• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार

नाडालाई शुद्धीकरण गरेर सबैको साझा संस्था बनाउन मेरो उम्मेदवारी : करण चौधरी [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २१, २०७८  २२:१५
1140x725
करण चौधरी, अध्यक्षका उम्मेदवार, नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल

अटोमोबाइल व्यवसायीहरूबीच अहिले चुनावी सरगर्मी बढेको छ। अटोमोबाइल व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको साधारणसभा यही बुधबार र बिहीबार (मङ्सिर २२ र २३) काठमाडौंमा हुँदै छ। उक्त साधारणसभामा आगामी नेतृत्वका लागि दुईजना आ-आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।

अध्यक्षका प्रत्यासीमध्येका एक हुन् वर्तमान कार्यसमितिका उपाध्यक्ष करण चौधरी। उनले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन्। सुजुकी कारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्प तथा सीजी होल्डिङसका कार्यकारी निर्देशकसमेत रहेका चौधरी १६ वर्षदेखि आफू यस क्षेत्रमा कार्यरत रहेको बताउँछन्। वर्तमान कार्यसमितिमा उपाध्यक्ष भएको नाताले पनि यस संस्थाको नेतृत्व गर्नको लागि आफू तयार रहेको उनको भनाइ छ। अध्यक्षका प्रत्यासी चौधरीसँग अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था, नाडाको साधारणसभा र आगामी नेतृत्व दाबी गर्दा अघि सारेका योजनाहरूमा केन्द्रित रहेर नेपाल लाइभकी सुमित्रा कार्कीले गरेको कुराकानी: 

नाडाको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ, अध्यक्षमा तपाईंको दाबी किन?
नाडामा मेरो वा अन्य कसैको नेतृत्व किन भन्नुभन्दा पनि नाडालाई अहिले सक्षम नेतृत्वको आवश्यकता छ। नाडालाई माथिल्लो लेबलमा पुर्‍याउन आवश्यक छ। नाडालाई नयाँ उचाईमा पुर्‍याउन र यसभित्र रहेका विकृति हटाउन मैले उम्मेदवारी घोषणा गरेको हो। अहिले नाडाको प्रादेशिक संरचनालाई विकसित बनाएर अगाडि बढाउन आवश्यक छ। म वर्तमान कार्यसमितिमा उपाध्यक्ष भएको कारण यो कामलाई पूर्णता दिन नेतृत्वमा आउन चाहेको हुँ। यस कारण म यो नेतृत्वमा नभएर को त? भन्ने प्रश्न पनि छ।
 
नाडाको नेतृत्व गर्न तपाईंका योजनाहरू के-के छन्? 
मेरो मुख्य योजना भनेकै नाडालाई कसरी शुद्धीकरण गरेर अगाडि बढाउने भन्ने हो। कसरी नाडालाई देशव्यापी रूपमा समेटेर लग्ने भन्ने योजना पनि अर्को मुख्य योजना हो। नाडामा कसरी धेरैभन्दा धेरै मान्छे समेट्न सकिन्छ, प्रादेशिक संरचनालाई कसरी कार्यान्वयनमा ल्याउन सकिन्छ, त्यो कुरामा नै फोकस भएर हाम्रो टिम लाग्नेछ।

तपाईंका प्रतिस्पर्धीको भन्दा फरक योजना के छन्?  
म नाडाको कार्यसमितिमा बसेर काम गरेको दुई वर्ष भयो। मैले यो चुनाव जितेर कुनै पहाड फोड्छु, यो गर्छु त्यो गर्छु भन्ने गर्न नसक्ने योजना बनाएर कसैलाई झुक्याउने तरिकाले चुनावमा आएको छैन। नाडामा जति कुरा सुधार गर्न आवश्यक छ, त्यो काम गर्ने नै मेरो योजना छ। यस्तै, कोरोनाको कारण अहिले अटोमोबाइल व्यवसायमा परेको असर न्यूनीकरणका लागि पनि मेरो योजना केन्द्रित छ। यसमा आएका व्यवसायी साथीहरूको गुनासोलाई समेट्ने मेरो प्रयास हुनेछ।

कोरोना महामारीले अटोमोबाइल व्यवसाय क्षेत्रमा के कति असर पुर्‍यायो? यसलाई पुनरुत्थान गर्न कस्तो योजना बनाउनुभएको छ?
कोरोनाले नेपालमात्र नभएर विश्वमा नै क्षति गरेको छ। यसले सबै मान्छेको गाँस, बास र कपासमा असर गरेको छ। यसले गर्दा अहिले मानिस बाँच्ने केका लागि भन्ने औचित्य आज पुष्टि गर्नुपर्ने अवस्था आएको छ। नाडामा बसेर मैले एउटा के कुरा सोचे भने नाडामा जति पनि व्यवसायी हुनुहुन्छ, उहाँहरूले आज यो व्यवसायको संरक्षण गर्न सकेन भने नाडा संस्था हुनुको औचित्य हुँदैन। यसकारण मेरो ‘मेन फोकस’ भनेको आज अटोमोबाइल व्यवसायमा जति क्षति भएको छ। जस्तै, कति व्यवसायीले परिवार गुमाएका छन् भने कति व्यवसायी आफ्नो व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन्। यस्तो समस्यालाई कसरी समाधान गर्न सकिन्छ, यो पनि मेरो मेन अजेण्डा हो। 

