• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

पदाधिकारीमा पद्माको फड्को 

64x64
नेपाल लाइभ बुधबार, मंसिर १५, २०७८  १९:३३
1140x725

काठमाडौं- 'पार्टी नेतृत्वले कुन भूमिकामा विश्वास गर्छ र जिम्मेवारी दिन्छ थाहा छैन तर, म जुनसुकै जिम्मेवारीका लागि तयार छु। मसँग सबै खालका जिम्मेवारी निर्वाह गर्नसक्ने क्षमता रहेको दाबी गर्छु। प्रतिस्पर्धा गर्नुपर्दा पदाधिकारीमै गर्छु,' एमालेको दशौं महाधिवेशन सुरु हुनु चार दिनअघि नेपाल लाइभसँग नवनिर्वाचित एमाले सचिव पद्मा अर्यालले भनेकी थिइन्। 

अर्याललाई अध्यक्ष केपी शर्मा ओलीले सचिवका लागि विश्वास गरे। अर्यालले प्रतिष्पर्धा पनि त्यही पदमा गर्नुपर्‍यो। प्रतिस्पर्धामा उनले १७९९ मतसहित जित हासिल गरिन्।

एमाले केन्द्रीय कमिटीबाट सिधै पदाधिकारीमा फड्कोे पार्ने उनी एक्लो हुन्। बाँकी पदाधिकारी कि पदाधिकारी नै थिए, कि पोलिटब्युरो, स्थायी कमिटी हुँदै यहाँ आइपुगेका हुन्। 

कार्यकारी पदका लागि प्रतिष्पर्धा गरेर आफूलाई प्रमाणित गरेको इतिहास उनीसँग छ। एमालेको सातौं स्याङ्जा जिल्ला अधिवेशनमा पुरुष प्रतिस्पर्धीलाई उछिन्दै उनी जिल्ला अध्यक्ष भएकी थिइन्

उनको अपेक्षा यसपल्ट पदाधिकारीमा महिलाको उपस्थिति बढ्छ भन्ने थियो। पद्मालाई महाधिवेशनअघि लागेको थियो, 'आठौं महाधिवेशनमा पदाधिकारीमा महिलाको उपस्थिति शून्य भएन। नवौंमा दुईजना हुनुहुन्थ्यो, त्यसमा यसपल्ट बढोत्तरी हुनुपर्छ।' उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा उनीसमेत गरेर १९ सदस्यीय पदाधिकारीमा जम्मा दुईजना महिलाको उपस्थिति भयो। 

राजनीतिक दृष्टिबाट हेर्दा पदाधिकारीमा अर्यालको उपस्थिति अर्थपूर्ण छ। उमेर हदका कारण अन्तिम कार्यकाल हुनेछ शाक्यको। एमाले पदाधिकारीमा महिलाको उपस्थिति मात्रै होइन, महत्त्वपूर्ण पदमा प्रतिष्पर्धा गरेर जित हासिल गर्दै इतिहास बनाउने अवसर अर्याललाई छ। 

कार्यकारी पदका लागि प्रतिस्पर्धा गरेर आफूलाई प्रमाणित गरेको इतिहास उनीसँग छ। एमालेको सातौं स्याङ्जा जिल्ला अधिवेशनमा पुरुष प्रतिस्पर्धीलाई उछिन्दै उनी जिल्ला अध्यक्ष भएकी थिइन्। मतदानबाट जिल्ला अध्यक्ष जित्ने एमालेको पहिलो महिला थिइन् उनी। 

२०७५ सालको निर्वाचनमा उनले प्रत्यक्ष निर्वाचनबाटै चुनिने बाटो रोजिन्। उनका आफ्नैहरुले पनि स्याङ्जा जिल्लाको क्षेत्र नम्बर २ बाट चुनाव जित्नु 'फलामको चिउरा चपाएसरह हो' भन्थे उनलाई। किनभने तत्कालीन उपप्रधान तथा शिक्षामन्त्री अनि कांग्रेसका सक्रिय नेता गोपालमान श्रेष्ठ उनका प्रतिद्वन्द्वी थिए। उनलाई लाग्छ, ‘त्यो चुनाव, चुनाव मात्रै थिएन, राज्यसँगकै लडाइँ थियो।’

