• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १२, २०८२ Thu, Mar 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राजनीतिक हस्तक्षेपले तहसनहस बनेको एउटा परोपकारी संस्था

64x64
लिलु डुम्रे बिहीबार, पुस २९, २०७८  ०९:०६
1140x725

काठमाडौं- सामाजिक संस्थामाथि राजनीतिक हस्तक्षेप कतिसम्म घातक हुन्छ? कुनै बेला परोपकारी संस्थाका रुपमा आफ्नो छबि बनाएको नेपाल रेडक्रस सोसाइटी त्यसलाई चिहाउने ऐना वनेको छ। सरकारमा आउने दलको हस्तक्षेपको दलदलमा फसेको यो संस्था अहिले चरम बेथितिको पर्याय जस्तै बन्न पुगेको छ। परोपकारी काम गर्दै आएको यो गैरराजनीतिक संस्थालाई दलहरुले पार्टीका कार्यकर्ता भर्ना गर्ने थलो बनाएपछि संस्थाको हविगत यस्तो बनेको हो।

त्यहीकारण नै संस्थामा वर्षौं ‘हालिमुहाली’ गरेको एउटा नेतृत्व हटाएर अर्को ल्याउँदासमेत प्रवृत्तिमा कुनै परिवर्तन आएको छैन। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तत्कालीन नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जिव थापाको कार्यसमिति भंग गरेको थियो। थापा कांग्रेसनिकट थिए। समयमा अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न नसकेको ठहर गरी थापाको कार्यसमिति भंग गरिएको थियो। संस्थामा अनियमितता गरेको आरोप पनि उनीमाथि लगाइएको थियो।

देशभर सञ्जाल, दाताले प्रदान गर्ने सहयोग र अर्बौंको बजेट रहेको संस्थामा कांग्रेसले मात्रै किन रजाइँ गर्ने? सम्भवतः ओली सरकारलाई यही लाग्यो। अनि थापा नेतृत्वको कार्यसमितिलाई हटाइयो। दलीय भागबण्डाको आधारमा डा नेत्र तिम्सिनाको नेतृत्वमा तदर्थ समिति बनाइयो। मनोनीत तदर्थ समितिलाई तीन महिनाभित्र निर्वाचन गरेर नेतृत्व हस्तान्तरण गर्ने कार्यादेश दिइएको थियो। तिम्सिनाको कार्यसमितिले समयमा निर्वाचन गराउन सकेन। अर्कोतर्फ, कोरोना कोरोना महामारी बहाना बनिदियो। साथै, बर्खास्तीमा परेका थापानिकटले उनलाई असफल बनाउन लागे। संस्था दर्ता ऐनअनुसार सञ्चालित रेडक्रसको नवीकरण गराउनसमेत तिम्सिना असफल रहे।

तदर्थ समिति र बर्खास्तीमा परेका थापा पक्षधरको टकराव संस्थामा थप देखिन थाल्यो। विवादकै कारण १६ जिल्ला कार्यसमिति कात्तिकमा भंग गरिए। रौतहट, सुनसरी, पर्सा, हुम्ला, काठमाडौं, मोरङ, रोल्पा, रुकुम पश्चिम, गोरखा, जाजरकोट, उदयपुर, कैलाली, बागलुङ, मकवानपुर, सिरहा र चितवन जिल्ला शाखा कार्यसमितिलाई भंग गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटीको विधानबमोजिम ‘वैधानिक दायित्व पूरा नगरेकाले’ १६ जिल्लाका शाखालाई सात दिने स्पष्टीकरण सोधिएको थियो। कात्तिक ११ मा महामन्त्री पिताम्बर अर्यालले १६ जिल्ला शाखालाई पत्र लेख्दै सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएका थिए। असोज २३ गते भएको दोस्रो वार्षिक साधारणसभा ती जिल्लाले बहिस्कार गरेका थिए। वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, प्रस्तावित कार्यक्रम तथा बजेटलगायतमा छलफल गर्नका लागि साधारणसभा बोलाइएको थियो। साथै, संस्था नवीकरण हुन नसकेकाले उक्त विषयमा पनि छलफल गरिने साधारणसभाको अर्को अजेण्डा थियो।

‘महत्त्वपूर्ण विषयमा’ छलफल गर्नका लागि बोलाइएको साधारणसभालाई १६ जिल्ला कार्यसमितिले बेवास्ता गरे। साधारणसभामा अनुपस्थित १६ जिल्लाका कार्यसमितिलाई पत्र लेख्दै साधारणसभामा सहभागी नहुनुको कारण सोधियो। साधारणसभामा भाग लिने दायित्व हो कि होइन? भनी अर्को जवाफ माग गरिएको थियो। साथै, संस्थाको कार्यलाई बाधा, अड्चन गर्ने कार्य गरेको हो/ होइन? भनेर पनि स्पष्टीकरण सोधिएको थियो।