यस क्षेत्रका मजदुरहरू पनि महामारीबाट प्रभावित भएका छन्, उनीहरुको राहतका लागि केही योजना छ कि ? 
कोरोना महामारी सुरु भएको दुई वर्ष हुन लाग्यो, अहिलेसम्म मैले मेरो कम्पनीमा यसको कुनै पनि क्षति हुन दिएको छैन। कम्पनीको कामदार हुन् वा मेरो परिवारकै कोही सदस्य मैले यो महामारीमा सबैलाई समान खालको व्यवहार गरेको छु। यो महामारीबाट बचाउनको लागि मैले कम्पनीको कर्मचारीको औषधिदेखि सेफ्टीसम्मको कुरामा काम गरेको छु। 
मैले नाडाको नेतृत्व सम्हाल्दा पनि सम्पूर्ण अटोमोबाइल व्यवसायमा कार्यरत मजदुरको गुनासा सम्बोधन गर्ने योजना बनाएर अगाडि बढ्नेछु। मैले कोरोना महामारीमा कुनै पनि कर्मचारीलाई आफ्नो व्यवसायबाट बेरोजगार बनाएको छैन। यसकारण नाडाभित्र रहेर पनि मैले यही गतिमा काम गर्नेछु। 

विलासी वस्तुको रूपमामात्र प्रयोग भइरहेको गाडी सर्वसाधारणको पहुँचबाहिरको कुरा बनेको छ। सर्वसाधारणकोसमेत पहुँच पुग्ने अवस्थामा पुर्‍याउन कतिको सम्भव छ? 
हामीले गाडीलाई विलासिताको वस्तु होइन भनेर सरकारलाई बुझाउनुपर्ने विषय बनेको छ। सरकारले गाडीलाई विलासिताको वस्तु भनेको छ। विलासिता भनेको के? यसको परिभाषा के? गाडीलाई विलासिता भन्छौं भने १०/१५ लाख पर्ने गाडी विलासिता होकि हैन? सरकारले विलासिताको गाडी भनेर कति पर्ने गाडीलाई भनेको हो? यसको परिभाषा निकाल्न आवश्यक छ। 
जबसम्म सरकारले यति मूल्यसम्मको गाडीलाई विलासिताको लागि प्रयोग गर्ने भनेर त्यसको परिभाषा निकाल्दैन तबसम्म सरकार र व्यवसायीबीचको फरक धारणाको अन्त्य हुँदैन। सरकारले बुझ्ने विलासिताको अर्थ फरक होला हामी व्यवसायीले बुझ्ने विलासिताको अर्थ फरक होला। यसको विषय नै परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भारतलगायत विभिन्न मुलुकबाट हुने आयातलाई विस्थापन गरेर नेपालमै गाडी उत्पादन गर्ने वातावरण बनाउन तपाईंको योजना के छ ?
नेपालमा गाडीको उत्पादन गर्न एकदमै सम्भव छ। यसको नीति पनि बनिसकेको छ। नेपालमा गाडी उत्पादन गर्ने भन्ने विषयको पनि परिभाषा निर्धारण गर्न आवश्यक छ। गाडी एसेम्बल गर्न सक्छौैं। पार्टहरू ल्याएर नेपालमै एसेम्बल गर्न सकिन्छ।

उत्पादन भन्नाले नेपालमै सबै पार्टहरू उत्पादन गरेर जोड्ने हो। त्यसो गर्नसक्ने अहिले नेपालमा सम्भावना छैन। बाहिरबाट पार्ट्सहरू खरिद गरी नेपालमा ल्याएर जोडेर गाडी बनाउनसक्ने अवस्था भने रहेको छ। यो काम गर्न सरकारसँग नाडाले एउटा नीति निर्णय गरेर त्यसलाई कसरी कार्यन्वयनमा ल्याउन सकिन्छ। त्यो कुरामा म निर्वाचित भए पहल गर्नेछु। 

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन विस्थापन गरेर विद्युतीय सवारीको प्रयोग बढाउने भन्नुभयो, यसको लागि ठोस योजना कस्तो छ?
विद्युतीय सामानको आयात गर्नु, बाहिरबाट ल्याउनु र बेच्नु नै अहिलेको अवस्थामा विद्युतीय साधनको प्रयोग बढाउनु हो। यो नै अहिले चुनौतीको विषय बनेको छ। यसलाई चाहिने पहिलो चिज भनेको पूर्वाधार हो। अहिले पूर्वाधार नबनेको अवस्थामा मैले जति विद्युतीय गाडीमा जोड दिए पनि, जति खरिद गरेर ल्याए पनि बेच्न सक्ने अवस्था छैन। अहिले गाडी चार्ज गर्ने कता? ब्याट्री परिवर्तन गर्नुपर्ने अवस्था आउला त्यो कहाँ लगेर परिवर्तन गर्ने? यस्ता पूर्वाधारको आवश्यकता छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

