• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सन् २०२१ : अमेरिकी संसद्‍मा आक्रमणदेखि तालिबानको उदयसम्म

64x64
रासस आइतबार, पुस १८, २०७८  १३:३८
1140x725

काठमाडौं- अफगान सुरक्षाकर्मीहरु र अमेरिकी नेतृत्वको नेटो बहुराष्ट्रिय सेनासँग हिंसात्मक युद्ध गरेको तालिबानले राजधानी काबुल विनारक्तपात कब्जा गरेको घटना सन् २०२१ को विश्वकै सर्वाधिक चासो र चर्चाको विषय बन्न पुग्यो। अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गर्न लागेको अनुमान अमेरिकीहरुले पनि बढीमा महिना दिनअघि मात्र गरेका थिए। अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने निर्णय गरेकाले अबका केही हप्तामै तालिबानहरुले काबुल कब्जा गर्न सक्छन् भनेर त पेन्टागनले भन्यो तर त्यतिबेला तालिबानहरुबाट अफगान सत्ता जोगाउने काममा भने ढिला भइसकेको थियो।

करिब दुई दशकसम्म अमेरिकी सेनाका विरुद्धमा लडेको तालिबानले दिनप्रतिदिन नयाँ-नयाँ सहरहरु कब्जा गर्दै गएपछि अमेरिकी सेनाले पनि बलजफ्ती गरेन, गर्न पनि सकेन। देशका अधिकांश भूभाग कब्जामा लिएका तालिबान विद्रोहीले अगस्ट १४ को राति काबुल घेराबन्दी गरे र अगस्ट १५ दिन त यहाँको सत्तामाथि विजय गरेको घोषणा गरे। देशमा रक्तपात हुनसक्ने अवस्था बढ्दै गएको आकलन राष्ट्रपति असरफ घानीले गरे र उनीसहित उच्च अधिकारीहरूको सत्ता छोडिदिने निष्कर्षसहित राष्ट्रपति घानी पनि सत्ता त्यागेर विदेश पलायन भए। तालिबानले विनारक्तपात राष्ट्रपति भवन कब्जा गरेपछि लडाइँ सकिएको घोषणा गर्दै अब भने जनजीवन सामान्य बनाउने र हिंसा हुन नदिने प्रयासतर्फ लागे।

यो घटनाले फेरि एकपटक सत्ता कब्जा के हो र हतियारले सत्ता कसरी कुनै पनि देशको सत्तामाथि कब्जा हुन्छ भन्ने जानकारी अहिलेको पुस्तालाई राम्रैसँग जानकारी दिलायो। अमेरिकाले हात झिकिदिएपछि यता स्वदेशी सेनाले भने तालिबानसँग कुनै पनि प्रतिकार गरेन। तर, अमेरिका भने यो परिणाम आउने अनुमानमा नरहेको विश्लेषणहरु आए। किनभने, राष्ट्रपति डोनाल्ड ट्रम्पले जसरी अफगानिस्तानबाट सेना फिर्ता गर्ने नीति घोषणा गरे त्यतिबेलाको अनुमान अब अफगान सेनाले नै देशको सत्ताको रक्षा गर्न सक्छ भन्ने थियो। पछि लगत्तै जो बाइडेन आएपछि भने यता तालिबानहरुले देशका विभिन्न भागमा बल देखाउन थालिसकेका थिए। उनीहरुले दिन प्रतिदिन नयाँ स्थान र सहरहरु कब्जा गरेका समाचारहरु आउन थालेपछि उता पेन्टागनले पनि अनुसन्धान थाल्यो। त्यसलगत्तै पेन्टागनको निष्कर्ष आयो- अब तालिबानहरु केही हप्तामै काबुल कब्जा गर्दै छन्।

अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेनाले अफगानिस्तानमा २० वर्षसम्म तालिबानविरुद्ध लडाइँ लड्यो। तर २० वर्षे लडाइँले तालिबान पराजित भएनन्। त्यसो त अमेरिकी पहलमा संयुक्त राष्ट्रसंघले पनि विभिन्न चरणमा वार्ता गरी तालिबानलाई राजनीतिको मूलधारमा ल्याउने प्रयास नगरेको भने होइन। त्यसका लागि तालिबानहरुले राखेका सर्तस्वरुप नै अमेरिकाले आफ्नो सेना फिर्ता गरेको हो। तालिबानले नेटो सेना फिर्ता भएलगत्तै यता आफ्नो शक्ति सञ्चय थाले। आखिर त्यही शक्तिको आडले सत्तामा कब्जा जमाउन सफल भए।