अन्ततः तिम्सिना नेतृत्वको कार्यसमितिलाई ती जिल्लाको नेतृत्वले असहयोग गरेको ठहर गरेर कार्यसमिति नै भंग गरियो। भंग गरिएको परिणाम कात्तिक अन्तिम साता बोलाइएको साधारणसभामा देखियो। साधारणसभा बिथोलियो। भंग गरिएका जिल्ला कार्यसमितिको नेतृत्व केन्द्रसँग रुष्ट थियो। भंग भएका जिल्ला कार्यसमितिको नेतृत्वले साधारणसभामा हुलदंगा गरेको तिम्सिना कार्यसमितिको बुझाइ छ। भंग गरिएका जिल्ला कार्यसमितिमध्ये अधिकांश अदालतको आदेशमा पुनर्बहाली भइसकेका छन्।

Ncell 2
Ncell 2

अघिल्लो सरकारको समयमा नियुक्ति पाएका तिम्सिनाको नेतृत्वमा रहेको संस्थाको कार्यमा असहयोग पुर्‍याउन वर्तमान सत्तारुढ दलहरु लागेको र तिनकै बलमा बलमा साधारणसभा भाँडिएको तिम्सिना कार्यसमितिले आरोप लगाएको छ।

डेढ वर्षको अवधिमा तिम्सिनाले अधिवेशन गराउन सकेनन्। तोकिएको दायित्व निर्वाह गर्न नसकेको कारण छँदै थियो। ओली सरकारले गठन गरेको कार्यसमिति भएकाले सरकारले ‘पूर्वाग्रह’ पनि राख्यो। 

पुस १४ मा बसेको मन्त्रिपरिषद्‍को बैठकले तिम्सिनाको नेतृत्वमा रहेको तदर्थ समिति भंग गरेको छ। नयाँ तदर्थ समिति गठन गर्दा पुरानोलाई हटाइएकोबारे तालुक मन्त्रालयले कुनै विषय उल्लेख गरेको छैन। प्रा. सुदर्शन नेपालको अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। नेपाल गृहमन्त्री बालकृष्ण खाणनिकट रहेको बताइएको छ। महामन्त्रीमा मनोनीत भूपतिलाल श्रेष्ठ एकीकृत समाजवादीमा आबद्ध रहेको बताइन्छ। माओवादीको भागबाट कोषाध्यक्षमा कृष्णगोपाल लागेजुले स्थान पाएका छन्।

सरकारले गठन गरेको नयाँ तदर्थ समितिले दुई दिनभन्दा बढी काम गर्न भने पाएन। तिम्सिनाले आफ्नो कार्यसमितिलाई भंग गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरे। तिम्सिना नेतृत्वको कार्यसमितिलाई निरन्तरता दिन सर्वोच्चले अल्पकालीन आदेश दिएको छ। पुस ३० मा सरकार र रिट निवेदक दुवैलाई सर्वोच्चले उपस्थित हुन आदेश दिएको छ। पुस ३० मा उक्त मुद्दामाथिको सुनुवाइको पालो नआए टुंगो लाग्न थप समय लाग्नेछ।

सरकारले गठन गरेको तदर्थ समितिको पक्षबाट वकालतका लागि ६ जना कानुन व्यवसायी खटाइएको छ। सरकारको तर्फबाट बहस गर्नेमा शम्भु थापा, बद्रीबहादुर कार्कीलगायत छन्। तिम्सिना पक्षबाट बहस गर्नेमा रमेश बडाल, भोजराज आचार्य र सुरेन्द्रकुमार महतो छन्।

परोपकारी संस्थामा देखिएको भद्रगोल, अनियमितता तथा पार्टी राजनीतिको परकाष्ठाले रेडक्रसका शुभेच्छुकहरुलाई चिन्तित बनाएको छ। लामो समय रेडक्रसमा काम गरेका एक शुभेच्छुक भन्छन्,‘नेपाल रेडक्रस सिद्धियो। संस्थाको गरिमा पनि अब रहेन। परोपकारी संस्थामा राजनीतिकरण गरियो।’

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ०९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
नवनिर्वाचित सांसदहरूको शपथ आज शपथ लिने समय दिउँसो २ बजे तय गरिएको छ । यसपालि ६ राजनीतिक दलको प्रतिनिधित्व हुने प्रतिनिधिसभामा रास्वपाकै १ सय ८२ सांसद छन् । कांग्र... बिहीबार, चैत १२, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित आयोगले २४ फागुनमा ओली, लेखक र प्रहरी प्रमुख खापुङलाई फौजदारी कसूरमा अनुसन्धान... बुधबार, चैत ११, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति बिहीबार, चैत १२, २०८२
इरानले भन्यो– ‘मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ’ बिहीबार, चैत १२, २०८२
कर्णाली खेलकुद परिषद् पुनर्गठन, सदस्य सचिवमा बिहीबार, चैत १२, २०८२
नवनिर्वाचित सांसदहरूको शपथ आज बिहीबार, चैत १२, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदभार ग्रहणपछि केसीले भने- सभामुखको आसनमा बसेपछि दलगत पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ बुधबार, चैत ११, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
इरानले भन्यो– ‘मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ’ बिहीबार, चैत १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्