Ncell 2
Ncell 2
nimb
nimb

चुनाव निकै तनावपूर्ण भयो। चुनावको दिन बुथ कब्जा रोक्न खोज्दा उनीमाथि आक्रमण भयो। उनको मोबाइल खोसेर लखेटियो। प्रहरीसँग सुरक्षा माग्दा पनि पाइनन्। बुथ कब्जा भएको घटनाले मतगणना ढिलो भयो। तर, अर्यालले विजय हासिल गरिन्। 

अहिलेको सचिव पद, त्यो रोजाइको प्रतिफल पनि हो। पदाधिकारीका आकांक्षी अर्यालका समकक्षी मात्रै होइन, उनी भन्दा पुराना महिला नेतृहरु पनि थिए। तर, निश्चित भूगोल भएकी उनलाई अघि बढाउँदा पार्टीलाई पनि लाभ हुने हिसाबकिताब नेतृत्वले निकाल्यो। एमालेको सचिवका रुपमा उनले प्रतिनिधि सभा चुनाव लड्दा जित्ने सम्भावना बढी हुने गणितले अर्याललाई पनि लाभ भयो। 

अर्याल राजनीतिक रुपमा 'एक्सपोज' भएको ३८ वर्ष भयो। २०४० सालमा सिन्धुपाल्चोकमा ‘पिस्कर कान्ड’ भयो। स्याङ्जा जिल्लामै आयोजित विरोध कार्यक्रममा मञ्चमा खिरिली केटी उक्लिइन्। तिखो स्वरमा वजनदार भाषण गरेर कार्यक्रमबाट फर्किइन्। त्यसपछि ‘पद्‌मा अर्याल’ नामकी महिला राजनीतिज्ञको चर्चा स्थानीयस्तरमा हुन थालेको हो। 

राजनीतिमा यो स्थानमा आइपुग्न उनलाई सजिलो भएको होइन। आफ्नो राजनीतिक जीवनमा तीन चरणका संघर्ष गर्नुपरेको उनको अनुभूति छ। महिलालाई समाज र परिवारले हेर्ने दृष्टिकोणका कारण सुरुमा घरबाट फुत्किनै संघर्ष गर्नुपर्‍यो। त्यसपछि पार्टीमा रहेका पुरुष नेता बराबरकै प्रतिस्पर्धात्मक क्षमताको विकास अर्को संघर्ष थियो। अहिले आफूलाई फरक क्षमतासमेत भएकी नेतृका रुपमा उनले प्रमाणित गरिरहेकी छिन्। 

Xtrem

Xtrem

स्कूल छुट्दा राजनीति पनि छाड्लिन् भन्ने आशमा परिवारले स्कूलको शुल्क तिर्न छाड्यो। पद्मा परिवार छाड्न तयार भइन्, तर राजनीतिमा लागेर सामाजिक जागरण ल्याउने कामबाट पछि हट्न चाहिनन्  

अहिलेका महिलाहरुसँग तीनमध्ये पहिलो, ‘घरबाट निस्किन’ गर्नुपर्ने संघर्ष हटेको छ। उनले यहाँनेर आफूले घरबाट निस्कन गरेको संघर्षका केही थान घटना सुनाइन्। त्यो मिति २०३९ सालतिरको हो। त्यतिबेला उनी अनेरास्ववियु पाँचौंको सदस्य थिइन्। 

भूमिगत पार्टीको विद्यार्थी संगठन सदस्य उनलाई संगठन गर्न राति निस्किनुपर्ने भयो। परिवारले हुर्किंदै गरेकी छोरीलाई रातविरात बाहिर जान कहाँ दिनु? घरका सबै सुतिसकेपछि उनी मान्छेकै आकारमा सिरक बनाएर बेडमा राख्थिन्। 

स्कूल छुट्दा राजनीति पनि छाड्लिन् भन्ने आशमा परिवारले स्कूलको शुल्क तिर्न छाड्यो। पद्मा परिवार छाड्न तयार भइन्, तर राजनीतिमा लागेर सामाजिक जागरण ल्याउने कामबाट पछि हट्न चाहिनन्  

२०४१ सालमा स्कूलको प्रारम्भिक कमिटीकी सदस्य भएकी उनले पार्टीको जिल्ला, अञ्चल र केन्द्रका सबै समितिमा बसेर काम गरिसकेकी छन्। राजकीय पदका कुरा गर्दा २०५४ सालमा वडा सदस्य बनेकी उनी २०७५ सालमा मन्त्री बनिन्। 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १९:३३
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्