जसरी सन् २००१ को ट्वीन टावर आक्रमणपछि अमेरिकाले थालेको आतंकवादविरुद्धको लडाइँमा विश्व इस्लामहरुको पक्ष र विपक्षमा गरी दुई ध्रुवमा विभाजन भएको थियो ठीक त्यसैगरी तालिबानले अफगानिस्तान कब्जा गरेपछि पनि विश्व दुई ध्रुवमै विभाजन भएको छ। अमेरिकाले आफ्नो सेना फिर्ता गर्नु हुन्थ्यो कि हुँदैनथ्यो भन्नेमा विश्व विभाजित भयो। कतिपयले दुई दशकअघि अमेरिकी सेना अफगानिस्तानमा छिर्नु नै ठीक थिएन भने भने अरु कतिले अमेरिकी सेनाले यतिका लामो समयसम्म पनि अफगानिस्तानमा शान्ति कायम गर्न नसक्दाको यो परिणाम हो भन्ने तर्क गरे। उनीहरु अमेरिकाले यस देशको अवस्थालाई यो हालतमा पुर्‍याएर सेनाले छोडेर हिँडेको भनेर पनि टिप्पणी गरे। यो चर्चाले यस वर्षको उत्तरार्द्धतिर निकै नै चर्चा पायो। तर जेसुकै भए पनि सन् १९९४ मा औपचारिक रूपमा मुल्लाह मोहमद ओमरले स्थापना गरेको तालिबान समूहले त्यस यता अफगानिस्तानको सत्ता दुई पटकसम्म कब्जा गर्न भने सफल भयो। यसअघि सन् १९९६ मा र अहिले। यो समूहका संस्थापक ओमरको सन् २०१३ मा मारिएका छन् ओमरपछि आएका मुल्लाह अख्तर मन्सुर पनि सन् २०१६ मा अमेरिकी ड्रोन हमलामा मारिएका छन्। यतिखेर मौलावी हिबातुल्लाह आखुन्जदा तालिबानको नेतृत्वमा अफगानिस्तानको सत्ता चलेको छ।

अहिले अफगानिस्तान कस्तो छ? धेरैलाई यो अवस्था किन थाहा छैन भने अहिले अफगानिस्तान बन्द छ। अघिजस्तो खुला छैन। तालिबान सरकारलाई विश्वले औपचारिक मान्यता दिन मानेको पनि छैन। जस्तो कि सन् २०२१ को संयुक्त राष्ट्रसंघको महासभामा नै तालिबान सरकारको उपस्थिति स्वीकारिएन। हुनत उनीहरु समयसापेक्ष आफूहरु चल्ने र आधुनिक र नारी शिक्षालाई पनि स्वीकार गर्ने भनिरहेका छन् तर पनि यस मान्यताभित्र खुला शिक्षा र नारी अधिकारको बहसले मान्यता पाउन सकेको छैन। देश आर्थिक रुपमा जर्जर बन्दै छ भने तालिबानी पुरातनपन्थी विचारको बाहुल्यता कायमै छ।

तालिबानलाई सहयोग गर्न विश्व समुदायले भनिरहेको छ, उता तालिबानहरु पनि सहयोगलाई खुला गर्न भनिरहेका छन् तर राजनीतिक रुपमा मान्यता पाउन नसकेको सरकारप्रति दाताहरुको हात माथि पर्न सकेको अवस्था देखिँदैन। यसरी नै चलिरहेको छ तालिबान अहिले। सत्ता कब्जाका बेला उनीहरुले विदेशी नागरिकलाई सकुशल स्वदेश फर्किन दिने र विश्व समुदायसँग मिलेरै समयानुकूल सत्ता सञ्चालन गर्ने भनाइबाट भने यस देश संकटमा पर्न नपाउने अनुमान धेरैको थियो। यही आशा र अबको तालिबानी सत्ता कस्तो हुन्छ भन्ने चर्चामै बित्यो सन् २०२१। सबैले सहयोग गरौँ त भनिरहेका छन् तर जाडोका लागि केही लत्ता कपडा र खाद्यान्नबाहेकको सहयोग अफगानिस्तानले पाउन सकेको जस्तो भने देखिँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसो त वर्षको सुरुआतले पनि एक प्रकारको अकल्पनीय र अमिल्दो सत्ता कब्जाको अभ्यासको महसुस यो विश्वले गर्‍यो। हुनत यसलाई कहीँ कतै कब्जाको शैलीका रुपमा प्रस्ट्याइएको छैन, तर पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले वर्षको सुरुआतमै अर्थात् जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटल हिलमै पुगेर गरेको आक्रमण यो तीतो अनुभवनको एक दृष्टान्त बनेर सन् २०२१ को क्यालेन्डरभित्रै परेको छ। अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडेनको विजयलाई संसद्‍को संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम थियो त्यसैदिन। त्यस कार्यक्रमको व्यापक तयारी चलिरहँदा यता ट्रम्प समर्थकहरु संसद् भवनभित्रै छिरे र तोडफोड नै सुरु गरे। उनीहरु संसद् भवनभित्रै पसेर यसरी हमला गरेका थिए कि त्यसरी त तालिबानहरुले पनि सत्ता कब्जा गरेका थिएनन्। यसको अर्थ यो होइन कि तालिबानहरु आक्रामक होइनन्। तर उनीहरुले सत्ता कब्जा गरेको दिनको मात्र कुरा गर्ने हो भने काबुल बरु शान्त नै देखियो।

