• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

रहाणे, पुजारा वा मयंक : कोहलीको स्थानको लागि कसले 'बलिदान' देलान्?

सिद्धार्थ मोंगा बिहीबार, मंसिर १६, २०७८  १२:२०
1140x725

काठमाडौं– प्रशिक्षकको रूपमा आफ्नो दोस्रो टेस्ट म्याचमा राहुल द्रविडले कठिन निर्णय लिनुपर्ने छ। भारतीय टोलीका पूर्वकप्तान विराट कोहली टोलीमा फर्किएका छन्। उनी र नयाँ प्रशिक्षकसामु प्रश्न छ, कसको ठाउँमा खेल्ने? हिलो टेस्टमा श्रेयस अय्यरले १०५ र ६५ रनको शानदार इनिङ्स खेल्दै भारतलाई समस्याबाट मात्रै बाहिर ल्याएनन्, जितको दौडमा पनि पुर्‍याएका थिए।

त्यसैले उनलाई टोलीबाट बाहिर निकाल्न निकै गाह्रो हुनेछ, खासगरी भारतका तीन प्रमुख मध्यक्रमका ब्याट्सम्यानले पछिल्लो दुई वर्षमा २७.३ को औसतमा रन बनाएका छन्। भारतीय टोली व्यवस्थापनसँग अब तीनवटा विकल्प छन्।

रहाणेको स्थानमा कोहली
पछिल्लो खेलमा कप्तान रहेका अजिक्य रहाणेले अन्तिम १६ टेस्टमा २४.३९ को औसतमा मात्रै रन बनाएका थिए। यसमा शतक पनि समावेश छ। उनको करियरको औसत अहिले ४० भन्दा कम छ। उनको घरेलु औसत ३५.७३ मात्रै छ, जुन पछिल्ला पाँच वर्षमा ३०.०८ मात्रै झरेको छ।

कानपुर टेस्टमा जस्तै रहाणे, कोहलीलाई आफ्नो पुरानो ब्याटिङ लाइनअप नम्बर ४ र अय्यरलाई ५ नम्बरमा फर्काउन भारतीय टिम व्यवस्थापनका लागि सबैभन्दा सजिलो विकल्प हुनेछ।

पुजाराको स्थानमा कोहली ?
चेतेश्वर पुजाराले सन् २०१४-१५ मा मेलबर्न टेस्टमा भारतीय टोलीको इज्जत बचाउने इनिङ्स खेले पनि अर्को सिड्नी टेस्टमा खेल्न पाएनन्। २०१५ मा, उनले श्रीलंकाको कडा हरियो पिचमा शतक बनाए। तर, घरेलु सिरिजमा राम्रो प्रदर्शन गर्न सकेनन् र अर्को वेस्टइन्डिज भ्रमणको लागि टोलीमा स्थान बनाउन सकेनन्।

तर, अहिले पुजाराले शतक बनाएको झण्डै तीन वर्ष भइसकेको छ। यस अवधिमा उनले २३ खेलमा २८.६१ को औसतमा रन बनाएका छन्। हो, उनले बीचमा केही राम्रा इनिङ्स खेलेका छन्। तर, उनको कदलाई हेर्दा उनको प्रदर्शन अझै पर्याप्त छैन।

मयंकको स्थानमा कोहली
यदि यस्तो भयो भने मयंक अग्रवालमाथि अन्याय जस्तै हुनेछ। १५ टेस्टमा उनको औसत ४३.२८ छ। उनले घरेलु मैदानमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध पनि दोहोरो शतक बनाएका छन्। त्यसैगरी विदेशमा न्यूजिल्याण्डसँग दुई टेस्ट खेल खेलेपछि उनले अस्ट्रेलियासँगको खेलमा रोहित शर्माका लागि बेञ्चमा बस्नुपरेको थियो। त्यसपछि उनी इंग्ल्याण्ड भ्रमणमा घाइते भए। त्यसैले उनलाई एक टेस्टपछि बेञ्चमा पठाइयो भने उनीमाथि अन्याय हुनेछ।

कसले ओपनिङ गर्ने ?
ऋद्धिमान साहको फिटनेस अहिले शंकाको घेरामा छ। यदि उनी पूर्ण फिट छैनन् भने विकेटकिपर केएस भरत (कोना सरकार भारत)ले उनको स्थान लिनेछन्, जसले आफ्नो १२३ फर्स्ट क्लास इनिङ्समा ७७ पटक ओपनिङ गरेका छन्। उनको नाममा एक त्रिशतक र ओपनरका रूपमा तीन शतक सामेल छन्।

Ncell 2
Ncell 2

साह फिट भए पनि टिम व्यवस्थापनले त्यो निर्णय लिन सक्छ। यद्यपि, उनले घाँटी दुखेको बावजुद दोस्रो इनिङ्समा उत्कृष्ट खेलेका थिए। 

टेस्ट स्तरमा ब्याटिङ भनेको प्रायः परिस्थिति र बलिङको प्रतिक्रिया हो भन्ने मान्यता छ। विगत तीन वर्षमा रहाणे र पुजाराले आफूले चाहेको रन बनाउन सकेका छैनन्। तर, यो पनि सत्य हो कि भारतले उनीहरु बिना नै कठिन अवस्थामा आक्रमण ब्याटिङ गरेको इतिहास पनि छ। यद्यपि, यो पनि सत्य हो भारतका धेरै प्रतिभाहरू राष्ट्रिय टोलीमा स्थान बनाउन पर्खिरहेका छन्।

पहिले कोहली र रवि शास्त्री अब द्रविडले पुजारा र रहाणेलाई समर्थन गर्नुको कारण हुनुपर्छ। विशेष गरी कोहली जो आफ्नो कप्तानीको पहिलो इनिङ्समा शास्त्रीसँग खुशी थिए।

यदि द्रविड र कोहलीले दुवैलाई साथ दिए र ओपनरलाई छोड्ने र किपरलाई ओपन गर्न सोध्ने हदसम्म पुगे भने रहणे र पुजारालाई उनीहरूले कसरी मूल्याङ्कन गरेका छन् भन्ने थाहा हुन्छ।

ईएसपीएन क्रिकइन्फोबाट
 

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १२:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्