिक/मंसिरमा पुग्छ। संविधानको प्रावधान अनुसार नै स्थानीय तहको निर्वाचन वैशाखभन्दा पछि गर्न सकिने उनको जिकिर छ। ऐनभन्दा संविधान नै मूल कानुन भएकाले स्थानीय तहको निर्वाचन सार्न सकिने विकल्प प्रचण्डले अघि सारेका छन्।

प्रतिनिधि सभा सञ्चालनका लागि प्रमुख प्रतिपक्ष नेकपा एमालले असहयोग गरेकाले संघकै निर्वाचन गर्न उपयुक्त हुने र  संघ, प्रदेश र स्थानीय तहको निर्वाचन क्रमैसँग गर्नु सुल्टो बाटो पनि हुने प्रचण्डले सार्वजनिक रुपमै बताइसकेका छन्।

निर्वाचन आयोग वैशाख २२ गतेभित्र स्थानीय तहको निर्वाचन हुनुपर्ने पक्षमा छ। आयोगले जेठ ५ गतेदेखि स्थानीय सरकार सञ्चालनका लागि जनप्रतिनिधि खटिनुपर्ने जनाएको छ।

संविधानले स्थानीय तहका पदापधकारीको कार्यकाल सकिनुअघि नै निर्वाचन गर्न सकिने व्यवस्था गरेको छैन। ऐनमा भने कार्यकाल सकिनुअघि नै निर्वाचन गर्न सकिने व्यवस्था उल्लेख छ। संविधान र ऐनमा भएका व्यवस्थाका सन्दर्भमा थप छलफल गरी पुनः बस्ने भनिएको समन्वय समितिको बैठक बिहीबार बस्न सकेन।

प्रचण्डको उक्त प्रस्तावबारे अन्य दलको औपचारिक प्रतिक्रिया आएको छैन। प्रचण्डको प्रस्तावमा सत्तारुढ दलभित्रै पनि हालसम्म मतैक्य देखिएको छैन। गठबन्धनभित्र सहमति हुन सके प्रस्तावमाथि एमालेसँग छलफलका लागि विषय प्रवेश गर्न सक्नेछ।

सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले संस्थागत रुपमा मुख खोलेको छैन। तथापि, वैशाखमै सबै तहको निर्वाचन गर्ने शर्तमा कांग्रेसले प्रचण्डको प्रस्ताव स्विकार्न सक्ने बताइन्छ। तीनै तहको निर्वाचन एकै समयमा गर्दा खर्चमा व्यापक कटौती हुने भएकाले तीनै तहको निर्वाचन एकैपटक गरौं भन्ने मत कांग्रेसमा बढ्दै गएको छ। ‘प्रतिनिधि सभाको निर्वाचन वैशाखमा गर्ने विषयले छलफलका लागि कांग्रेसभित्र प्रवेश पाएको छैन। अहिलेसम्म प्रचण्डको निजी विचार मात्रै हो’, कांग्रेस उपसभापति धनराज गुरुङले भने।

nimb
nimb
Ncell 2
Ncell 2

गुरुङले एकै पटक निर्वाचन गर्ने विषयलाई खर्च कटौतीसँग जोडेर व्याख्या गरे। ‘तीन तहको निर्वाचन एकैपटक हुँदा खर्च पनि कटौती हुन्छ। एकैपटक निर्वाचन गर्दा एउटा मत पत्र मात्रै बढी बनाइदिने त हो नि’, उनले भने, ‘अघि/पछि नगरी एकैपटक तीन तहको निर्वाचन गर्न सकिन्छ। वैशाखमा गर्ने हो भने पनि सबै एकपटक गर्नुपर्छ।’

गुरुङको भनाईमा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर पनि सहमति राख्छन्। तिनै तहको निर्वाचन सँगै गर्नसके समय र आर्थिक हिसाबले देश र राजनीतिक दलहरुका लागि किफायती हुने उनको बुझाइ छ। राजनीतिक दलको सहमतिमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन वैशाखको अन्तिम साता एकसाथ गर्न सकिने उनले बताए।

वैशाखमा संघको निर्वाचन गर्दा संवैधानिक अड्चन नआउने संविधानविद्को पनि तर्क छ। नियमित समयमा संघको निर्वाचन गर्दा मंसिरमा गर्नुपर्ने हुन्छ। वैशाखमा संघको निर्वाचन हुँदा प्रतिनिधि सभाले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्न भने पाउँदैन। प्रतिनिधि सभाले चार वर्षे कार्यकाल पूरा गरिसकेकाले आउने मंसिरसम्मका सबै महिनामा चुनाव गर्दा संविधान बाधक नहुने तर्क पनि एकथरीले गरिरहेका छन्।

प्रचण्डले अघि सारेको प्रस्तावलाई प्रमुख प्रतिपक्ष एमालेले स्थानीय तहमा जनप्रतिनिधिविहीन बनाउने खेलको रुपमा बुझेको छ। ‘विनाकुनै कारण ६ महिना स्थानीय तह जनप्रतिनिधिविहीन बनाएर त्यसको दुरुपयोग गर्नखोज्ने परमादेशी सत्ता गठबन्धन विरुद्धमा चुँ बोल्न नसक्नेहरु आफैंमा अस्थिरताको सर्जक हुन्’, एमाले महासचिव शंकर पोखरेलले बिहीबार सामाजिक सञ्जालमा लेखे।

संविधानमा तीन–तीन महिना गरेर ६ महिना संकटकाल लगाउन सकिने व्यवस्था समेतलाई ध्यानमा राखेर ६ महिनाभित्र चुनाव गर्नैपर्ने संविधानको व्यवस्थालाई अपव्याख्या गर्न खोजिएको उनले बताएका छन्।

सत्तागठबन्धनका दलबीच स्थानीय तहको निर्वाचन पछि सारेर वैशाखमा प्रतिनिधि सभाको निर्वाचन गर्ने सहमति भने बनिसकेको छैन। 

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  ०९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वका कार्यसमितिको पक्षमा फैसला गरेको हो । शुक्रबार, वैशाख ४, २०८३
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र बिहीबार नेपाल सरकार र कानुन मन्त्रीलाई सम्बोधन गर्दै उनले देशको विकास नहुनुको मुख्य जड प्रशासनिक अल्झन र कर्मचारी संयन्त्रको कार्यशै... शुक्रबार, वैशाख ४, २०८३
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसमक्ष उनीहरूले शपथ लिएका हुन् । शुक्रबार, वैशाख ४, २०८३
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर शनिबार, वैशाख ५, २०८३
संयुक्त राष्ट्रसंघको मुख्यालयमा मनाइयो आरोग्य दिवस शनिबार, वैशाख ५, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता शुक्रबार, वैशाख ४, २०८३
म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा शुक्रबार, वैशाख ४, २०८३
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्