ट्रम्प समर्थकको उक्त कार्यले एक प्रकारले भन्ने हो भने अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको थियो। यही व्याख्यासहित सर्वत्र आलोचना पनि भयो। यसकारण राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोपसमेत लाग्न पुग्यो। राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लीकन सांसदहरुलाई पटक-पटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुरोधसमेत गरे। तर, ट्रम्पको अनुरोधलाई बेवास्ता गर्दै सांसदहरुले दिनभरको रस्साकस्सीपछि साँझ पुनः प्रमाणीकरणको कार्यलाई अघि बढाए र गरे।

अमेरिकाको इतिहासमा नै पहिलोपटक उनीमाथि दुई-दुई पटक महाअभियोग दर्ता पनि भए र कंग्रेसले पास पनि गर्‍यो। आफूले सत्ता छोड्नुअघि आफ्ना कार्यकालमा गरेका राम्रा कामको जस लिने तयारी गर्नुपर्ने बेला उनी महाभियोग र आफ्नै पार्टीका सांसदकोसमेत विरोधको सामना गर्दै थिए। यी यावत कारणहरुले गर्दा उनको आलोचना देशभित्र मात्र सीमित रहेन कि प्रजातान्त्रिक पद्धतिको उदाहरण दिने गरिएको विश्व समुदायले नै अमेरिकासँग प्रश्न नै गर्‍यो।

Xtrem

Xtrem

यहाँसम्म कि देशका वरिष्ठ सैन्य अधिकारीहरुले समेत विज्ञप्ति नै प्रकाशन गरेर हिंसाको विरोध गरे। उनीहरुले नागरिकले निर्वाचित गरेको नेतृत्वको आदेशलाई सदैव पालना गर्दै आएको र २५० वर्षदेखिको संविधान र अमेरिकी जनताले सैन्य फोर्सलाई विश्वास गर्दै आएकोसमेत स्मरण गराए। सायद यिनै र विश्व समुदायको व्यापक आलोचनाका कारण हुनसक्छ ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथमा पनि आएन। यो पनि अमेरिकी इतिहासकै एक दुर्लभ घटनाका रुपमा विश्वव्यापी रुपमा चासो र चर्चाका रुपमा रह्यो।

सन् २०२१ को पूर्वार्द्धको अमेरिकी राजनीतिको यो दृष्टान्त र वर्ष उत्तरार्द्धको तयारीतर्फ लाग्दै गर्दा अफगानिस्तानमा भएको तालिबानको उदयका यी दुई घटना नै विश्व राजनीतिका चर्चित घटनाका रुपमा रहे। यसबाहेक अघिल्ला वर्षहरुमा प्रायः चर्चाको शिखरमै रहने उत्तर कोरियाली नेताको चर्चा यस वर्ष त्यति सुनिएन। शक्तिशाली आणविक परीक्षण गर्ने र कहिले त अमेरिकासम्म आक्रमण गर्ने धम्की दिने गरेका उत्तर कोरियाली नेता किम जोङ उनका क्रियाकलापमा यस वर्ष भने कमी आयो।

करिब १६ वर्षसम्म सत्तामा रहेकी जर्मन चान्सलर एंगिला मार्किलको बहिर्गमन पनि सन् २०२१ को उत्तरार्द्धको एक चर्चित विषय हो। लामो समय चर्चामा रहेकी, युरोपेली युनियनबाट बेलायत बाहिरिँदाका घटनाक्रमहरुका साथै युरोपमा आप्रवासी समस्याका बारेमासमेत प्रायः चर्चामा आइरहने मार्किलले लामो समयपछि सत्ता परित्याग गर्दा युरोपमा मात्र नभएर विश्वमा नै चर्चा चलेको थियो।

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १३:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा अन्तरिक्षबाट पृ... मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्