म नाडाको अध्यक्ष भएँ भने म पहिलो विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने हिसाबले अग्रसर भएर यसमा लाग्नेछु। कसरी विद्युतीय गाडीको लागि पूर्वाधारको विकास गर्न सकिन्छ, त्यसतर्फ लाग्ने योजना बनाउँछु। 

तपाईंले भन्नुभए जस्तै विद्युतीय सवारीका लागि आवश्यक चार्जिङ स्टेसनलगायत पूर्वाधार विकासका लागि तत्काल के-के काम गर्ने योजना छ? 
विद्युतीय गाडीको चार्जिङ स्टेसन बनाउनका लागि अलिकति होमवर्क गरेर अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको छ। यसका लागि सरकारबाट पनि पहल गर्न आवश्यक छ। यसमा सरकारसँग हातेमालो गरेर नाडालाई अगाडि बढाउने मेरो योजना छ। यो अहिलेको आवश्यकता पनि हो।

अटोमोबाइल क्षेत्रमा हाल रहेका समस्याहरू के-के हुन्?
पहिलो त सरकारले अटोमोबाइल व्यवसायलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ। आज सरकारले जुन तरिकाले यो क्षेत्रलाई हेर्छ, दृश्य परिवर्तन गर्न सकौं र यस क्षेत्रलाई उत्पादनमुलक क्षेत्रको रूपमा राख्न सकियो भने नै आज देशको अर्थतन्त्रको समस्या समाधान हुन्छ। भन्सार विभागको समस्या समाधान हुन्छ। यसबाहेक अन्य केही नीतिगत र व्यावहारिक समस्याहरू छन्। त्यसलाई समाधान गर्न म पूर्णत: पहल गर्नेछु।

नाडाले सवारी व्यवसायीको अजेण्डा मात्र उठाउँछ, उपभोक्ताको अजेण्डालाई खासै महत्त्व दिँदैन भन्ने गुनासो छ नि?
त्यो भनेको समस्या धेरै भयो, समाधान गर्ने निकाय भएन भन्छु म। यो पक्षमा हामीले सुधार गरेर समस्याको समाधान गर्न लाग्नुपर्ने अवस्था आएको छ। हामी जुन मिहेनत र लगनशीलताका साथ काम गरिरहेका छौं, त्यसअनुसारको नतिजा दिन सकिएको छैन। तर, त्यो चाँडै देखिन्छ र त्यसको समाधान आएपछि कति काम गरेको छ भन्ने देखाउनेछ। 

मोफसलका व्यवसायीहरुको समस्यालाई सम्बोधन गर्न के-कस्तो योजना बनाउनुभएको छ? 
मोफसल अहिले चर्चित विषय बनेको छ। प्रादेशिक संरचनामा गएपछि सबैलाई समेट्दा यो चिज पनि आएको हो। यसमा म एकदम खुसी पनि छु कि यो कुरालाई सबैले उठाएका छन्। नाडा भनेको एउटा देशव्यापी संस्था हो भन्ने कुरा यसले प्रमाणित गर्छ। हाम्रो प्यानलमा सातवटै प्रदेशका प्रतिनिधिहरू रहनुभएको छ। यसमा मैले गर्ने भनेको उहाँहरूको सल्लाह, सुझाव र गुनासाहरू लिने र त्यसलाई समाधान गर्ने हो। म यो कुरामा सधैं सक्रिय र सजग रहनेछु। 

अन्त्यमा केही...? 
अटोमोबाइल क्षेत्रमा म सानैदेखि लागेको हुँ। यस क्षेत्रको बारेमा पूर्ण जानकार छु। म आफैं यो क्षेत्रमा लागेको पनि १६ वर्ष भयो। मैले अटोमोबाइल क्षेत्रमा सुरुआत मेकानिक भएर गरेको थिएँ। गाडी बनाएको अनुभूति गर्न हातमा मोबिल लाग्नुपर्छ भन्ने भनाइ नै छ। 

चौधरी समूहको धेरै व्यवसाय भए पनि मेरो व्यवसाय भनेको अटोमोबाइल नै हो। मेरो सुरुआत पनि यही हो। मेरो लगनशीलता र मेरो यो व्यवसायप्रति भएको आत्मीयताले नै आज मलाई नाडाको अध्यक्षको दाबेदार बनाउन सक्यो। यसकारण यो साधारणसभाबाट मैले सर्वसम्मत अध्यक्षको जिम्मेवारी पाउनेछु भन्ने मलाई विश्वास छ।

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  २२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्